[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 173319 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-29-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कबिता को शिर्शाक छ चौतारी

आहा कति राम्रो चौतारी
आहा कति प्यारो चौतारी
सबै भेला हुने चौतारी
सबै पिडा भगाईदिने चौतारी
आहा कति राम्रो चौतारी
आहा कति प्यारो चौतारी

:D

कस्तो लाग्यो !!!!!!! :-)
 
Posted on 12-29-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्वाँक नानी, च्वाँक छ ।
म:म: एक पिलेट प्रोत्साहन ल जा, मेरो तर्फ बाट ।
 
Posted on 12-29-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै हाम्री तिरुलै चण्डेश्वरी रे :)

सानो ३ कक्षामा पाढ्ने नानी ले कबिता लेखे जस्तो ( रिसानि माफ है सुनिमा ):P :P :D
 
Posted on 12-29-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँग कमिला र फूल को कबिता पनि छ सुन्ने हो ।
 
Posted on 12-29-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनुम न:)
 
Posted on 12-29-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमिला को ताती कति लामो
कमिला बनु जस्तो लाग्ने
राहुलजी को कबिता कति राम्रो
कवी बनु जस्तो लाग्ने ।

:D
 
Posted on 12-29-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

अब फुलको सुन्ने नि! पिलिज! :)
 
Posted on 12-29-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा, वा सुनिमा, वा वा,
बल्ल आज कबितमा आफ्नो नि नाम आयो,
३ इन्चको नाक मेरो घिरौंला जत्रो भयो ।
२ पिलेट म:म: थप पुरस्कार ।
 
Posted on 12-29-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ गुलाफ फुलेछ, चौतारीको भूमिमा
को हो भने हेरेको, रै'छिन हाम्रै सुनिमा
दिलै देखि गरेँ है, सुनिमालाई स्वागत
रमाईलो हुनेभो, चौतारीमा अब त

कतिमीठो लेखेको, पढम पढम गराउनी
एकैछिन देखिनी, एकैछिनमा हराउनी
कति राम्रो लेखेको , सुनिमा ले कबिता
सुन्नलाई आएको, हतार गरी हामी त,

:-)
-भउते
 
Posted on 12-29-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिटर् को जुम्ल्या भाइ ज्युपिटर् दिनुस् मोमो ठुल्दाइ ।

पुन्टेदा कुम्ले लाइ त खुइले कुकुर् पठाइदिन्छु भन्या हो हजुर् त मेरो प्यारो दा हो नि खै कुरै उल्टो बुझ्ने क्यार्ने होला मैले। :S
 
Posted on 12-29-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बगैचाको हरियली
टोलैरहन्छु म
फुल्को बास्ना त झनै मिठो
रमिरहन्छु म
तपाईंहरुको साथ पाए भने
कबिता कोरिरहन्छु म

:D
 
Posted on 12-29-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मामाऽऽऽ
क्वाँऽऽऽक्वाँऽऽऽ

मेलो चानो खलायो
आज कता हलायो
कातमुनि लुक्यो कि
चुलो भित्र पस्यो कि
भालु आइ चोलेल
जंगलतिल लग्यो कि
मेलो चानो खलायो
आज कता हलायो

क्वाँ ऽऽऽ क्वाँऽऽऽ
 
Posted on 12-29-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन तितौरी, मिलेन, पिटर को जुम्ल्याह भाइको नाम मिलेन ।
 
Posted on 12-29-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah कबिता सुन्न लाइ त म साथ दिहाल्छु है सुनिमा अर्को पनि सुन्ने :P
 
Posted on 12-29-06 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi,
peter's twin brother is repeater!

now my turn,

if peter n repeter had third brother (triplicates), why would the name of third sibling be wang zong ming (a chinese name)?
 
Posted on 12-29-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह !

अब तारा र जूनको कबिता सुन्ने, सुम्निमा। :-)
 
Posted on 12-29-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनिमा नानी लाई साथ दिन म नि सबिता को बासी कबिता पस्कि दिन्छु, चिलिम सल्काएर ।


तिम्रा सत्य नाङगो हुन्छ ।
तिम्रो असत्य बाङ्गो हुन्छ
नाङगो सत्य तिमीलाई पच्दैन्,
बाङ्गो कुरामा मेरो कलम चल्दैन,
भो भो सबिता
अब, तिम्रो कबिता कोर्दिन

माया र प्रीतिका कुरा
तिम्रा लागि काँचका चुरा जस्तो
जीवन र भोगाइ सारा
तिम्रो लागि साँझको सुरा जस्तो

जति कपडा लगाए तिम्रो आङ् छोपिन्न
भो भो सबिता
अब तिम्रो रमिता हेर्दिन
भो भो सबिता
अब तिम्रो कबिता
कोर्दिन
 
Posted on 12-29-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंलाई thank you भनु
बोली छैन म सँग
कसरी मन को भाबना पोखु
सक्ती नै छैन म सँग
खोइ के दिउ तपाईंलाई
उपहार छैन म सँग
अब कति कबिता कोरु
शब्द नै छैन म सँग

:-(
 
Posted on 12-29-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!

ल ल कविता लेखुम लेखुम म चाँहि पढ्न बसेँ अब!

सन्ध्याकालिन अभिवादन!

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters