चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
shhhhhhhhh fuuuuuuuuuuu la ready bhayo tin jaana lai pugchha lu ek doj chai birkhelai.. hana yo gamchha chai timilai dina mildaina pohor saal mange sanrantima sasura budale jwain lai nikkai jado hunchha bhanera deka.. budile dekhi bhane marchhe. feri timro liyshi dine chalan chhaina.. lu baaru surti khau..
हन कस्तो कुरो अर्या हर्के? अब तिउँरो ससुरा त कप्तान, कप्तानलाई जाबो एउडा गम्छाको के को खाँचो! उस्तै परे ज्वाईँलाई सुनै सुनले पुर्न सक्ने ताकत छ भनेर गाममा भन्थे रे बुडा! लु जे भ नि, ससुरालीको नासो रेछ क्यार्न धुलो मैलो पार्नु, बरु आफ्नै धोति ओछ्छया'र बस्नु पर्ला! बरु कोइ नानीहरु चौतारीतिर उकालो लाए भने भनिहाल है, म त लाजले मरिसिद्दिन्छु फेरि!
आज शुक्रबार! हाम्रा चौतारीका साथिहरलाई के चाहियो, तिनापने तुइँक्याउने अर्को सुनौलो अवसर! कति मासु खानु, कहिलेकाहिँ दिक्क लाग्दो हो! ल आउनुहोस आज आलुको सितन बनाउने तरिका!
आलुको सितन नं१ (हाम्रो आफ्नै ह्यास ब्राउन)-
सामाग्री- १) ५-६ वटा मध्यम साइजको आलु २)तेल ३)नून र जिरा अनि रातो खुर्सानीको धुलो ४)एउटा फ्राइ गर्ने मिल्ने ताप्के...ताप्के क्या त..बुझिएन? प्यान भन्या के!
बिधी- १) आलुलाई सकेसम्म पातलो र मसिनो गरेर काट्नुहोस। २)ताप्केमा तेल तताउनुहोस ( मजाले हाल्नुहोस आजै हर्टअट्याक हुँदैन) ३)तातेको तेलमा जिरा फुराउनुहोस र जिरा पड्किन थालेपछि आलुको भुजुरी (अगि सानो पारेर काट्या हैन?) हाल्नुहोस, नून छर्कनुहोस र छिटो छिटो चलाउनुहोस। चलाको चलायै गर्नुहोस कतै रातो हुन्छ पल्टाउँदै चलाउनुहोस, कतै साह्रो हुन्छ धेरै पाकेर, तर बाल मतलब चला भन्या छ भनेर चलाउँदै जानुहोस तर धेरै डढ्न भने नदिनुहोस। एकछिन पछि मजाले पाक्छ। खुर्सानिको धुलो छर्कनुहोस र ताजा कागती निचोरेर हाल्नुहोस। ४) तिनपाने चिरिप्प पार्नुहोस र हाम्रो आफ्नै पाराको ह्यास ब्राउनको सितन खानुहोस
आलुको सितन नं२ (हाम्रो आफ्नै दामि आलु)-
सामाग्री- १) ६-७ वटा मध्यम साइजको आलु २) आधा प्याज ३) ३ पोटी लसुन ४)एउटा टुक्रो अदुवा जे पर्ला पर्ला ५) अलिकता जीरा,जिराको धुलो, धनियाको धुलो र मरिचको धुलो ६) नुन ठिक्क, रातो खुर्सानि ५-६ वटा वा दिक्क नलागुन्जेल ७) तेल अलिकता ८) एउटा गहिरो भाँडो र एउटा ताप्के
बिधी- १) गहिरो भाँडोमा आलु उसिन्नोस, बोक्रा छोडाउनुहोस र ठिक्कको टुक्रामा काट्नुहोस २)प्याज मसिनो गरेर काट्नुहोस, लसुन र अदुवा पिस्नुहोस ३) ताप्केमा तेल तताउनुहोस,जिरा हाल्नुहोस र लगत्तै रातो खुर्सानि हाल्नुहोस, प्याज भुट्नुहोस रातो रातो भएपछि पिसेको लसुन र अदुवा हालेर एकछिन छलाउनुहोस।छलाउनुहोस हैन चलाउनुहोस स्पेलिङ बिग्रेछ।(मन लागे बेसार नि हाल्नुहोस) ४)नून हाल्नुहोस लगत्तै आलु हालेर सट सट चलाउनुहोस, मसला सबै आलुमा लागेपछि र आलु तातो तातो भएपछि झिक्नुहोस, धेरे नचलाउनुहोस नि फेरि आलु फाँडिन्छ! ५) एक टुक्रा क्वाप्प मुखमा हाल्नुहोस आज बाह्र बर्षमा आफैँले पकाएकोमा गजक्क पर्नुहोस। ६) तिनापने सुरुप्प पार्दै कहिले आलुको टुक्रा मुखमा हाल्नुहोस त कहिले त्यसैमा भएको रातो खुर्सानि किटिक्क टोक्नुहोस।
यो मर्त्यलोकमा जन्मिने हरेक मानव तथा दानवहरुले बराबर मात्रामा आलु खन्छन्। जस्ले घरमा वनमा जति मात्रमा आलु खान्छ, त्यसले त्यति नै कम मात्रामा जाँचमा आलु खान्छ। तसर्थ भात संग आलु खानुस्, जाँचमा आलु खानबाट अनि लात खानबाट बच्नु होस्।
आज शुक्रबार! हाम्रा चौतारीका साथिहरलाई के चाहियो, कोक तुइँक्याउने अर्को सुनौलो अवसर! कति रउसी खानु, कहिलेकाहिँ दिक्क लाग्दो हो! ल आउनुहोस आज माथि भनिएको आलुको सितन सँग मज्जाले कोक तन्काउनुस् अनि साइ-भजन गाउनुहोस् र परत्र सुधार्नुहोस् !
आलु माहात्म्य को चर्चा परिचर्चा भाई रा रहेछ। यो भोकको बेला यसरी आलु तारेको र आलु उसेनेको कुरा गरेर अन्याय गर्नु भएन है। लु म हिंडे घरमा आलु र मो मो उसिन्न भनेको छु, कतिबेला पुगुम भा छ।
थुइक्क! प्रिन्ट त भयो तर उ माथि तिरु को चौतारी देखी लिएर सुन्तले ले टास्या सुर्ती माड्या फोटो सम्म सबै प्रिन्ट भएछ हेत्तेरिका लु ठिकै छ ल सबैको सप्तान्त राम्रो होस् केही मिठो बात गर, साँझ तेसै ढल्दैछ
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.