[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 155039 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-06-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को प्रश्न:
२) यो कुन देशको नक्शा हो?

 
Posted on 09-06-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, अहिलेलाई चैं लाग्नु परो।

ठूल्नानी, तिम्रो लामो विकेन्ड कस्तो भयो?

ग्वाँचे, के गर्ने, कामबाट चियाउन मात्र भ्याउँछु, बोल्नै नभ्याउने क्या।

सबै गाम्लेहरूलाई चौतारी महोत्सवको उपलक्षमा शुभकामना!
 
Posted on 09-06-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ,आएन पाsssssssssस्!!!!!!

(खुसुक्क चित्रे लाइ मात्र है - चित्रे अलि सजिलो सजिलो सोधन :p )
 
Posted on 09-06-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे त्यो झन्डा त मेरै गामको पो परेछ । नेपालीमा आर्बा भन्चन केरे, ईंग्लिशमा aruba भन्दा रैचन ।
 
Posted on 09-06-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो देश चै पेलेको देश क्या ब्रजिल रैच । अब मुलाई पुरस्कार के दिने हो कुन्नी ?
 
Posted on 09-06-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कुरो कहाँ पुगेछ!

अब मलाई सबैभन्दा गार्‍हो काम भनेको झन्डा पत्ता लाउने हो। यो चित्रे चाहि जहिले पनि झन्डा लिएर आउने रेछ। बरु यसो काङ्रेस, कमुनिस्टको झन्डा लिएर आउ न अनि मलाई सोध एक एक को उत्तर दिन्छु।

भउते डराएको हेर! ए भउते तिम्रो कथा म यस्तो भ्याइ नभ्याइ भा'को बेला लेख्छु र? तिम्रो कथा त वीकेन्डमा फुर्सद बनाएर लेख्नि हो। यो कथा चाहि पुर्ण काल्पनिक हो। अझै पुर्ण रूपले दिमागमा बसेकै छैन कसरी लेख्ने भनेर। शुरु गरिहालेँ अब सक्नु पनि पर्यो भनेर हो।

भउतेको कथा अलि फुर्सद भएको बेलामा लेख्नेछु।

तितौरी: कथा जस्को पनि हुनसक्छ है भन्देको छु अहिले नै। के थाहा तिमीपनि छौ कि कतै कथा भित्र?? हे हे हे!!
 
Posted on 09-06-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपैलाई चौतारी मउसब को शुभकामना!

मेरो चौतारीको यात्रा पनि बडो रोचक छ। साझा चिहाउन थालेको गोडा दुएक बर्ख पछि एउदिन भउते हरा'र रडाको मच्चेको देखिओ हेरि साझामा। त्याँसि दिन दिनै कुरो हेर्दै जाँदा रमइलो लाउन थालो गाँठे। उता फेरि अरु धागोहुँदि, भउते " धुवाँ पिएँ, रउसि पिएँ अनि तिम्रो बैश पिएँ" भन्दै भट्ट्यामदै रैछ, अर्को तिर गोताएँ " एउजुग अगाडि हिनेको म, बिदेशको सटक नाप्दै छु" भन्दै दुखेसो पोख्दै रेछ। त्याँसि त मुलाई नि आम आम लाउन थालो अब चाइन्जो एउडा नाम त ले'र आम्नु पर्ने साझामा अनि बिर्खे माईला बनेर आइयो के रे। सिरेले गामको जिम्मालि दिओ। काका, पुन्टे दाई, मुन्द्रे, लाले, बेशिथाने सपै आम्थे तेतिबेला। अनि त दादाले बेला बेलाँ हाल्ने लोउगित अनि कुरो सुन्दै आको एउ बर्ख भइसकेछ!

माष्टरनी नानीको प्रबेश संगै साझामा के जाति अनुशासन आ'को कुरो चाइँ साँचो हो। गोताएँले भने जस्तै अइले आ'र नारि सहभागिता पनि चाइन्जो बढ्दै छ। डल्लि, तितौरी, सान्नानि, ठुल्नानि आइराका छन्। रुइनु र शेर्पिनि आउँदे बेला बखताँ आजकल अत्तो पत्तो छैन। जे होस पुन: एकपटक महोत्सउमा सपैलाई सलाम!
 
Posted on 09-06-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो लामो वीक एन्द त राम्रै बित्यो अनि तपाईं को कस्तो भो ।
ओहो वीरखे दाई नि पाल्नु भो
 
Posted on 09-06-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरधन्दामा व्यस्त भएर अरुबेला चौपारीमा धाउन नसके पनि यो महोत्सवको बेला मन मानेन, एकबाजी मुख मात्र देखा'र भए पनि फर्कन्छु भनेर आ'छु है म ।

नमेले गोतामेको गजल छापेर खासाको उदघाटन ग-यो । त्यो गजल त सबैको जस्तै मेरो हिर्दयमा पनि टपक्कै टाँसिएको छ बाबै । वास्तवमा म त्यसलाई मेरो "शायरी सप्ताह" मा "प्रवासी नेपालीको राष्ट्रिय गीत" भनेर वाँच्ने (वाचन गर्ने) ईच्छामा थिएँ ।

यो महोत्सवमा सबैले केहि न केहि सर्जाम लिएर आउने भए पछि मैले पनि मेरो एउटा एक साह्रै पुरानो तर कतै नछापिएको शिलक ल्या'छु । अलि बैरागी टाईपको छ, तर क्यार्नु, त्यस्तै थियो त्यो जमानाको कल्पाई ।

लौ त यसपाला यहि नै भो ।



न सोध्नु छ गयौ किन, न तर्केर हे-यौ किन
यत्ति सोध्नु छ, एकपल्ट फर्केर हे-यौ किन

निभाउनु थ्यो' कि सल्काउनु थ्यो आँसुले
म सोध्दिन आँखालाई, दर्केर हे-यौ किन

आफ्नो भए म सक्थें, तिम्रो कसरी सहुँ
घाउ हौ मुटुको तिमी चर्केर हे-यौ किन

होला विवशता तिम्रो, किन जान्नु प-यो मैले
आलै यो घाउमा नुन छर्केर हे-यौ किन

हाँसेर पिउँदा पानी सर्कन्छ भन्दै, आँसु-
सोध्छ मलाई, दीपु, सर्केर हे-यौ किन


Nepe
 
Posted on 09-06-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो ठुलीले त म तिर पो भाटा फर्काइछ बा! बिजि छु भन्ने बाहानामा कबिता सिकाइदेन दीपले भन्ने दोषको माला लाइदेर। भो अब?

अस्ति "ठुली, शुक्रबार देखिनै आउ रुघा लागेनी केइ हुन्न" भन्दा चैं "लौ घाम् अस्ताम्नी र म आम्नी एउटै ट्याम पारम्ला दीप् ज्यो" भनी मुस्कार- होलान्त भन्या किन हुन्थ्यो? - सुकुलाँ उडुस् छरेर हिन्या रे छ आफ्नो जिउ भरी फलेर हैरान -- कति टिप्नु? यता एक थोपा उता दुइ थोपा गरेर जम्मा गर्या रउत बज्या साँढेहरुले फिरीमा तानेर हिंडे।
 
Posted on 09-06-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!! म मास्टरनी-नानीको तर्फबाट यहाँहरु सबैलाइ :)

म नि यति साह्रो भेफुर्सदी भएकि कसैलाई किन "ढिला गरेको आउनलाई ?' भनेर प्रस्न गर्ने ठाँउ नै रहेन :)

अहिले लेखेको ताजा नै त हैन--- तर पहिले नै लेखेको यो मेरो पुरानो 'संझना" हजूर हरुको लागि कोसेळी

रनवन डुल्दा खेरि फुस्केका ति भाका
सुसेली भै घन्किन्छ कि? अझै भीरपाखा
कहिले झर्थे वेसीं खोला कैले माथि डाँडा
सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।।

सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो
सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो
चौरी संग हातेमालो गर्दै पहाड वेसी
सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।।

संझना त्यो आँखा भरि झल्झली आउछ
सपनामा कोहि मलाई बोलाए झै लाग्छ
पसिना यो मेरो हात को बगिरेछ कतै
खट्किनेछ जीवनभर गुनासो यो सधै।।

ताजा नै छन यादहरु मेट्दा मेटिन्छर?
भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर?
माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली
छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
 
Posted on 09-06-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाईलो गईराख्या र'च। मउसबको कुरा गरेर सप्पैलाई उचाल्नी दादा कता गए? आएनन् भने तीनलाई सय पटक उठबश गराउने हो पर्सी।

चित्रे, मेर तर्फबाट पनि पास है!
 
Posted on 09-06-06 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि न केहि नया राख्नु पर्ने हो तर अचेल केहि पनि कोर्न सकेको छैन। त्यसैले यो सानो क्वीज;

नेपालीमा के भन्छन्?
(क) टाइपराइटर (ख) कम्प्युटर

अनि जाँदाजाँदै यो एउटा 'जोक' (सुनिसकेको भए माफ पाम्!)।

पहिलो साथी: मलाई फेरि हिमाल चढ्न मन लाग्यो!
दोश्रो साथी: हैन तैंले पहिला कहिले हिमाल चढेको थिस् र भन्या!?
पहिलो साथी: चढेको त छैन तर एकचोटि पहिला पनि चढ्न मन लाग्या थ्यो', अहिले फेरि मन लाग्यो।
 
Posted on 09-06-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारीको रजत जयन्ती मनाउन पाएको खुशियालीमा सबैलाई जदौ!

चौपारीमा सोलटी
बस्यो दौँतरी!
चौपारीमा सोलटी
बस्यो दौँतरी!
... ... ...
पछि खुराक लिएर उपस्थित हुने नै छु.
 
Posted on 09-06-06 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ तितउरी नक्कली ! हेर त ! गामका अल्लारे केटा उचालेर दाइको खोइरो खन्दीरे'छ है यो केटीले त। यल्लाई यै मुँसिराँ एउटो पोइ खोजेर झुण्ड्यार पठाम्न पाए हाइसञ्चो हुन्तो गाँठेँ।
दाइको मुयाँ एउ रत्ति नि लाउदैन कि क्याहो? मुयाँ लाउँच भने चिया-सिया हैन, खुरुक्क एउ बोत्तल तिनपाने रउसी भर मरोलागि।
:p :p :-)

कुम्ले, चिन्ता नअर बाबै, मुना-मदनले त शून्य (०) पर्तिशत ल्या रे'छन, तिम्रो त ३१ पर्तिशत छ।

यो चित्रेले काँ काँ को नउशा ल्याउछ, हँ ? तलतिरा'ट मढ्स्या-दाईले माथ्तिरा'ट चिम्स्या-दाइले खोतल्दा खोतल्दा आफ्नै देशको नउशा चिन्न नसक्नि बेला भो। त्यो लोखर्केको पुच्छर जस्तो नउशो क्या'रि चिन्ने र'च र हो ! झण्डा चैँ माउबादीको हो? तारा-सारा नि छ के रे, त्यस्तै लाओ मलाई त। :p

नेपे-दाजीले नि बैशाँ हाम्रै जस्तो भावको शिलोक हाल्नुहुँदो रे'छ। म मात्रै लात खाँएँ कि भनेको, सप्पैको बेथा उस्तै उस्तै। पढेर दु:ख भन्दा बढी आनन्द लाओ मलाई त, खुच्चिङ भन्न मात्र नसकेको। :p :p :D

बैँशमा हामी सब्को चोट उस्तै उस्तै
चप्लप सानो ठूलो भे' नि खोट उस्तै उस्तै
:-) :P

अनि गोताएँ, जुरुक्क उठेर, तुरुक्क *तेर, खुरुक्क साझामा छिर्नीहो कि के हो? डाङ्ग्रेले फोहोर नखाँदै चौतारीआँ खुट्टा पसार्‍या देख्छु त।

यो लिट्टेको के खाइद्या रेछु कुन्नि मैले, एउछिन खालि बसेको देख्न सउदैन मलाई, सारै भाउन्न भ'र छिरेको चौतारीयाँ। लु गएँ म।

:-)
-भउते
 
Posted on 09-06-06 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है सबै लै।।
के जाती । । मैले चै यो चौतारी म आउन थलेको गोता २-१ हप्ता मात्रै भयो । । तर खास्सा को लाय्गो बाबै । अनि एसो उसो सबै को कुरा सुन्दा नेपाली गाउ, पाखा, पखेरो सबै को स्वाद पाइयो । । । कता कता उहि रेडियो नेपाल को उहिल हुदी सुनिने चौतारी कार्यक्रम जस्तो एकदम स्वदिलो लाग्यो । आफ्नै घर भन्सा को धिदो रोटी गुन्द्रुक को सादेको अचार खाको जस्तो स्वाद लाग्यो । एसो सबै लाई मिठो लाग्ने नेपाली भाका भत्यौन मन लाग्यो ।ल जो साथी सग मादल छ बजाउनु परो। नाचन आउने ले कम्मर् भाच्नु परो। म चै लागे गाउन

नक्कली लाई भगाई लाग्यो झिल्के ले झिल्के लाई ताल पर्‍यो, तिम हामी सोझ लाई फ्वाक्कै म गाल पर्‍यो नक्कली लाई । ।
 
Posted on 09-06-06 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मास्तर्नी नानी तपाईं त कता तिर हेरेर मुसुक्क हास्न भो त कि तपाईं लाई झुक्कार पानी भनेर त्यो जर्किन को झो त ख्वएनन बजिय मोरा हरु ले ई थिता हरु अलि उत्ताउला छन । झन चौतारी मा जम्मा भ पछी त मोरा हरु लाई केइ चाँहीन्न । ।
 
Posted on 09-06-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्जे (suraj2006 ) नि आएचन चौतारीआँ। लु स्वागत छ सुर्जे। तिमी नि हाउँरा पाटीका मुन्छे जस्तो लाओ। त्यै भ'र ज्याद्रै खुशी लाओ मलाई त।

बरु चौतारिआँ जिस्काम्दा मुन्छे चिनेर जिस्काउ है। जो पायो त्यै मुन्छे जिस्काउँदा सनासो ले घिँच्रो-सिँच्रो अँठ्या'र बटार्लान। :p
 
Posted on 09-06-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भौते काजी, म त भक्खर भक्खर यो गाउ म छिरेको कल्लाइ जिस्काउन हुनि हो कल्लाइ नहुनि हो रामरी था पनि छैन । तर पार्ती चै म अहिले नै भन्दिन है । । कुनी चुनाव आएची खुसुक्क गर भोट हालुला । । अहिले नै पार्ती भने भने त चुनाव म पैसा र रौसी मागी मागी भोट हाल्नै पाइन्न नि । । कि कसू । । हेहे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters