चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हरे !! यो रिट्ठे नि के भन्छ? अब हारों जिम्माल बा जस्तो बुढो त नलि खुट्टो बंगाइ-बंगाइ धाउनु हुन्छ चौतारी, हाम्रो मिस् सिस् नि के कम त नि लौ बा चेलोले त्यति भन्दिए, दिल खुस् भो। ल धन्यबाद टक्र्याउनु परो है उहांलाई। कुनै दिन् साइत् जुरेला नि जिन्तखिमा
मलै चौतारीमा नआऊ भन्न खोजेको हउरले। त्यो ७ बजे नै ओछ्यानमा जाने त ९०सालका हजुरबा हजुरआमा हुन । अहिले त नातनातिनाहुर जान्छन त्यो बेला ..रात भरि चऔतारिआँ टिँभी रेडियो घन्कार निदाउनै दिने हैन भन्चु । अनिखेरि ....
रिठ्ठेजी मजाक अपार्ट... चौतारी निकै रमाइलो छ है
नमेजी,
नेप्चिसिस को चेलो म हैन के । ल आम्ने भ हउरलै नि ढोका खुल्लै बरु हाम्पनि मिनिसोता तिरै आम्न लाचम के रे बरु ढोका चै खुल्लै घर चै रित्तो पो हुन्चकि हउर आम्दा चै
हैन मैले त बुडा खाडा मान्छे हरुको राती राती के काम र चौतारीमा भनेर मात्र भन्न खोजेको हो मिस जिम्माल बा कैले आउछन त रात बिरात? आउँदैनन बुढा लाई थाहा छ चौतारी भनेको रात बिरात ठिटा ठिटीहरुको हो , सुढ्ढा कुरा बुज्छ जे होस् नेप्ची भाभी, मैले भन्दा नि हजुरले राम्रो गाना राख्नु हुदो रइछ भन्ने कुरा त भर्खर हिजो थाहा पये नि मैले ल अब शो सुरु हुने टाईम भयो, भाभी बाटै सुरु गरम अनी लहरे नि लर्बरिदै आउछ
प्लिज भावी एकैछिन बस्नुस न। हजुर जानुभयो भने हामी यहाँ कसरी टिक्ने त। हजुरको दर्शनहरु कुन हैजाले बाटाँ बसेर क्वाप्ल्वाक्क खाँदो रे'छ त, यहाँ त आइपुग्दैन। अँ बरु मेरो आफ्नै चेलोले बोस्टनाँ भेट्दा हउरको शुभेक्षा सुनाएको थ्यो। खुशीले मन नै हरहरहर भो के रे। झण्डै आँखा बाट तप्प आँसु टप्किएन, ल खुशीले। मैले नि दर्शन पठाको हुम्, दियो कि दिएन कुन्नि।
अब पोले पनि गामै जाति, पिटे पनि आमै जाति भन्छन्। भावी सँग जति फिलिङ्गा निस्किनेगरि बाझे पनि भित्री मनमा त मयाँ लाउँछ नि हउ। हउरले लठ्ठी लिएर बस्नै पर्दैन के। एकै शब्दले जता जा भन्नुहुन्छ उतै खुसीकासाथ जान्छु म त। भावीले जहाँ पठायो त्यैँ स्वर्ग समान छ, आफ्नो लागि त। अँ साँच्ची, त्यतातिर झरियो भने भावीकोमा पसेर बसेर गफ गर्न र हउरको हातले बना'को परिकारहरु खान चैँ साह्रै रहर छ मलाई।
नेप्ची भावी, बाँकी म:म: यता फेडेक्स अरेर पठाउनुस भो, हउरको घरबाट पुन्टेदाइको नाममा बोकेर लगेको म:म: नि म आफैले धेरै हसुरेको हो के रे। कम्ति मीठो त थिएन लौ।
हन क्यार्न यो रिट्ठे मोरो जइले नि मलाई चइनि राति राति चौतारी नजाउ बुडा भन्छन भन्या त, बुडा खाडालाई राति चौतारी बन्द पो अर्ने मेलोमेसोमा रेछ ए रात्तै! रोदि जमाम्न भन्या होला नि मोराले, हामि बुडो देखेर तरुनि तन्नेरि तर्केर नआउलान भनेर! हाम्लाई घाट लग्या छ र राति नआउनु???? बरा माष्टरनी नानिलाई नानाभाँति भन्दैरेछन ए भुराभुरिहरु त! लु म बुडो नि आएँ के लछारपाटो लाम्छौ ए असत्तिहरु???? बरु को को छन याँ? कोइ सँअ तमाखु छ??? लौन छ भने एक दुई सुट्को तानम साह्रे नाइटै देखुन तलतल ला'र आओ गाँठे!
जिम्माल बा, ए जिम्माल बा मैले बोलाको यता, कता उता तिर हेर्नु भा जिम्माल बा ले मध्यारात हुन ला'ओ क्या, अब सुत्न जान पर्दैन हजुरले? अँ, सुत्न भन्या, निन्द्रा पुगेन भने फेरी भोली त्यो प्रेसर बढ्छ क्या, लौ जानुस् सुत्न तरकारी पकाउने प्रेसर भन्या हैन क्या, तपाईंको ब्लड प्रेसर बढछ भन्या लौ जानुहोस् अब सुत्न हुन पनि हो नानी, सबै कुरा चाहिन्जो बढीराछ मट्टितेल अस्ती भर्खर बढेको अहिले फेरी बढ्यो रे भन्ने सुनेको अब पेसर नि किन न ढोस् त ल ल जिम्माल बा अब जानुस् सुत्न अब चौतारी हुदी बस्नु हुन्न रात बिरात ह्या अहिले किच्कन्नी आउछ रे
त्यो सेबाग डाँका आउट भएपछी मैले र ठुल्दाइ ले एक चिअर्स गरियो अब सुत्नु परो गांठे अब जिम्माल बा र मिस ले ताली बजाउन थाले लौ है सुरु अरम रोदी एक्छिन मा आफ्नो पुरानो सम्झेर बुढाले आङै सिरिङ्ग भयो गाठे भन्दै नाच्न बेर लाउन्नन
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.