[Show all top banners]

Nepal ko chora
Replies to this thread:

More by Nepal ko chora
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कामना

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE: <<  1 2 3  
[VIEWED 32993 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-03-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट: यस कथाका सम्पूर्ण पात्र अनी घटना काल्पनिक हुन। कसैको ब्यक्तिगत जिन्दगी सँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ।

 

बिना कुनै श्रीङ्गार नै राम्री देखिने कामना, आज त झन त्यो बेहुलीको रातो लुगा उनी माथी कस्तो खुलेको। हुन त पहिला उनलाई धेरै चोटी देखी न देखेको त हैन, तर आज उनको रुप को चमक अरु दिन भन्दा बेग्लै थियो। कुम कुम सम्म आउने उनको त्यो कालो कपाल, हल्का हाँस्दा पनि देखिने ति अनारका दाना झै मिलेका सेता दातहरु, सलक्क परेको त्यो नाक, ठुलो अर्ध ब्रीताकार निधार, म्रिगका जस्ता ति नयनहरु  अनी त्यस माथी झिम-झिम गर्दै हल्ली रहेका, मिलेका ति परेलाहरु। एक क्षण त म हराउन पुगे, त्यो भर्खर स्वर्ग बाट झरेको परी जस्तो लाग्ने कामना को आक्रितीमा। पुर्णिमाको दिन को पूर्ण चन्द्र जस्तो धपक्क बली रहेको थियो, उनको त्यो अनुहार। त्यो खुसीको माहोलमा सबै रमाएकै देखिन्थे, तर मेरो मन चाही अली खिन्न थियो।

 

कामना सँग मेरो पहिलो भेट लगभग ८ महिना अगाडी प्रतिक दाई को बिहेमा भएको थियो। प्रतिक दाई, मेरो मामा को छोरा, पढ्न भनेर बिदेश लागेको मान्छे उतै को बासिन्दा भै सक्नु भएको थियो। छुट्टीमा नेपाल आउँदा मामा-माइजु ले बिहे गरेर जान साह्रै कर गर्नु भएको ले हतार-हतार मै बिहेको कुरो पनि छिनियो। सबै कुरा हतार-हतार मा भएकोले होला, जन्ती जानेहरु पनि थोरै नै थिए। राती को साइत थियो, खान पिन सकेर जग्गे को काम सुरु हुँदा सम्म मान्छे को भीड अली कम भै सकेको थियो। म चाइ प्रतिक दाई को जग्गे कुरेर बसेको थिए। म कुरुवा को बेहुली को छेउ मा बसी रहेकी एउटा सुन्दर अनुहार सँग बेला बेला मा आँखा जुधी राखेको थियो। हुन त बिहे को त्यो रमझममा अरु पनि सुन्दर मुहारहरु वरिपरी न घुमी रहेका त हैन, तर त्यो अनुहार को आकर्षण अरु भन्दा भिन्न थियो। उनको आँखाले केही भने पनि न भने पनि मलाई चाही खै किन हो, केही भनेको जस्तो भान भै रहेको थियो। भाउजु लाई केही चाहिएको थियो शायद, उनैको कानमा खुसुक्क खै के भन्नु भयो। उनी जुरुक्क उठिन अनी म भएको तिर पो आइन। मलाई न देखे जस्तो गरेर मेरो छेउ बाटै पास मात्र के भएकी थीइन, मेरो मुखबाट "excuse me" फुस्क्यो। "हजुर भन्नुस" उनी फरक्क फर्केर भनिन। अब मलाई पो आपत पर्‍यो, के भन्ने भनेर। तर केही निहु त पार्नै पर्‍यो। अचानक मेरो मुख बाट "toilet कता छ?" भन्ने वाक्य निस्कियो। सायद मेरो त्यो प्रश्न उनलाई बनावटी हो भन्ने आभास भै सकेको थियो कि क्या हो, हल्का हाँस्दै "ल हिंड्नुस् म देखाइ दिन्छु" भनिन। एउटा ज्ञानी बच्चा जस्तो उनको पछी पछी लागे।

 "तपाइ भाउजु को के नाता पर्ने नि?" चिनापर्ची को क्रमलाई अगाडी बढाउने मेरो पहिलो प्रयास थियो। "म त तपाईं को हुने वाला भाउजु को बहिनी, फुपु को छोरी, हो नाता ले। तर हामी दिदी बहिनी भन्दा पनि साथी जस्तो हो" उनले एकै सासमा भनिन। "उसो भए तपाईं चाही भिनाजु को भाई पो पर्नु भएछ। आफ्नै भाई हो?" अब प्रश्न सोध्ने पालो उनको थियो।

 "खै अब आफ्नै भन्ने कि टाढा को भन्ने, तपाईं को हुने वाला भिनाजु नाताले त मेरो मामाको छोरा पर्नु हुन्छ, तर हामी पनि दाजु-भाइ भन्दा साथी नै जस्तो छौ।" उनकै शब्द सापटी लिएर जवाफ दिए।

त्यही एउटा प्रश्न अनी उत्तरमै म त गन्तब्य को नजिकै पुगी सकेछु। "उ त्यही हो toilet" कुना को कोठा तिर देखाउदै उनले भनिन। "धन्यबाद" म औपचारिकता निभाउदै उनले देखाएको कोठा तिर लागे, उनी भने सिढी चढ्न थालिन।

 

फर्केर आउँदा उनी फेरी जग्गे को छेउ मै बसी रहेको पाए। उनको छेउ मा रहेका खाली कुर्सीहरु ले मलाई नै आमन्त्रण गरेको जस्तो लाग्यो, अनी त सरासर त्यही खाली कुर्सी तर्फ नै पाइला चाले।

"Can I sit here?" कुर्सी खाली छ भन्दैमा नेताहरु जस्तो सोध्दै न सोधी बस्ने कुरा पनि भएन। "Sure" पुलुक्क हेरेर उनले भनिन, अनी सेल फोन मा औंला नचाउन थालिन। कुर्सीलाई म तिर तानेर बसे, "दाइ ले अस्ट्रेलिया बाट यस यम यस गर्नु भएको रैछ, तेही पढ्दै थिए" मैले केही न सोधिकनै उनले बेली बिस्तार लगाइन।

" ए अनी तपाईं को नाम चाही के पर्‍यो नि?" मलाई अघी देखी नै सोध्न मन लागेको प्रश्न थियो त्यो। "कामना, अनी तपाईं को नि?" फेरी उनको प्रतिप्रश्न आयो। "रजत" उनी तिर हेर्दै मैले भने। "आजकल के गर्दै नि? पढाई चल्दै छ कि सकियो?" त्यो हाजिरी-जवाफको क्रममा प्रश्न सोध्ने पालो अब मेरो आएको थियो।

"के यु मा फार्मेसी पढ्दै छु। भर्खर फाइनल इयर को एक्जाम सकेर बसेको, रिजल्ट हुन बाकी छ।" उनले सबै बेली बिस्तार लगाइन। "तपाइ को पढाई चाही कहाँ पुग्यो नि?" सोचेकै प्रश्न आयो उता तिर बाट। 

"म पनि बि इ सकेर रिजल्ट कुरेर बसिराको हो" हावाले अगाडी ल्याएको मेरो कपाललाई पछाडी सार्दै भने। "एsss.. भने पछी हामी दुबै जना बेरोजगार पो परेछौ त है?" हल्का  मुस्कुराउदै उनले थपीन। ........ 

 

क्रमश:

 
Last edited: 06-Mar-08 03:49 PM

 
Posted on 03-10-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए पनि कामना पढ्ने मौका मिल्यो। यो हप्ता अन्त्य उसै अल्मल हुन्छ के।

भावनात्मक प्रस्तुती, मन छुने कथा रहेछ।
नेप्चे, अरु पनि लेख्दै गरुम है।


 
Posted on 03-10-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुति नेउचे!
बिचरो रजतलाइ चैं बोर भएछ, के गर्नु मन न त हो! 'म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो' हुन्छ कहिलेकाहिं।
आफूले मन पराएकिले चैं साथी मात्र बनाउने, त्यस्तो केही नसोचेको बेलामा चैं फेरी आफूलाइ मन पराइरा' हुने!


 
Posted on 03-10-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नेप्चेको, धमाका गएछ यता। यस्तै हो के केटीको जात। खाली केटाहरुलाई शहीद बनाउन बाहेक केहि जान्दैनन्, नक्कलीहरु।

२ ब्याच सिनियर पुकारदाइ रे ?

 


 
Posted on 03-10-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त राम्रो भयो BUT २ ब्याच सिनियर ???? कथा साँच्चै काल्पनिक नै रछ
 
Posted on 03-10-08 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.NKC - Time lagayera bhaye ni bich bichma skip gardai bhaye pani, got the gist of the story - love story raicha bhaneyra.

Interesting!


 
Posted on 03-10-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho NKC bro kabita bata katha ma jhardya

testai ho bro yo kabita bhanne kura jasko laagi ho usle sundidainan, aru le sunera kehi na kehi, kaag lai bel paakyo harsha na bismat

je hos bro katha pani ramro laagyo, tyo kamana lai thapakka Pukar dai ko jimma lagaauna sakne mutu ta darilai hunu parcha, tara yi mori nakkali keti haru yestai hun, jaatai nahune nabhai pani nahune kasto aapat

la bro aba kabita ko paalo, jasko laagi lekhe pani hami kehi bhandainam ke, kina darako 


 
Posted on 03-10-08 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC, dherai ramro laagyo.. great work!
 
Posted on 03-11-08 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Emotions are like silhouettes, featureless but with strong outlines. You expressed  it all so rationally in this story.Beautiful touch up at the end. You wrapped it up so neatly.That is why I said 'writer of your caliber' without counting the number of your stories.Count matters or the quality of the content ?
I think  these beautiful lines in Urdu sum up your story. Good luck.
"वो अफ्सना जिसे अन्जाम तक लाना न हो मुम्किन
उसे एक खुब्सूरत मोड देकर छोड्ना अच्छा"





 
Posted on 03-11-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी, हौसला बढाउने ति शब्दहरु को लागी धन्यवाद छ। मौका मिले सम्म लेख्दै टास्दै गरम ला नि।

 

चित्रे, हो नि... रजतलाई त बोर नै भयो। "म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो", यस्तै हुन्छ कहिले काही जिन्दगी मा।  कथा पढेर पस्किदेको प्रतिकृयाको लागी म आभारी छु।

 

गुरु, पढेर २ शब्द छोडि दिनु भएकोमा धन्यवाद टक्राउछु। पुकार दाई लाई त गुरु ले पनि चिन्नु हुन्छ जस्तो छ नि?

 

चेली बहिनी, हुन त मैले सुरु मै भनेको हो नि कथा काल्पनिक हो भनेर, मेरो कुरा कसैले पत्याउने भए पो त।

 

फ्लिप-फ्लप, टाइम लगाएर अनी बिचबिचमा स्किप गर्दै भए पनि कथा पढिदेर प्रतिकृया ब्यक्त गरिदेको मा धन्यबाद छ।

 

कलेजो ब्रो, कबिता बाट कथा मा झरेको भन्नु कि उक्लेको भन्नु खै? कबिता भन्दा त कथा लेख्न साह्रै गाह्रो लाग्यो मलाई त। ब्रो लाई कथा राम्रो लागेको सुन्दा खुसी लाग्यो। हो, रजत को मुटु त दरिलै थियो नि, नत्र कहाँ थुपुक्क कामना लाई पुकार दाई को जिम्मा लाउन सक्नु त्यती सजिलै। मौका निकालेर कबिता नि लेखुमा ला नि।

 

कान्छा ब्रो, समय निकालेर कथा पढिदिएर ब्यक्त गरिदिनु भएको ति प्रेरणादायक प्रतिकृया को लागी धन्यवाद छ।

 

Gunyucholi, “Emotions are like silhouettes, featureless but with strong outlines.” - well said. I am glad to hear that the wrap up of the story was neat. Agree that the quality counts more than the quantity. Yet they say: practice makes perfect; more you write, more fortified you will be with the words. Thank you very much for those encouraging annotations and those beautiful lines to summarize the gist of the story. I really appreciate it.


 
Posted on 03-11-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo last part jhanai ramrou raich - katha lekhan ma pragati hudai cha - leykhdai gara hai nkchora
 
Posted on 03-11-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कि त उनको कुकुर मोती को जन्मदिन पो हो भोली?"---   यो त अत्ति भयो नेप्चे

अन्तिम भाग पनि दामि गयो, हुन त रात भरि करायो दक्षिणा हरायो जस्तो भएछ तर केहि छैन नेप्चे कामना पछि अर्को भावना आउलि नि

ल अरु पनि लेख्दै गर है


 
Posted on 03-11-08 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अन्तिम भाग पनि दामि गयो, हुन त रात भरि करायो दक्षिणा हरायो" hora bhanya

Last edited: 11-Mar-08 07:13 PM

 
Posted on 03-12-08 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC, last part jhanai ramro laagyo.. great work! Keep 'em coming.
 
Posted on 03-12-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा,
अन्तिम भाग झन राम्रो लागेको सुनेर खुसी लाग्यो। हौसला बढाउने ति शब्दहरु को लागे मुरी मुरी धन्यवाद छ। मौका मिले अरु पनि लेखमला नि।

दिपिका, अब अघिल्लो चोटी "जरुरी, भेटेरै भन्नु पर्ने" कुरा भनेर "हात्ती आयो हात्ती आयो, फुस्सा " भए पछी यो चोटी को जरुरी कुरा त्यही मोती को बर्थ्डे पो हो कि जस्तो लाग्यो नि आफु लाई। बबाल कथा लेख्ने मान्छे लाई यो कथा दामी लागेको सुनेर मलाई पनि खुसी लाग्यो। 
भावना रे? कुन चाइ भावना को कुरा गरेको: भावना पोखरेल कि भावना घिमिरे को? 

कान्छा ब्रो, रजतलाई त  "रात भरि करायो दक्षिणा हरायो" जस्तो भैगो नि, कामना लाई पुकार दाई को जिम्मा लाउनु परे पछी।

Yakku, thank you very much for the inspring comment.

Last but not the least, thanks to all the readers as well....


 
Posted on 03-13-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro lagyo. leKHdai garnu hola... !!

 
Posted on 01-06-14 3:02 PM     [Snapshot: 9351]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लग्यो कथा.....
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters