[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 376442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-04-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन एसो तल खेताँ के झर्या थे सबजना आईसकेछन।
धन्यवाद को लागि सप्पै लाई धन्यबाद।
दिपिका भान्जी लाई स्पेसल वान मामा को एक्स्ट्रा केर गर्ने भएकोले।
गाले तारेमाम,हाम्रो चिन्जान त भा छैन केरे तर दिपु को मामा मै हुँ,बिर्खे को सम्धी, तिँउरा कुरा त निक्कै सुन्या हो केरे अनी स्वस्थानी नि निकै पढिया हो तर बात अर्न चै पा थिएनम, अनी धेरै पछी आयो केरे धेरै कुरा मिस गरी सक्यो, कथा चौतारी को कथाँ मलाई खोलाले बगार लग्या बेलाँ बच्चाउने तिमी नै हो केरे,लु मेरो ज्यान बचाकोमा तिमी लाई नि धन्यवाद।
लहरे के हुँदै छ त्यता तिर ?


 
Posted on 08-04-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु मेरो सप्तहन्त त पढेरै बित्यो भन्नु पर्ला। उता कथा पनि थप्न पाकी छैन। त्यही त रिट्ठेले चोरेको देखिहाले मैले।

रिट्ठे म पनि फस किलास छु साथी।

ठुल्दाइ त्य पारोको खोजिमा हुने देवदाश पनि के काम। जहिले झल्लु हुने।

गालब ज्यु,

ए दिपिके बालिके! लौ किन सुरुवात नै दिपिके बालिके भनेर नि? मैले त्यस्तो नराम्रो के भने र? झन धन्यवाद भनिराछु कुनै दिन मेरो मामा, मेरो माइला दाई र मलाई चिन्न सक्ने अवस्थामा पुग्नु भयो भने म फेरी ढोग भेट गर्न आउने छु।  अहिले लाई कृपया त्यो धन्यवाद फिर्ता दिनुहोस


 
Posted on 08-04-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भक्त, बल्ल बुझिलियाँ ।
कुरा त्यस्तो पो र'च! आफूले कसरी बुझ्ने? समाधिमा हुँदा गर्या कुरा सामान्य अवस्थामा सम्झना हुँदैन क्या!

समाधिकालमा लोकको गरुँ हित भनी केही काम शुरु गर्या थिएँ। अब करिब करिब पुरा भा'छ। तपाईंहरुमाझ पस्केको छु। झ्याउ ला'र क्याउ क्याउ भा'बेलाँ यसो छिरेर ट्यामपास गर्नुहोला। अनि नयाँ पुराना खुराकहरु छन् भने थप्नुस् है।
http://www.majheri.com
मझेरी डट कम


 
Posted on 08-04-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु बिस्टे - यस्तै हो - आज अली शितल छ
राती पानी पर्याथ्यो क्यारे - तेही भर
अब सोमबार त त्यस्तै हो -
काम गर्न मन लाग्या होइन - कहिले बिहीवार आउँछ भने पर्खिरा
अनी आफ्नो सुनाउ न के हुँदैछ त्यता तिर।

अरु गालेहरु कता गए - काम गर्न त पक्का गाकै होइन होला
काम गरेर खाने खालको मान्छे त होइन यिनिहरु -
यतै बसेर पढिरा होला -


 
Posted on 08-04-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरे है सबैलाई।

गालबलाई देखेर एउटा मन्त्र सम्झें जुन यसरी सुरु हुन्छ  यं साझा गालबेन्द्र उग्र अरुजोस तुरुन्तै देबीदेख्या जसै ----

त्यो थर्मसको च्यामा जुन बास्ना हुन्छ त्यो चै अरुलाई नै भो -- प्योर च्या चै मलाई नी एक कप।

बिस्टे प्रभो--- उता आरुबारी तिरकी एउटी चालिसेलाई सपनाँ देख्या देख्या जस्तो लाग्यो गए राती -- लाईट कम भएर संकेत चै बुझिन -- दिउँसो सुत्या भए प्रस्ट हुन्थ्यो होला-- राती त्यो पनि बत्ति निभार सुत्या बेलाँ आई उ पनि -- के गर्ने होला-- के भनेकी हो?


 
Posted on 08-04-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगी एक राउन्ड चिया पिये अर्को पाये फेरी दोस्रो राउन्ड पिउनु हुन्थ्यो , जम्मै लाई फेरी अर्को जदौ ।।
दीप ब्रो बानेस्वोर घुम्न आउने हैन ? ? ?
 
Posted on 08-04-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बालिके! भक्तहरुलाई बालक र बालिके भन्ने गर्या छौं क्या! चाहे बुढा जिम्माल हुन् या फुच्चे गुन्टे। अब यहाँलाई म कसरी अपवादमा राखौं त? मर्जी हवस्।

बिस्टेलाई नि तारेमाम छ। ध्यानदृष्टिले त त्यै बेलातिर बिचार गरी हेर्या थें हो! अलिअलि चिन्या जस्तो  लागो।

अनि दिपज्यो, हजुर त एकजुगमा खरानी धसेर गृहस्थी त्याग गर्या भन्ने सुन्या थें केरे, यो चौतारीको मोहनी संसारले ध्यान भङ्ग गरो कि के हो? फेरि भेट हुँदा मपनि धन्य भयाँ।

 
Posted on 08-04-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु गालब ,गालब  भन्थे चिनेको चै थियिन , कथा मा पढेको हो भेटेको थिन , लौ आज भेट भो गालब महाराजको (सब्लाई बालक बालिके भनेको भर भनेको ) । तारेमाम गालब महाराज ।।


 
Posted on 08-04-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीप ब्रो बानेस्वोर घुम्न आउने हैन ? ? ?"

हो हर्के ब्रो। बुढेसकालाँ चारधाम भन्या जस्तो आफ्नो पनि हुर्कदो जबानीको चारधाम मध्येको एक धाम त बानेस्वर नै त थ्यो। अहिले नै पुगम जस्तो लाग्छ -- मादेबथान देखि रत्नराज्य सम्म अनि बत्तिस पुतली देखी मिन भबन सम्म भ्याउनु पर्थ्यो त्यो धाममा। धमाधम थ्यो प्रभो।

गालबेन्द्र मुनी, अब त्याग भनेको छोडेरै गर्नु पर्छ भन्ने पनि रहेनछ भन्ने बुझियो यसो ध्यान दृस्टीले हेर्दा। अनि लौ त भनेर म पनि --


 
Posted on 08-04-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनेश्वोर्को गल्ली ले मलाई भुली सक्यो होला अब , कुकुर्लेनी भुक्छ होला अब गएसी ।। बिहान बिहान मर्निङ वाक मा बनेश्वोर बाट गौसाला अनी गुहेस्वेरी बाट सिडी चडेर , स्लेश्मान्तक बनको सयर कहिले गर्ने हो दीप ब्रो , मत हैरान भयी सके।।
 
Posted on 08-04-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू, अनि कति पढेको नि सप्ताहन्तमा पनि? बरु यसो लेखेकी भए हुन्थ्यो नि।
दीप् प्रभो, श्रींखला टुङ्ग्या हो कि होइन बुझ्नै गार्हो परो। संधै सस्पेन्समा अन्त्य हुने, सिद्ध्या नसिद्ध्या बुझ्नै गार्हो।
   

 
Posted on 08-04-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को चौतारी अबतारी हरुको दिब्य दर्शन प्रदर्शन बिशेषांक हुने भयो। श्री १०८ चौताराधिष गालबेन्द्र गुर्बाचार्य को हार्दिक स्वागत छ।

ओहे केटकेटी हरु स्वामी महाराज को स्वागतार्थ फूल सूल खोजेर ल्याउ, फूल सूल भेटिएन भने सिस्नु भए नि हुन्छ। आँफैलाई पोलिएला, कुचो लिएर जानु।

दीप गुरु लाई समीप मा पाउदा त्यती कै मन प्रफुल्ल भएको छ। बानेश्वर ज्ञानेश्वर कोटेश्वर का भे भरका झ्याले कन्याहरु आज दर्शनार्थ यही आएका छन।


 
Posted on 08-04-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले म पनि कथा पढौ भनेर अगी देखी घोसे मुन्टो लगर साझा अगाडि बशेको बशेकै भये ।।
हा हा हा ठुल्दाइ , जुन सुकै स्वोर भएनी बानेश्वोर्को कन्या चै लाजबाब है कुरै नगरौ कि कसो दीप ब्रो।।
 
Posted on 08-04-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृङ्खला बाँकि छ नी चिप्ले ब्रो।

बानेस्वर, ग्यानेस्वर, भुतेस्वर जे भए पनि आफु त तरुनीस्वरीको परम भक्त परियो। स्वर भन्दा स्वरीकै उपासनामा एक चित्त गरेर लागियो। घोर तप गर्नु पर्थ्यो नत्र नैबेद नभेटीने।


 
Posted on 08-04-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो, त्यो गुजेस्वरीबाट उकालो लागेर माथी मनकामना र गोरखनाथ कटेर यता पसुपती तिर ओरालो लाग्दा क्या रमाईलो लाग्थ्यो।
 
Posted on 08-04-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ब्रो हो , त्यो सितले भिजेको चौर मा हिंड्न अर्कै रमाइलो थियो , त्यो पशुपतिमा बजेको घण्टी, वारी पारी गुन्जेको अवाज सुन्दा मन नै आनन्द हुन्थे , के गर्ने अब त सम्झना मात्र बाँकी भो।
 
Posted on 08-04-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महर्शी गालब ज्यु, मेरो दाइको भनाइ अनुसार त हजुर नम्र मिजास भएको सोझो मानब जस्तो लागेको थियो। तर आजको यो जम्काभेट ले हजुर रुखो बोली भएको र रिशालु आँखा भएको ॠषि मुनी हो कि झै लाग्यो। कृपया माफ गरिदिनुहोस् र श्राप जस्तो पाप मुखबाट नानीकाली मलाई आज्ञा दिनुहोस। मलाई थाहा थिएन हजुरको बोलिको सुरुवात नै त्यो  ढंग ले हुन्छ भनेर। यदी हजुरको मन प्रफुल्ल भएछ भने र मेरो दाई र मामा को हुन भनेर चिन्नु भएछ भने मलाई दिपिके, बालिके जे नै भने पनि हुन्छ

चिप्लु त्यही त बर्बाद भयो हेर्नुस न। कथा पनि लेख्न पाईन


 
Posted on 08-04-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे: यता तिर नि खासै केही छैन अस्ती १०५, हिजो १०१, आज १०० छ् तेही हो ।
दिप प्रभो: प्रभो को महिमा अपरम्पार,आरुबारी तिर को चालिसे ,माने प्रभो मैले demographics मा चै नसकिने भो पर्भो लाई।
गालब पर्भो: अन्तर्यामी बेला बेला मा हामी भक्त हरु सामु प्रकट हुनु भए हाम्रो जीवन धन्य हुन्थ्यो होला।
ल म त गये हसुर्न।
 
Posted on 08-04-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पस्पतिको कुरा हुँदै रेछ।

एक पटक शीवरात्रीमा ( सानै थिएँ क्यार अलि) एक जना गँजेडी दाई थिए रत्नमान भन्ने। उनिसंग पस्पति गा'को, दाइले तान्नु ताने र मलाई घुमाउँदै कहिले कैलाशतिर कहिले पारि पट्टि उकालेर शास्त्रिय संगीत प्रतियोगिता हुने ठाममा लगे। आफू एक्लै फर्कन डर लाग्ने बेला थियो, दिनभरि बुढा झ्याप रहेछन् त्यो संगितले कान खाएको थियो र भोकले आन्द्रा बटारिएको थियो। बेलुका बल्ल बल्ल घर फर्केपछि आमाको नराम्रो गाली पनि खाइएको थियो।


 
Posted on 08-04-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल ति दिन हरु सबै गाये , निराशे कलो जिन्दगी मात्र भो अब चै ।।
लौ मनी लाग्नु पर्ने भो, भरे भेटौँला अब ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters