cheli
Replies to this thread:
More by cheli
What people are reading
Subscribers
Please log in to subscribe to cheli's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 43]
[VIEWED 39592
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-25-10 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कलेजको प्रोजेक्टको काम सक्नु थियो उस्को ! रिपोर्ट्को लागि केही रेफ्रेन्स पाईन्छ कि भनेर साइबर क्याफेमा छिरेकी थिई उ त्यसदिन । फेसबुक भनेपछी अरु साथीहरु जस्तो तेत्ती सारो अडिक्टेड त थियिन तर पनि बेलामौका मा कहिलेकही चलाउने गर्थी । www.facebook.com मोजिल्लाको अड्रेस बार मा तेत्ती के टाईप गरेकी थिई , अर्कै मान्छे को फेसबुक प्रोफाइल उस्का अगाडि खुल्यो । मुसुक्क हसेर उभिएको एउटा निकै ह्यान्ड्सम युवकको प्रोफाइल पिक्चर देख्दा एकछिन त उ अक्कबक्क परी । "अभय" नाम पनि राम्रो लाग्यो । ढाँटेको होइन भने उमेर पनि उस्को भन्दा दुई बर्ष मात्र बढी ! पहिलो चोटि तस्वीरमा देखेको अपरिचितको सबै कुरा एकदम मन्पर्यो उस्लाई । केही कुरा सोचेर मुसुक्क हांसी, अभय कै एकाउन्ट बाट आफ्नु नाम सर्च गरी अनि "add as Friend" म क्लिक गरी । त्यस्पछी उस्को एकाउन्ट बाट साइन आउट गरी, आफ्नु मा लग इन गरी, अनी "अभय" को फ्रेन्ड रिक्वेस्ट लाई "कन्फोर्म" गरी । प्रोजेक्ट, रिपोर्ट, रेफ्रेन्सेस को कुनै ध्याउन्न थिएन उस्लाई शायद बिर्सिसकी थिइ शायद ति कुरा । उस्को दिमागमा अब केबल अभय थियो अनि मनमा अभय लाई अझ जान्ने इक्ष्या !! बेलुका घर पुग्ने बित्तिकै फेरी कम्प्युटर खोली उस्ले, साधारणतया घरबाट ईन्टरनेट चलाउने गरेकी थियिन उस्ले, त्यस दिन ईन्टरनेट पनि क्नेक्ट् गरी, अनी हतार हतार फेसबुक खोलेर अन्लाइन भै । किन किन उस्लाई अभय अन्लाइन हुन्छ जस्तो लागेको थियो र उस्को अनुमान सहि निस्कियो अभय साँच्चै अन्लाइन थियो । "Hey! Do we know each other ?" कुरा उसैले सुरु गरी । "Well.." उस्ले पनि रिप्लाइ गर्यो । "I do not think we do, I have no idea how did I add you in my facebook. I was kind of confused, when I got the notification that you accepted my request" अभयले त्यसरी उदेक मानेको देखेर दँग परी उ, कसैलाई यसरी झुक्याउन पाउँदा निकै रमाइलो लाग्दै थियो उस्लाई । "Wow! त्यस्तो पनि हुदो रैछ है ? may be its some kind of bug, अहिले फेसबुकमा कत्ती थरिको बग आ'छन रे भन्थ्यो मेरो साथीहरुले ठिकै रैछ" निर्दोष झैं बनेर मन्मनै हाँस्दै भनी उस्ले ! "खोइ त्यस्तो त नहुनु पर्ने हो " बिचरा अभय साँच्चै निर्दोष थियो !!
"जे होस्, अहिले सम्म नचिनेर के भो त .. अब त चिन्न सकिन्छ नि होइन " आदत अनुसार नै फर्वार्ड हुँदै भनी उस्ले ।
"yea, sure" उस्ले जवाफ दियो शायद अलि अलि लाज मान्दै ।
"You know my name, right ? I am Alisha, Everest College मा BIT second year पढ्दैछु "
"कहाँ बानेश्वोर को एभरेष्ट ? "
"Yup"
"Oh, त्यहाँ त म आज दिउसो गएको थिएँ । Do you know Shruti ? BBA Third year पढ्ने ? उस्लाई भेट्न "
अभय ले यति के भनेको थियो उस्को मन त्यसै त्यसै चिसो भएर आयो अभयसँग कुरा गर्ने जोश - जाँगर सबै तेस्सै सेलाए जस्तो लाग्यो उस्लाई ।
"I don't know who she is. Okay then, I got to go. It was nice knowing you" कुराको बिट मार्न खोजी उस्ले ।
"Ok, Hope to meet you again :-), nice meeting you" उस्ले भन्यो ।
अलिशाले फेसबुक, ईन्टरनेट, कम्प्युटर सबै बन्द गरी अनी असाइन्मेन्ट गर्न
तिर लागी, श्रुती भन्ने अर्कै केटी को नाम सुने पछि बिरक्तिएकी उस्ले
अभयको बारे मा बढी केही सोधिन । मन पनि कस्तो हुदो रैछ कहिले कोही अपरिचित
को नाम सुन्दा मक्ख पर्ने कहिले फेरी कुनै अपरिचित को नामैले दिक्क हुने ।
खासै भन्नु पर्दा त उस्कालागि "अभय" र "श्रुती" दुबै नाम उस्तै हुन
अपरिचित, तर "अभय" ले ल्याएको खुशीयालीलाइ "श्रुती" ले आफुसङै लिएर गये
जस्तो लाग्यो उस्लाई ।To be continued
Last edited: 25-May-10 02:04 PM
|
|
|
|
saathtimro
Please log in to subscribe to saathtimro's postings.
Posted on 09-30-10 10:56
AM [Snapshot: 3462]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aaja ko din bertha gayena, sachai ramro lekh cha. ajai jaaos
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-01-10 10:10
AM [Snapshot: 3620]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perika
Please log in to subscribe to perika's postings.
Posted on 10-01-10 11:12
AM [Snapshot: 3671]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Awesome writing.. keep it up!!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
Need Help of IT consultancies |
Nepal TPS decision |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal Likely to Get 60-Day TPS Notice |
Nepal TPS has been Extended !!! |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
NEPAL TPS IS GONE |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
#MAGA#FAFO is delicious |
What is the purpose of an F1 student visa in the U.S.? |
Homeowner Charged renting to illegal migrants |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|