[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 563433 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-30-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन लुकेर खिच्नु नि ! मेरो क्याम्रा छ भनेर केली ले थाहा पाएपछी त "रिट्ठे मेरो नयाँ डोको र नयाँ हसिया लेर म मेला जान्छु, मेरो फोटु खिच्देउ न है म अनी तिमीलाई भरै २ माना कोदोको छ बनाको दिम्ला नि है" भनेको ले पो खिच्देको त !


केली एक्लै कता जान्छिन त लहरे नगैकन ! लहरे पनि गको छ उ हेरत ! जिम्माल बा लाई दम बढ्यो भनेर मदनवाको हेल्थ्पोस्ट पुर्याएर अनी जान्छ रे घास काट्न केली संगै !


पुरे के छ? झल्याक झुलुक मात्र आज ब्रो?



 
Posted on 03-30-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन रिठ्ठे त्यो म:म नै खान पर्ने भन्ने के छ र यसो बसेर गफ चुटम्ला नि, गेट देखी कोठासम्म भर्र्याङ्मा रातो कार्पेट बिछ्याउला नि 
ठुल्दाइ ले त बोलाउनै पर्दैन, जानी अनी लौ खाने कुरा तयार गर्नुस् दाई भनौला नि, रिसाए रिसाउनुहोला आफ्नै दाई त हो 


खुशी सित चाँही गफ नलाम है रिठ्ठु रिसाउछ फेरी


 
Posted on 03-30-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलाम मार्साब,
आउने आउने भन्या सधैं तेस्ताइ भईराछ। लाला बाला लेर हिन्नु पर्‍यो तेई त हो नि।
बरु मार्साब ठुल्दाइ भाउजु एसो माथितिर उक्ले नि हुन्छ नि। खाम्ला पिम्ला फुकम्ला। कसो रिट्ठे।
ल ल यो हप्ता साइत जुर्यो भने चै आम्ला पक्कै। मखुला रिट्ठे?
खुशी के छ तिम्रो हालखबर।
 
Posted on 03-30-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>आउन रिठ्ठे त्यो म:म नै खान पर्ने भन्ने के छ र यसो बसेर गफ चुटम्ला नि, गेट देखी कोठासम्म भर्र्याङ्मा रातो कार्पेट बिछ्याउला नि  <<<


 


भने पछी ठुल्दाइले नबोलाये हामी नि छम नि भन्न खोजेको संकेत आयो है बल्ल ! ल तेसो भये यो शनिबार सवारि चलाऊनु पर्‍यो


>>>ठुल्दाइ ले त बोलाउनै पर्दैन, जानी अनी लौ खाने कुरा तयार गर्नुस् दाई भनौला नि, रिसाए रिसाउनुहोला आफ्नै दाई त हो <<<


तेइ आफ्नै दाई भएर त "केटा हो आज सार्है अल्छि लागिरछ म:म को डल्ला बनाउन, समोशा ले चलाऊनी हो कि आज?" भन्नु होला भन्नि डर नि !


खुशी रिसाउदिनन, है खुशी?


 


 
Posted on 03-30-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठु किन रिसाउथ्यो नि पर्बत्य बरु मेरो माइलो चै रिसाउला नि हैन त बिस्टे दाई?

अनी बिस्टे दाई म ठीक छु

Last edited: 30-Mar-09 02:22 PM

 
Posted on 03-30-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>बरु मार्साब ठुल्दाइ भाउजु एसो माथितिर उक्ले नि हुन्छ नि। खाम्ला पिम्ला फुकम्ला। कसो रिट्ठे। <<<


हो हो ! एकदम ठीक कुरो हो ! मलाई नि नजिक पर्नी भयो !


 
Posted on 03-30-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई।
रिट्ठे, फोटोहरु गजबका राखेछौ। अनि पूर्वेलीहरुको भेट हो कि के हो शनिबार? चेलीको घरमा चौतारी भेला गर्ने भनेको बेपत्ता छिन् अचेल। बरु अस्ति शुक्रबार बिर्खे र टेकेलाई गोर्सरी पसलाँ भेट्या थिएँ। बड लाइट्को १२ पोके बोक्दै थिए।   
 
Posted on 03-30-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले भने असली कुरा गर्‍यो। रिट्ठे लाई नि नजिक हुने बेबीसिटर लाई लतरपतर गर्नु नपर्ने, घर आइ आइ म: म: खुवाउने भने सि त चिट्ठा त बिस्टे लाई नै पर्ने छाँट देखिन्छ।


अब लाने ले लैजाने भए आउन के को आइतबार? शनिबार नै आइन्छ नि।


 
Posted on 03-30-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज चौतारीमा निकै नै खडेरी लागेस। रिट्ठे लाई कती म: म: खान  मन लाउदो रस? ठुल्दाइलाई म: म: को नाम लियो कि रिशोच गर्न पर्ने हुन्स अब। बिस्टे के स तिम्रो? चिप्लेको दोलाल घाट म पनि जादैसु है। पुरे के गर्दै सौ हो तिमी? पर्बते र खुशी लाई पनि सलाम स है मेरो।
 
Posted on 03-30-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आएं म त, हैन के हुँदै छ एता, कोइ छन? के गर्दै छन? मेरो तेस्रो दर्शन, जदौ अनी तारेमाम है

खै त केली कता गयी? आज देखा पर्या छैन त मेरो बेस्ट फ्रेन, अ बौचा, केलीलाइ हाजिर गर

अँ रिट्ठु, एस्सो काम गर्द्या नि, लु सक्यो आजलाई, अब १ घण्टा एतै चौतारी मै बस्छु, झल्याक्-झुलुक हैन, पुरै पलेती कसेर बसें लु

 
Posted on 03-30-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे आउन त आयौ, त्यो तिम्रो accent खै? अनी खें खें नि जाओस न

 
Posted on 03-30-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्स यो पुरे? कुन accent को कुरो गर्स?
ए रिठ्ठे तिम्लाई त्यती सारो म: म: खान मन भये कि म: म: साउनी बिहे गर कि म: म: पसल खोल। दिन रातै छेर्ने गरी खान पाउसौ। 
 
Posted on 03-30-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे मार्साब नि एसो खोला तरे त के जान्थ्यो र् कैले काई,की निम्तो पठाउनु पर्ने हो?



हो भने भनम है एक कुड्को सुपारी पठाइदिम्ला।



तेस्तै होला नि खुशी नानी म के जानम। अनी अरु के छ नयाँ सुनाउ। माइलो कता गो त आज?


हा हा ठुल्दाइ ले कुरो त गजप्कै गर्नु भा हो नि,ठुला बडा दिमाग ठुलै हुन्छ भन्या एही रच।



मेरो त ठीक ठाक स हो नेत्रे ब्रो तिम्रो सि के स नि। आज नेत्रवा को मुकुन्डो फुकालेर आएसौ नि त।



लौ चिप्ले उडेर आउन त तिमी नि एही मौका हो।



ल ठुल्दाइ आउनुस् आउनुस् पर्बते मार्साब ले लेराइहाल्छन नि बरु म अस्ती भने झै अल पर्पज


फ्लाउर किमा ठीक पारीरन्छु।


 


 
Posted on 03-30-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह भो नि म:म: को कुरो नगरुम न, आफु त एक्लो ज्यान, ठुल्दाइले नबोलाको नि हैन, तर त्या सम्म आउन मिलेन, अनी याँ बसेर म:म: को कुरो सुनेर बस्न नि सकिन्न, भोक लाग्छ नि भन्या, कस्तो असत्ती पापीहरु फेला परेछन नि लौ न, एह एस्सो अरु गामलेको दया-माया नि लाग्दैन भन्या।

ल न ठुल्दाइ, हप्ताको पैलो दिन नै एस्तो गर्न भेन भनेर सम्झाइ-बुझाई गर्दिनु न, तपाईं नै को अली पाको उमेरको मान्छे याँ 

 
Posted on 03-30-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे, उडेर आउन त बिस्टे को मा। धेरै लाग्ने होइन २ सय जती त होला नि?
२०० ले खान पाउने म: म: हो र? एक जुग मा एक चोटि मात्र खान पाउछ, त्यो पनि डिभी परे जस्तो भाग्य लिएर आएको हुनु पर्छ।



बिस्टे, अल पर्पोज मैदा मात्र किनेर राख्ने भए,


पर्बते लाई एस् पाउण्ड जती चिकेन किमा र रिट्ठेलाई २ पाउण्ड हर्के मार्का किमा लिएर आउ भन्नु पर्‍यो।



म: म: राख्ने असली मसला को जिम्मा मेरो भो।



गोलभेडा ४ पाउन्ड, रातो प्याज २-३ पाउण्ड, छ्यापी हाफ पाउण्ड नि किनेर राख्नु ।
 
जीराको धुलो, हल्दी, तेल, घिउ त घरअंै होला क्या रे।


 


लास्टमा जो आउछ त्यसले चाँही पेय पदार्थको ब्यबस्था गरी आउने गरी पिलान बनाए कस्तो होला?


 
Posted on 03-30-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस किनी पठाइ दिने भए, पेय पदार्थ म ल्याउसु।
 
Posted on 03-30-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकेस किनी पठाइ दिने भए, पेय पदार्थ म ल्याउसु।
 
Posted on 03-30-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे,
टिकेस साझा बस सम्म को भे त बिस्टे लाई दु:ख दिन्न। ( आफ्नो दु:ख दिने बानी नै छैन। )।



पेय पदार्थ चाँही गच्छे अनुसार को ल्याउने कष्ट गर्नु पर्ला। रिट्ठे को कोटा त अनलिमिटेड हो, पर्बते गुरु गृह मन्त्रिको सामुन्ने जेन्टल पेयक्कड। बिस्टे घरपेटीबा, ढलुन्जेल पिये नि केही फरक पर्दैन। बाँकी ठुलदाई म: म: मै बिजी हुने भाकोले १ -२ बोटल ह्यानिकन बियर मै सन्तुष्ट ।


 
Posted on 03-30-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पेय-पदार्थ ल्याउनमा केइ आपत्ति छैन, टिकेट पथाइदिये त बियरले नुहाइदिन्थें

 
Posted on 03-30-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रान्ड किमा मात्र होइन ठुल्दाइ किमामा हाल्नी असली म:म मसला त हाम सँग नि छ है ठुल्दाइ ! बि याम सि भन्नि के त ! अझ मौका परेर चौका हान्न पाइयो भने त होम मेड छ्याङ नि ल्याउन पाईन्छ !


रिट्ठे ले त फेरी ज्याउसन हाइट को मोहन लाल नि बोकेरै आउछ आयो भन्देखी !


बरु ल कुरोकानी मिलाउ यो शनिबारलाई ! जो बोल्दिया सो बोल्दिया !


नार्टन आन्टी कि भेल रहल्छे ओत्ते?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters