[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 264106 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-16-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई दोस्रो राउन्ड को शुक्रबारे जदौ, जिम्मालबा लाई शुक्रबारिय लोलयुक्त जदौ

कुम्ले दाई, हजुरलाई त भुल्छु भन्दा नि सकिदैन होला क्या। अब आफ्नै दाई लाई के चौतरीमा आएर नमस्ते गर्नु भनेर पो त। 

बिस्टे लाई पनि मैले गुड गरे है। नेत्रे, टन्के, मिस दिदी, सन्नानी, ठुल्नानी लाई नमस्ते अनी ठुल्दाइ लाई लालेमाम । 

दिपु, आज एका बिहानै त्यो पल्ल घरे साइलो को भाले झ्याल छेउमै आएर बासेर सुत्न देको भये पो।  अनी बिहानै उठेर चौतरी तिर आको नि बात मार्न लाई।

नयाँ गाम्ले सिरी लाई स्वागत छ।

"नर्टन आन्टी भाईरस"


 
Posted on 05-16-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो त भोजन भयो, तपाईं को नि?
छैन भने हर्क्या होटेलमा बंगुर पाक्या छ।

 
Posted on 05-16-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

टउँके तिउलसिना को निवेदन

ठुल्दाइ उता एउटा आलो काँचो सँग भिदेर आउनु भा रइछ 


 
Posted on 05-16-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! दिपिकाले बिहान 'हितेको कथा सुन्ने!' भनेपछि लेख्न बसेको यो कथा, यहाँ काममा फुर्सद नभएर बल्ल बल्ल लेखिसकेँ। हुन त त्यहि आधा घन्टा जत्ति लाग्नुपर्ने यो लेख्न, आफुँलाई त्यहि आधा घन्टा समय मिलाउन नसकेर कत्रो बिजोग! ल यो चाँहि अस्ति नै कस्ले दिपिकालाई "दिपु" भनेको देखेर मलाई याद भएको मेरो साथीको कथा है त!

 

कुरो त्यो बेलाको हो जब हामी पुराना साथीहरु भर्खर पढाई भर्खर सकिएर जागिर खोज्ने क्रममा थियौँ। भन्नाले हामी संग फुर्सदै फुर्सद। मेरा एक दुइजना पुराना साथीहरु एउटा फ्लाट लिएर बस्थे। हामीहरु प्राय जसो साथीहरुको बसाई त्यहि हुन्थ्यो दिनभरि जस्तो! कहिले काँहि रातिपनि त्यत्तै बसिन्थ्यो। मेरो एकजना साथी दिपेन, जो त्यहि फ्लाटमा बस्थ्यो, खुब चकलेटी! आइ मिन एकदम क्युट! अनि उस्लाई मनपराउने केटीहरुको लाम लाग्थ्यो। फोनको घन्टी बज्यो कि उ दौडेर जानुपर्ने उठाउन किन भने लगभग ९० प्रतिशत फोन उसैलाई आएको हुन्थ्यो। प्राय जसो फोनमा हुने कुराकानीहरुमा चाँहि,

दिपेन: "हेल्लो!"

उतापटि: "दिपु हो?"

दिपेन: "अँ बोल्दै छु! के छ?"

अनि त्यसपछि कर्डलेस लिएर उ उस्को कोठामा पस्थ्यो। अनि हामी लिविङ रुममा बस्यो अनि उस्को फोन कहिले सकिएला भनेर पर्खियो। उस्को फोन सकिएपछि के के कुरा भयो अनि कहाँ जाने प्लान भयो के गर्ने प्लान भयो भन्ने कुरा सुन्यो अनि हाँस्यो बस्यो। यस्तै थियो हाम्रो जिन्दगी!

एकदिन यस्तै फोन आएर दिपेन आफ्नो कोठा तिर पसेको बेला हाम्रो हितेले खुब गुनासो पोख्यो!

"यार यस्तो जिन्दगी के जिन्दगी?"

"किन र के भयो त्यस्तो जिन्दगी देखि नै बिरक्तिने गरि?" मैले सोधेँ

"होइन यार भगवानपनि बायस छन् बुजिस्! कसैलाई केहि छैन, कसैलाई लाइन लागेको छ!" हितेले टिभिको रिमोट चेन्ज गर्या गर्यै गर्न थाल्यो।

आँफुलाई इएसपिएनबाट देखाइरहेको क्रिकेट हर्न मन लागिराथियो, उस्ले रिमोट चलाको देखेर हत्तपत्त रिमोट खोस्दै, "जा न त एउटा सापटी माग दिपेन सङ! अनि भोली देखि तलाईँपनि 'हितु!' भन्दै फोन आउन थाल्छ नि!"

"दिन्छ त्यस्ले! कुखुराले ओथारो बसे जस्तो सबैलाई छोपेर राख्या छ! हैन कसरी टाइम मिलाउन सक्छ यार त्यस्ले?" हिते कुरामा उ फ्रस्टु भाको प्रष्ट थाहा हुन्थ्यो।

"अब हेर हिते! त्यो सब निदारमा लेखेर आको हुनुपर्छ! उस्को निधारमा श्री लेख्या रहेछ अब तेरो निधार पिचिरी लेख्या होला अनि कसरी त्यस्को जस्तो भाग्यो हुन्थ्यो तेर!" मलाई त्यस्को कुरो भन्दापनि क्रिकेटमा कस्ले कत्ति हान्यो भन्ने कुरामा बढि ध्यान थियो।

"हो यार! त्यस्तै छ! तर बुजिस एक पटक चान्स पाए भने म पनि पट्याउन सक्छु क्या! तर के गर्ने आफुँले त डेब्यु गर्न ब्रेक पनि पा'होइन! सबैले खाली दिपु दिपु मात्र भन्छन्" हिते जुरुक्क उठ्यो अनि दिपेनको कोठा तिर गएर कुरो सुन्न खोज्यो! अनि हत्तपत्त आएर मलाई भन्यो, "बुजिस! त्यस्लाई प्रोब्लम परे जस्तो छ! खोइ के हो? खाली टाइम मिल्दैन! भनेको सुन्छु!"

"के को टाइम मिल्ला त बिचराको! अर्कीले पर्खि रा'होली यस्ले बोलाउदा! बिचरालाई पनि एउटा टाइम म्यानेजर राख्नेबेला भइसक्यो" भनेर भन्दै थिएँ, दिपेनले ढोका खोल्यो।

हामीहरु 'अब के भयो होला' भनेर उस्को अनुहार हेरेर बस्यौँ। दिपेन आयो, फोन राख्यो अनि हामीहरुलाई हेर्दै, "खोइ यार मलाई त यो देखि वाक्क लागिसक्यो यार! जे कुरामा पनि मै चाहिने!" भन्यो।

"अब त्यस्तै त हुन्छ नि सबै आफुँले मात्रै राख्न खोज्दा! यसो हामी तिरपनि एक दुइवटा प्रोजेक्ट सप्लाई गरिदिए हामीपनि खुसी हुन्थेम, क्लाइन्टपनि खुसी हुन्थिन्!" हितेले कुरो निकाल्यो!

मैले टिभि बन्द गर्दै दिपेनलाई सोधेँ, "किन दिपेन ब्रो! के समस्या आयो आज?"

"हैन यार! उस्लाई बल्खु टियुको अफिस जानुपर्ने रे, अनि म संगै जाने रे भनेर जिद्दी गर्या गर्यै! आफ्नो फेरि अर्कोतिर जानुछ, उता भक्तपुरतिर!" दिपेनको गुनासो!

"हामी साथीको के काम नि यस्तो समस्या परेको बेलामा पनि साथ नदिए!" हिते जङियो।

"हो नि त! तिमी खासै यो सङ त्यत्ति सिरियस नि देखिन्नौ! बरु बिचरा यो हितेको कल्याण गरिदेउ यार दिपेन!" मैले नि हितेको समस्या राम्ररी बुझेको थिएँ। बिचरालाई एउटा ब्रेक दिए कमसेकम उस्ले नि गरि खान्थ्यो भन्ने लागेको थियो मलाईपनि।

"साँच्चि जाने हो त? म उस्लाई म भ्याउदिन मेरो साथी आउँछ उस्ले सब चिनेको छ त्यहाँ बल्खुमा उस्ले तिम्रो राम्रो खयाल राख्छ भनेर उस्लाई फकाउछु अनि तँ चाँहि गएर आफ्नो जादु प्रयोग गर्नु" भन्दै दिपेन फेरि कर्डलेस लिएर कोठा तिर गयो।

हिते चाँहि मख्ख परेर मलाई भन्न थाल्यो, "बुजिस आज तलाइँ देखाउँछु मेरो निधारमा श्री लेख्या रहेछ कि पिचिरी!"

म नि उस्को मनोबल बढाउन थालेँ। दिपेन फोनमा कुरा गरिसकेर बाहिर निस्कियो। हितेले उस्को साथीलाई लिएर जान पाउने भयो। हामी हितेलाई ड्रेसकोड, डेटिङ एटिक्वेटका बारेमा प्रबचन दिन थालेम। उ पनि मख्ख पर्दै हाम्रो कुरा सुन्दै तयार भएर एकछिनपछि आफ्नो स्प्लेन्डर लिएर निस्कियो।

करिब दुई अढाई घन्टापछि हितेको मोबाइलबाट फोन आयो हाम्रोमा। मैले हत्तपत्त उठाए हितेको के खबर रहेछ भनेर।

हितेले, "दिपेन छ त्यहाँ?" भनेर सोध्यो, अरु केहि कुरा नगरी। दिपेन भर्खर आइपुगेको थियो, उस्लाई फोन दिएँ। उस्ले फोन लियो अनि एकछिन् हिते सङ कुरा गरेर आफ्नो कोठातिर लाग्यो। निकै बेर कुरा गरेपछि दिपेन बाहिर निस्कियो। मैले के रहेछ कुरो भनेर बुझ्न खोज्दा उस्ले, "हितेले राम्रो सङ हेल्प गरेछ त्यहि भएर मलाई थ्यान्क्स भन्नु फोन गरेको!" भन्यो।

म पनि अब हिते कहिले आइपुग्ला र उस्को कथा सुन्न पाइएला भनेर पर्खेर बसेँ।

एक घन्टा पछि हिते आइपुग्यो। अनि मैले कुरो खोतल्न थालेँ। उ केहि बोल्दैन!

"ओइ यार केहि त भन! कस्तो भयो?"

"हत्तेरी! यस्तो पनि हुन्छ? म त्यहाँ पुगेँ, उ पर्खिरहेकी रहिछ। उस्लाई मोटरबाइकमा राखेँ अनि लिएर गएँ! सबै कामहरु गर्न हेल्प गरेँ। काम सकिएपछि त मेरो मोबाइल माँगेर उल्टो दिपेनलाई नै "दिपु थ्यान्क्यु सो मच!" भनेर पो फोन गर्छे! म संग एक शब्द बोलेकि होइन। फर्केर आउँदा त अझ उस्को र मेरो बिचमा उस्को पर्स र फाइल पो राखिरा' के! भो यार मलाई अब यो स्वयं सेवक हुनु छैन! बेकारको पिडा!" भनेर थचक्क बस्यो।

*********************** 


 
Posted on 05-16-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
हाअाऐीईीईीईी


 
Posted on 05-16-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जा न त एउटा सापटी माग दिपेन सङ! अनि भोली देखि तलाईँपनि 'हितु!' भन्दै फोन आउन थाल्छ नि!" --कुम्ले दाई ल मज्जा आयो पढेर। बल्ल शुक्रबार जस्तो लाग्यो। समय पाउनु भयो भने अरु पनि लेख्नुस न है, मलाई एकदम रमाइलो लाग्यो हजुरको लेख्ने शैली

माइला दाइको निबेदन ले पनि मार्यो हसाएर। "सिरि चउतारी मुन्तरिपरिइसद कार्जेले" रे

लहरे बौचाँ द लाक्को पाक्को धाल: धका न्हिलौ मखुला, गयौम: जान्ने म बौचाँ धासा:-
लहरे बौचाँ ला  चुन धाउ मखु, बेला न कुबेला बजी नेउला, लहरे बौचाँ:

लहरे बौचा ले मलाइ येहि भनेको थ्यौ हिजो,  आज तिम्रो शब्दहरु तिमीलाइ जिन्दाबाद :)
Last edited: 16-May-08 12:43 PM

 
Posted on 05-16-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

भोजन उपरान्त जब कम्पुटर खोलें, सोझो कुम्लेको बाङो कथा देखें। आँखा झिमिक्क नगर्दै पढें। बडा गजब को कथा। त्यो दीपेन कहीं सोझो कुम्ले त होइन? ह्यान्सी फेन्सी दुबै। कुरा को स्टाइल। मलाई त शंका लागो।


 
Posted on 05-16-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ ए गाउले हो खबर, लौ मेरोनी पहिलो राउन्डको गयो है, एक्छिनमा फेरी दोस्रो राउन्डको लेर आउछु आहिले लाई बिदा दिनुहोश धन्यवाद।

 

 
Posted on 05-16-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गाम्लेहरु। हसुर्याइ त भयो नै होला?
आज पहिलो पटक रिट्ठे पाट लाई देखिएन चौतारीमा. सञ्चै त  होलान  नि। सोझो कुम्लेको बाङो कथा रमाइलो रहेछ।
हर्के बज्जे लाई आउना साथ जानको हतार किन हो?


 
Posted on 05-16-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपीका ले कहाँ बाट नेवारी सीकेर आएछ लौ बर्बाद
कस्तो प्लान बनाइराथे - क्या बोर

तारेमाम ठुल्दै, हर्के नरे
लौ म गये खाना पकाउन
एक्छीन्पछी भेटौँला

 
Posted on 05-16-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा जिम्माल बा ले भेटेको "टउँके तिउलसिना को निवेदन" रमाइलो लाग्यो।

कुम्ले दाई ले हिते/दिपु को महात्म्य पस्किनु भएर शुक्रबारको यो दिक्कलाग्दो समयलाई रमाइलो बनाइ दिनु भएकोमा मुरी मुरी धन्यवाद छ।


 
Posted on 05-16-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ले पनि खतरा लेखने रहेछ । साझा मा अरु धागोमा पनि लेख्या भये जानकारी पाउ । पढ्नु परो । 
 
Posted on 05-16-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

कुम्लेको कथा पढेपछि आउनुहोस केहि समय दिमाग खियायौँ, कुम्ले को हुन सक्छ र किन?

१) के कुम्ले दीपेन हुन सक्छ? सक्छ भने किन र सक्दैन भने किन?

२) के कुम्ले हिते हुन सक्छ? सक्छ भने किन र सक्दैन भने किन?

३) के कुम्ले कथाको 'म' मात्र अर्थान कुम्ले नै हुन सक्छ? सक्दैन भने किन??

लोल!


 
Posted on 05-16-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ दोस्रो राउन्डको गयो है फेरी, रिठ्ठे खै आज, कता गएछ ह, चौतारीमा पानी पर्ने भो आज चै हैन त।

 
च्याँङवा
Posted on 05-16-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद फिर्ता दिन्जा कि दिदाईना बान बानेकु?   आइले मोलाई जाङ चालायु बाने..... म्हो .....मोइले के गार्चा बाने........ मोइले गुर्मिङ कारेकु साप्पाइ काच्चार काच्चारनिलाई चाउतारीमा ल्याउंजा......... आनि काच्चार बुटि क्वीन पार्तियोगिता काराउचा.......... आनि तुइंले थाहा पाउंजा मो आदाक्छे हो कि होइना बानेरा.............

बारु म्हेरो लोल काच्चार कादा लागेचा तेल्लाई दिउंसाई तोङ्बा नाका बानेरा काद्दि बान्यु मोइले मान्दाई मान्दाईना कादा लागेचा म्हो कोजेरा ल्याउना जान्जा.........


 
Posted on 05-16-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ल यसो बिचआर गर्दा च्याङ्बालाई चाहिँ पद बाट बर्खास्त भएको ठुलै पिर परेको जस्तो छ। हिसाबले काम त गरिराख्या जस्तो छ खालि समाचार नगरेको आएछ क्यार मन्त्रीमपरीषदमा! ल ल च्याङ्बा यसै काम गरेन भने उसै काम गरेन भने, जे पर्ला पर्ला खच्चरको ब्युटि प्रतियोगिता गरेर नै देखाइदेऊ अनि त अध्यक्ष मात्र हैन अझ "खच्चर ब्यूटी तथा चौतारी ड्यूटी' को सिइओ पद पनि तिम्रै काँधमा आउला जस्तो छ! कि कसो???
 
Posted on 05-16-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनुहोस! आउनुहोस! आउनुहोस!

आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!

""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""

 

चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-

 चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!

के हो त यो? ------> तपाँले पालेको खच्चरमा तपाइँले जस्तो गुण दिनुभयो त्यस्तै आउँछ! आफ्नो खच्चरको गुण तथा प्रतिभा देखआउने सुवर्ण अवसर!!

० कहाँ हुँदैछ?--------> यहि चौतारीको प्राङ्गणमा सगर्व सुरु हुँदैछ!

० कसले गर्दैछ?--------> तपाइँ हाम्रै चिरपरीचीत श्रि च्याङ्बा चाम्लिङले!

० के लोल खच्चरले पनि भाग लिँदैछ?-----> धन्दा नमान्नुस लोल खच्चरको प्रतिभाले तपाइँको खच्चरलाई कुनै असर गर्दैन। लोल खच्चर अप्रतियोगिको रुपमा प्रस्तुत हुँदैछ!

० कस्ता कस्ता प्रदर्शनहरु हुँदैछन त?-------> खच्चरको सुरिलो स्वरमा गित! खच्चरको डांगडुंगे नाच! खच्चरको भारि बोक्ने क्षमता! र साथ साथै एक सुन्दरी खच्चरले देखआउन सक्ने जति प्रतिभाको प्रदर्शन हुँदैछ!

० कहिले हुँदैछ? हजूर, हजुरले अनुमान गर्नुभए भन्दा धेरै नै छिटो। च्याङ्बा चाम्लिङको औपचारिक सुचनाको प्रतिक्षा गर्नुहोस!

 

खच्चर सुन्दरी प्रतियोगिता २०६५

मुल समारोह समिती

 


 
Posted on 05-16-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते है सबैलाई

 
Posted on 05-16-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बोले तो अप्पुन आज का एन्ट्री लेट किएला है ! थोडा मामु लोग से लफडा उफडा होएला था !
अब्बे हर्के क्या क्या हुवा बेली बिस्तार लगा रे

 
Posted on 05-16-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद फिर्ता दिन्जा कि दिदाईना बान बानेकु? ----लौ न माइला दाई बिचरा च्यङ्बा लाई उस्को पद फिर्ता दिनु पर्‍यो। हिजो देखी रिसाइराछ

च्यङ्बा ले लेखेको पढ्दा त मेरो मुख्नै आ आ भईरन्छ
मलाई एकदम रमाइले लाग्छ पढ्न तर च्यङ्बा आउँदै आउँदैन चौतारीमा

रिट्ठे साथी, आज त ढिलो भयो नि हाजिरी गर्न


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters