[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
[VIEWED 264111 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-16-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुछ नही हुवा है भाई, सब ठीक चल रेला है।

 
Posted on 05-16-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए च्याङ्बा तिम्ले अस्ती कस्को कार चोरेको हो हँ? 'हम ने कार चोरा है, राश्मो को तोरा है ' भनेर फलाक्दै हिड्या देख्या थे मैले त
रउसी को रउसी पानी को पानी पार्नु पर्‍यो ह्या सप्पै को अगाडि
Last edited: 16-May-08 01:59 PM

 
Posted on 05-16-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा खच्चर सुन्दरी प्रतियोगिता नि हुने भए छ। अब च्याङ्बा र मैच्याङ लाई कसले सक्ने>?

 

जिमाल बाको सवाल र हाम्रो जवाफ।

 कुम्ले र दिपेन एकै हुन - ह्यान्सी फेन्सी र लर्की को मामाला सधैं २ कदम आगे हुनु।


हिते र कुम्ले एकै हुन सक्दैन- हिते बरु भउते हुन सक्छ। क्यारेक्टर नै मिल्दैन।


कुम्ले र् म पात्र एकै हुन सक्दैन- म पात्र त्यसरी टुलुटुलु हेरेर बस्नै सक्दैन।

 

 


 
Posted on 05-16-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्वौन है हो मामु अपुनको बोल्नेका भाई, अपुन साला उस्को उधरिच छे का छे डाल देङे क्या।

 
Posted on 05-16-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हाँ
वोइ दीपीका मैले तीमीलाई भनेको हो त्यो, चेली लाई पो भनेको
तेसै दोस लगाउने क्या, एस्तो सोझो मान्छे लाई
रीठ्हे कता गायाब हो,
 
Posted on 05-16-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे हे दीपीका आज ढिलो भयो हाजिर गर्न, माफ पाम हजुर !
ठुल्दाइ मेरो हाजिरमा रातो नलगाइदिनु है? एउटा २४ क्यारेट दिन्छु नि म
हर्के तेसो भये ठीक छ, अनी आज भरै तिम्ले पर्परी भुट्या बुङुरको मासु सँग कन्नेडिअन रम तोड्नु पर्छ बुझेउ ! अनी ३ गड्डी तास नि ठीक्क पारेर राख ! त्यो 'लाग्यो लाग्यो' चल्दैन नि आज !
खुरुक्क क्याश निकाल्ने ब्रो

 
Posted on 05-16-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल ल हुन्छ रिठ्ठे, क्यास डाउन खेल्ने हो आज त, अनी म छ कोकेनी लेर आउछु २४ क्यान जती बसेर पिउनु पर्छ मज्जाले है।

abhi apunko jaaneko maangtaa hai bhai, jaye Ram ji ki.

 
Posted on 05-16-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खच्चर सुन्दरी प्रतियोगिता रे जिम्माल बा? लोलम लोलम

अनी प्रतियोगितामा फस हुनेलाई च्याङ्बा उपहार हो? हाहा हाहा

त्यो च्याङ्बा भन्नि मुन्छे ले त्यो अघी को कार चोरेको कुरा छर्लङ पारेन भने त्यो प्रतियोगिता हुने ठाउँ मा टायर् बल्छ आज पक्का

 
Posted on 05-16-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका बहिनी, कथा पढेर हाँसिदिनुभयो, म त्यस्मै मख्ख! अब समय मिलाएर अरुपनि लेखौला क्यारे! के गर्ने यहि समय छ सबैभन्दा ठुलो भिलेन! :-)

राहुल दाई! हा हा हा बिचरा म सोझो मान्छेको कथा कहाँ बाट बाङ्गो हुनु नि। फेरि कहाँ म काले कुम्ले! कहाँ दिपेन ह्यान्सी! :D

नाँर्टन आन्टी भाइरस जी, यस्तो आन्टी भाइरसको अगाडी नि बाङ्गो कथा लेख्न सकिएला र? हे हे हे!! धन्यवाद है नाँर्टु!! (भने होलान् नि कत्तिले माया गरेर! लोल) :P

नेप्चे! लोल!! तिमी पो रहेछौ त "दिपु" भन्ने मान्छे! मैले चाँहि कस्ले भनेको हो भन्ने चाँहि बिर्सेको थिएँ, ठ्याक्कै माथी तिम्रो पोस्ट पढेर पत्ता लाग्यो! ल ल नेप्चु! (झिमिक झिमिक!) ;-)

टंके ब्रो! खासै लेख्ने होइन! यहिँ चौतारीमा लेखिन्थ्यो उ बेला मच्ची मच्ची!! अब त जोश जाँगर नि हरायो! बुढेस्काल लागेर होला!! हुन त हाम्रो राहुलदाई अझै लेख्दै हुनुहुन्छ ब्यापक क्रमश: हरु हाल्दै!! :D

लोल जिम्माल बा! चाइन्जो तो कथाँ "म" पात्र चाँहि म हो! कहा'टी दिपेन हुन पाउनु? चाइन्जो त्यस्को जस्तो भाग्य जो हुन परो आफ्नो! हिते नि हुन सकिएन क्यारे! यस्तो कुराँ मात्र उस्को लक नलाग्ने! बाउको मनग्य सम्पती! दिपेनले साथी फेरे जस्तै उस्ले मोटरबाइक फेर्ने क्यारे! आफुँ उहि उनिहरुको चर्तिकला हेर्यो आफ्नो डाइरी भर्यो! :-)

च्याङ्बा, रिट्ठे, हर्केलाई शुक्रबारे तिनपाने जदौ!!

लोल राहुलदाई! हा हा हा दामी एनलाइसिस!! रे क्या!! ;-)

 


 
Posted on 05-16-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्स पाट को अर्को हरिप गएछन्त !

बौचा क्यार्दै हो? अब नयाँ चौतारी बनाउने बेला भयो बुझेउ हैन? नयाँ चौतारी बनाउदा माथि डौडिने नामहरुमा धेरै जानाको नाम छैन, बुझेउ हैन?
नयाँ त नयाँ पुरानाहरु को पनि कत्तीको नाम छैन, बुझेउ हैन? तेइ भएर अब नयाँ चौतारी बनाउदा त्यो 'स्क्रलिङ मार्कुइ' को चाँही ५-६ एपिसोड पहिलाको चौतारीबाट कपी गरेर अनी नयाँ जत्ती को नाम थप्नु पर्छ, बुझेउ हैन?
नत्र..........

 
Posted on 05-16-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातली! ए पातली!

यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।

उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि

भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ

श्रेष्ठ टेलरिङ बागबजार

 

 

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

 

श्रोताहरु, लामो समयको बिश्राम पछि हामि फेरि एकपटक लिएर आएका छौँ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता को कार्यक्रम! यो कार्यक्रमलाई तपाइँहरुले एकदम मनपराइदिनुभकोमा हामि आभारि छौँ! यसपटक हामिले एक यस्ता चौतारीका व्यक्तित्वलाई निम्त्याएका छौँ कि उनको प्रवेश संगै चौतारीबासिको मुहारमा एक रमाइलो मुस्कान उत्पन्न हुन्छ। उनका प्रत्येक शब्दहरु संगै चौतारीबासिहरुमा हाँसो छाउँछ। त श्रोताहरु तपाइँहरु अनुमान गर्दैगर्नुहोस, हामि एकैछिनको कमर्सियल ब्रेक पछि उपस्थित हुने छौँ!

 

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

टुँsssss…


 
Posted on 05-16-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नत्र.......... 

नत्र भने के?
नत्र पुरानैले काम चलाये हुन्छ

 


 
Posted on 05-16-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! 'चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता’ आउन लागेको हो? ल है म चाँहि बसे अब अन्तरबार्ता सुन्न! अब 'उनि', 'उनको' भनेपछि पक्कै कुनै महिला सदस्य हुनुपर्छ। मेरो बिचारमा हाम्री *~स्प्रिङ्स~* (पिङ्की) हो कि जस्तो लाग्यो!

लौ न कत्ति लामो बिज्ञापन!!


 
Posted on 05-16-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

टुँsssss…

 

पुन: स्वागत छ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ताको कार्यक्रममा! अगि नै हामिले तपाइँहरुलाई आजका अतिथी को हुनुहुन्छ अनुमान गर्न भनेका थियौँ! हजूर ठिक अनुमान गर्नुभयो। आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको अन्तरवार्ता-

 

संवाददाता- तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!

च्याङ्बा- म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा

संवाददाता- हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!

च्याङ्बा- तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!

संवाददाता- (मनमनै उफ्!) हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी

च्याङ्बा- को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।

संवाददाता- हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!

च्याङ्बा- त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!

संवाददाता- (मनमनै उफ्!) धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई

च्याङ्बा आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई

संवाददाता (मनमनै खुइयsss”)हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?

च्याङ्बा- बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”

संवाददाता- (मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”

च्याङ्बा-आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”

संवाददाता- ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?

च्याङ्बा ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”

संवाददाता – “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ। केहि बेर पछि हाम्रा अर्का संवाददाता कुम्ले जी च्याङ्बासंगको कुराकानिलाई निरन्तरता दिन आउनुहुने छ!

च्याङ्बा- के भोनिस तोइँले बुज्ने गारेरा भान??

संवाददाता- च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!

च्याङ्बा- आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे

 

टुँsssss…….टुँssss…..

के तिमि क्लोजअप गर्दछौ

या दुनियाँ संग लड्दछौ

क्लोजअप किन गर्दछौ

क्लोजअप

 

टुँsssss…

 

 

 

 

 


 
Posted on 05-16-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

' तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!

 

 


 
Posted on 05-16-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाउने क्रम तीब्र रुप्मा हुँदै छ, बोर्ड फर्स्ट हुन तयार हुनुस्, केही छीन्मै आउँदै छ नयाँ चौतारी

 
Posted on 05-16-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-16-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल जिम्माल बा
च्याङ्बाले हसायो

>>>च्याङ्बा- तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!”<<<



 
Posted on 05-16-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजु फास्टा म्हो हुन्जा,  कोइ पानी नालेख्नु  होइ नया बानेकु चाउदारीमा  म्यो लेख्जा अनि तिम्हारु  ल्याख्नु


 
Posted on 05-16-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा! नसकिने भयो प्रभो!!

सबैभन्दा पहिले त मेरो अनुमान मिलेनछ, तर राम्रो अतिथी लिएर आउनुभएको रहेछ!! हा हा हा!! ज्यान जोगाउँ है ज्यान जोगाउँ!! कहाँ लास्टमा मलाई फसाएर!! च्याङ्बाको रिसको झोँकमा परियो भने आफ्नो यस्तो माया गरेर स्याहारेको ज्यान एकैछिनमा चिलिम हुन्छ! अन्तरबार्ताको कन्टिनिउटी हजुर बाटै होस प्रभु!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters