[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 149407 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 05-31-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री:
कक्षा शिक्षिकाज्यू,
श्री चौतारी उच्च मा वि, साझाल्यान्ड

विषय: अन्तर्वार्ताका उत्तरहरु लेखिपठाएको बारे।

महोदय,
उपरोक्त सम्बन्धमा, कक्षाशिक्षिकाज्यूले राख्नुभएको प्रश्नहरुको उत्तर तपसील बमोजिम लेखिपठाएको छु। मलाई शतप्रतिशत विश्वास छ कि भर्ना फि मिनाहा हुनेछ।

स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन?
जान त गएको हो। वनकुखुराको १ कचौरा मासु पनि त हजुरसमक्ष पेस गरेकै हुँ।

मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन?
त्यो त मैले हैन। भउते चित्रे कुनैले होला।

वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन?
काक्रो त चोरेको छैन। अलि सानै हुँदा भुन्टे काकाको तामा चाहिं भाँचेको हो है। अरु ३ जना केटाहरुसँगै तामा काँधमा बोकेर भाग्न लाग्दा गैरागामकी भट्टीनी बुढीले देखिन् । अनि त के र! हत्त र पत्त तामा-सामा त्यहीं छोडी बाटो लाग्न परेन? चोरेको त भएन नि, तामा जो बाँसको गाँजनिरै छोडेसि।

हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? एउटा पहेंलो मेडल चैं म ल्याउचु मिस्, ग्यारेन्टी भो ल!

गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन?
त्यो पनि, गइयो मिस्। तर, क्यार्नी! मिसले ए बि सि डी लेख्न दिनुभा थ्यो। तेसको लागि चारधर्के कापी चाइनी रच। आफूसित चारधर्के कापी नभाको। खोपी खेलेरै भएनि कापी किन्नी पैसा जोड्न परो भनेर हो। ठुलो मान्छे भाभए मेरिज-सेरिज खेलेर जोड्नु हुन्थ्यो। आफू त सानै परियो, तास-सास क्यै आउँदैन क्या।

भवदीय
गालब
 
Posted on 05-31-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,
आर्यालाई देखेर सार्हे आनन्द लाग्यो। बधाई छ है।
 
Posted on 06-01-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब ले कति राम्रो प्रस्स्न उत्तर लेखेको । आफु लाई त फुर्सद नै छैन ।
लौ जे भए नि
रोल्# ६ ठुल्नानी
हजिर मिस्
 
Posted on 06-01-06 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हजुरले भन्नु भो नि, हो तेइ ठीक लाओ के दादा मलाई..."

म केइ बोलेकै छैन. चिन्नु न जान्नु एकैचोटि यस्ता कुरा गर्छ बा.
को हो यो मुन्छे मैले चिनिन.

हाताँ गुलेली लिएर पालि हालेको टोपी लाऽर पोखरीका डिलाँ उब्बेको त हाम्रै बबे पो रे'छ हाम्रै बबे रेछ. मैले ताधि के कुरो उठाथेँ भुने चौपारीयाँ यी हाम्रा गामका डाँग्रेका चल्ला खानीलाई झेलमा हाल्न पर्च भुनेर मार सातो टिपेको थिएँ.
गुलेली काखितिर लुकाउँदै बबेले भला कुसारि सुर ग-यो. मैले देखेँ, नदेखे जस्तो गरेँ तर केइ बोलिन. ...
 
Posted on 06-02-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे आप त साह्रै आमिलो रैछ । लौ मलाई त पचुतो लाग्दै छ किन मैले तपाईं लाई भोट हली भनेर । यो नेता ज्यो हरु जस्तै कुरा चै मित्तो काम् भेने तितो। ल चित्रे यो चै भयेन

रोल्# ६ थुल्ननि
हजिर् मिस्
 
Posted on 06-02-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सहपाठी हरु तथा शिछ्य्क्बर्ग हरु मा सानो उपहार ।
यहाँ - http://g.msn.com/1csbeta/Mess80_EN क्लिक गरी विन्डोज लाईभ बेटा भर्सन डाउनलोड गर्नुहोस् ।
 
Posted on 06-02-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सच्याइएको.....
it is actually ***WINDOWS LIVE BETA VERSION 8.0 (MSN MESSENGER).
 
Posted on 06-02-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कविता सुन गाम्ले हो! उता कविताको देश धागोमा पनि टाँसेको छु।

 
Posted on 06-03-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कवितासँग १००% सहमत!
ताली ताली ताली ताली---
 
Posted on 06-04-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते!

नेपाली भाषामा नै वेबमा चाट गर्ने प्रबिधि को परिक्षण बिमोचन भएको जानकारी गराउन चाहन्छु।

- http://www.unicodenepali.com/chat

धन्यवाद!
 
Posted on 06-04-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते गुरु आजकल कहा हराए भनेको त रौसी खायेर गाउ मा गीत पो गाउदै रहेछन।
गाम्लेहरु पनि भाउते गुरुको गीत सुन्ने कि?
:D


 
Posted on 06-05-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ले कहिले देखि रौसी खान सुरु गरेछ । अनि रौसी खाये र गीत् नि गौन सुरु गरेच।

रोल् #६ थुल्ननि
हजिर् मिस्
 
Posted on 06-05-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you know which nickname Shree 5 is using these days?
 
Posted on 06-05-06 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

karmarana, get out of Chautari!
 
Posted on 06-05-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Karmarana,

I have a way out for you. Just find an old thread where Shree 5 has posted. Click on his name to email him and ask which nick he is using these days.
Hope it helps..

:P
 
Posted on 06-05-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-06-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु केहि दिन गयल भये पनि फेरि हाजिर् भयेको छु । के खालि हात आउनु भनेर लोक गित पनि बोकेर आएको छु केरे रमाइलो अर्नुस्। shree 5 मेरो दाइ हो म कसैले मेरो दाइ लाइ नराम्रो भन्यो भने मैले जानेको छु है , जिरे खुर्सानि धेरै पिरो हुन्छ। :P:D:)



 
Posted on 06-06-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन गाम तिर का मन्छे चौपारि मा आउन छोडेछन कि के हो? सबै लाइ फुटबल को झटारो ले भेट्यो जस्तो छ । मैले पुलिस पठाइदिये गाम तिर

 
Posted on 06-06-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन कस्तो राम्रो गीत । धन्यवाद मितो गीत सुनानुभाको मा ।
 
Posted on 06-09-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा त तीन दिन देखि कही पनि आएको रैनछ, गाम्लेहरूले चौतारी पनि भुलेछन्। ल आज त भकुन्डो पर्तियोगिताको उद्घाटन हो, हेर्नु पर्छ।

जरामुनी (Germany) र कोस्टा रिका

कस्ले जित्छ होला?

मलाई त बराबर हुन्छ जस्तो लाग्यो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters