[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 254787 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-07-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie hari ra ritthe ke cha.
 
Posted on 09-07-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासीहरुलाई एस प्रहर मा समय अनुसार ले अभिभादन। लेख्ने क्ष्यमता कम भएका हामी जस्ता चौतारीबसीहरु चैँ अरुको पढेर नै रमाइलो गर्नु पर्ने बाध्यता छ। लेख्ने कोशिस् त गर्ने छु। तरपनि केही राख्न सकिएन भने अहिल्ये नै म माफि माग्दछु।।।
ल चियाउदै गर्दै मजा लिदै छु। मेरो बिचारमा अर्को एक चोटि फेरी हिरक महोत्सब को मौका परेर, चौतारी ऐदोल ग्राण्द फाईनल गर्ने हो कि।।लौलौ ।।कुरो त त्यस्ताइ हो.... बस्तुभौ त्यसइ छोडेर आको छु | आहुंला नि है अहिले अहिले!!
 
Posted on 09-07-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी हामीलाई सञ्चै छ (हगी हरि?) तिमी पनि सञ्चै छौ थाहा छ, आज यता चौतारी पर्व मनाउन आको हो अड्डाँ छुट्टी लिएर?
अनी तरकारीको बिग्नेस कस्तो चल्दैछ? साहूको पैसा तिरेउ? हिजो दान्बिरे मुर्मुरिदै थ्यो, ठुलिले आज पनी आलटाल गरी भने म तेस्को डोको सोको सबै भिर बाट हुर्‍याइ दिन्छु भन्थ्यो मोरो, मैले त सुन्या न सुनै जस्तो गरी......

 
Posted on 09-07-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oir ritthe le herum ta mero doko bhir la faaldeko. maile ni jaaneko chu timro tuppi suppi tanidinchu.
 
Posted on 09-07-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My First post in Chautari
Chautari - XII

uptowngal Posted on 03-26-06 4:36 PM Reply | Notify Admin
hai ajja pahilo patak padna aaudai chi. masterni didi le ba aama lai chori lai ni padhanu parcha bhanere akha kholdinu bha thiyo.tesai le ba aama le ja ajja dekhi padna bhanere pathaunu bhako. masterni didi ae masterni didi yeso mero naam ni hajir kapi ma tasdinu paryo. lau ma ta kohi ni chindina chi laaj jagyo malai ta k gerne hola. masterni didi ni hunuhunna. :(
 
Posted on 09-07-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तिम्रो डोको भिर बाट खसाल्दिन्छु भन्या हो त? त्यो दान्बिरे साहु ले पो भन्या त, कस्ती रछिन यि ठुलि त !
अरू सप्पै गाउलेहरू लेख रचना कोर्न मा ब्यस्त
 
Posted on 09-07-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सबैलाइ सञ्चै होला भन्नै आशा गर्दछु।

लु, मेरो नि चौतारीको पहिलो पोस्ट हेरम्।

Chautari - III

world_map
Posted on 11-21-05 1:37 PM Reply

हैन, क्याहो यहाँ यस्तो? यी चौतारीहरूका कुरा पनि धेरै लामा लामा भ'र हो कि पढ्ने ट्यामै पा'थिइन भन्या। यस्सो दुइ चार टुक्रा आज के पढ्या थें हाँसो उठेर हैरान। हैन यी ठिटाहरूलाई कहाँबाट कुरा आउने हो, कुन्नी। फेरी आफ्लाई त यी केटाहरूको शैलीमा कुरा गर्न पनि आउला जस्तो लाग्दैन, तैपनि टराई (try) मार्नु परो। अनि नेपालियन बाबुले ल्याको भाले चैं गज्जबको रैछ नि, दशैं त गैसको, तैपनि भाले खाने मन चैं मर्या छैन। अनि गौतम, दादा, सिरे, माइला, बेंसीथाने र अरू सबै काँ गए होलान्?
यो नेपाली टाइप गर्न पनि कति गारो, ल आजलाइ त अम्लै दुखिसको भन्या।

 
Posted on 09-07-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु!
मेरो प्रस्ताब मा कसैले एक शब्द बोलेन। अस्वीक्रित भयो जस्तो छ। एक छिन मीटिङ् छ त्यस पछि सिङो चौतारी आफनि अहो।
 
Posted on 09-07-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शर्बप्रथम त चित्रेलाइ धन्यबाद छ नयाँ चौतारी छिनेको मा॥ तिमी जुन काममा लागिरहेका छऔ छिट्टैनै पुरा होस् ।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

 
Posted on 09-07-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुकाउ बाचाहरु बन्धनका ती उस्का कैदहरु
आउ उन्मुक्त तोडेर बेईमान उस्का ती सिमाहरु
बिर्स पुराना उस्का स्वीकार नयाँ मेरा ई निम्ताहरु
सुम्प ती रापिला अधरहरु सजाउ आउ ई चुम्बनहरु


कस्ले सम्झाको रे कबिता?
 
Posted on 09-07-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा चौतारीका सबै आदर्णिय मित्रहरुमा मेरो नमस्ते!
चित्रे अभियन्तालाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा!
चौतारी मउसबको उपलक्ष्यमा यहाँहरुको सुख सम्रिद्धीको कामना गर्दछु।


 
Posted on 09-07-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“खुईईईयsss!”
“ हरिशरणम्!”
“खै कोइ अन्मरिया रैनछन्।“
“के खान आम्थे बेला न कुबेला यि असत्तिहरु? सपैको आ-आफ्नो रमैलो होला नि, सपै म बुडो जस्तो जतिखेर नि हेरि यइ ठाममा क्यार्न बस्थे त बाबै? उमेर छ चाइन्जो जाँगर छ, सपै ठाममा रमैलो अर्छन कतै केइ नपाएसि झ्याउ ला’र म बुडो सँअ बात मार्न आम्दा रेछन्!”
“बात मार्न त खप्पिसे थेँ के रे उ बेलाँ! चार-पाँच जना गाम्ले वरिपरि राखेर बोल्न थालेसि सपै ट्वाल्ल परेर सुन्थे बाबै! कत्रो रवाफ थो गाममा कठै! अइले कोइ बज्जेले काट्या ठाममा नि मु..दैन!”
“ खसि काट्छु जिम्मालबा एस पालि चन्द्रे साइँलोको छोरि कमली भित्राम्न पाइँ भने” भन्तो ग्वाँचे, बरा कमलिलाई रिकुटेले डाँडा कटाएदेखुन बिचरा रायो खा’ अस्तो भ’ र तेसै तेसै भाउन्निरा छ बरा!”
“भाउन्ननsss हुन्छ गाँठे जुरुक्क उठ्दाखेरुन, काल आम्न ला’ हो कि के हो के हो, के जाति पेसर बडो भन्तो मदनवा, के हो तो कुन्नि पेसर भन्नि उइ जानोस्!”
“बेसार नि यसपालि परेन नारन! पोर मात्तै गोडा चार हजार रुप्पेको बेसार बेच्यो एइ ज्यान ले, यो बर्ख सपै बेसार सुकेर गओ, अनि कल्ले किन्थो तो सुठो जस्तो सुक्या बेसार? सपै बेसार खोल्साँ मिल्क्याम्दा कम्ता दुख ला’ थेन मलाई!”
“दुखै त छ नि जिन्तखिमा! तरुनो छउन्जेल जति नि बाँचिन्छ अस्तो लाऊथो अइले आ’र यि, अर्को बर्ख दशैँ मनाम्न पाम्ने हो कि हैन बनेर कोराइssssकोराइ मुटु खान्छ बाबै!”
“मुटुको बेथा रे बरा हल्दारनि जेठिलाई!! बिचरा हल्दारले बाउको जिउनि समेत बेचेर सक्काओ बुडिको बेथा निको पार्न, च्व… च्व… च्व… जेथा जिनिस सकिओ बेथा उस्तै, दसा ला’ रेछ बरा तेल्लाई!”
‘यसपालि माघाँ मेरो साडेसाता दसा सकिन्छ भन्ते माथ्लाघरे पुरेत्, त्याँसि नलिखुट्टो दुख्न ठिक हुन्तो कि त??”
“नलिखुट्टो नदुखे त म नि फुर्तिलो हुन्छु बाबै!”
“फुर्तिलो बेलाँ कम्ता बलियो थि न म, तो जिम्माल्निले दाल पिन्ने जाँतो एइ ज्यानले जुरुक्क बोकेर ल्या हो बगर देखुन! दइ दुध खा ज्यान थो गाँठे हाउँरो!”
“दइ, दुध भनेसि आजकलका अल्लारेहरु तेसइ तेसइ तर्केर भाग्छन तिनको सत्यानाश हुने! भैँसिको के जाति मम खाँदा खाँदा हेर्दा नि भैँसि जस्ता देखिन्छन पातकि हरु, बल भने कुखुरोको जति नि नाईँ! तिनको बुडेसकाल कस्तो हुने होला नारन!!”
“कुखुरो नि कल्ले चोर्छ कल्ले अचेल?? राति खोराँ बन्द अरेर सुतो ब्यान हुँदा कुखुरो हराम्छ, कुखुरा चोरको बिगबिगि बडो गाममा! यिनै उरन्ठेउलाहुरको काम हो अस्तो मानिछु, क्यार्नु बोलो भन्देखुन तेसइ तेसइ खाउँला अस्तो गर्छन् आँखा तरेर।“
“जिम्मालनिले आँखा तरेको हिजो अस्तो लाउछ बाबै! गाजल ला’र चिटिक्ख परेर मलाई आँखा तर्थि माइतिमा हुँदा! कम्ति नखरमाउलि थि न तो पनि! यो ज्यान र मेरा सुकिला दौरा सुरुवाल देखेर हुरुक्कै भइ हुन नि!”
“दौरा सुरुवाल लाम्नै छाडे गाँठे आजकलका ठिटाहरुले! हाउँरो उमेरा एउ दोटा बुडा खाडा बाहेक अरुले ला’ देखे मार्दिनु! के जाति धोक्रो भन्दा खस्रो पेँठ लाम्छन, हन तिनको काछ लाग्दैन भन्छु र तेस्तो लुगा लाम्दा??”
“लुगा मात्तै काँ हो र, तो ढाका टोपि नि बिर्से बजियाहरुले, पालि भा टोपि लाम्छन, अब हेरि टाउका पानी तर्काउन हो कि के हो तो त दैव जानुन्!”
“खेतको पानी तर्का’र आफ्नाँ पारो गोताएँले भनेर भउते बजिया सात गाम उचाल्ने अरेर सराप्दै थो हिजो गोताएँलाई। हुन नि भर्खर रोपाइँ अरेओ खेतको पानी तर्कार सपै सुकाइदेछ गोताएँले!”
“डसना घाममा सुकाम्न पर्ने भा’ थो, बर्खाको बेला ढुसि गना’र बिघ्न छ! जिम्माल्नि उचाल्न सक्तिन डसना, मेरो नि खुट्टो चर्केर केइ अर्न हुन्न भित्रै कुइने भो गाँठे हाम्रा सिरक र डसना!!”
“रिडियोले तो जइले नि टिम्मा सिरक टिम्मा सिरक भन्छ कस्तो हो तो टिम्मा सिरक भनेर परारै नेपाल जाँदा किनेर ल्या, तेस्तो जाबो, न्यानु भ’ नि क्यार्नु केइ न ओड्या अस्तो लाउने! आफुलाई त सिरकले नथिचिइ निद्रा नलाउने के काम तो फूल अस्तो हलुउँ सिरक???”
“खै को को कता ला’ हुन? आफ्नो त घराँ आगो फुक्या नि छैन आज चापाचाप छ, लु भरे तिर आउँछु कि गोडो दुख्न ठिक भओ भन्देखुन् !”
“हरिशरणम्!!”
 
Posted on 09-07-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको फतफत ब्यापक लाओ। हरिप।
 
Posted on 09-07-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“दौरा सुरुवाल लाम्नै छाडे गाँठे आजकलका ठिटाहरुले! हाउँरो उमेरा एउ दोटा बुडा खाडा बाहेक अरुले ला’ देखे मार्दिनु! के जाति धोक्रो भन्दा खस्रो पेँठ लाम्छन, हन तिनको काछ लाग्दैन भन्छु र तेस्तो लुगा लाम्दा??”



जदौ जिम्माल-बा। जदौ सप्पैलाई।
 
Posted on 09-07-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो !
अस्ति हाम्रो गाममा नि २लाख भोट खसेको थ्यो। कोड थाह पाएपछि सप्पै मिलेर यसमा भोट हाल्नी हो कि, प्रशान्तलाई जिताउन।

बरु यो बिधीले काम गर्छ कि गर्दैन शंकै छ।

http://8r1.syminet.com/zipper/?sds=sds
 
Posted on 09-07-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई हिरक महोत्सवको हिरके जदौ!!

उता दीपको बाङ्गे महात्म्य पड्न लाग्या जदौ अर्नै बिर्सिरा!

गोताएँको कथाको कुरा!
हिजो राति पडेको तर लेख्न भ्याइएन! गजब छ!
अब कुरो आयो अल्लारे कि तपाइँ जस्तो अवश्थाको मान्छे भएर भनौँ कुरा गाह्रो छ! :)
तर पनि म बुझ्छु तपाइँको इमोसन र शैलि र बिषयवस्तुको त के कुरा गराई भो र!

जदौ भउते!
 
Posted on 09-07-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“दइ, दुध भनेसि आजकलका अल्लारेहरु तेसइ तेसइ तर्केर भाग्छन तिनको सत्यानाश हुने! भैँसिको के जाति मम खाँदा खाँदा हेर्दा नि भैँसि जस्ता देखिन्छन पातकि हरु, बल भने कुखुरोको जति नि नाईँ! तिनको बुडेसकाल कस्तो हुने होला नारन!!”


लोल जिम्माल बा। हसार मार्ने भए यि बुढाले
 
Posted on 09-07-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“लुगा मात्तै काँ हो र, तो ढाका टोपि नि बिर्से बजियाहरुले, पालि भा टोपि लाम्छन, अब हेरि टाउका पानी तर्काउन हो कि के हो तो त दैव जानुन्!”



हाहाहा पानी तर्काउनै होला, लोल
 
Posted on 09-07-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ भाउते काजि अस्तिको हप्ता टराइ मरेकिम । सफल बएको थियो् तर १० भट मात्र राख्न पाइने।
लौ है गाम्ले हो टराइमारम् सबैले ! जिताम्न पर्छ प्रशान्तेलाइ! उता शत्रुका गाम्मा तछाड मछाड गर्दै लागि परेका छन् अमिते र इमोनेलाइ जिताम्न । हामी पनि लागम्
 
Posted on 09-07-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल आम्न ला’ हो कि के हो के हो, के जाति पेसर बडो भन्तो मदनवा, के हो तो कुन्नि पेसर भन्नि उइ जानोस्!”

लु भउते नि आएछ निच्च दात देखाउदै, कती सानो हासो छोडेको ए भउते? हिजो भर्खर बुढा ले फत्फताको बिर्सेंउ कि कसो "आज्कल यि उरन्ठेउला ठिटाहरू कत्ती स-साना लेख्न सकेका हुन" तेसैले मैले त हiसो छोड्दा नि लामै छोड्छु, देखुन न बुढाका फुलो परेका आँखाले !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters