[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 384684 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पनि ब्या पछीको दुलहीको जग्गे जस्तो भो गाँठे। सबनम पनि छैन उफ्री पनि। नागाहरुको राग सुनेर कतिन्जेल बस्नु?
 
Posted on 10-01-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे! हे हे हे! किन खोजी खोजी त्यस्तै लेख्या ठाउँमा आँखा पुर्‍याउनुपर्ने हो तिमीलाई चाँहि?

राहुल दाई! सहि काम गर्नुभएछ डेरा सरेर! हुन त हामी कलेज पढ्दा चाँहि हाम्रो डरले कालेहरुले आफ्नो डेरा सार्थे उ बेला! कालेका बच्चाहरु एक्लै हिड्दै आएभने हाम्रो कोठाको ढोका नेर पुगेपछि दौडेर जान्थे! निकै डरमर्दो थियो तिनीहरु! एक दुई चोटी राती धेरै हल्ला भयो भनेर कालेहरुले पुलिस बोलाएका! पत्याउनु हुन्छ?लोल!

दीप ब्रो!

एकपल्ट हाम्रो केटाहरुले उहिले सानोमा रिसर्च गर्या रहेछ बिराटनगरमा! राती सुतिराको बेलामा लामखुट्टेहरुले निकै हल्ला गरे रे! अनि उस्ले चाँहि के रहेछ भनेर बिचार गर्यो रे! सुते जस्तो गरेर ति लामखुट्टेहरुको चर्तिकला हेर्या रे!

पहिले लामखुट्टेहरुले सल्लाह गर्ने रहेछन् 'को जाने झुल भित्र?' भनेर। त्यस्मा चाँहि सबैभन्दा ठुलो कुरा भन्या करेज रहेछ! अब भित्र जानेले फ्रेस ब्लड सुप पिउन पाउनेभयो तर ज्यानको जोखिम उत्तिकै! त्यहि भएर जो अलि आँटिलो छ, उस्ले 'म जान्छु' भनेपछि उनिहरु सबै मिलेर त्यसलाई झुलको सानो दुलो बाट धकेल्ने रहेछन्। भित्र पसेको लामखुट्टेले चाँहि ब्लड सुप आँफुपनि पिउने अनि अलि अलि बाहिरका लामखुट्टेलाई सप्लाईपनि गर्ने! अब त्यस्तै अल्छि खाले मान्छे सुत्या रहेछ र त्यो लामखुट्टेले सक्सेसफुल्ली ब्लड सुप खाएर आयो भने त्यो खाट त्यो लामखुट्टेको अड्डा भयो र त्यो मान्छेमा उस्को अधिकार जम्यो।

अरु बागी लामखुट्टेहरुले चाँहि राती चान्स नपाउने हुदा बिहान दिउसो तिर नि अट्याक गर्ने रहेछन्! आफ्नो पर्सनल मान्छे नभएको हुदा ती दिउसो टोक्ने लामखुट्टेले चाँहि अलि मर्सिलेसली टोकेर फोका उठाइदिने रहेछन्, तर राती टोक्नेहरुले चाँहि अलि मिलाएर केहि नबिग्रियोस अर्को पल्ट नि उत्तिकै मिठो सुप खान पाइयोस भनेर फोका अलि कम हुने गरि टोक्ने रहेछन्।
 
Posted on 10-01-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन न पत्याउनु, कुम्ले। जमानामा राहुलभाइ नि "भाइ " नै थियो। यता तिर् को काले होइन, छिमेकी कालेलाई साप थर्काइयो।
अब भन्दा गफ भन्छन्, कफ खोक्छन्। " आज क्लास नहिं जाने का, सम्झा क्या?" भने पछि सब भाग्थे। अनि क्लास नहुने भएसि आफु चिया चुरोट् खान हिडिन्थ्यो।
अन्तिम सेमेस्टरमा त पुरै सेमेस्टरको हाजिरी लगभग नील नै। घरमा चिठ्ठी पठाएछ, बज्या प्रिन्सिपलले" तेरो छोरो कालेज आएन भनेर", त्यो नि मेरो स्वर्गिय पिताजीको नाममा। ठेगाना नै मिलेन, स्वर्गमा पठाएको भए भेटिन्थ्यो होला त्यो पत्र। आफु घर जाँदा पो त्यो पत्र देखियो। धन्न कसैले खोलेको रहेन छ। के चिठ्ठी भनेर दाइले एक् दिन सोध्नु भएको थियो।" केही होइन, मेरो प्रोग्रेस रिपोर्ट पठाको, सबै ठिक छ भनेर।
 
Posted on 10-01-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु.....तो ले!
हाहाहा दीप ब्रो कि शब्बु चाहियो कि उफ्रि रे??? कता गएछन नभन्दै यस्तो सोब्बssर दीप यता हुँदा हुँदै!

लोल कुम्ले! लामखुट्टे महिमा यस्तो पो रेछ!
 
Posted on 10-01-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्दाई! तपाइँलो कुरा पढेर मैले इम्याजिन गरेको-

इलाहाबादको कलेजमा कलेज बहिर, पातलो पातलो हाम्रो ठुल्दाई, बुट्टे शर्ट लाएर, टाँक खोलेर कम्मर निर शर्ट गाँठो पारेर, पान चपाउँदै घाँटिमा देवआनन्द टाइपको स्कार्फ बाँधेर छुच्चो मुख लगाएर टपोरि स्टाइलमा " आज क्लास नहिं जाने का, सम्झा क्या?" भनेको!

लोल!
 
Posted on 10-01-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो र कुम्ले, लामखुट्टेको मेरो चाँही अली बेग्लै खाल्को एक्स्पिरिएन्स छ !
तेइ भएर आफुलाई चाँही सितिमिती लाम्खुट्टेले बिगार गर्न सक्दैन !
कुरो के भने, त्यो झूल लाउछन नि हो तेसैमा चाँही अली बुद्धी पुर्‍याउनु पर्ने रछ, त्यो लाम्खुट्टे को केही बाल नचल्ने अनी त

ट्याक्क सँगले आफु सुत्ने बेलामा झुल भित्र जानु अघी त्यो झुल एक्छिन उठाइदिनु पर्ने रछ, लाम्खुट्टेले त्यो खुल्लi झुल देखेपछी ल दसैं नै आयो तिहार नै आयो भन्दै गुरुरु सप्पै लाम्खुट्टे झुल भित्र पसिहाल्ने रछन अनी त अब आफुले खोजेको तेही त हो नि, त्याबाट भएभरका लiम्खुट्टे झुल भित्र पसेपछी त्यो झुल मज्जाले कसिदिने अनी लाम्खुट्टेलाई 'बाइ बाइ ब्रो हरु' भन्दै आफु चाँही झुल बाहिरै सुतेपछी त लाम्खुट्टेको पत्ता साफ.......
 
Posted on 10-01-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सइब के सइब गावँलेको हमि परनाम करेछु।

सब कुस्ले मंग्ले छ भनेर हमि बिस्वास भि करेछु।

जे राम जि कि।
 
Posted on 10-01-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मदनवा नि आइलिएछ, के छ रे मदनवा तिम्रो हालचाल? कुस्ले मंगल् हेन रे
कहाँ हराइलिएको थियो तिमी, आ ऊ जिम्माल बुर्हो सँग तिरथ उरथ गयिहालेको थियो भन्ने ढेरे हल्ला छ यहाँ त !
बात् के छ रे? ऊ लर्की ऊर्की को चक्कर मा तिरथ गायिहालेको थीस तिमी?

 
Posted on 10-01-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!
रिट्ठे सोम त्यो भन्दा खतरा आइडिया छ हउ म संग! झुलमा पैसा र परिश्रम किन खर्च गर्ने हउ त्यो टाइम र पैसा त बरु छब्किलाई खर्छ गरे भयो नि? बरु के गर भने नि, आफ्नो बेड भन्दा अलिक साइडमा कि दुइवटा सिरानी राख कि अन्त त्यसमाथि सिरकले छोप कि अनि सिरक माथि छ नि एउटा ठुलो पेपरमा कि "रिट्ठे" भनेर लेख हैन, अनि तिमी बेड मा सुत। मछ्छर जति सबका सब रिट्ठे लेखेको देखेर सिरकभित्र तिमीलाई खोज्न थाल्छ कि तिमि रात भरि बुढानिलकन्ठ लडेको जस्तो भुस हुनु ल?
 
Posted on 10-01-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho aaj ni sarai busy bhaiyo.
 
Posted on 10-01-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल हा हा हा!

राहुल दाईले देव आनन्दको स्कार्फ लगाएर बबाल गरेको रे! हा हा हा! "अपुन बोले तोह! किलास नहिँ जाने का क्या! बिडु!" भनेपछि सब तित्तर बित्तर हुन्थे रे!

रिट्टेले हँसायो! एक पल्ट रिट्ठेले अर्को स्टाइल नि निकाल्या थियो भन्ने हल्ला छ नि तिनटोलिया तिर! डाक्डर ए. बी. क्षत्रीकोमा गएर बल्ल बल्ल एउटा प्रेस्किप्सन लेखेर ल्यायो रे रिट्ठेले। राती सुत्नेबेलामा झुल सुल केहि नलगाई त्यो प्रेस्किप्सनमात्र सबैले देख्ने गरि राखेर सुत्या रे! रातभरि लामखुट्टेहरु आउँदै प्रेस्केप्सन हेर्दै "हत्तेरिका!!" भन्दै फर्के रे! प्रेस्केप्सनमा चाँहि "ब्लड सुगर बढेर २०० पुग्या छ!" भन्ने लेख्या रहेछ!

मदनवा! जे राम जि कि! सन्चै छौ?


Hi Thuli! Long time no see! how've you been?

Last edited: 01-Oct-07 01:53 PM

 
Posted on 10-01-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलि कति बिजि भा' हो यस्तो? यस्तो धेरै बिजि नहोउ बा हुँदैन अन्त पनि टेम दिने बानि बसाल, पछि सजिलो पर्छ!
 
Posted on 10-01-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dadu how r ya doing?

bhirkhe dai hajurko vacation kasto bho?

rahul da darsan.

ritthe nabolne ke. phone sone ni nagareko ke.

madanwaa muahhhhhhhhhhhhhhh

Deep jyo i was missing ur kabita.

chitre ke cha?

where is my hari darling?

sanani ni hamri aarna ko ke cha haal chaal?

where is Tiru?
 
Posted on 10-01-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब ठिकठाक से छ रिठे दाजु हुजुरको कथि छ?

अरे कुमलवा! कथि हालखबरिया छ रे? हमि सुने थियो हुजुरके हियाँ बारह मन खेसरिया भयो यो साल?

अरे बाप रे बड्कि आएछ-


हमि आज फिर से मुआह पाएछ-

ठुलि हमको आज फिर से मुआह किएछ
हम्रे मुहके कडवा पान के बास सला मिठा भएछ
ओँठ पुरे सुखे थियो हम्रो बिना किसवाके
किस पायो लग्यो हमि चाय खायो मसाला मिसवाके

जे राम जि कि।
 
Posted on 10-01-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit hasayo madanwaa le. launa chiya maa ni masalaa rakcha ra?
 
Posted on 10-01-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! कुम्स पाट, हैन कसरी थाहा पाउछन हौ केटाहरू यस्तो यस्तो गोप्य कुरा पनि

ए लौ लौ, म त कहाँ के भयो, किन यस्तरी कुर्सी, टेबल सप्पै हल्ल्यो, कताबाट आधिबेरी आयो भनेको त हाम्री ठुलि आ' रइछिन, के छ ताअाअाअा?
हाम्रो त ठिकै छ? अब फोन सोन चाँही सधैं "गाम्ले हो म त अझै बिजी छु" भनेर लेखेको थाहा पाएपछी, फोनमा कूरi गर्न चाँही फुर्सत हुन्च र भनेर नगरेकै हो
अब चाँही फुर्सद भयो त राम्रो सँग?
ठुलि ठुलि हेरन तिमी नभएर त यो चौतारीमा सप्पैले मलाई हेप्न थाले बा
हुँदा हुँदा हाम्रो चित्रे Jaसुस ले पनि रिट्ठु पिट्ठु अरे, पख तिमीहरू लाई अब ठुलि आएपछी हेपेर देखाओ त ?
 
Posted on 10-01-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि कुम्ले र मदन्वा किन सङै आउछन हो सधैं? मलाई एकदम हिरिक हिरिक भयिसक्यो कूरा ले खाएर

 
Posted on 10-01-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल त्यो माहाँकाल छेउको रुख मुनी अनेक थरी सिसि राखेर जादु देखाउने भनेर बस्थे पैला पैला अनि लामखुट्टेको अचुक औसधी पनि बेच्थे -- के गर्ने यो औसधि भन्या "लामखुट्टे समातेर दुई मात्रा खान दिए पछी लामखुट्टे चेट सधैको लागि" भन्दै फन फनी घुम्दै ठुलठुलो स्वरमा फलाक्थे --


 
Posted on 10-01-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिठे दाजू कैसन बात बतियावनु हुन्छ हुजुर भि?
उ जो छ सला हमि एके गावँके छु त साथै छु। हँ? थोडै हमिमा कोहि दुस्मनि छ? हँ? थोडै हमि सला सौत सौतके बिटवालोग छ? त बात यो छेन कि को को साथमे आएछ बात सला यो छ कि कैसन दोस्ति छ। त हुजुर भनिहाल्नुहोस रिठे दाजू, त साथ आइलियो त कथि बातले हुजुरको जो छ सला जान हिरकवा हिरकवा भइलियो? लाग्छ हमि साथ देखेर हुजुरको लकवा मारिलियो पापड बेलके!!

जे राम जि कि।
 
Posted on 10-01-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् दीप्, कुम्ले, रिठ्ठे, जिम्माल् बा को लाम्खुट्टे कथा। ठुल्दाई नि दादा रे, फेरि मदनवा को कबिता कति हाँस्नु।
ठुलि तेइ त हेरन खै तितौरि कता गै कता, तिजा दिन भेट्या हो, रातो फरिया ला'र नाच्दै थि तेस्पछि त गायबै भै फेरि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters