[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4  
[VIEWED 34730 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो कथा पुरै कल्पनामा आधारित , कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ  दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा  घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन?  खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै  प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee  नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा डलर। हरेक Sunday आँउछु, त्यो हिसाबले महिनाको २० अनि बर्सको २४० डलर अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले मन्दिरको जिर्णोद्वार गर्छ नि ? हामीलाइ बाँड्नलाइ हो ? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

 

Contd................

"

 
Posted on 02-28-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy, १२ क्लास मा के भयो त्यस्को पनि कथा भन
 
Posted on 02-28-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Heartthrob Ji, कस्तो डर लागेर पठाको मलाइ त! सरी है साथी।

दिपु र प्रेरणा, मोरीहरु कति जिस्काउन सक्या हुन्।

पख है म गन्दैछु। १२ क्लासको १ बर्सको मात्र भन्याकि २ क्लासदेखिको जम्मै लव र ट्र्याजिडिहरु। क्यालकुलटरले नै हिसाब गर्नु पर्छ यार!

को सङ छ हँ क्याल्कुलेटर?


 
Posted on 02-28-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-28-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2x2+3x3+4x4+5x5+6x12+7x................................

 

बिर्सें तेसपछि त गन्ति पनि।

हसाँयो प्रेरणाले मलाइ।


 
Posted on 02-28-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-28-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सकाउन कस्तो हतार हुँदो रैछ CL लाइ। धैर्यताको कमी जस्तो छ।
 
Posted on 02-29-08 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो साईलि तिम्रो कथा ।
कति मीठास पू्र्ण तरिकाले लेख्छौ तिमी । चित्त प्रसंन्न हुन्छ, तिम्रा लेखाई पढ्दा। 

मलाई पनि अलिक छिटो सकियो कि जस्तो लाग्यो ।

बिषय छनोट  र शैलि मा सदा झै कालिगडि बढ्दै छ ।

 
Posted on 02-29-08 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

actually ,केटाहरुको लागि केटी हरु त्यसकारणले intersting लाग्छन् किनकि उनीहरु बुझ्न सक्दैनन्!another beautyfull story as always.........waiting for more


 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
2020 : Why No Trump !
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters