[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 110282 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-19-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी को नम्बर माग्न पनि किन एत्रो लामो यात्रा हो ? गोर्खेको प्रगती नभाको करण यही हो


<<"तिमी सगर हौ र सम्झेर रुनलाइ?" नेहाले उल्टो क्षेप्यास्त्र प्रहार गरी।>>


म त्यो निल भाको भए - "म सागर भाको भए, मलाई च्याप्थ्यौ भनी सोध्थे",
यो निललाई केटी फसाउने काम नै आउँदैन कि क्या हो ? हेहेहेहे


 
Posted on 05-19-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<ओ! नक्कलि मैया,

तिमी सक्कलि कि नक्कलि मैया/ बाबु?

पेन किलरले क्रेजीलाइ छुन्छ कि क्या हो? क्रेजीले पेनलाइ आफै किल गर्छे क्या। हा हा हा>>>>।


साथी को  सातौ भाग पनि  पदियो

वा..... वा ....... क्या  कथा  लेक्छौ  क्रेजी  साथी, माने मैले
नेहा र निल वा  क्या  मिलेको  नाम,,,,,,,,,, यो क्रेजी  पनि  काम  नक्क्ली  छ  

ल ल तेपची  के भयो?? नेहा  ले  फोन  नो  दि? कि  दिनन   ल छिटो  लेख 


 
Posted on 05-19-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा ! बैरे बादुर त क्या खतरा रैछ!केटि पट्याउने बिषयमा मास्टर गर्‍या हो? कस्तो डर लाग्यो!


केलि !


नेहाले नीललाइ फोन नम्बर दिनु हुन्छ कि हुँदैन?
 ल, भन भन।
अनि म काँ नक्कलि छु र मेरो नङ मात्र नक्कलि छ क्या।


 
Posted on 05-19-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छुच्ची नेहा त क्रेजी जस्तै


जती चोटि माग्दा नि फोन नम्बर नदिने -


दिदा के नै हुन्छ र - 


भाउ खोज्छ केटी


नेहा = क्रेजी लौ जा त जे पर्ला पर्ला 


 
Posted on 05-19-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले त्या मलाइ जे पायो त्यही भन्ने होइन है लहरे पहरे!


मैले तिमीलाइ के गरेँ र छुच्ची भन्यौ?


लहरे = माक लौ जा त जे पर्ला पर्ला।


 


 
Posted on 05-19-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dposting bhaecha

Last edited: 19-May-09 01:03 PM

 
Posted on 05-19-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटि भने पुग्छ , दुई दुई चोटि लेख्नु पर्दैन


माक रे मलाई लौ - म माक भए तिमी पनि माकनी लौ जा त


अनी के गरे रे फोन नम्बर खोइ त


 
Posted on 05-19-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मेरो नम्बर:


१८००-crazy_love


टुँssssssssssssss



 


 
Posted on 05-19-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्रेजी ले गलत नम्बर दियो मलाई


बिस चोटि डाइल गरी सके लाग्दइ लाग्दइन त


ओ क्रेजी के गरेको यो


 
Posted on 05-19-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello hello hello ...


this is crazy speaking..


r u monkey??????? lahare?????????

डायल मात्र गरेर हुन्छ त लहरे?

हेलो भन्नु पर्दैन?

फोन गर्न त आँउदो रैनछ यो लहरेलाइ नम्बर मात्र मागेर के काम?

Last edited: 19-May-09 01:50 PM

 
Posted on 05-19-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पागल माया

यो भाग नि गजब गयो ल ल अजै जाओस । होइन यो कथाको अन्त कस्तो होला लौ पढ्न उत्सुक बसिराछु .
 
Posted on 05-19-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पागल माया

यो भाग नि गजब गयो ल ल अजै जाओस । होइन यो कथाको अन्त कस्तो होला लौ पढ्न उत्सुक बसिराछु .
 
Posted on 05-19-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पगल माया

म सक्कली हो नक्कली होइन । बाबु होइन नानी हो।
 
Posted on 05-19-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keli ji

तपाईंलाई नि भन्छु म सक्कली हो किन नक्कली भन्थन्य हो कुन्नी। किन गर्या हो? दुखेको दात लाई पो पेन किलर भन्या त खोइ कुरा बुज्या।
 
Posted on 05-19-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कलि मैया,
 दाँत दुख्या होइन रैछ, कान दुख्या रैछ, म त कन्फ्युज भैराको दाँत दुख्यो भनेर। कान दुख्दा चाहि के खानु पर्छ हँ?
 
Posted on 05-19-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्य क्रेजी , यो नकल्ली  लाई  के थाहा  हुन्छ  र  कान  दुक्या  बेला  के खाने  भनेर
नकल्ल  पर्ने  कुरा  सोध न  नक्कली  मैया  सँग
ए नक्कली,  मैले  त  नाम  नक्क्ली  भएको  ले सक्कली  नै  सोछेको  छु  नि


 
Posted on 05-19-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान दुख्या निको गर्न मेरो गफ सुन्नु पर्छ - सुन्ने हो त क्रेजी


अझ फोन गर्न आउँदैन भन्छ यो क्रेजी - लागे पो हेल्लो भन्नु न फोन नै नलागी कसरी हेल्लो भन्नु


 


 
Posted on 05-19-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलि,


नक्कलिलाइ नक्कलि परेला कसरी राख्ने भनेर सोध न।


नक्कलि मोरी, कति नक्कल गर्नु पर्ने नि, केलि जस्तै सिम्पल हुने त्या।


तिम्रै कुरा सुनेर मेरो कान दुख्या च लहरे- अझै सुन्ने रे, मलाइ अहिले नै बहिरो हुनु छैन क्या।


फोन लाग्नु भन्दा पहिले पनि हलो हलो भन्ने हो त। लागेपछि नि। लाग्नु भन्दा अघि नैं हलो भने पछि फोन नै लाग्दैन नि। त्यति पनि थाहा छैन।


 
Posted on 05-19-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कुरा सुनेर तिमीलाई हाइ सन्चो भा छ - अझ बढी ठुस्स पर्या


अनुहार टास्छौ - त्यो पनि नाक नभएको - न्ह्यामरु भन्दा ठीक होला तिम्लाई


त्यसोभए कि कसो क्रेजी



अनी हेल्लो भन्न पहिल फोन लाग्नु पर्‍यो नि - नलागी कन कोल्ले हेल्लो भन्या छ


दिमाग छैन कि के हो क्रेजी को - कान दुखेर दिमाग ठीक ठाउँ मा छैन जस्तो छ


 
Posted on 05-19-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग भाको मान्छे क्रेजी हुन्छ त लहरे?


त्यति पनि कुरा नबुझ्ने तिम्रै बुद्धि छैन।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters