[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्झौता

[Please view other pages to see the rest of the postings. Total posts: 109]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 82586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 07-09-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि)


भाग-१


सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्‍यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्‍यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्।


सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्‍यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो।


"उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्‍याएर नमस्ते गर्‍यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ।


"उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै।


"अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो।


"ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो।


एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन।


"यहाँहरुलाइ म के गर्न सक्छु?"


प्रबेशले बलबहादुरलाइ हेर्‍यो, बलबहादुरले प्रबेशलाइ।


"भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्‍यो।


"गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती।


"मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो।


"सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्‍यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्‍यो।


"बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो।


"हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो।


"त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्‍यो मैले?"
सार्थकले फेरि मुख्य कुरामा जोड दियो।


"मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्‍यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन।


"नागरिकता बनाउनु पर्‍यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो।


"त्यो कुरामा मैले के गर्नु पर्‍यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो।


"ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो।


"के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो।


"मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो।


"कसको लागि त?" सार्थकले बुझ्नै सकेन।


"यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो।


क्रमश:


 
Posted on 07-27-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी तिम्रो कथा पढेर म पागल हुन लागे , रगतको नाता पनि अचम्मै हुने रैछ , के गरोश सार्थकले, जती लुकाउछु भने पनि लुक्दैन खुस्किहाल्छ हैन त ?


अर्को भागको ब्याकुल पर्खाइमा ।


 


 
Posted on 07-27-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very well narrated, enjoyed throughly crazy gajjab chha timro lekhne style.

 
Posted on 07-27-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,


दुइ भाग राखिसके त! अनि लिजा "कुल" होलि नि त?  BTW, तिमिलाइ लिजाको किन त्यस्तो चासो हँ?


सानिरा,


मलाइ क्रेजी भने पुग्छ। जिन्दगी कहिले भाबुक कहिले हाँसोलाग्दो हुन्छ हैन त? कमेन्टको लागि धन्यबाद!


लौ, लहरेले एक रुपियाँ कमायो भन्या त अर्को पनि कमेन्ट राखेर दुइ रुपियाँ भैसकेछ। ल तिम्रो रुपियाँ मै सङ छ है, ब्यँकमा जम्मा गर्‍या जस्तो।


thanks for the nice comment, lahare!


योम्मा!!


लोडशेडिङको बेला पनि आभाको हात सार्थकले समाएको देख्ने पुरेको आँखा कस्तो तेजिलो हँ? कमिला खाने गर्‍या छ कि के हो?


हर्केले एउटा किटक्याट खान पाउने भो। कस्तो राम्रो भन्या रैछ बाइ कमेन्टमा त।


पागल चाहि नबन है हर्के। राधालाइ दुख हुन्छ नि!


त्यस्तो राम्रो प्रंशसा गरेकोमा हर्केलाइ मनको भित्रि तहदेखि धन्यबाद (बुगुर चपाउदैं)।


खुशीले भने पछि त नमान्ने कुरै छैन। मैले तुरुन्तै अर्को भाग राखिहाले। अलिकति खुशी मलाइ पनि देउ है?


north_ pole,


अनि तपाइलाइ सन्चै? अस्ति नि सोध्या थिए। रुघा लाग्या छ कि के हो?


कमेन्टको लागि धन्यबाद साथी!


कालेदाइ,


कहाँ बेपत्ता तपाइ? यहाँ हामी सबै झन कालेदाइले पुस्टकारी ल्याउनुहुन्छ भनेर कुरीराको। अनि लाहुरबाट कहिले आउनु भयो त ? भाउजु, भतिज/भतिजीहरुलाइ सन्चै छ?


मैले धेरै धेरै सम्झेको छ भनिदिनु है।


Nitisa,


सन्चै छौ? तिमी मलाइ मेरो सानो बेलाको साथी हो कि जस्तो लागि राको छ। हुन त आजकाल मलाइ जो पनि सानोबेलाको साथी जस्तो लाग्छ।


पढेर कमेन्ट लेखेकोमा धन्यबाद साथी।


 


 


 

Last edited: 27-Jul-09 01:59 PM

 
Posted on 07-27-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सिरिअस मोडमा पुगेछ । कसै लाई थाहा नदिने भनेको त पहिला श्रेया लाई नै भन्ला जस्तो छ । बिचरा सार्थकको घर मा आधी बेहेरी न आओस है ।
अनी लिजा को चासो रे? अब त्यस्तो राम्री उत्कृष्ट नाम चलेकी मोडेल अनी त्यसमाथि निस्फिक्री रैछे, त्यही भएर नि । 'म' पात्र आएकै छैन  अरु केटी पात्र लाई चासो दियो भने त कुटाइ खाइएला नि
 
Posted on 07-28-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो सार्थक को छोरा छोरी सँग कस्तो सम्बन्ध हो कस्तो फोर्मल साह्रै गम्भिर
 
Posted on 07-28-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-९


"त्रिस्ना ???" श्रेयाले गालामा बग्दै गरेको आँसु पुच्छ्दै सार्थकलाइ यसरी हेरी, मानौं सार्थकलाइ उ चिन्दिन। श्रेयाको आँखामा बिस्वाश-अबिस्वाश, शंका- उपशंका, प्रश्नै प्रश्न सबै एकै ठाँउमा जेलिएको थियो। उसको निधारमा गाँठो परिरहेकोथ्यो। उसले आँखा झिमिक्कै नगरी एकनासले सार्थकलाइ हेरे पछि सार्थक तन्द्राबाट झस्के झैं भयो। कुरा बिग्रिनै लागिसकेकोथ्यो, तर उसले आफुलाइ सम्हाल्यो।


"मेरो नयाँ अलबमको नाम "त्रिस्ना" राखे कसो होला, श्रेया?" आफुलाइ सामान्य तवरमा प्रस्तुत गर्यो सधैं झैं सार्थकले।


"अचानक किन परिबर्तन?" श्रेयालाइ सार्थकले दिएको स्पष्टिकरण चित्त बुझेन । "अस्ति त "प्रतिक्षा" भन्नु भएको होइन?"


"प्रतिक्षा धेरै प्रयोग भइसकेको शब्द हो, "त्रिस्ना" नौलो जस्तो देखिन्छ। श्रोताहरुको रुचि परिबर्तन भइरहन्छ। त्यसैले मैले "त्रिस्ना" रोजें।" सार्थकलाइ उत्तर दिन गार्है पर्‍यो।


"त्रिस्ना यानि तिर्खा। यसको तपाइको गीतहरुसङ के सम्बन्ध छ र? तपाइको गीतहरु प्रेमसम्बन्धि छन्।" श्रेयालाइ चित्त बुझेन।


"प्रेममा पनि त्रिस्ना हुन्छ, आफ्नै मान्छेबाट पाउन नसकिने मायाको तिर्सना।" सार्थकलाइ त्यतिखेर त्रिस्नालाइ उसले दिन नसकेको मायाले भत्भति पोल्यो।


"बाबा! अलबमको नाम जे राखे पनि हजुरलाइ मेरो शुभकामना। तपाइको सबै गीतहरु हिट होस्।" श्रेया बिस्तारी हाँसी।


"तेसो भए अब खाना खान जाउ न त। मलाइ भोक लाग्यो।" सार्थकले श्रेयालाइ भन्यो।


बाबु छोरीको सम्झौता भयो। खाइसकेपछि सार्थकले उसको गीतहरुको बारेमा श्रेयालाइ बतायो। उसले २-३ वटा गीतको केहि टुक्राहरु श्रेयालाइ सुनायो। आभा शायद आफ्नै काममा ब्यस्त थिइ। समिर सुतिसकेको थियो। निद्राले लट्ठ बनाए पछि श्रेया पनि आफ्नो कोठामा जान लागी। जानु अघि उसले सार्थकलाइ गहिरो कुरा भनी।


"बाबा!  म आफुलाइ भन्दा बढी तपाइंलाइ बिस्वाश गर्छु। तपाइं मेरो लागि संसारको सबै भन्दा बढी माया गर्ने बाबा हुनुहुन्छ।" सार्थकको आँखामा तरल पदार्थ सल्बलाए। उ बोल्नै सकेन।


"गुड्नाइट बाबा!" श्रेया हाँस्दै गइ आफ्नो कोठातिर। सार्थक एक्लो भयो, श्रेयाको बिस्वाशसङै। के त्रिस्ना पनि उसलाइ यसरी बिस्वास गर्न सक्छे? के गर्थी? घ्रिना गर्दी हो। मनमनै कति गाली गर्दि हो। तर उसले श्रेयाले जस्तै कसलाइ पोख्दि हो आफ्नो दुखहरु? उ सङ कति प्रश्न होलान्? कति गुनासोहरु? जिन्दगीले उसलाइ के दियो? हेला, अपमान, दुख सिबाय।


अर्को दिन उ लिजालाइ बानेश्वरको कुनै फास्टफुड रेस्टुरेन्टमा कुर्दै थियो। १२ बजे आइपुग्छु भनेकी थिइ त्यो बिहान फोनबाट। ५ मिनेट भइसकेको थियो, लिजा आइपुगेकी थिइन। कतै ट्राफिक जाममा परी होली, यस्तै सोच्यो सार्थकले। उ हत्पति मान्छेहरुले नदेखिने खालको कुनातिरको ठाँउमा बसेको थियो। सबैले चिन्ने भएकोले पनि उसलाइ बाहिर खान जान मन लाग्दैनथ्यो। नभन्दै एउटा पत्रकारले देखि हाल्यो उसलाइ।


"ओहो, सार्थक जि! सन्चै हुनुहुन्छ?"


"म ठिकै छु, तपाइ नि?" नचिने पनि सार्थकले औपचारिकता निभायो।


"म "संगीत श्री" भन्ने साप्ताहिकबाट!अब यत्रो प्रख्यात गायक भेटिएको छ, अलिकति भलाकुसारी गर्नु पर्‍यो।" भन्दै पत्रकारले कलम र कापी झिक्यो।


"त्यसो नगरौं होला अहिले। म एउटा कामको सिल्सिलामा कसैलाइ भेट्दैछु। कुरा पछि गरौंला, मेरो नयाँ अलबम निस्केपछि।" सार्थकलाइ पत्रकारले लिजालाइ नदेखे हुन्थ्यो भन्ने लागेकोथ्यो। तर लिजा ठिक्क त्यहिबेला रेस्टुरेन्टभित्र छिरी र उ भएतिर आइ। पत्रकारले पुलुक्क लिजालाइ हेर्‍यो अनि नमस्कार गर्‍यो। लिजाले पनि नमस्कार फर्काइ।


"तपाइको नयाँ अलबमको नाम चाहि के नि?" पत्रकारले फेरि प्रश्न गर्‍यो।


"त्रिस्ना।" सार्थकले छोटो उत्तर दियो।


"अनि तपाइको गीतमा आजकाल लिजा खुब मोडेलिङ गर्नु हुन्छ नि। किन?" पत्रकारले अलि कति ब्यंग गर्दै सोध्यो।


"लिजा मेरो गीतमा मात्रै होइन, आजकालको सबै गीतमा मोडेलिङ गर्नु हुन्छ। उहाँ धेरै प्रोफेसनल मोडेल हुनु हुन्छ। त्यसैले सबैले उहाँलाइ काम दिन्छन। मैले पनि त्यसै गरें।" सार्थकलाइ लिजाको नाम उसङ जोडेर पत्रिका बिकाउने लेख छाप्ला भन्ने डर थियो।


"के तपाइको नयाँ अलबम "त्रिस्ना" मा पनि उहाँ नै मोडेल् हुनु हुन्छ?" पत्रकारले लिजाको बक्षतिर अश्लिल तरीकाले हेर्दै भन्यो। लिजाले अप्ठ्यारो मानी। सार्थकलाइ रिस उठ्यो।


"तपाइको नम्बर दिनुस्। म तपाइलाइ अन्तर्बार्ताको लागि उपयुक्त समय दिन्छु।" आफुलाइ सम्हाल्दै भन्यो सार्थकले।


त्यसपछि पत्रकारले सार्थक र लिजा दुबैलाइ आफ्नो विजिटिङ कार्ड छोडेर गयो।


"लिजा, सरी है। त्यो मान्छेले तिमीलाइ हेरेको तरिका अलि नराम्रो थियो? के गर्ने मान्छेहरु कहिले कहि त्यस्तै हुन्छन्।" सार्थकले माफि माग्यो।


"धेरै ब्यक्तिहरुको बुझाइमा मोडेलहरु शरीर मात्र हुन्, बिचार होइनन्। त्यसमा के अप्ठ्यारो मान्नु? ब्यक्ति मात्र होइन, हाम्रो समाज नैं त्यस्तो छ।" लिजा दिक्क हुँदै भनी।


"यस्तो सानोतिनो कुरालाइ वास्ता गर्न थाल्यौ भने जिबनमा कहिले अगाडी बढ्न सक्दैनौ।" सार्थकले सम्झायो, लिजा एकछिन टोलाइ अनि फेरि मुस्काइ।


"छोड, यी कुरा!" मुस्काँउदा उसको अनुहार कुनै सुन्दर फुल अकस्मात फुले जस्तै देखिन्थ्यो।


"तिम्रो अर्को हप्ता फुर्सद छ?" सार्थकले सोध्यो।


"त्रिस्ना" कसको नाम हो?" लिजाले बिचैमा सोधी।


"किन?" सार्थकले सोध्यो।


"तिमीले नयाँ अलबमको नाम "त्रिस्ना" राख्ने रे। अघि त्यहि भन्दै थियौ होइन?" लिजाको आँखा कौतुहुल देखिन्थे।


"हो। त्रिस्ना कसको नाम होला? तिमी आफै अन्दाज गर।" सार्थक हाँस्यो।


"तिमीले अस्ति भनेको कुरा हो? त्यो नागरिकता वाला?" लिजाले अडकल काटी।


"तिमीले ठिक भन्यौ। यो अलबम उसको नाममा ल्याउने भएँ मैले।" सार्थक खुशी देखिन्थ्यो।


"के तिमीलाइ उसको माया लाग्छ?" लिजाको प्रश्नले सार्थक झस्क्यो।


"मलाइ थाहा छैन।" एक्छिन चुप लाग्यो र भन्यो। "म आजकाल त्रिस्नाको बारेमा धेरै सोच्छु। तर म के गर्न सक्छु र उसको लागि?" सार्थक बिबश थियो।


"अब के गर्छौ त?" लिजाले पानी पिउँदै सोधी।


"नागरिकता बनाइदिन्छु। त्यसपछि उ गाँउ जान्छे। चाहेर पनि म केहि गर्न सक्दिन उसको लागि। श्रेया मलाइ अनेक प्रश्न गर्छे आजकाल। उ भन्छे उ आफुलाइ भन्दा बढी मलाइ बिस्वाश गर्छे। म के गरु?" सार्थक भाबुक भयो।


"बिचरी!" लिजाले लामो स्वाश फेरि, अनि हेरि सार्थकलाइ। "केहि त गर्नै पर्छ तिमीले।"


"म सङ केहि उपाय छैन लिजा। मैले धेरै सोचि सकेँ। म श्रेयाको भावनामा चोट पुर्‍याउन सक्दिन। उसले भर्खरै जिबन बुझ्न शुरु गरेकी छे।" सार्थक असहाय जस्तो देखियो।


"अनि त्रिस्ना नि। उसको जिबन छैन?" लिजाको स्वर अलि ठुलो भयो।


"उसले जिन्दगीसङ सम्झौता गरिसकेकी छे। उसको लागि जिन्दगी श्रेयाको जस्तो कठिन हुने छैन। किनभने उसले जन्मेदेखि नैं जिबनको हरेक चुनौतीसङ सामना गर्दै बाँचेकी छे। उसलाइ त्यति गार्हो हुँदैन यो एउटा जिन्दगीको सत्य। उसको बाबु छ, तर उसको लागि छैन। उ फेरि सम्झौता गर्छे।" सार्थक कमजोर भयो आफैसङ।


"अरु त त्यस्तै हो। केहि आर्थिक सहयोग भएपनि त पक्कै गर्न सक्छौ।  भोलि उसलाइ पैसाको आबश्यकता परेमा कसले दिन्छ? धेरै थोरै पैसा जति भए पनि उसको नाममा ब्यांकमा खाता खोलिदिन सक्दैनौ?" लिजाले उपाय सुझाइ।


"म पनि यही सोच्दै थिए धेरै दिन देखि। जाने बेलामा केहि रकम उसैको हातमा दिउँ भन्ने सोचिरहेको छु। बाबुको कर्तब्य निभाउन त सकिन सकिन, सानो सहयोग त परचक्रिले पनि गर्छ। बरु म परचक्रि नैं भइदिन्छु बरु।" सार्थकलाइ पनि चित्त बुझ्यो लिजाको कुरा।


क्रमश:

Last edited: 28-Jul-09 12:44 PM

 
Posted on 07-28-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न फस्न लाथ्यो टाकटुक पारेर मुरा मिलाइहाल्यो सार्थकले


फेरी यो श्रेया कस्तो म्याचोर भा त त्यती चाडै - कुरा गराइ को हिसाब ले


धेरै नै सिरियस हुँदैछ यो कथा -


प्रस्तुती त दामी नै छ क्रेजी को


अर्को भाग यो प्रतिक्षा मा


 
Posted on 07-28-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५ बर्षको केटिले बुझ्दैन त लहरे। केटा भन्दा केटिहरु छिट्टै mature हुन्छ भन्ने थाहा छैन तिमीलाइ।


कुरा बुझ्दैन लहरे अनि के के भन्छ?


 
Posted on 07-28-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही ठुलै कुरो हुन लागेको छ, सब शान्त गैराछ, तर पक्कै छिट्टै ठुलो बिस्फोत होला जस्तो मलाई लागिराछ।

अर्को भागको ब्यग्र प्रतिक्षामा

 
सान्नानी
Posted on 07-28-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy maile ni padhirachhu yo katha, in fact timro kunai katha ni chhodya chhaina tyo shuruko ke ta jhayle kumar ki ke bhanne dekhi ahile yo sarthakko katha samma .. :) good going girl.

 
Posted on 07-28-09 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिमाग फ्न फनी घुम्नपो थाल्यो गान्ठे, लिजाले भने झै गर्छ त सार्थकले कि गर्दैन ? 


छिट्टो अर्को भाग लेखी हालौ है ।


 
Posted on 07-29-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा सार्थकलाई लिजा, त्रिस्ना, श्रेया, आभा सबैले घेरेका छन कसरी मुक्ती पाउछ खै ? बरु लिजाले "म आमा बन्दै छु" पनि भनी भने त्यहा भन्दा बिजोग के होला सार्थक को


लौ छिटो छिटो लेख्नु पर्‍यो कती उसैको बारे मात्रै सोचेको ?


 
Posted on 07-29-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat लाइ लिजाको खुब चिन्ता लागेको रहेछ, त्यस्तो केहि गडबड भएमा stat का पठाइदिनु पर्ला लिजा र बच्चा दुबैलाइ। हे हे हे।


बैरे,


लौ न  छोराछोरीसङ कस्तो सम्बन्ध हुनु पर्छ त? टुइसन लिनेको लाइन छ यहाँ।


लहरेले अस्तिको २ रुपैया गुमायो अहिलेको कमेन्टले गर्दा। मेरो बैँकको निर्णय हो यो।


पुरे,
बम पड्किनु राम्रो कुरा होइन, बिस्फोट भनेको बिध्वंसकारी हुन्छ। धैर्य गरौँ साथी।


सानान्नी,


तिमीले नभने पनि मलाइ थाहा थियो। त्यो झेली झ्यालकुमार क्या बाठो है? अनि त्यो डिल्लि बजारको संजय दत्तको कथा लेख न मोरी।


हर्केले रोटिपिङमा बसेर कथा पढेछ, मेरो पनि टाउको फन्फनी घुम्यो बाइ।


के सार्थकले त्रिस्नासङ माफी माग्नेछ?


के त्रिस्नाले सार्थकको जिबनमा परिबर्तन ल्याउछे?


के stat ले भने झै लिजाले सार्थकलाइ "म तिम्रो बच्चाको आमा बन्ने भएकिछु" भन्छे?


यो सबै बुझ्नको लागि अबश्य प्रतिक्ष्या गर्नु होस् सम्झौता भाग-१० को।


 


 
Posted on 07-30-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १० रिलिज हुने दिन कहिले हो क्रेजी? भोली को शुक्रबार त होला नि
अनी लिजा लाई पठाइदिने रे? के भनेको क्रेजी परमात्मा (© क्रेजी) ले? चासो लिए जती सबै आउने हो भने त १६ हजार पुग्लान नि फेरी
 
Posted on 07-30-09 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ओ आज त शुक्रबार नयाँ भाग भनेर क्लिक गरेको त अझै पनि नही,  u make me _crazy la la, ल न छिट्टै है!!  if you want i will go n work for u in your job, u stay at home and complete okey..
 
Posted on 07-31-09 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat परमात्मा,


क्रेजी परमात्माको ध्यान केहि दिनको लागि बिशेष र अभ्यास धेरै गर्नु पर्ने भएकोले आज शुक्रबार नयाँ भाग लेख्न नसकेकोमा माफ पाँउ।


चासो बिशेषज्ञ हो कि क्या हो Stat, १६००० रे, त्यो पनि एक जुनिमा, ल नसकिने भयो !!!


north_pole,



लौ न, तेसो गर्न मिल्छ भने त्यो "ध्यान" गर्ने ठाँउमा तपाइ गइदिनुस् न, तलब चाहि मेरो खातामा आँउथ्यो।


Thanks for the support!


साथीहरु, केहि दिन अति ब्यस्त हुनु परेकोले भाग-१० को धैर्यसाथ प्रतिक्षा गरि दिनु हुन अनुरोध गर्छु।

Last edited: 31-Jul-09 06:31 AM

 
Posted on 08-03-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु,


मलाई माफ गर्नु होला, यती मिठो कथा आउँदा पनि समयमा पढ्नलाई हाजिर हुन नसकेकोमा।


सारो बिजी भईयो त्यसैले कथा पढ्न सम्म पाईन। अशाढ १५ त गई सक्यो तै पनि मलाई आशाढ १५ ले छोडेको छैन क्यारे?


काको लाहुर जानु अनि ल्याउनुनी त्यो पुस्ट्कारी, म नै नेट भन्दा बाहिर भएकोले भाउजु, भतिज - भतिजाहरुको समचार बेखबर छ। खबर आए वा पाए पछि सुनाउलानी। अनि लाहुर गए पछि म ल्याइहाल्छु पुस्टकारि अनि  छुर्पी पनि ल्याउला नि है। 


जे होस् तपाईंको काथा पढे पछि एकदम छर्लङ हुन्छ। लेख्ने क्रम नछोड्नु होला।


कालेदाइ       


 
Posted on 08-03-09 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy,
yar, pahile katha padhau na ani commnet lekhaula hunna? ma ta crazy dekhera arko bhag padhnu paryo bhaneko ta comment po cha ba....................
anyway, very nice story, keep it up

 
Posted on 08-04-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१०


लिजा सङ छुट्टिएपछि सार्थक आफ्नो अफिस फर्क्यो। म्युजिक डाइरेक्टर कुरिरहेको थियो, आबश्यक बुँदाहरुमा छलफल गर्‍यो। छायाँकनको लागि अझै मिति तोक्न सकेन। उसले पछि खबर गर्ने आश्वास्वन दियो र म्युजिक डारेक्टर उ सङ बिदा भयो। बास्तबमा उसको अलबम उसको योजना भन्दा पछि परिरहेको थियो। सबै कुरा लगभग सकिसकेको थियो भिजुलाइजेसन मात्र बाँकि थियो। त्यसको लागि उ पहिला त्रिस्नाको काम सकाउन चाहन्थ्यो। तर प्रबेशले अझै उसलाइ केहि खबर गरेको थिएन। सार्थकले प्रबेशलाइ आफै फोन गर्‍यो।


"सर, मैले तयारी गरिसकेको छु। तर त्रिस्ना लाइ सन्चो नभएर अलि दिन कुर्नु पर्ने भयो।" नमस्ते आदान प्रदान गरे पछि प्रबेशले उसलाइ खबर दियो।


"के भयो त्रिस्नालाइ?" सार्थक चिन्तित भयो।


"खोइ? पेट दुख्छ रे, त्यो केटि त सार्है रोगी रैछे। जहिले पनि केहि न केहि भइरहेको हुन्छ।" प्रबेशको जवाफ थियो।


"डाक्टरलाइ देखायो त?" सार्थक अरु जान्न चाहन्थ्यो।


"अस्ति बलबहादुर दाइले बिर अस्पताल लगे क्यारे, कुनि के हो औषधीहरु दिएर पठाएको छ, निको हुन्छ भनेको छ रे।" प्रबेशले भन्यो।


"पानि फोहोर भयो कि? खाना मिलेन कि? कहाँ बस्छन् उनिहरु?" यी सबै कुराहरु एकै चोटि सोध्यो सार्थकले।


"त्यही सुन्धाराको एउटा सस्तो लजमा बस्छन्। अब काठ्मान्डुमा राम्रो ठाँउमा खान महङो छ। जहाँ पायो त्यहीँको खाना र पानी त्यस्तै दुषित नैं हुन्छ। तर त्यो केटि गाँउमा पनि बिरामी भइ रहन्थी रे सानैदेखि।" प्रबेशले आफुले पाएको जानकारी दियो।


"त्यस्तिले के स्वास्थ्य सेविकाको काम गर्ली?" सार्थकले सोच्यो, अनि फेरि सोध्यो। "अब कति दिन कुर्ने त?"


"म तपाइलाइ दुइ/ तिन दिनमा खबर गर्छु।" भन्दै उताबाट प्रबेशले फोन राख्यो।


त्रिस्ना बिरामी छे, तर उ अनभिज्ञ छ। थाहा पाएर पनि उ के गर्न सक्छ उसको लागि। गएर भेटु भने उनिहरुले अरु आशा गर्लान् भन्ने पीर। नगरु भने त्रिस्ना को छ यो संसारमा? बलबहादुरलाइ केहि भइ हाल्यो भने त्रिस्ना एक्लि हुन्छे। कसरी बाँच्ली एक्लो जिबन? तर बिकल्प के छ त? कसरी उ आफ्नो कर्तब्यलाइ निभाउन सक्छ ? त्रिस्ना उसकी छोरी, श्रेया पनि उसकी छोरी। दुबैको जिबनमा उसको भुमिका उत्तिकै महत्वपुर्ण छ। तर कति टाढा बनाएको छ समयले उसलाइ त्रिस्नाको जिबनबाट? श्रेयालाइ अलिकति रुघा लागेपनि उसको मन दिनभरि बेचैन हुन्छ। उ जहाँ गए पनि घरि घरि फोन गरेर सोधि रहन्छ। तर त्रिस्ना बिरामी भइ रहन्छे, उ खालि दुबिधामा परिरहेको हुन्छ। के गर्ने के नगर्ने भनेर?


साँच्चि त्यस्तो रोगी मान्छेले के गरेर खाली जीबनमा? गाँउको जीबन गार्हो छ। काम नगरी खाने आधारहरु हुन्नन्। कि त्रिस्नालाइ यही कतै राख्नु पर्‍यो? काठमान्डु मैं कुनै छात्राबासमा। उसको नजरमा त हुन्छे उ। बिरामी भइ भने उपचारको लागि अस्पताल हुन्छ। सार्थक आफै प्रत्यक्ष उसलाइ हेरबिचार गर्न नसके पनि कसैलाइ कामको जिम्मा दिन सक्छ। रमेशलाइ अर्हाए पनि हुन्छ। बेला बेलामा भेटेर हालखबर पनि बुझ्न सक्छ। यदि पढी भने यसो कसैलाइ भनसुन गरेर सजिलो काम पनि लाइ दिन सक्छ सार्थकले। तर यो सबै कुरा आभा, श्रेया र समिर कसैले पनि थाहा पाउनु हुन्न। त्रिस्ना मान्छे त? यदि यो बिकल्प राख्यो भने त्रिस्नाको जिबनमा परिबर्तन आउला? उ पनि आफ्नो पश्चातापबाट मुक्त हुनेछ। यो सबैको लागि रामो हुनेछ।


उसले रमेशलाइ बोलायो, वालेटबाट केहि पैसा निकालेर दियो र भन्यो, "बलबहादुर र त्रिस्ना सुन्धारातिर कतै सस्तो लजमा बस्छन् रे। त्रिस्नालाइ सन्चो छैर रे। उनिहरु बसेको ठाँउ पत्ता लगाउनु र यो पैसा खर्चको लागि दिनु। पैसा सकियो होला, काठ्मान्डु आएको पनि धेरै भइसक्यो।"


"सुन्धारा कतातिर होला दाइ?" रमेशले सोध्यो।


"त्यो त मैले सोधिन। म प्रबेशको नम्बर दिन्छु तिमी आफै फोन गरेर सोध।" सार्थकले रमेशलाइ नम्बर टिपायो।


रमेश गयो, तर सार्थक सोचिरह्यो, त्रिस्ना र उसको सम्बन्ध, कति जटिल कति संबेदनशील।


क्रमश:


 

Last edited: 04-Aug-09 11:27 AM

 
Posted on 08-04-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो रगत भन्या आफ्नै हो , मखुला क्रेजी ?


यो कथा चाँही किन यती छोटो ?


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters