[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146271 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-15-05 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरो सिदेल, परासि र स्याउजा अनि पाल्पा हेरेर काठमान्डुको गफ दिदो रइच, याद अर है केटा हो मैनालालइ देखेपासि त लनडन मलाया को पनि गफ देला तेसले ।
 
Posted on 12-15-05 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो चौतारबाट पश्चिम तिर लागेको अम्रिका भन्ने गाम पो पुगियो । हाम्रा गाममा त खासै जाडो पलाको छैन तर त्यो अम्रिका गाममा त हिम नै परेसके च ।

हिउ त हैन फप्रेको डंगुर
मन भयो अमिलो अंगिर
हंगकंग पोखरा
निर्मोइ आफ्नो को छ र ?


 
Posted on 12-15-05 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(दुई दिन यो चौपारीआँ आउन भेइएन्, केटाहुरले कुरा त कता हो कता पुराएचन गाँठे! कुरा नि कति आउनी हो? अस्ति माछा मार्न गाको कुरो सुनाम्दै थेँ, पुरा सुनाम्न भेइएन। केटाहुरले लालेले हिले माछा भनेर ‘पा’ (toad) हुनि बेलाको चेपागाँडा लुकाएर खल्तिमा हालेको, गंगटाले टोकेको कुरा गरिसकेचन्। तर तो दिन अरु कुरा नि भथे। तो राति गोताžएँले चर्तिकला देखाएर सबलाई तिनचित पारेको कुरो कसैलेनि नअरेकोले गाम्लेलाई जे जसो भको थो तो सुनाम भनेर आका हुम्। तिनी कुरा फत्ते अरेसि अरु बात मारम्ला के रे, सिउदेलहुरका कुरा!)



----------साँझ तिर नमे, लाले, बिर्खे, सिरे, भउते, दादा, पुन्टे, साँइला, जंगे, बोन्ठे (Bostonian Nepali) सप्पै भएर सिमोरवोटको काली र तिर गइम्। गोताएँनि मन नलाइ नलाइ, ‘ब्या गरेसि चेन् (change) भओ’ भन्चन् भन्ने डरले यामकलालाई छाडेर आओ।

खोलो पुगेसि कता तिर बोम ठोक्दा ठीक होला भनेर दादा र मैले आँखा लाइम्। बडेमानको जूर (ढुंगो) मुनि ठुल्ठुला माछा सल्बलाको दादाले देखेसि तेइँनिर हान्नी सल्ला भओ। त्याँसि मैले बोमलाई लाम्चो ढुंगोआँ बाँधे र सिरेलाई चाईँ सिखरेट सल्काम्न लाएँ। बोमलाई ढुंगोमा नबाध्नि हो भनि त बोम त तैरिहाल्च के रे नि! केटाहुरलाई ढूंगा पछाडि लुक्न लाएर म र सिरे अगाडि गइम्। दुई सर्को सिखरेट तानेर तेसैले बोमको फुजाँ (fuse) झोस्देँ, त्याँसि बोमलाई सित्त ढुंगा मुन्तिर हुर्राएर पर दुगुरिम्।

बोम पड्को आँठे कानाओ जालि फुट्नीअरि, बडेमानको छाल फालेर! सप्पै चिच्याए एउछिन, अनि लुआ खोलेर तिराँ गइम्। धमिलधमिल पानीओ माझबाट मेरी आमै नि हो के सारो असलाहुर फर्लक्क फर्लक्क पल्टे। तो देखेर गोताएँ त ‘ए राता मकै’ भन्दै पानीआँ लुगासितै झ्वाम्मै फुंगालो (हामफालो)। स्वाँठले त माछाओ झोकाँ पाैडि खेल्न आउन्न भन्नि बिर्सेच। धन्न छेउआँ गइरो थेन र बाँचो।

त्याँसि पाैडिन सक्नी जतिहुर ले माछा बटुले। बिर्खे र भउतेले दंग पारे सपलाई। तिनले पानीआँ डुबुल्कि मारेर एकै फेराआँ एउटो माछो अगाडीका दाताँ बिचआँ, दुइटा हाताआँ एकएकटा माछा समातेर तिनटा माछा सित्त सित्त बगारआँ फाले। जो पाओ तेले काँ सक्चन् र तेस्तो अर्न? जातिविति चिप्ला पो हुन्चन् के रे नि खोलाआ माछा त! नमे, लाले र गोताएँले असलालाई टिपेर, नमरिसकेका-झन्नेकालाई ढुंगाँ पदारेर (वजारेर) खुत्रुक्क पार्दै त्याँसि लामो छेस्कोलाई माछाओ सास फेर्नि (Gills)बाट छिराएर मुखवाट निकाल्दै छेस्काआँ मिलाएर राखे। माछा त बिपत्तै छोपिएच गाँठे, सप्पैलाई एकेक धार्नि परे होला। भाग लाएर रएको एक धार्नि जति राति सप्पै संगै बसेर पोलेर खानि सल्ला भओ।
 
Posted on 12-15-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेओ घराँ अइले अपुर(अरु) कोइ नभकोले तेसैकोआँ बसियो राती। नेपे दाईलाई नि बोलाइयो। जे भा नि नेपेदाइ गन्निमान्नि मुन्छे हुन्। हामी केटाहुरलाई ज्याद्रो मय गर्चन्।

बोन्ठेले काली फुपैकाँट चारोटा बट्टल कोदाको रउसी लेओ। नेपे दाईलाई भनेर एक अम्खरा भातीको चिनी हालेको जाँड नि लेओ। नेपेदाई सुरा लाउनी मुन्छे त हैनन् तर हाम्रा करले जुगाँ एउचोटि सम्म खान्चन्। त्याँसि माछा पोलिओ, रउसि बुत्याँइओ, काइदा भओ गाँठे!

तेसैमा दादाले गीत गाम्नि कुरो झिको। दादाले के मीठो गाम्च भनि, के भन्नी? कोइलीले भाखा लाए झैं लाउच। मलाई जातिबिति मन पर्नि यो गीत गाओ तेल्ले। सारै रस परो। मैले नि तेस्को स्वर नविगार्नि गरि बिस्तारै तो संगै गाएँ-

मेरो माया कहाँ पुग्यो होला
दिनमा आउनी सूर्यलाई थाहा होला
माछी काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले------

गोताएँलाई के चढेच कुन्नि ‘मेरो पालो अव’ भन्च बा। गाउनी केटो त हैन यो। बोन्ठेले ‘ए कोदाको ढींडो, खुस्किस कि के हो?’ भनो। अघि सिरे र गोताएँ एकछिन ‘तुर्काउन’ भनेर बाहिर गाका थे, डुङ्डुङ्ती गनाउँदै फर्केका थे। यत्रो तुर्काउनु, तो सिरेले के जाति ख्वाएर žल्याएच। गोताएँले यस्तो गाओ-

डल्ली मगर्नी, डल्ली मगर्नी
सटाकसुटुक ‘गर्नि’ हल्ला नगर्नि---

हैत्तेरि, धन्न नेपे दाईले सुनेनन्। सुनेओ भए आज गोताएँका हुर्मत लेउँथे। तेस्तो पनि गाम्नि हो? यो बुढेसकालाँ ब्या गरेसि चढेको रङ्ग (Hormone) ले मुन्छे पात्तिनि रैच। पोहोर सालै ‘काका, म तीस लाएँ’ भनेर भन्तो, वल्ल यो साल ब्या गरो। ‘अब पुगो तँलाई गाम्न’ भनेको मानेन, ‘अज एउटो गाम्चु’ भनेर भनो।
यस्तो गाओ मुर्खले, भन्न नी लाज हुनि-

माछा मीठो पोलेको
माछा मीठो पोलेको
*के जस्तो के हुन्त्यो *लेको
हो त रैच गाँठे---


यति के भनेको थो तेल्ले, नेपे दाई त कान थुन्दै ‘थुइक्क थुइक्क थुइक्क’ भन्दै उठे। त्याँसि कुर्ले ‘यो संसार नाशिन्च छिट्टै, कलि जुग लाओ, आफू भन्दा ठूलालाई मान्नि जमाना गए’। अज के के हो फलाक्दै थे, बिर्खे र मैले मिलेर दाईलाई सम्जाइम्। जे भानि यो गोताएँ यस्तो गातिछाडा हुँदै हैन। गाई जस्तो मुन्छे हो। आज यो सिरेको सुराआँ लाएर र यो ब्या को रङ्गले नानाभाँति गरो। छेमा दिम दाई भन्दै हात जोरिम। अस्ति लालेले नि के के जाति भनो भनेर नेपे दाईले हुर्मत ले का थे। गोताएँले नि ‘बिराएँ दाई’ भनेर खुट्आँ परो। बुढाले सुनपानीले गोताएँको मुख नचोख्याए सम्म मानेनन्। बल्ल बल्ल फकाइम्, त्याँसि फेरि रमाइलो तिर लाइम्।

माछा खाइयो, सुरा लाइयो, उठबस अर्दै नाचियो ब्यान हुञ्जेल। उठबसआँ त मलाई को ले जित्नि?

ल है केटा हो, अर्को साल तो भिड्डोआँ (video) फिलिम देखाउनी मानेको जेन्टर (Generator) लेर खोलातिर् लाउनु पर्च है!


----------------------------------------------------------------------------------
(दादा, तो भङ्ली दमिनि म हैन। बरु अर्को धाओबाट था लाओ कि म नि तपाँई र गोताएँको पछि पछि लाएर अस्कल गको रैचु। था पाइर मनै फुरुङ भओ!)
 
Posted on 12-15-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी काकाले त मेरो बेईज्जतै गरे गाँठे। सिरेले सिखरेटमा मिसार ख्वाको के जातीले भोलिपल्टसम्म आफ्नो होशै खुलेन।
अब बेहोशीमा के के गरियो, के थाहा? बरु काका जनी गरेर याम्कीका कानाँचैँ यो कुरो पर्न नदिम् है; मेरो दोहोलो
काढ्छे फेरि। राती सिरे दाईसँग खेतमा पानी लाम्न जानी हो भनेर ढाँटेर हिनेको थेँ, अहिलेसम्म त पत्त्याकी छे। यो कुरोलाई
यत्तिकै गुपचुप पारम् है काका। बरु आर्को चोटि ससुराली गएर आम्दा पखरा'ट गतिलो विदेशी बिजुली पानी एक बोतल
ल्याइदिम्ला।
 
Posted on 12-15-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै ब्या अरेसि गोतामे सुद्रियो भनेको त उस्ता को उस्तै रैचन है, यो कुरो याम्किले थाहा पाउनु पर्च माइत गर बस्चिन अनि गोतामे ले चेत्छ ।
 
Posted on 12-15-05 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिउदेल गाम्मा आ'र मैनासंग छिल्लिन थालेको देखेपछि केटाहुरलाई सारै रिस ऊठेछ। गाममा अझै ब्या नभा'का बोका हामी यतिधेरै बाँकी हुँदाहुँदै त्यो मु.. सिउदेलले फुईँ गर्नी भनेर रन्किन थाले। भउते, नमे, लाले, गाले, बेँसीथाने मिलेर सिउदेलको हात खुट्टा भाँच्ने सल्ला' गर्दै थिए, उसे आईपुग्यो। सप्पै कुरो सुनेपछि, "तेस्ता फिष्टे सिउदेल लाई ठिक गर्न जन्ती लेर जानपर्च? म एक्लैले ठिक गरेर आम्चु। त्यो जाँ.......लाई घोप्टे पारेर त्यल्लाई गु को डकार नआम्जेल
खाँद्छु।" भनेर पाखुरा सुर्कँदै सिउदेललाई खोज्न हिनेको थियो। उसेले दु:ख गर्नै परेनछ, उसेलाई देख्नासाथ सिउदेलको सातो गइछ, कट्टुमा छेरदै भागेच। उसेले मैनालाई "जतापाच्छे मुन्छेसँ बात मार्नी हैन।" भनेर हप्काएछ तेसपछि।

(गाम्मा उसे जस्तो बलियो मुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छ, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छ! तर जे भा'नी केटो ठिक छ।)
 
Posted on 12-15-05 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(गाम्मा उसे जस्तो बलियो मुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छ, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छ! तर जे भा'नी केटो ठिक छ।)
यसलाžइ यसरि पढे कसो होला ?

गाम्मा उसे जस्तो बलियो आइमाžइमुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छे, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छे! तर जे भा'नी केटी ठिक छ।

 
Posted on 12-15-05 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(हैन के भन्छ यो नमे? उसे केटी रे! नमे झुक्कियो कि म झुक्के हँ?)
 
Posted on 12-15-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, हैन बेला बेलां कता अस्ताउचौ बुडा। यां केटा जाति जम्मै बेथितिका भए। सप्पै बेल्कि बेल्कि गाम'ट निस्किन्चन चौतारातिर जानभनेर, उता कुरो भने आर्कै रइचनि। अब, अस्ति भख्खर गोतांयेले भबसाअरै अरेर बिआ अरो केरे त्यासि के चाइयोर, केटाजति सगैको दौतरिले बिआ अरो हामि जइलेनि गनाउनि बोका! भन्चन गाम भोरिओ कोदाको, भातिको, जौको रैसि अनि कुखुरो, सुउर, बङुर सप्पै भ्याए। अस्ति त सिरेलाइ चिठिनै पठाएचन, ळौ गाम भोरिआ केटाउर को बिया अर्न पारो एउ टडक केटि चाइयो भनेर! भनेसि कुरो कां पुएच!
फेरि तेइ बिचां कताटओ सिदेल बाजे आर, कुन्नि कल्लाइहो भगार लान्चु भनेच अब केटालाइ के चाइयोर। बल्ल बल्ल कुरो मिलाइयो। त्यासि त सिदेल पुत्पुत्ति कता भागेअरे।
लौ काका कुरो यइ हो। भरे सिरे आउचन मेरां, म बेल्कितिर काकाकां आम्ला अलि सिरिअस कुरा अर्नु छ। केटा जति बिया नअराइ अब राख्न हुन्न बा।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
ये काका कति सालां हो अउसलतिर पडेको?
 
Posted on 12-15-05 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसको छिनो फानो उशुले नै अर्नु पर्ला कसो गोतामे?
 
Posted on 12-15-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो काका लाई कुरो पनि के बिधि आ हो , जस्तो भा थ्यो उस्तै बेलिबिस्तार लाए गाँठे!
बिचरा गोताएँ .....क्यार्न चिन्ता अर्चौ? याउँकलिको काना कुरो पुग्न दिन्नम के रे हामि। बरु मुइँले पो खा सुराँ माइलिसअँ कुरो फुस्काइँ कि?? फसाद परो जस्तो छ!!!
-------------------------------------------------------------------------------------
हैन ए राता मकै चौतारिको सबै अस्कलका हुन कि के हो? म पनि त्यहिँ थिएँ!
 
Posted on 12-15-05 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाओ, सिदेल त मधेस तिर भागो अरे। भख्खर सिरेले देखेकाअरे बयरघारिआं हस्याङ फस्याङ अर्दै वालिमतिर जानि टडका चड्योथियोअरे।
 
Posted on 12-15-05 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(दम्तरीहुलरे अस्कलको कुरा गर्दा अग्रज साम्दे शेर्पाको याद आयो, वहाँको यो गीत तिनताक सुपरहिट नै हो खासगरी राजनैतिक जनमानसमा। नेपे दाजी, सिरे नि अस्कलै हुन् कि जस्तो मान्चु। कि अस्कल कि पुल्चोकले जोडेको जस्तो लाग्यो यो धागोका अधिकाशं दम्तरीहुरलाई।

भट्टराईले सोध्लान् नि
खोइ गिरिजा भन्लान्
प्युठान गाऽछ भन्दिए
प्यठान गाऽछ भन्दिए

अन्तरिम कालमा गृह मन्त्री शेर बहादुर दाइ हुँदा गिरिजालाई प्युठानमा सायद अहिलेका माओबादीहुरले ढुगां हानेपछिको राजनैतिक घटनक्रमलाई व्यगांत्मक शैलीमा प्रस्तुत।)
 
Posted on 12-15-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफरे, काका र लालेलाई कति आको हो बात मार्न, अस्तिन सम्मन चईनी च्यापुमा हात राखेर हामीले बात मारेको
मात्रै सुन्थे । जे होस्, गोताएँ र बिर्खे पनि उम्लेकै छन्, जाद्रै जो रमाईलो हुन लागो हामी हुरलाई त ।

म पुनि अउसले जो हुम् है, ०५१-०५३ हो कि झै मान्छु केरे, अब साठीफिक्री जो त कति हेर्न जाम र ?
हाम्रा पालाँ एउटा फिजिक्सकी मेडिम हुनुहुन्थ्यो हिन्दी फिलीम "मै हूँ ना" कि केमिस्ट्री पढाम्नी मेडिम जस्तै जो ।

फिजिक्स ल्याबमा हो कि केमिस्ट्री ल्याबमा हो एक जना ध्रुब दाई भन्नी हुनुहुन्थ्यो, बलवान छाप खैनि बाँडीँचुँडी
गरेपछि सप्पै सिकाईदिनु हुन्थ्यो, उहाँले आफै नै पनि गरिदिनु हुन्थ्यो मेसो परे - जाँचमा भनेको, अपुर बेलाँ त को
ल्याबमा जान भ्याउँथ्यो र ?

अरु बेलाँ टिउसिन गयो, टिउसिनाँ "सर" ले कार्बन पेपर छापेर लेख्नी केरे, कहिले
कहिले त लास्टको कार्बनले बल्ल बल्ल निलो निलो रायेपाटे परेको प्रति आफूलाई पर्नी, जाँचको रुटिन
निस्केपछि अनि *जी कसेर जो "पलान" जान पर्च भनेर पढ्न बसो, किताब पनि छैन, कापी पनि छैन, तेही
टिउसिनको चईनी कार्बनले छापेको फुलस्केप कागजाँ पनि साँवा अक्षर केही बुझिना भा त रामाराम ल । बुढेस कालले
छोएसि र पुरानि भएसि त कार्बनले पेपरले छापेको पुनि सप्पै जो मेटिँदो रैच केरे । त्याँसी निमा फोटोकपीको गेस
पेपर र ओल्ड ईज गोल्ड किनो, तेही पढो । धन्न येसो मास्टरहुर पनि आफू जस्तै, अझै सडेगलेका हुँदा रैचन् केरे,
जे होस ८०-८५ नम्बरको त तेही ओल्ड ईज गोल्ड र गेस पेपर बाटै जो पर्नी, त्यसमा फेरि
आफ्नो पनि ७०-७५ नम्बर त आईहाल्नी ।

अनि भुत्राको पलान गईन्थ्यो र, पलान जानी जाँचमा त चईनी केही पनि नपर्नी गेस पेपर र ओल्ड ईज गोल्ड बाट त ।
अब अरु पढम भनो भनि तेही मेटिएको कार्बनले छापेको पाता बाहेक केही जोगाड ग-या भए पो, किताब नि छैन, कापी
नि छैन केरे । त्याँसी शिक्षा मन्त्री र सचिवले आफ्ना मुन्छे पठाए कि घुस खाए भनो, काँग्रेस र कमनिस्टलाई गाली गरो,
आफन्तहुरले सबैले पत्याम्थे धन्न ।

हेऽरि लायेर लास्टाँ पुल्चोकमै जो पलान गईयो । जे होस्, सम्झना रमाईलै छन् अउसलका पुनि । पुल्चोकका त झन धेरै
रमाईला ।

Keep rolling...
 
Posted on 12-15-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He yesto bela ni artha na bartha guff chuter basne? Aru kehi na bhe kamti ma dui thopa anshu ta chuhau Nagarkote khashi-Boka katiae ko ma.
 
Posted on 12-15-05 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(आँशु चुहाउने ठाऊँमा चुहाइसकियो शैबु! साझाका अरु धागा हेरे हुन्छ। त्यति मात्रै हैन गर्न सकिने जति गरिरहेका छन् चौतारीबासीहरुले, त्यो बिस्तारै देखिनेछ।। चौतारी अलिक अर्कै ठाम पर्यो। तर पनि यो धागो जति नेपालको माया गर्ने धागो आर्को भे त मरिजाम् ल!)
 
Posted on 12-15-05 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो सधैँ हरिताल मात्तै पर्नी अउसलको कुरा पछि गरम्ला केटा हो, तर यहाँ मेरो र नमेको बाजी परेको छ। त्यो उशे (Usofa) केटा हो जस्तो लाग्छ मलाई, नमेचैँ केटी हो भन्छ। अब यो चौतारीआ आम्दा सप्पै उस्तै भेर आम्छन्, भित्र कस्को के छ, छुट्याम्नै गाह्रो। यो चौतारीआ आज यो कुरोको छिनोफानो हुनैपर्छ। कि उशेले आफैँ भन्नु पर्यो हैन भने यो
चौताराको वयोबृध्द भनेका जिम्माल हुन्, उनले के निर्ने (निर्णय) गर्छन् त्यै मान्नुपर्ला।
 
Posted on 12-15-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बुरो ५१ को रे??? राजस्रि स्रेष्ठको ब्याच हो? म पनि त्यहि ब्याच को हो?।
 
Posted on 12-15-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन उसे त केटो हैन र भन्या? अस्ति आम्दा बोको गनाएको जस्तो ठस ठस गनाम्दै थ्यो त!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters