[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 225876 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-20-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य त नेपालीको पार्टी जस्तो भो गाँठे।
सुरुमा नमस्कार, हजुर तपाईँ भन्यो। अनि जाँड खाएर खुट्टा बङ्ग्याउँदै सँगै नाच्यो। अनि लास्टाँ मुक्का हानाहान गरेर कसैको दाँत छैन, कसैको नाक छैन।

ओई गोताएँ, नमे, राते, तमाशा हेरेर हाँसेर हिड्ने हैन। यहाँ कुरो मिलाम्न आओ।

मुन्नीको चुल्ठो मेरो हाताँ, मेरो टुप्पी मुन्निको हाताँ भो कि जसको टुप्पी र चुल्ठो हो उसैको मा राखिदिन परो, नत्र दुबैको टुप्पी र चुल्ठो उखेलेर, बाटेर, त्यै माथिको चौतारीमा पिङ हाल्न परो।

तितौरी कता गै'छे। त्यसकी सोल्टिना ( दाइको सालीलाई सोल्टिना भन्छन क्या रे हैन? ) ले याँ दाइको टुप्पी उखेल्न लागी।

आज त सालीले साँच्ची नै किच्कन्डी बनेर भुत बङ्गला घुमाउन लैजान्छिन जस्तो छ। ल ल अब भद्र भएँ म। नपत्तयाए मेरो नाम नै भउते-भद्र शर्मा ! सालीका दिल खुश हुवा कि नही।
 
Posted on 06-20-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव!!! साली फकाउन जस्तो गारो काम् अरु केहि रैनछ। बेलुकि को नमस्कार सबैलाइ।
हांस्दा हांस्दा बर्बादै भो आज त। सबै जना - किप् इट् अप है
 
Posted on 06-20-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के बिधी भा को गाँठे। एकातिर मुक्कामुक्की होला जस्तो आर्कातिर पहेंलै टाउकाहरु - गजब छ बा।

रात्रीकालिन जदौ!
 
Posted on 06-20-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त निकै ढिलो पो भ छु नयाँ चौतारीमा आउन ! हरिलाइ फेरि पनि मुरि मुरि धन्यबाद !!
निकै रमाइलो गर्दै रछन । यस्तै रमाइलो सधै गर्दै गरम ।
 
Posted on 06-20-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिलाइ फेरि पनि मुरि मुरि धन्यबाद !!
साली फकाउन जस्तो गारो काम् अरु केहि रैनछ। बेलुकि को नमस्कार सबैलाइ।
हांस्दा हांस्दा बर्बादै भो आज त। कपी and Paste hai
 
Posted on 06-20-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नेलाइ यो कुरो गहिरो छ
नबुझ्नेलाइ घर छेउमा पहिरो छ

लु लु मुन्नि, अब धेरै नरिसाउ के रे, त्यस्तरी रिसा'र पार लाउदैन के, बरु ह्याँ चौतारिआँ अउठेरो ला'सिन रमैलो अर्नलाइ मखुण्डो ला'र आउनि चलन नि छ के रे । तो लाएनि हुन्थो के रे ।

हुन त मैले मखुण्डो लाउनि अरेछैन, तेसमाथि चौतारिआ गाम्लेहुर सित बेला बेलाँ भेटघाट नि अरिन्छ, तो के जाति कर्ण फुस फुस भन्छन के रे बात सात नि मारिन्छ, म:म: स:म: नि खाइन्छ रमाइलो तेसरी अर्नि हो नि । तेसो त साढु साढु दुइटैले कान समात्या छन के रे, गाम्का बुढा जिम्माले, ठुल्दाइहुरले नि गालि अरिहाल्लान के रे । मिसले लोरोले हिर्का'र नि ठिक पार्लान के रे । निशे त सुध्रिगो अरुको के कुरा अर्नु ? हइन ?
 
Posted on 06-20-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! के का टाउका हुन् गाँठै यस्ता पहेंला! चौतारीभरि झुण्ड्या' छन् त!
अब आफूचाहिँ साली-भेनाको झगडामा फसिन्न बा!
तर टाढै बसेर कराउन भने मन लागो!
(ठोक माइली ठोक! भउतेलाई पा' बेलाँ छोडनुहुन्न! कञ्चटतिर अलि-अलि कपाल बाँकी र'च अझै, तान्देउ त्यो पनि!)
 
Posted on 06-20-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मकर माथि दोश लगाउने काम नगर है भौते काजी।
 
Posted on 06-20-07 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे कती पहेलै टाउका हुन । मैले त केटा केटीहरुले क्यारी मुख बंग्याका हुन भनेको त सप्पै टाउका सान दाइका पो रछन । हैन टाउका नि कति बिधि, रावण को १० वटा थिए के रे, ह्या त त्यो भन्दा नि बढि छ ।

ल है एउटा पुरानो सम्झना चौतारी २६ बाट -----------------


 
Posted on 06-20-07 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा कटी हल्ला गरेका त चौतारी माथी पुगेछ । अब धेरै हल्ला नगरुम है झन माथि पुग्ला ।

 
Posted on 06-21-07 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरिशरणं!!

रामरामराम यि केटकिटिहुर नि अर्नु अर्चन बाबै। क्यार्न चुल्ठी र टुप्पी समात समात अरेको यो मुन्नी नानी र देवरजीले । हेरत देवरजीको कपाल सप्पै झो भुइमा छरिएर। चुपलाग दुबै जना झगडा अरेर गैडाकोसिङ(खाक) उम्र्या त हैन नि मुन्नु । हेर त जिम्माल बाले कत्ति मया अरेर भनेओ 'मुन्नि कुल डाउन बाबा! ' :)

लौन फिरी उता हाम्रो पुन्टेदा लै के विधि भुनेकि नि त्यसरी भन्छु र।
नयाछौ के तइ भ'र तिम'लै त्यस्तो लाग्यो होला।(जे कुरो भनिसकेर आफैलाई महसुस भएर माफि माग्नु पर्ने हुन्छ त्यो कुरो नगर्दा धेरै राम्रो।)

एउटै खेतमा धान रोप्दा यसो हिलोछ्यापाछ्याप त भै हाल्छ नि हEन त देवर जी


अनिखेरि गौतमजी,नेप्चिदि ,नमे ,दुर्गेदि,चना,हरि देवरजी राते,मकरतन्त्र,जिम्मालबा,ज्वाइसाप ,मानवी र पुन्टेदा सप्पैलै जो त्यो के जाती दर्शन अरे है

लु लागे म माभारत हे्न । सानो नातिले भूनेओ आज माभारत आम्छ रे टिभीआँ
 
Posted on 06-21-07 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ५४ मा, oops... चौतारी ६० मा ९४ नम्बरमा पो परीएछ, कती बिधी गफिएछन नि गाम्लेहरु हिजो, धन्न १०० कटेनछ। लौ हरी अब चौतारी ६१ बनाउने मौका नि तिम्लाई नै मिलोस।
सबैलाई अग्रिम बिहिबारे नमस्ते!
 
Posted on 06-21-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gamle sathiharu taaaaaaaaaaaaaaa. wowwwwwwwwww mero harile kya chwak ko chautari banaisake cha aafulai ta patai thiyena. je bhaerni hari laai dhanyabaad.
 
Posted on 06-21-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरें है!!

ग्वाँचे, ठुली ठीकठाक?
 
Posted on 06-21-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त ढिलो भए छु, बाटो गिलो थियो, फेरि हिजो अलि अलि हिलो पनि थियो। ढिलै भए नि तारेमाम् है सबै जनालाई। अनि अत्यन्त ब्यस्तताका बाबजूद नयाँ चौतारि बनाई लोक कल्याणकारि काम गरेको मा हरिया भन्ने हरि ( बिजोग्) लाई अभिनन्दन गर्नु पर्ने देखि चौतारिका सबै मान्यजनमा परस्ताब पेश गरेको छु। ब्यक्तिगत रुपमा भन्नु पर्दा, हरि को यसपाली झ्याईँ गर्ने साइत जुरोस्।

 
Posted on 06-21-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली, हरि , ग्वांचे अनि नेप्चि। मिस लाई चाहि नमस्ते।
के साह्रो बब्बाल् भए छ हो चौतारिमा, हिजो एक छिन यसो बेफुर्सद् भएर फुर्सद् भएन त यहाँ टुप्पी तान्ने खेल भए छ, झेल पनि भए छ। गाम्ले हरु हो आठ पार्टि जस्तो ङ्यार्‍र्‍र्‍र ङुउुउुउुउुउर् नगर्म् है।

गुरु प्रसाद मैनाली ले लेख्नु भएको छ।

" एकै शिरान राखेर सुते पछि कहिले काहिं गोडा लाग्छ नै"। अर्थात एकै ठाउंमा बसेर हासंखेल गर्दा कहिले काहिं चित्त छुन सक्छ तर चौतारिका कुनैले पनि जानी जानी पित्त पगाल्ने र चित्त दुखाउने गर्दैनन्। त्यसैले सामन्य कुरालाई असामान्य न बनाइ दिन हुन संबन्धित सबै मा यो ठुलदाई को बिन्ती छ। अस्तु।
 
Posted on 06-21-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमामामामा!!
मेरो रिस सारो भुनेको त मेरो नातिनी को रिस झनै दह्रो रै छ गाँठे !! कठै बरा भउतेको टुप्पि नि ऊखेलेछन्!
लु अब मेरो नातिनीलाइ जिस्काम्ने होइन है उरण्ठेउलाहरु!!
बिहिबारे जदौ यो जग्गे जिम्माल यानी कि बिर्खे जिम्मालको साखै दुश्मनको!!
 
Posted on 06-21-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारा हिमालमा
बुट्टा भर्दैछु
जालि रुमालमा

जदौ! माईला बिर्खेको!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters