[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 247975 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-03-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाआ?
सोमबारे जदौ।

आज २४ घण्टे जाँच छ, त्यसैले अली फुर्सद हुन्न। रमाइलो गर्दै गरम, ठुलदाइ को अभाव हुन न देम।


 
Posted on 03-03-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-03-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि

 जिम्बाल बा भाको हो रिट्ठे ठुल्बा   कस्का नातनातिना भनेओ कुन्नि हउरका नातनातिना ( मेरा भन्टांगभुन्टुंग  के) लै त्यो के जाती दादुरा पोलियो डेप्टि खोप लाउन पा'न के रे । तो बेला औलोको मात्रै खोप लाम्थ्यो ।

तर मेरा नातनातिनाहुरले(हउरका चै पनातीपनातिनि होला है हिहिहि ) चै लगाए अस्तो लाउच के रे । सानो नातिले त अझै पनि लाइरन्च कहिले त एकै पल्ट चारवटा पो लादिन्चन डाउडर नर्स मिलेर । अनिखेरि हनहनी ज्वर आम्च तात्तो न छारो सअ सरिर भरि प्वालै प्वाल पार्दिन्चन

 हर्कबादुर दाइ गुड गरे है मैले :)


 
Posted on 03-03-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ सप्पै लाई। रात मकै लाई जन्म्या दिन को शुभ कामना। झिल्के लाई क्या बाट चौतारी बनाकोमा।
 
Posted on 03-03-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो मास्टर्नी नानी हो, तेइ भन्न खोज्या हो, बुडो भएसी जिब्रो लरबरिन्छ बा'क्यार्नु
ठुल्दाइ को २४ घन्टे 'जाँच' कि 'जा आssच'? तारेमाम ठुल्दाइ, अनी गाथामा आरामै होला क्यार
ठुलि तरकारी बेच्न गा'की बारुलाले टोकाएर आयि'छ बाबै--ह्या आउ म तो फलाम दल्दिन्छु अनी ठीक हुन्छ
जदौ सम्धी ज्यु, आज अली ब्यस्त देख्छु सम्धी ज्युलाई
दाउनी सक्या छैन कि तागेता जान लाई हतार भा'हो
झिल्के बज्जेले खास्साको चौतारी बनाएछ, लौ बाबै पर्मेश्वरिले रछे गरुन
चित्रे जासुस नि कत्ती जासुसी गर्न भ्याको हौ
हरी शरनम्


 
Posted on 03-03-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्रे !!!!!!!!!!!!!!!
एकगोटा प्रश्न को उत्तर सकियो, दक्षिण मात्र बाँकी छ।
सबै जना लाई तारेमाम है।

 
Posted on 03-03-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गाम्ले हरुले त ठुलै भेला गरि सकेछन्

मेनो नि सबैलाई नमुस्कार छ ।
हो बा, झिलिके बोरो ले खास्साको चउतारि बनाएछ । गुद  बोरो गुद ।

अनि, चितरे बोरो के छ । राहुल दा, गाथमा आराम हो??
 रिठ्ठै बोरो, ठुलि जि ( झण्डै आज नि भाउजु भन्या!!!!), चेलि, मास्टरनि जी, हरके बोरो, हरु को के छ । नमुस्कार गरे है !!!!

 
Posted on 03-03-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे पिट्ठे, मैले के जासूसी गर्या छु हँ?
ठूलीलाइ बारूलाले टोकेको रे!
सोमे पोमे, मेरो ठिकै छ, नेपालतिरको हालखबर के छ नि?
राहुलदाइलाइ बेस्ट अफ लक जाँचको लागि!
हर्के दाइ, बिस्टे के छ?


 
Posted on 03-03-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे, हिजा कुख्रो सँपेटा र तीन पाने अली बेसी भेर ऐले सम्मुन लर्खरियाछु म त । भउते बज्जे खरानी घसेर पशुपतिआँ मख्ख परेर पसार्‍या थ्यो । फोटु खिचेर राखिच झिल्के ले पुनी । अनी जय बम भउते ! जय बम भउते!!  भन्दै तथास्तु अरे भउते बाबा ले!
लोल !


 
Posted on 03-03-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी यसो भन्दै गाको भजन भउते ले ! सप्पै ले सुनुम है त !

:-)>


 
Posted on 03-03-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<अँ अनि रिट्ठेलाइ कुमार रे! हा हा हा!>>

<<चित्रे जासुस नि कत्ती जासुसी गर्न भ्याको हौ>>

भने पछी कुरो छर्लंग भो।
अनी खै त रिठ्ठ्नी भाउजु को त केही  चल खेल देखिदैन?

 

सोमे, ठुलि, ठुल्दाइ, इस्वर, मिस, रिठ्ठे र चित्रे लगाएर समस्त चौतारी बन्धुहरुमा जडौ तथा तारेमाम।
ठुल्दाइ, जांच कस्तो गई राछ त। लु भक्कु लम्बर ल्याउनु पर्छ है।
मिस, नाती नतिनाले मात्रै हो कि आफुले नि लाइयो, फुलु सुलु को सुइरो?

 


 
Posted on 03-03-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-03-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईश्वर बुरो, तपाइको नामाकरण 'ऐशु' भनेर गर्दिएँ ल! हा हा! चौतारीको शुरूवातकर्दालाइ तीन वर्षपछि न्वारन गरिएकोो
मा समाचार नै बन्ने भो अब!

सुन्तले ज्यू, भनेपछि तपाइ जिग्स पज्जल खेल्नमा चैं खप्पीस हुनुहुँदो रेछ!

ठूली, किन फिस्स हाँसेकी? बेच्न सकियो तक्कारी?


 
Posted on 03-03-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !

ओइ ईस्सोरे, क्यार्न खेदो खन्छौ हँ मेरो मात्रै ? चौतारियाँ यतिका धेरै ठसठसी गनाउनी बोकाहरु हुँदा हुँदै तिउँलाई मेरै पछि पर्न पर्नी, हँ? अब बढी भयौ भने तिउँरो खप्पर सप्पर उडाइदिएर गिदी निकालेर त्यो खाली खोपडीमा माटो भरेर गमला जस्तै बनाएर त्यै माटोमा रोपेको धतुरोको माला लगाएर यै चौतारीयाँ आउन नसके मलाई आजका मितीअ'ट भउते नभने।

सुन्तले, राहुलदा, बिस्टे ससुरा, रिठ्ठेसान, शोमे, चित्रे, हर्के, भाभी, चेली लगाएत सम्पूर्ण ज्ञात अज्ञात सहिद उफ् सरी  चौतारी बासीहरु प्रति मेरो हार्दिक अभिवादन्।

थुल्ननी,


 
Posted on 03-03-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्डको जदौ अनी तारेमाम सित्तैमा (ठुल्दाइको स्टाईल)
हन के के जाती बर्बराउछौ ओ पातकी गाउले हो, तेस्सै नानाभाती कुरा अरेर चाइन्जो
ह्या अर्कालाई भ्याइनभ्याइ भा' बेला
भउते पनि अनमरिएछ त, ए भउते भात हसुरेउ?
अनी के छ त त्यता तिर को हालखबर?
सुन्तले, भउते, चित्रे, ठुलि, इसोर, सोमे सबैलाई जदौ है


 
Posted on 03-03-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 03-03-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केको चौतारी त धमाकेदार रेछ। मेरो पनि सप्पै गाम्लेलाई सोमबारे सलाम। साला त्यो मम देख्दा त यो कोम्फुतर भित्र घुसेर स्टोभ बालेर पकाएर खाउँ खाउँ लाग्यो।
 
Posted on 03-03-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन शिवरात्री कैले हो भन्या? बाबाहरुको ओहिरो लाग्न थालेछ गाम्मा। जय शम्भो।
 
Posted on 03-03-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


इसोरले हाम्रो भउते को के बिदी खेदो खनेको ? हाहा
झिल्केले पनि भउते कै फोटो टास्नी बाबा जि भनेर, इसोरले पनि भउते लडेको फोटो टास्नी के हो यस्तो?


जुन सुकै बादलमा पानी को के कुरा?
जुन सुकै नयनमा माया को के कुरा?


 
Posted on 03-03-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु सबै कता लागेछन आज? हाम्रो लहरे मार्साब खोइ? हाम्री ठुल्नानी चाँही तरकारी बेच्न ब्यस्त जस्तो छ? ए ठुलि मलाई पनि राख्देउ है २-४ मुठी साग यसो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters