[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 524644 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 10-30-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या सान्नानि यस्तो? दीप दाई त दाई भन्या पो त गाँठे, मलाई हजुरबा भन्या जस्तो, अब उमेरकै कुरो गर्दा त हाम्पनि ठिटै छम क्यारे! कि कसो दीप?


 
Posted on 10-30-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटी के जिम्माल, त्यै हिले भन्ने ठाममा पुगिया थ्यो -- बस बाट ओर्लिनासाथ चिसो भो। कुहीरो लागि राथ्यो -- एपिटाईजरमा तोङ्ग्बा, अनि मासुभात मेन कोर्स त्याँड डिजर्टमा धुवाँ तान्ने कार्यक्रम अनुसार हुटेल तिर हिन्न ला --त्यो बस रोक्या ठाममा बेच्न राख्या रायोको साग देखेर संगैको साथिको ध्यान गएछ। साग पनि बेपत्ता सप्रेको भन्या। त्यत्तिकै चपाम चपाम लाग्ने। साथीले काठमाडौको भाउ सँग तुलना गर्न होला -- "कसरी हो" भनेर सोध्यो। साग बेच्न घनघोर जुँगाका जँगल पालेका दाई बसेका थिए, छडके टोपी लाएर। हामी जुँगाका रेखि हाल्दै थिम त्यति बेला। ती दाई चै, हाम्लाई पो  दाई का दाई लाएर कुरा गर्छन बा!


 
Posted on 10-30-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटी के जिम्माल, त्यै हिले भन्ने ठाममा पुगिया थ्यो -- बस बाट ओर्लिनासाथ चिसो भो। कुहीरो लागि राथ्यो -- एपिटाईजरमा तोङ्ग्बा, अनि मासुभात मेन कोर्स त्याँड डिजर्टमा धुवाँ तान्ने कार्यक्रम अनुसार हुटेल तिर हिन्न ला --त्यो बस रोक्या ठाममा बेच्न राख्या रायोको साग देखेर संगैको साथिको ध्यान गएछ। साग पनि बेपत्ता सप्रेको भन्या। त्यत्तिकै चपाम चपाम लाग्ने। साथीले काठमाडौको भाउ सँग तुलना गर्न होला -- "कसरी हो" भनेर सोध्यो। साग बेच्न घनघोर जुँगाका जँगल पालेका दाई बसेका थिए, छडके टोपी लाएर। हामी जुँगाका रेखि हाल्दै थिम त्यति बेला। ती दाई चै, हाम्लाई पो  दाई का दाई लाएर कुरा गर्छन बा!

छक्कै परीम हामी। भरे एक छिन बसे पछी थाह भै हाल्यो नी -- ति जुँगेजंगलका दाई त कलिला हुन कि छिप्पेका जुँगेटोलीका सबैलाई दाई भन्दा रेछन। किन त्यो बानी बसालेछन कुन्नी।

त्यस्तै कसै कसैको बानी हुन्छ के जिम्माल अरुलाई दाई भन्ने। अब आफ्नो उमेर घटाउन मिल्दैन, बरु अरुको बढाई दियो -- आफ्नो कमको कमै ---


 
Posted on 10-30-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुनासिब कुरो! त्यहि त अब हाम्पनि दाई हुन्छम हुन त गोडा आठ दशेक बर्ख पछि, तर अइले नै दाई भन्देसी यो कलिलो मनमा घात त पर्ने नै भयो नि हैन प्रभो?

 हिलेको कुरो आयो, त्यो कुहिरिमण्डल चिसोमा तोङ्बाको एपिटाइजर पछि त २ पाउ खाना अट्ने भुँडिमा पनि चिसो र तोङ्बाले गर्दा गोडा दुएक किलो बङ्गुरको सेकुवा, भात, मुला गोलभेँडा के के मिसाएर हो कुन्नि कि अरुनै कुनै लोकल चिजको हो अमिलो अचार( त्यो गजुर होटलमा पछाडिपट्टि सुङ्गुरको खोर भन्दा अलिक पर ढुङ्गाको ओखलमा कुटेर बनाउँथे।) सजिलै संग जाने भन्या!


 
Posted on 10-30-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुनासिब कुरो! त्यहि त अब हाम्पनि दाई हुन्छम हुन त गोडा आठ दशेक बर्ख पछि, तर अइले नै दाई भन्देसी यो कलिलो मनमा घात त पर्ने नै भयो नि हैन प्रभो?


 
सान्नानी
Posted on 10-30-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa pani haamlai budheskaal bhanda chahi kei na kei ani deeplai dai bhanda chahi uslai support garne??
 
Posted on 10-30-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni kunnai din mawuka miley ra jangur chalyo bhaney phalakchu chaini jati..tara prabhu ko jasto lekhai ta ka pawunu!! pheri nepali ma type garna bhanesi baru jaand natani basna sakiyela...bhanya jasto hunchha..pheri deep ko style choryo yo jira lay ni bhanlaan..tyo po dur cha ta!!..bhako kuro rey ke.......aaphnai manchhey bhera bhanya rey ke ajha.....

ti puraana din gaye prabhu!! yaddai yaad matra bhanya jasto aba ta!! age group ni badhera jhyappa mathi pugi sakyo...khassai kyai sunawuna layak katha chhaina..katha pani sabbai abaidhanik katha haru matra chhan..ramro bhey po sunawunu rey ke

baru parapurba kaal ma ek choti bhanda maajhni darkhasta dinda nagarik maariya thyo...nagarik hanesi kyai nasodhni hagi..aru thok maryo bheny ek ta aaphai lai confuse..arko herni lay ni herna parni naanathari bhanya jasto.....taipani bhitra bata awudhi dur laagera laginthyo aallarey haru lai saatha....kyai parey sagnai sahunla bujhawula bhanera ..ek din ewuta hamro mitrarastra ko satthi ga thyo ailk bheteran chai ke...ma confuse bha dekhesi aaphno faram chhadera "tu citizen nahi hay kya?" bhandai dailok maaryo thyo musukka hansera!!!..malai ta tyasto maatti awuncha rey ke!!

 


 
Posted on 10-30-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni kunnai din mawuka miley ra jangur chalyo bhaney phalakchu chaini jati..tara prabhu ko jasto lekhai ta ka pawunu!! pheri nepali ma type garna bhanesi baru jaand natani basna sakiyela...bhanya jasto hunchha..pheri deep ko style choryo yo jira lay ni bhanlaan..tyo po dur cha ta!!..bhako kuro rey ke.......aaphnai manchhey bhera bhanya rey ke ajha.....


 
Posted on 10-30-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,


 
Posted on 10-30-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,

सिफलमा उ नआउन्जेल पर्खिने उ आएसी तर्किने गर्या बारेमा लेखम न त -- उस्को छोराको त बर्तमान पनि गरे रे लास्ट इयर -- खबर त आयो होला नी?  :)


 
Posted on 10-30-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दिप ज्यु त अङ्रेजी र नेपाली दुबैमा फयल भका पो रछन गाँठे। यती राम्रो कथा लेख्न चैं कहाँबाट आको हो कुन्नी?
 


 
Posted on 10-30-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दिप ज्यु त अङ्रेजी र नेपाली दुबैमा फयल भका पो रछन गाँठे। यती राम्रो कथा लेख्न चैं कहाँबाट आको हो कुन्नी?
 


 
Posted on 10-30-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो प्रिती सिसलाई  रिस उठेछ अनि त--- माथी कता दिपदाले  नौ क्लास पढ्दा कलेज गाको लेख्नु भाको'छ नि त । अनि त्यसरी  à¤•लेज जाने मान्छे  दाइ भैहाल्छ à¥¤ ( अब झटारो  à¤ªà¥‹ आउने हो कि  )


 
Posted on 10-30-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो प्रिती सिसलाई  रिस उठेछ अनि त--- माथी कता दिपदाले  नौ क्लास पढ्दा कलेज गाको लेख्नु भाको'छ नि त । अनि त्यसरी  कलेज जाने मान्छे  दाइ भैहाल्छ । ( अब झटारो  पो आउने हो कि  )


 
Posted on 10-30-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अगाडि को कुरो त पढेकै रहिनछु। अब सेल रोटी बनाउन त खोजेको हो नि मालपुवा भयो र पो त । अब तिहारमा के मालपुवा खान बोलाउनु भनेर नबोलाको ।

"नाममा दुईटा चैं हलक्क हुर्क्या "ए" रछन -- के अर्थले होला नी नारन!"

झन्डै हुरुकै भएँ हाँसेर। अब नयनी भए पछी ती मेरा २ वटा आँखा हुन नि।


 
Posted on 10-30-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अगाडि को कुरो त पढेकै रहिनछु। अब सेल रोटी बनाउन त खोजेको हो नि मालपुवा भयो र पो त । अब तिहारमा के मालपुवा खान बोलाउनु भनेर नबोलाको ।

"नाममा दुईटा चैं हलक्क हुर्क्या "ए" रछन -- के अर्थले होला नी नारन!"

झन्डै हुरुकै भएँ हाँसेर। अब नयनी भए पछी ती मेरा २ वटा आँखा हुन नि।


 
Posted on 10-30-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चै नयनीलाई दिप  नेपाली मा फस्(frist)भका रछन लाग्यो हो
 
Posted on 10-30-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चै नयनीलाई दिप  नेपाली मा फस्(frist)भका रछन लाग्यो हो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters