[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 111041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-29-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गम्लेहरु लाई,
तितौरी , तिमीले कसरी गाडी चलाको त? अलि कियरफुल भएर चलौनु पर्थ्यो नि , आजकाल मन अन्तै तिर जान थाल्यो जस्तो लागो। धन्न तिमीलाईकेहि भएनछ खुशि लाग्यो।

तिमीलाई केहि भएको भए यहाँ कसरी सम्झाउनु भनेर हामीलाई अफ्ठेरो पर्थ्यो।

तिम्रो गाडी बन्यो?
 
Posted on 08-29-06 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो मिस्, पानीमा रुझी रुझी सबै पढ्न आका छन् आफू भने बीच बाटैबाट टाप? हुन त यहाँ भएको एउटै ढुङ्गो पनि चिप्लो पर्यो :)
 
Posted on 08-29-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न भगवान! तिरुलाई केहि पनि भएनछ!

अब देखि होश गरेर चलाउनु है तिरु।
 
Posted on 08-29-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, गोतामे, जिम्माल, कुमले, नमेदाइ, ग्वाँचे, प्रीति, चित्रे सबैलाई धन्यवाद!!! चौतारीमा हावा खान चैं अवस्य आइराखम्ला!!!
 
Posted on 08-29-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौरे र गोतामे जि, सोध्नुभएको मा धन्यबाद्!

अनि तिमि फुलौरे जैले नि कन्फ्युज् कुरा गर्छौ ,भन कस्लाइ सम्झाउनु पर्यो मलाइ चिनाउ त खुसुक्क म अनि तिमिलाइ सिकाइदिन्छु कसरि सम्झाउने भनेर :p:p
बनेको छैन गाडि त अज ३ दिन् लाग्छ रे :(
 
Posted on 08-29-06 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ, चित्रेले अस्तिनैको चौतारीमा टाँसेको रोलक्रम त यस्तो छ क्यारे!
http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=201&PageNum=11&forum=271&threadid=34309

प्रौढ शिक्षामा
० बब दाई
१ बिर्खे जिम्माल

साधारण कक्षामा
१ नमे
२ गाले हो कि को हो बिर्से
३ आइते
४ साहिंला होल
५ पिरती
६ ठूल्नानी
८ चित्रे (म आफैं) :D
११ खै को हो बिर्सें तर गैसक्यो
१२ नि गैसक्यो क्यारे
१३ यामे जस्तो छ
१५ मिस्टे
२० भुसुक्कै बिर्सें :)
२१ नेप्चे
२२ तितौरी
२३ कुम्ले हुनुपर्छ
४२० लुते

यसमा ग्वाँचे १०१ थपिया जस्तो लाग्छ। भुलसुल छ भने थपथाप गरम्। मैले चैं यही लिस्टबाट रोललम्मर २ पक्ड्याछु।

---
ल है तिरु नानी, चारपाङ्ग्रे हाँक्दा होस् पुराउनू! उमेरको जोसमा होस पुर्याएन भने पछि थुप्रो दोष खप्नुपर्च!
 
Posted on 08-29-06 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पढ्दा को नरोला? बिचरी मैना! शाही सेना आफैंले दिएको प्रतिवेदन त यस्तो छ भने वास्तविकता कति भयावह होला? कति चरम यातना दिए होलान् मैनालाई शाही जनावरहरुले?!


यसरी मारिइन् मैना


कान्तिपुर संवाददाता


काठमाडौं, भदौ १३ -
माओवादीविरुद्ध परिचालित सुरक्षाफौजले नक्कली मुठभेडका नाममा बढाएको हिंसाहत्याको शृंखलाको उदाहरण मैना सुनारसम्बन्धी सेनाकै फैसलाले दिएको छ ।
काभे्रकी किशोरी मैना सुनारलाई 'सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै' चरम यातना दिएर सेनाले हत्या गरेको तथ्य सैनिक अदालत 'कोर्ट अफ इन्क्वायरी बोर्ड' ले निष्कर्ष निकालेको छ । उनलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालबाट २०६० फागुन ५ गते बिहान खटिई गएको कोभर्ट टोलीले पक्राउ गरेको थियो ।

यातनाकै क्रममा उनको मृत्यु भएपछि होक्से क्षेत्रमा भाग्न खोज्दा मारिएको सेनाले बताएको थियो । स्थानीय सैनिक नेतृत्वले सैनिक अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेको फैसलामा उल्लेख छ ।

महासेनानी मोहनबहादुर बस्नेत, प्रमुख सेनानी रत्नप्रकाश थापा र सेनानी भरतकुमार खडका सम्मिलित बोर्ड गठन भएको थियो । बोर्डले तयार पारेको घटनाको विवरणअनुसार पलाञ्चोक क्षेत्रबाट प्रहरीले पक्राउ गरेकी माओवादी कार्यकर्ता विमला विकसँग सोधपुछ गर्दै जाँदा देवी सुनार र उनकी छोरी मैना माओवादी पार्टीको सम्पर्कमा भएको जानकारीअनुरूप सेना गाउँ गएको थियो ।

तालिम केन्द्रका निमित्त प्रमुख बबी खत्रीको आदेशअनुसार तत्कालीन सहसेनानी निरञ्जन बस्नेतको कमान्डमा १२ जनाको टोली तयार भई दिउँसो पलाञ्चोक पुगेको थियो । सहसे नानीद्वय बस्नेत र अधिकारीले घरमा छानबिन गर्दा माओवादीसम्बन्धी कुनै पनि चीजवस्तु फेला पार्न नसकेको प्रतिवेदन उल्लेख छ ।

मैनालाई पक्राउ गरेपछि बस्नेतले उनका बाबुलाई 'यसलाई हामीले सोधपुछका लागि लिएर जान्छौं, तिम्रो श्रीमती आएपछि पाँचखाल ब्यारेकमा पठाइदिनु, सोधपुछपछि फिर्ता पठाइदिन्छौं' भनेका थिए । बाटोमा कुनै 'अपि्रय' घटना नभई उनीहरूलाई लिएर सीधै तालिम केन्द्रमा सेनाले ल्याएको थियो ।

त्यसपछि खत्री, बस्नेत, अधिकारी, सहसेनानी अमित पुन, हुद्दा मेजर खडकबहादुर खत्री, अफिसर मेसमा रनर काम गर्ने सिपाही डिलबहादुर बस्नेत र सिपाही श्रीकृष्ण थापासमेत सात जनाको उपस्थितिमा मैनालाई सोधपुछ गर्ने कार्य भएको थियो । खत्रीको आदेशअनुसार पानीमा चोबल्न सहसेनानीद्वय सुनिल र अमितले सिपाहीलाई डेक्चीमा पानी ल्याउन अह्राएपछि डिलबहादुर र श्रीकृष्ण थापाले ठूलो डेक्चीमा पानी ल्याएका थिए । त्यसपछि मैनालाई पानीमा चोप्दै यातना दिने काम भएको थियो ।

'यसो गर्दा केटीले लगाएको सम्पूर्ण कपडा भिजेको र पटक-पटक निजले पानी सर्केर खोक्ने गरेकी थिइन् भन्ने कुरासमेत बुझिन आएको छ,' फैसला उल्लेख घटना विवरणमा भनिएको छ- 'मैना सुनारलाई पानीमा चोबल्ने निकाल्ने कार्य गर्दा पनि कुनै कुरा बकाउन नसकेपछि बबी खत्रीले अब यसलाई करेन्ट लगाएर सम्झाउने भनी आदेश दिएपछि सुनिल र अमितले श्रीकृष्ण थापालाई करेन्ट लगाउन अह्राएअनुसार निज सिपाहीले गिजरको लाइनबाट तार जडान गरी 'यसको शरीरको कुन भागमा लगाऊँ' भन्दा 'पैताला र हातमा लगा' भनी आदेश पाएपछि मैना सुनारको भिजेको पैताला र हातको नाडीमा करेन्ट लगाउने कार्य भएको रहेछ ।'

फैसलाअनुसार चार-पाँच चोटि करेन्ट लगाइसकेपछि नाडीबाट रगत आएकोदेखि श्रीकृष्ण थापा डराएर विस्तारै पछि हटी करेन्ट लगाउन छोडेका थिए । मैना त्यतिबेला शिथिल भइसकेकी र करेन्ट लगाउँदा आफू २/३ महिना माओवादी गतिविधिमा लागेको स्वीकार गरेकी थिइन् । तर थापा हटेपछि पनि सुनिल र अमितले खडकबहादुर खत्रीलाई अझै करेन्ट लगाएर सम्झा भनी अह्राएपछि फेरि करेन्ट लगाउन थालेको थियो । करिब डेढ घन्टाको चरम यातनापछि उल्लेखनीय कुरा नखुलेपछि खाना खाएपछि सोधपुछ गर्ने भनी मन्दिरनिरको हावा घरमा लगिएको थियो । आँखामा पट्टी लगाएको र हात पछाडि बाँधिएको अवस्थामा त्यहाँ राखिएकी मैनाका लागि सेन्ट्री खटाइएको थियो । त्यो बेला खडकबहादुर खत्री र श्रीकृष्ण थापासमेत रहेका थिए । दिनको करिब ११ बजे मैनाले बान्ता गरी मुखबाट फिँज निकालेर गम्भीर अवस्थामा पुगेको जानकारी बबी खत्रीलाई दिइएको थियो । 'मेडिकल अर्दली आई चेक गर्दा मृत्यु भइसकेको भन्ने जानकारी गराएको' विवरणमा भनिएको छ । 'यसरी मैना सुनारको मृत्यु भइसकेपछि सो घटनालाई गुपचुप राख्नुपर्छ भनी बबी खत्रीको आदेश भएको हुँदा गोप्यता अपनाई शव गाडनेतर्फ सोच बनाई खत्रीले अमित पुनलाई गोप्य तरिकाले शव गाड्ने आदेश दिएको र निरञ्जन बस्नेतलाई पाँचखाल प्रहरी चौकीबाट मुचुल्का बनाउने कार्यका लागि प्रहरी ल्याउन आदेश दिएका रहेछन्,' घटना विवरणमा उल्लेख छ ।

गोप्य रूपमा लास गाडने आदेश पाएका पुनले कार्य जमदार सुरेन्द्रलाई बोलाई घटनाको जानकारी दिई अधिकृत मेसभन्दा उत्तरपूर्व तारको बारभन्दा करिब ५०/६० मिटर बाहिर खाडल खन्ने आदेश दिएको र केही समयपछि अधिकृत मेसमा रहेका सिपाही डिलबहादुर बस्नेत र श्रीकृष्ण थापालाई एक-एकवटा बोरा ल्याउन आदेश दिइएको थियो । दुईवटा बोरा मृतकको खुट्टा र टाउकोबाट छिराई गाडीमा हाल्न लगाई अमितले नै गाडी शव भएको ठाउँमा लगेका थिए ।

'शवलाई खाल्डोको नजिक राखी बारा निकाल्नलाई सहसेनानी अमितले सिपाही डिलबहादुर बस्नेतलाई कोल्ट कमान्ड हतियारबाट एक राउन्ड मृतकको पिठ्युँमा हान्न आदेश दिएका र उनले फायर गर्दा मृतकको शरीरमा नलागेपछि अमित स्वयंले सो हतियारबाट २ राउन्ड फायर गरेको तर एउटा राउन्ड मात्र मृतकको पिठ्युँमा लागेको भन्ने बुझिन आयो,' विवरणमा भनिएको छ ।

मृतकलाई गोली हानिसकेपछि अमितले शवको फोटो खिची तत्कालीन समयमा खटिएका फाल्वर्ससमेत भई शव गाडेका थिए ।

उता मुचुल्काका लागि पाँचखाल प्रहरी कार्यालयबाट आएका एक प्रहरी नायब निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसहितलाई निरञ्जनले प्रतिवेदन दिए । त्यसबेला महासेनानी खत्रीले प्रहरीलाई पक्राउ गरेर ल्याएकी मैना होक्से भन्ने ठाउँमा गाडीबाट हाम्फाली सुरक्षा घेरा तोडी भाग्न खोज्दा सुरक्षा फौजको गोली लागी मरेको 'काल्पनिक कथा' बनाई शवको प्रकृति मुचुल्का बनाउन लगाएका थिए ।
 
Posted on 08-29-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-06 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gamle haru avibadan and Jadhau,
Roll No. 11, yes miss
Jahile ni Ha. Ta.
 
Posted on 08-30-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के के हुँदै रैछ । लु म नि यो पानीमा रुज्दै आए । रोल # ६ ठुलि
यस मिस्
 
Posted on 08-30-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छु है । नमस्कार सबैलाई ।
 
Posted on 08-30-06 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी नभेतेको धेरै भयो, तिमीलाई सञ्चै छ ? अनि नेप्छे सञ्चै छौ ? पून्ते तिमी पनि हराको है ? यहाँ रैछौ good to c ya :-)
 
Posted on 08-30-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ --> हाजीर मिस
 
Posted on 08-30-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आउन थालेछन सबैजना....
ठुल्नानी पानीमा धेरै नभिज्नु है, बिरामी पर्लिउ अनि चौतारीको पाठ छुट्ला नि !!!

ल सरु पनि आज त चाँडै आइछिन्, मेरो पनि नमस्ते छ है सरु तिमीलाई, अनि सबैलाइ ।

सान्नानी आज हाजिर मात्रै गर्ने हो, केइ नयाँ कुरा छैन । बाइ द वे, चिया खायो ?

पनि हाजिर चाँइ म पनि गर्दिउँ क्यारे .......................
रोल लमबर १०१ ग्वाँचे, ------------आ'छु मिस् ।
 
Posted on 08-30-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु मेरो सबै ठिकै छ अनि तिम्रो के छ नि । काम कस्तो चल्दै छ ?
ग्बचेँ मेरो सत्तो तिमीले नि पढिदिए भैहाल्छ नि ।
 
Posted on 08-30-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिम्रो सट्टा पढ्न त मै पढिदिउला तर जाँचमा चाँइ के गर्छौ नि, जाँचमा पनि मै लेखिदिन्थे तर मिसले यसपाली त ओरल एक्जाम लिने रे?
 
Posted on 08-30-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँचमा चोर्न पाईन्न है ग्वाँचे! एउडो गाड (गार्ड) त म पनि हुम्। फेरि रेष्टिकेट गर्दिम्ला नि!
 
Posted on 08-30-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे सर नमस्ते, यस्सो अलिअली दाँया बाँया त हेर्न पाउँछ होला नि ? तपाईं त हाम्रै चौतारीको गारड्, हामीहरुलाइ त अलि अलि सहयोग गर्नु पर्छ नि, अनि त बोर्ड ल्याएर खतरा इज्जत बढ्छ हाम्रो चौतारीको!!

यसपाली त चिट चो रेर भे'नी बोर्ड त हा न्नै पार्छ!!!!! :)
 
Posted on 08-30-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ग्वाँचे पनि! सर भन्छ ल मलाई बज्जे! म त यो ईस्कूलको पाले पो त, कता'ट सर हुनु नि! मान्छे पुगेनन् भनेर मिसले मलाई पनि गाड राख्ने कुरो गर्नु भा' छ। कोईशन छाप्नेचैं दादा, बोकेर ल्याउनेचैँ भउते। नरसिङ ट्वाकको सूरमा भउतेले अलिकति कोईशन धोबिनीको भट्टीमै छोडेछ। त्यै कोईशनमा राखेर पुण्टे दाइले भुटेको सुकुटी खाँदै थे। अलि अलि कोइशन त तिनलाई पनि कण्ठै भा' छ।

बरु यी सरु नानी नया र'चिन नि! कसरी जाँच दिन्छिन् ल यीनले जम्मा दुई दिन पढेर?
 
Posted on 08-30-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahoooooooo!!!!!( गार्ड हुनलाई त मास्टर सा'प हुनपर्छ है )

मिस-मि .. रोल नम( कति राखूम?)
हाजिर गौतम मास्टर'साप
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters