[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 320663 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-11-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ है सबैलाई। आफू त यसो धनकुटा र तेह्रथुम घुमेर आएको भरखरै। कोशी तर्न कष्ट भए पनि त्यसपछी चाँही त सार्है रमाइलो।     

 
Posted on 12-11-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृथ्वीले आफ्नो अक्ष-कक्ष घुम्न छोड्ला, सूर्य रातमा उडाउला..........

वाह ठुल्दाइ वाह ! घच्चीको गयो नि !

पृथ्वीले आफ्नो अक्ष-कक्ष घुम्न छोड्ला, सूर्य रातमा उदाउला, नदी नाला सबै बगाउला, तारा धर्तीमा आऊला, चन्द्र चम्किन छोड्ला, समुन्द्र सुक्ला, कुकुर नभुक्ला तर यो ठुल्दाइ भुक्न छोड्ने छैन !

J/K thuldai !


 
Posted on 12-11-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाई नमस्कार।
 
Posted on 12-11-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta aile samma HIU bhanne jinish kasto hunchha dekhna pa chhina.....
kathmandu ma hiu parda ma auta ghar ko kotha bhitra thiye, ani meri auti saathi le Bhairahawa bata phone garera "Oye kathmandu ma hiu parya chha re ho?" bhanera sodhda, maile "hoina, kathmandu ma ni hiu parchha?"  bahnya thiye...
bahira niskida ta bata ka chheu chhau ma seto seto padartha - naam khulauda ta hiu po raichha.....


Amerika aara ni kasto tham ma basna pugiyecha ni naran.... mangshir mahina ma pani bela bela ta garmi bhaye jasto po hunchha bhanya!!!

 
Posted on 12-11-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि चेली बस्या ठाउँमा हिउ पर्दैन रे। बिरगंज मा बसेर हिउं कहाँ देखिन्छ र भन्या। उहिले उहिले तेन्जिङ र म संग संगै सोलुबाट नि उकालो लागथ्यौं, जता हेर्यो हिउं नै हिंउ। बज्या पछी सगरमाथा पो चढ्न पुगेछ, हिलारी संग मिलेर।
 
Posted on 12-11-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाई कस्तो मजा रैछ नि त हो - अहिले पनि गर्मी हुन्छ रे
यहाँ जाडो भएर क्या रड्डिज भइराछ, लास्टै झुर नि - हिउँ नै हिउँ

म पनि हिउँ नपर्ने ठाउँ मा जाने भनेको - जान पाउने हो कि होइन


 
Posted on 12-11-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा हामी त्यस्तो ठाउमा बस्न पाये त क्या भाग्यमानी हुन्थेउ होला चेली !

हर्के नमस्कार, टिम हर्टनको कफी दीइओरी आको हो हर्केले? अनी आज लन्च मा के खाने हो? यसो हाम्लाई पनि ब्यबस्था गर है !


 
Posted on 12-11-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe... हामीपनि हिउ पर्या ठाममा बस्न पाए, बाक्ला ओवर-कोट लाएर सिउ सिउ गर्दै हिन्न पाये, आगो तापेर बस्न पाये कती भाग्यमानी हुन्थ्यौ होला......

 
Posted on 12-11-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली, बिरगंज होइन माथि सिमभज्याङतिर बसाइ सर हिउँ हेर्ने हो भने। अझ माथि ताप्लेजुङ्देखि दार्चुलातिर जता सरे नि हुन्छ, अलि मजाले हेर्न त।  
ठुल्दाइले हँसाउनुभो फेरि तेन्जिङसँग सोलु गएको भनेर।
बाउचा कता तिर बसाइ सर्ने बिचार हो?
यो ठाउँ पनि नाम मात्रै "हिउँ"स्टन हो, दुई चार बर्षमा अलिकति हो कि होइन जस्तो हिउँ पर्छ रे। अर्को हप्ता फेरि गर्मी हुने कुरा गर्छन् मौसमबिदहरु। बरु आफ्नो पुरानो गाउँ नै ठीक थियो मौसमको कुरामा त। गर्मी पनि यहाँ जस्तो नहुने, जाडोमा हिउँ पनि राम्रै देख्न पाइने। एक चोटि चाँही आईस स्टोर्म आएर दु:ख पाएको हो।      

 
Posted on 12-11-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता लागे सप्पै कामचोर हरु?

लहरे चौतारी answering machine को पनि अत्तो पत्तो छैन !

सान्नानी, दीपीका पडुकोण, मैला दाई, ठुल्दाइ, चिप्ले, बिस्टे पर्साद, पर्बते, हर्के, चेली सबै कता पल्के?


 
Posted on 12-11-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-11-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता पुरा गर्नुहोस (नोट: मदनवाले भाग लिन नपाऊने)

लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ

आज सुबह ऐना हेर्दा ------------  भएछ

कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ

लरकिके टेन्शनवामे हमि ---------- भुलेछ

अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ

अचानक थाहा पायो सला ----------भएछ


 
Posted on 12-11-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा

हमको लरकि धोका दियो-

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ
उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ
भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने
मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो
फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो
यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ
एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर
हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर
लरकि आवने टेम जति नजदिग आवनेको लग्यो
एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो
बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो
खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो
दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो
माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर
अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर
भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन
एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन
हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

जे राम जि कि।


 
Posted on 12-11-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

झरी परी रह्यो मनमा
थामिदैन आशु
किन भन्छ निर्मोहिलाई
मन मनै मेरी मायालु

न लाएको प्रिती भए, मैले भुली दिन्थें,
न खाएको कसम भए मैले तोडी दिन्थें,
झरी परी रह्यो मन मनमा............................
 


 
Posted on 12-11-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा म सञ्चै छु। हजुर नि?

पर्बत्य ज्यु आरामै  ?
लहरे म तिमी जस्तो होइन नभएको बेलामा भन्ने साथी। तिमी आएको देखेर नै भनेकी हुँ। त्यही पनि त्यस्तो नराम्रै त केही भनेकी छैन है,

***************************
सबैले हिउँ को कुरा गरेको भएर एउटा घटना  सुनाउन मन लाग्यो मलाई चै।अमेरिकामा पहिलो क्रिस्मस को छुट्टी थ्यो। काममा जान मन पनि थेन। साथीहरु चै सुतिराथे सिरकमा गुटुमुटु परेर, खुट्टा र टाउकोनै छुट्टाउन गाह्रो हुने गरेर। एकदम चिसो थ्यो बाहिर। काममा पुगेको एक्छिन मा त हिउ पो पर्न थाल्यो। आफु त्यत्तिकै एक्साइटेड।  बाहिर   जाउँ जाउँ जस्तो लागिरा बेलामा साथीले फोन गरी "हामी त हिउमा फोटो खिच्न जान ला" भनेर। झन चन्चल भईहाल्यो मन। तर काम बाट पो कसरी निस्किने उपाए सोच्दैमा हैरान। साथीहरु सम्झिन थालेँ कती रमाइलो गरिरा होलान यो हिउमा खेल्दै , रुन मात्रै सकेको थिन।  साहु आयो, "are you ok? you don't look so happy" भन्दै। हत्तपत्त बाहना फेरी बनाउन किन आउथ्यो र आफुलाई? भन्न पनि आज मेरो जन्मदिन काम गर्न मन लागेन पो भनेछु।  बिचरा बुढो त "oh then it's your day today, you should go home and enjoy rest of the day"  भनेर उल्टो फ्रीजर बाट चिज केक पनि दियो मलाई। खुशी हुँदै बाहिर निस्किने बित्तिकै फोन गरेर साथीहरुलाई भने "तिमिहरु नजाउ है, म पनि आए" भन्दै। अपर्ट्मेन्ट भित्र छिर्न पाएको छैन कराउन थाले वाउ चिज केक पनि भन्दै। आफुलाई चै बुढोलाई ढाटेको तेत्तिकै नरमैलो पो लाग्यो, त्यो हिउँ भनेर आएको अक्साइट्मेन्ट पनि गयो कता हो कता? तै पनि ल ल जाउ अब भनेर निस्क्यौ ३ जना। गाडी स्टार्ट गर्न एउटी अगाडि नै गइहाली, अर्की को मेक अप कहिले नसक्किने जस्तो थ्यो म छिट्टो आउजो भनेर तल ओर्लिए। बाहिर निस्केको मात्रै के थिए त्यो सिमेन्टेड भईमा त हिउ क्य स्लिपरी हुदो रहेछ, के था? चिप्लेर पुगे म त कतातिर बज्जारिन। बल्ल तल्ल उठेको त रगत पो आउन थाल्यो निधारबाट। फुटेछ मेरो निधार नै। धेरै होइन अलिकती। अझ सम्म पनि छ चिनो चै पहिलो हिउ को।  दोश हिउ को हो कि मेरो ढंग को हो या  झुटो बोलेको पाप कराको हो तर दु:ख चै पाए। निधार सुन्निएर गणेश को जस्तो भएको थ्यो। आँखा पनि कोप्चिन पुगेको थ्यो त्यो बेलामा त । त्याँ  देखी कहिले मन परेन यो हिउ भन्ने कुरा मलाई चै


 
Posted on 12-11-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका नानु को हिउं को कथा बडा इन्टरेस्टिङ रहेछ। झूठो बोल्न हुन्न क्या। ठुलाबडा ले त्यसइ भनेका होइनन, जुठो खाए नि झुठो नबोल्नु भनेर।

हिउ मा चिप्लेर ढाड दुखेको अहिले सम्म निको भा छैन। अब त्यो हिउंको चिप्लाईले दुखेको हो कि उमेर को ढल्काइ ले दुखेको चाँही रि-सोच गर्नै बाँकी छ।


 
Posted on 12-11-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्त चौतारिग्रामस्य औतारि औतारिणिस्य अहं बिर्खे माइला जदौ करोति।

हिमस्य वार्तालाप भवन्ति त अपुनको बहुत कुछ याद आवन्ती। एकादेशेन एकासमयेन अपुन भि दीपीका भगिनिस्य डिट्टो प्रोब्लममस्य परन्ति। के भयन्ति भने होल रात्रिस्य भयंकरम हिमपात भवन्ति, अहम सिरक भित्रम गुटुमुटन्ति र प्रातस्य करिव १० बजे उठन्ति जिउ कर्याककुरुक तथा मर्याकमुरुक करोन्ति उसकेबाद द्वार खोलन्ति र बाहिर पश्यन्ति। मेरि बास्सयैन्तिssss! बबाल हिमपातम कारणस्य सम्पूर्ण जगतस्य श्वेत भवन्ति। अपुन बहुत एक्साइटेड भवन्ति और शिघ्र शिघ्र बाहिर आवन्ति परन्तु, सोपानस्य बल्डयाङ्ग खुरमुरन्ति। घुँडास्य, कुहिनास्य, निधारास्य इभन च्यापुस्य समेतम अरअरो भवन्ति यति दुखन्ति कि बयानगरि साध्यम नभवन्ति। ततपश्चातम् लेसन लर्नम करोन्ति कि, एनिथिङ्गम श्वेत, सफा, सुन्दरम्, बबाल एक्ट्र्याक्टिकम चिजम अर लोकेसनम अर मनुश्यनम, डरलाग्दो साइड होवन्ती, त्यो साइड बिरसन्ति त घोर दुख भोगन्ति।

लोलन्ति


 
Posted on 12-11-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढंग नभा नै हो ल - कसरी लड्या नि फेरी टाउको नै फुट्ने गरी
आँखा कोप्चिन पुगेको भन्नाले त नराम्रो नै भारैछ,

ल अब मुख ठुस्स बनाउनु पर्दैन
भनेपछी दिपिका जि लाई चिन्न अब केटीहरु को निधार हेर्दै जानु पर्‍यो त होइन - दाग छ कि छैन भनेर - प्रोब्याबिलिटी कती होला त एसरी चिन्नु पर्दा

अनी ठुल्दाइ ट्रक को काजु मासु भात खार आको हो।


 
Posted on 12-11-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले!

कत्तिको जाडो छ? याँ त अब एक दुइ दिनाँ माइनस २० हुन्छ रे तिन चार दिन। हाइ नै माइनस ५ रे। गर्नु गरे साहू बुढाले।


 
Posted on 12-11-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम हसती: हसती: हसती :

ref: http://sanskritdocuments.org/dict/dictall.html
Last edited: 11-Dec-08 02:04 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters