[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 130478 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-29-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नै गार्हो ।



 
Posted on 11-29-06 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsssss!
भागेको हैन हौ! कोसैलाई मो बोलेको रड्डिज लाग्यो कि भनेर खोकेको पो हौ। चौतारिमा छिरे पछि फिर्कन साह्रो गाह्रो के फिरि!

आँssssच तित्स सालि!
तिम्रो मायाले बबाल तान्यो कि मलाई अन्त कुम्स ब्रो मात्र भएर भेना नहुँदा इस्टम्यान कलरको चौतारि फिरि तिम्लाई ब्याक एणड ह्वाईट लाग्छ भनेर फिर्केको नि हौ मो त! :)

हत्तेरिका, चित्रेस अनि सब बबालि केटाहरुलाई नमस्ते ठोकेँ।

सान्सलाई पछि सुटुक्क भनौला नि ल?

पुन्ट्स सुड्डा कथा फिरि हरामि पेलिदिने के, मेरो कलेज लाईफ जस्तो। आबो कलेज लाईफको कुरा चाहिँ नगर्दा होला फिरि सिम्सले थाहा पायो भने त मेरो गाला अन्तु डाँडा बाट सनराईज हेरेको जस्तो सुन्तले हुन्छ नि हौ।
 
Posted on 11-29-06 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त पाट वेल्कम ब्याक है!! आमामामा गार्‍हो परेको नि दिनभरी!! क्या सेन्टी भएर गएछ ब्रदर त भनेर!! ब्रो सेन्टी भयो की त्यो साँल्दिदीको भट्टीमा पसिहाल्छ है अन्त, त्यहीभएर ब्रोलाई भट्टीको पैसा तिरेर ओछ्यानमा बसेर डिटेलमा सोँच्नु भनेको के!!

खुसी लाग्यो ब्रो!! :पि

मरन्च्यासे!! लौ के हो त्यस्तो भिडियो? बुझे मार्नु!! तर हेर्न चाँहि रमाइलो रहेछ!!

:)
 
Posted on 11-29-06 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार यो गोताएँको तर्फबाट।

मेरो विचारमा पनि मुखुण्डो नउतारे पनि हुन्छ; झन रमाईलो हुन्छ थरि थरिका पात्रहरु हुँदा। हो, चौतारीको गफलाई भने निशान्त-समिधाको सम्बन्धबाट मोडेर अन्तै लानुपर्ने भईसक्या छ।
******************
पुण्टे बूढाले पनि लप पर्नी बेलाका कथा गज्जपले हाल्न जान्दा र'छन्। अब रमेशलाई कता-कता लगेर के-के गराम्दा र'छन् भनेर हेरेर बसिराख्या छु म पनि।
पुण्टे दाइको हिस्टिरि पनि थाहा हुने भो (रे क्या!)।
 
Posted on 11-29-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गोताएँ जी, मुखुन्डो नउतारे नि हुन्छ रे!!! के हो लहरो तान्दा पहरो आउला भन्ने भयो कि कसो?? ----रे क्या!! :पि

कता कता गुन्टेलाई चिने चिने जस्तो लाउछ!! हे हे हे!!

तर तपाईँले भन्नु भएको कुरो ठिक हो, निशान्त र समिधा खण्डकाव्यबाट अर्कै तिर ध्यान लैजानु पर्ला!!

पून्टेदाईले रमेशलाई निकै माया गरेको देख्दा कता कता पून्टेदाईको रमेश सङ्ग कुनै भावनात्मक सम्बन्ध छ कि जस्तो लाउछ। बर्तमान र भूतको सम्बन्ध के!! हे हे हे!!

कुरै थप्नु न हो!! के जान्छ र?? बरु एउटा कुराले अरु दशवटा थपे पढ्नपनि रमाइलै हुन्छ। कि कसो??

:डि
 
Posted on 11-29-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारीको गफलाई भने निशान्त-समिधाको सम्बन्धबाट मोडेर अन्तै लानुपर्ने भईसक्या छ।"
 
Posted on 11-29-06 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जेनी भन्या कहीं पूण्टे दाईको धोबिनी त परिन? (रे क्या!)

आँSSSSछ, निश ब्रो वेल्कम ब्याक है

अब पुरस्कारकै कुरो हो भने त, यो चित्रे मलाई चैं लुन्टे जस्तो लाग्यो, एक दुईटा चित्र पनि बनाको थ्यो । लु जा भन्दें मैले।

आज हाम्रा तिर नराम्रो जाडो बढ्दो छ, लु अब तात्न तिर लागें है
 
Posted on 11-29-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइको कथा कस्सिएर पढ्नु पर्ला जस्तो छ गाठे । यो मर्नच्यासेको कम्पुटार धन्डै फुटेको ।
ल आज यसो गालब संग भला कुसारी भो, धेरै धेरै धन्यबाद गालब ।
 
Posted on 11-29-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रमश: (अब भोलि मात्रै)
-------------
आजको त सके के रे अब भोलीको मात्रे बाकी रह्यो । त्यो पनि खुसुक्क इमेल गरेर पठाए पुन्टे सुड्डाले आजै पढिसक्थे ।
 
Posted on 11-29-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेम को माला पहिलाइ दिये सम्हाली राख यसलाई तिमि
 
Posted on 11-29-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफलाई भने निशान्त-समिधाको सम्बन्धबाट मोडेर अन्तै लानुपर्ने भईसक्या छ |
नमस्ते ठोकेँ है
 
Posted on 11-29-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ वर्षे उमेरैमा पुन्टे नि झिल्के हुँदो हो
अहिले पो सुड्डो भयो र
हाहा
अहिले पो सुड्डो भयो र... ... ...
अरु नि सुन्ना पाम् पुन्टे बुडा.
 
Posted on 11-29-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्को भी त मायाले हेर धोबिनि
लै लै लै
हाम्रो भी त टक्ला होला बादमे धोबिनि
लै लै लै

( आइ याम् सोरि पुन्टे दाइ )
सलुट !!!!
 
Posted on 11-30-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

हुन त "भोलि" भई सक्यो, तर अहिले थकित छु। बाँकी अंश अब "भरै" उठेसि राखम्ला।

दीप ब्रो, English 101 त English as a Second Language (ESL) होईन क्यारे। त्यो त writing class हो, अमरिकानेहुरले नि लिनै पर्ने अनिवार्य बिषय।

शंका गर्नु हुने बन्धुहुरलाई भन्दि हालम्:

कथा मुलत: वास्तविक घटना मै आधारित छ, तर लेखक आफू रमेश परेनन्। बरु, रमेशलाई उडाउने ति छिल्लेका दुईजना उनका रुममेटहरु मध्ये पर्न सक्छ लेखक स्वयम्।

गुट नाईट!
 
Posted on 11-30-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मामा.....
क्वाँ....क्वाँ....

कुकुलि काँ
बाचि भात खाँ
कोइ मेलो बाचि भात?
बिलालोले कायो
कोइ बिलालो?
मुचा माल्न गयो
कोइ मुचा?
दुलो भित्ल पच्यो
कोइ दुलो?
गाइले कुल्च्यो
कोइ गाइ?
कोलाले बोगायो
कोइ कोला?
चुक्यो....

क्वाँ...क्वाँ...
 
Posted on 11-30-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम कुमारी ज्यो कस्लाई प्रेम को माला समालेर राख्नु बह्नेको ।
गुन्ते सो स्वीत ।
नमस्ते तकराय् है गाम्ले हूऊऊऊऊऊऊ ।
 
Posted on 11-30-06 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते तकराय् है गाम्ले हूऊऊऊऊऊऊ ।
 
Posted on 11-30-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!

लौ निश बुरो फर्केर आएकोमा खुशी लाग्यो। मैले त आफ्नै मुखुन्डो सार्वजानिक गर्ने उद्देश्यले त्यो कुरा भनेको थिएँ, तिमी पो सीधै आएर जालोमा फँस्छौ भनेर चैं मैले सोचेको थिइनँ। :)

अनि गोतामे ज्यूलाई नि मुखुन्डो उतार्न मन छैन रे? कुम्लेले भने झैं लहरो तान्दा पहरो खस्न थाल्यो कि के हो? :D

अब शुक्रवारसम्ममा त मेरो जासूसी केही मात्रामा भए नि सफल हुन्छ कि? नभए आफ्नै मुखुन्डो पत्ता लगाएर भए पनि जासूस भइटोपल्नुपर्ला। ;)

यो गून्टे नि फेरी कति रोई रोई गीत गाउन सक्या होला? पून्टे मामालाई नि धेरै पिर्यो फूच्चेले।:)

ठूली, के छ हालखबर? नेपाल जानको लागि तयारी कतिको हुँदैछ?
 
Posted on 11-30-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते तकराय् है गाम्ले हूऊऊऊऊऊऊ ।
 
Posted on 11-30-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोलि तिमि काहा गाकि छौ ?
सन्चै छौकि बिसन्चो भाकि छौ ?
भेट भाको दिन
मरि लानु के छ र
जिबनमा बसौ एकै छिन ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters