[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 273116 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-16-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गरेको जस्तो गरेको ????

जस्तो गरेको?????


 
Posted on 01-16-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइहरुलाई माया गरेको जस्तो गरेको रे ! साँच्ची नै माया गरेको त हैन रे'छ त।  दानेज्वाइँलाई भक्कुमार जाँड-गाँजा-धतुरो ख्वाएर भुत्ल्याउन नलगाइ नहुने भो अब चैँ।
 
Posted on 01-16-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले ज्यु लि हजुर नि खानुस सुपादी । तर दात भाचियो भने मलाई चै सु नगरनुस् है।

 
Posted on 01-16-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सुन्तले नि रिसाओ त? कइलेइ रिसा' देख्या थिन यो मुन्छे त मैले पइले???? बरु तो पोखरा जाने बस मुङ्गलिन तिरै टायर पन्चट भओ कि के हो?
 
Posted on 01-16-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा फेरी मैले हजुरलाई माया गरेची। फेरी मेरी बुइनिले साह्रै माया गर्छ भनेर भाउजुको मायालाई बिर्सन्छ भनेर माया गरेको जस्तो मात्र गरेको क्या।
भाउते दा पख्नुस् न हजुर बिर्खे दाको बिहेमा त आउनुस् म र हजुरको दानेज्वाइ मिलेर तपाईंलाई झ्याइपाकुमा झ्याइ परेर त्यो तेउकास्को बन तिर नफाल्दे के र।


 
Posted on 01-16-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन एक्छिन यसो ठिटीहरु सँग गफ मार्न गा'त, बबालै भईसकेछ यहाँ त
हैन हिजो आज चाइन्जो जदौ नि टेम हेरी हेरी गर्न थालेछन् यि त, नसक्नु को भयो हौ
लौ जिम्माल बा अब हेरी टिकेस किन्दा सबै भन्दा पैला कुन मितीमा जाने, कुन मितीमा फर्कने सबै बक्नु पर्छ, अनी कून अड्डा बाट उड्ने त्यो पनि चाहिन्छ
लु भन्नुस् त
अनी साचिँ, यात्रुको नाम पनि चाहिन्छ अनी मात्र बन्छ चाइन्जो कुरो


हो नि आज क्रेजीको पारिवारिक कथाको अर्को भाग आएन
पारिवारिक किन भनिस भन्लाउ गाउले हो, पुरै परिवारले बसेर पढ्न मिल्ने भा' भे र पारिवारिक भन्या हो
पुरै परिवारले बसेर पढ्न मिल्छ तर छुट्टा छुट्टै बसेर


 
Posted on 01-16-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जिम्मी बुडा कहिले जाने हो नेपाल? लन्डनबाट जाने हो भने के जाति ट्रान्जिउ भिसा नि चाहिन सक्छ, यस्सो
विचार गरेर जानुहोला!

सुन्तल मान स्थापित १८ वर्ष नि पुग्या छैन? 

लु बिस्टु रामको नि नाम चढाइदिएँ लिस्टोमा!

भौते माराज, ठूल्लू फूल्लू, रिट्ठे पिट्ठे, राहुलदाइ र अरू सप्पैमा २:११ को जौ!


 
Posted on 01-16-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जिम्माल बाको अड्कल सोर्है डलर सहि हो
भउते पात्या ठीक हो, अस्ती नयाँ खर्का बाट फर्के'सी कुरोको चुरो निक्कै निकाल्न जान्या  छ भउतेले

हुँदा हुँदा अब क्रेजी को थ्रेडमा लेख्दै नलेख्या शब्द नि देख्न थाले भन्दै थ्यो त हिजो, लाहुल बिला कुबत्



 
Posted on 01-16-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-16-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lahare pagal bho ki kyaa hooooooooooooooo. mukha kasto kasto banaairaako

 
Posted on 01-16-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्दैछौ चित्रे? साहुनि लाई त लाइन मा ल्याइसकेउ होला अहिले सम्म त? साथी बाठो छ
हन मैले कुरो नबुझ्या नि, त्यो जदौ गर्दा नि २:११ , १:४६ त्यस्तो त्यस्तो ट्याम मिला'र गर्नु पर्नी हो कि त भन्छु र?
कि तिम्रो साहुनि ले दिन को ४-५ पटक यती यती बेला चाँही चौतारी छिर्न पाउछस भन्या छे?


 
Posted on 01-16-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho pagal bhayo-- kasai ko pyar maa pagal bhayo
 
Posted on 01-16-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे तिमी पारिवारिक कथा पढ्ने मामिलामा कमजोर छौ !

मात्तिनुको पराकाष्ठा थुल्ननी, पात्तिनुको पराकाष्ठा भउते भनेर था' थेन रिठ्ठे पिठ्ठेसान ?

ठुल्दाइ खै कता हो? केटाकेटी आए गुलेली खेलाए मट्याङ्राको सत्यानास भन्दै भुटभुटिँदै बसेको जस्तो छ नि हाम्रो ठुल्दाइ।  के अर्नु ठुल्दाइ, हउरले नि बैशाँ यस्तै पाङ-न-पुच्छरका गफ गर्दै हाँस्दै अर्नुभो होला के रे।

चित्रे गुटनोइट !


 
Posted on 01-16-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! रिट्ठे, साहुनी त आइसकि लाइनाँ, आज दिनभरि मिटिङ्मा छे। हुन त मेरो नि मिटिङ् छ ३ बजे।
त्यो २.११, १.४६ मात्र हैन, मेरी साहुनीले त मिली सेकन्ड, न्यानो सेकेन्ड नि कल्कुलेट गर्नु पर्छ भन्छे, म त्यै
पराउटिस् गरिरा' हो!
लु २.२५, १२ मिली सेकेन्ड, ८७ न्यानो सेकेन्ड को जदौ फिरी!


 
Posted on 01-16-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्यागुते गुट नोईट!


 
Posted on 01-16-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ho pagal bhayo-- kasai ko pyar maa pagal bhayo लहरे कस्को यार मा भन्नुस। तपाईंको यारले बाल देन भने मलाई भन्नुस् म उस्लाई ठीक पारुम्ला। तर पागल चै नबन्नुस्। यो चौतारीमा पागलको कमी छैन।


 
Posted on 01-16-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पराकाष्ठा bhaneko ke ho bhaaute daaaaaaaaaaaaaaaa?

 
Posted on 01-16-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे, लोल.
भउते बिग्रेको सूचना अस्ती नै टाँसेको थिएं कसैको ध्यान गएन, बल्ल ज्ञान आयो जस्तो छ।

पुर्पुरो बिग्रे माउते हुनु, छोरो बिग्रे भउते हुनु - ठुलदाइ ले त्यसइ भन्या होइन क्या।

बोली पनि च्यात्या चोली जस्तो,  कस्तो भा कुन्नी? रोग लाग्या को महारोग ? हैन के के मात्रा अभियोग लाग्या तो भौतेलाई?
 
 
 

Last edited: 16-Jan-08 01:32 PM

 
Posted on 01-16-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैँश र त्यसका प्रकारहरु:

भनिन्छ बैँशमा स्याल पनि घोर्ले हुन्छ रे। बैँशमा सबै कुरा रमाइलो लाग्छ र कुकुरको पुछ्छर घुम्रिएको देखे पनि हाँसो उठ्छ रे! आउनुहोस यहि सबैको प्यारो बैँशको बारेमा केहि चर्चा परिचर्चा गरौँ। विभिन्न व्यक्तिमा बैँशको असर बिभिन्न हुन्छ। यस अनुसार बैँशलाई निम्न समुहमा बिभाजन गर्न सकिन्छ!

१) कुखुरे बैँश- कुखुरे बैँशको नाम किन कुखुरे रहन गयो त। तपाइँहरुलाई थाहै होला कुखुरा जहिले पनि चरिरहन्छ। यस्तै बैँशमा चरिरहन खोज्ने बेलाको बैँश हो कुखुरे बैँश। जस्तै: भउतेको बैँश

२) लुखुरे बैँश- लुखुरे बैँशलाई किन लुखुरे भनियो त। तपाइँहरुलाई थाहै होला लुखुरे भनेको अल्छि र सधैँ आराम मात्र गरिरहन रुचाउने। लुखुरे बैँशमा बैँशालु कुराहरुमा मन जान्छ तर लुखुरोपनले उक्त मनले भने अनुसार पाइला चाल्न दिँदैन। जस्तै: भउतेको बैँश

३) लर्के बैँश- लर्के बैँशलाई लर्के जोबन पनि भन्ने चलन छ। बिहान उठे देखि राति सुत्ने  बेला सम्म र सुतेको बेलामा सपनामा समेत २४ घन्टा बैँशालु बनाउने बैँश नै लर्के बैँश हो। जस्तै: भउतेको बैँश

धन्यवाद्।

 


 
Posted on 01-16-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त ठुल्दाइ, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढा को भन्या तेसै छ त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters