nepalean
Replies to this thread:
More by nepalean
What people are reading
Subscribers
Please log in to subscribe to nepalean's postings.
:: Subscribe
|
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
[Please view other pages to see the rest of the postings. Total posts: 636]
[VIEWED 297895
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-27-07 10:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी स्वर्ण महोत्शब~ सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
((((Go chautari Go)))) ((((Go chautari Go)))) ((((Go chautari Go))))
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-29-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सारै सुन्दर् !! ग्वाचे ,मिस्, गोताएँदाइ, चित्रे, दीपदाइ, नमे, राहुल्दाइ नेप्चे सबै का कोशेलि हरु एक से एक रहेछन् पढेर बल्ल भ्याए ! कोशेलि बोकेर न आउने गाम्ले को गफ गाफ त झन् मिठो ! :D ओइ चित्रे र ठुलि यत्रो मेला ला'छ गाम् मा तिमि हरु चै कता सुटुक्क कम्मर् मर्काउन जाने कुरा गर्छौ हँ? घोर कलियुग लागेको मानिचु! :P
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सारै सुन्दर् !! ग्वाचे ,मिस्, गोताएँदाइ, चित्रे, दीपदाइ, नमे, राहुल्दाइ नेप्चे सबै का कोशेलि हरु एक से एक रहेछन् पढेर बल्ल भ्याए ! तिरु तिमी नि जाने भए आउक्यारे ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-29-07 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) ए तिमुर जा पायो नजाउ है । सिस्नो पानी लाउछु जाउ त चित्रे सिस्नि टिपेर ल्याउ ! के छ तितु ?
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 03-29-07 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्नानि ल म पनि आउछु तिमि र चित्रे सङ, सान्नानिलाइ नि बोलाउ है। लौ लौ चित्रे सिस्नो भनेर अर्कै झार् टिपेर ल्याइदेउ मिस् लाइ। :P म ठिक् छु दिद, हजुर् को कबिता कस्तो राम्रो :)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-29-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oh my my...... के हो ह्याँ त मेला लगिसक्या रे छ मैले ल सबैले लेख्नु पनि भन्नु अनि सबैले आ-आफ्नो रचना नि पेस्टिनु भछ ह्याँ त, ल सबै पढम्ला अनि भनम्ला के कस्तो लाग्यो भनेर।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 03-29-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सारै सुन्दर!! सबका सब एक से एक छन। गोतामे ज्यूको कथा, नमेको ब्यथा, यामेको गन्थन, झिल्केको गनगन, चित्रेको बाल्यकाल, तितौरीको हालचाल, माष्टर्नी दिदी, नेप्चे, दीप ज्यू को कबिता, ठुल्दाइको सबिता सप्पै पढियो। बल्ल चौतारीमा स्वर्ण महोत्सव ला जस्तो भएच। ल अझै कति बुजुर्ग हरुको आउन बाँकी छ, आईहालोस। फेरी सुनौलो जदौ है सप्पैलाइ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप ज्यो हजुर ले Add गरेनी के नि घटदैन । बरु त्यो अस्ती नेपाल जडा ल्याउनु भाको तितौरा हाम्लाइ चाखन दिनुस न। हरि के च खबर्?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल मौसब जस्तो भयो चौतारीमा । आफु आज दिनभरि (हाम्रोमा ऐले राती भइसक्यो क्या) जोतिया जोतियै भइयो, चौतारीमा छिर्न नि पाइया हैन । साह्रै थाकीयो, अब गाम्लेहरुका कथा कबिता पढेर थकाई मेटाउनु पर्छ । अझै जावोस है आदरणिय गाम्लेहरु हो, अनि पो साँचिकै सोर्न मउसब हुन्छ । एउटा टुक्रो फेरी राखुम कि भनेको फेरी यो बज्याले कति किच किच गर्या हो पो भन्नु हुने हो कि । अस्ती नै कैले हो एउटा जे पि टि टुक्रो लेख्याथे, चौतारीमा पैला पेस्ट्याथे कि थेन था भेन, पैला पेस्ट्याइ सक्या भे सरि है, इग्नोर गर्दिनु होला । अस्थाइ जागिर 'बाबा मेरो पुरानो साइकल भाँचियो, मलाई नयाँ साइकल किनिदिनुस् न, राम्रो, रातो कलरको बाबुदादाको जस्तै' अफिसबाट घर आइपुग्ने बित्तीकै मेरो छोरा मेरो काखमा आएर आफ्नो गन्थन गर्न लाग्यो । 'हुन्छ बाबु यसपाली दसैंको तलब आउने बित्तिकै तिमीलाइ नयाँ साइकल अनि राम्रो राम्रो लुगाहरु किनिदिन्छु' । थाहा छैन त्यो चार बर्षको बच्चाले मेरो सबै कुरा बुझ्यो कि बुझेन तर चाँडै नयाँ साइकल पाउने आसामा मेरो काखबाट उठेर उफ्रीन थाल्यो 'नयाँ साइकल कि.....न्ने, नयाँ साइकल कि.......न्ने, बाबु दादाको जस्तै रातो कलरको' । आज हाकिमसाबको राती डिनरमा जानु पर्ने भएको हुनाले घर चाँडै आइयो, नत्र कहिले काँही त रातिको ११-१२ पनि बज्छ, अफिसबाट फर्किन । हुन त आज पनि आठ बजे डिनरमा गए पछि फर्किदा १२- १ त बज्छ नै होला । 'बाबु, आमा खै, एक गिलास चिया खान मन लागेको थियो' भुइँमा आफ्ना खेलौनाहरुसँग खेल्दै गरेको छोरालाइ सोधे । 'आमा त हाकिम्नी साबसँग थानकोट जानुभा'छ, मैया दिदिको घरमा' छोराले मतिर नहेरी नहेरी उत्तर दियो । पाँच बजिसकेछ, आठ बजेको पार्टी भनेपछि सवा सात-साडे सात बजेतिर त निस्किनुपर्छ तर मैले सात बजे देखि नै गाडी त तयार गरेर राख्नुपर्छ, के थाहा हाकिम साब अरु कतै पनि जानुहुन्छ कि । चिया बनाउन स्टोभमा पानी बसाल्दै छोरालाइ सोधे ' बाबु खाजा खायो तिमीले ?' 'अँ, आमाले चिउरा र दालमोठ दिएर जानुभएको थियो, तेइ खाए । चाँडै आउँछु भन्नु भएको थियो, अहिलेसम्म आउनुभा' छैन ।' छोराले एकै सासमा मेरो प्रश्नको उत्तर दियो । दस बर्ष पहिला हाम्रो गाँउमा पहिरो गएर सबै ध्वस्त भए पनि गाउबाट काठमाडौं आउँदा धेरै सपनहरु थिए मन भरि । समुद्र नै सुकाउँला र पहाड नै फोडुँला जस्तो जोश थियो । केही दिन्मै थाहा भयो, निस्ठुरी रहेछ यो शहर, यहाँका मान्छेहरु पनि यन्त्र-मानव रहेछन् । अह्ँ, कतै काम पायिन मैले धेरै खोजे, जुत्ताका पैताला नै च्यातीने गरी । काम पाए पनि नपाए पनि पापी पेटले बुझ्दैन रहेछ, भोक त लाग्दो नै रहेछ । भारि बोक्न थाले जीवन निर्वाह गर्न । भरिया नै बन्नु पर्ने मान्छे त होइन म तर परिस्थितीले जे पनि गराउँदो रहेछ । 'बाबा...... बाबा पानी उम्लिसक्यो' छोराले मेरो ध्यान भङ्ग गरायो । म त अतितमा पो पुगेछु । चिया पत्ती र चिनी हाले उम्लिरहेको पानीमा । चिया पनि तयार भयो । 'बाबु चिया र पाउरोटी खाने हो ?' छोराले खान्छु भनेर टाउकोले नै इसारा गर्यो । बिचरा मेरो छोरा, चाहेर पनि हामी राम्ररी हेरबिचार गर्न सक्दैनौं, आफ्नै बाध्यताहरु छन ।, चार बर्षको बच्चा, पोशिलो तागतिलो खुराक खानुपर्ने बेलामा कालो चिया र पाउरोटी अनि दाल मोठ्-चिउरा खानु परिरहेकोछ । हाम्रो पनि मन त हुन्छ छोरालाइ पोशिलो कुरा खान दिउँ, राम्रो लाउन दिउँ, स्याहार्, सम्हार गरौँ तर्....... तर के गर्ने, एउटा ड्राइभरको तलबले के के कुरा मात्रै गर्ने, तै घर भाडा तिर्नु पर्दैन, हाकिम साबले यो कटेरोमा बस्न दिनुभएको छ । यसपाली देखि त छोरालाइ स्कुल पनि हाल्नुपर्छ, महङ्गी यस्तै हो एक लिटर मट्टितेल को मात्रै ५० रुपैयाँ, चामल, दाल्, आलु प्याज, मरमसला, नुन तेल्----------- खै कसरी चलाऊने होला । केही बर्ष पहिलासम्म त चलेकै थियो व्यबहार, महङ्गी यस्तो थिएन्, जहान पनि दुई जना मात्रै । भरियाको काम गर्दा गर्दै हाकिमसाबसँग चिनजान भयो, उहाँको घर बनाउँदा समान बोक्ने क्रममा । हाकिमसाबको मन पग्लियो क्यारे मेरो ब्यथा सुनेर्, आफ्नै अफिसमा पिउनको जागीर मिलाइदिनुभयो । बस्ने ब्यबस्था पनि आफ्नै कटेरोमा मिलाइदिनुभयो । बिहान बेलुका हाकिमसाबको घरको काम गर्नु पर्ने, दिउँसो अफिसको । यसै क्रममा उनिसँग पनि भेट भयो, दुबैको ब्यथा उस्तै, मन मिल्यो बिहे पनि गरियो । बस्ने बास छँदैथियो, दुई जनाको जीवन निर्वाह गर्न सक्ने आम्दानी पनि छँदै थियो । केही समय पछि गाडी चलाऊन पनि सिकें, हाकिमसाबले आफ्नै ड्राइभरमा जागिर मिलाइदिनु भयो । 'बाबा म खेल्न जान्छु बाहिर्, एकै छिन पछि आउँछु है' भन्दै छोरो बाहिर निस्किँदा पो अतितबाट फेरी बर्तमनमा आए । त्यो सानो बच्चो कता जान लागेको होला खेल्न, तर के गर्ने एक दिन भए पो हो, यसरी नै धुलो-माटो मैं हुर्केको त हो, म हाकिमसाबको काममा ब्यस्त, बुढी हकिम्नी साबको काममा ब्यस्त । खै घर-भाडा नतिर्नुको मोल बढी नै त तिरिराछैनौं ? तर होइन हाकिमसाबको धेरै ठुलो गुण छ म माथि, हाकिमसाब नहुनुभएको भए आज पनि म कुनै हार्डवेर पसलको बाहिर भारि कुरेर बसिराखेको हुन्थे । ओहो! सात बजिसकेछ्, अब त निस्किनु पर्यो, गाडी सफा गर्नु पर्यो, हाकिमसाब डिनर पार्टीमा जाने बेला हुन लाग्यो । बुढी कहिले आउने हो खै, छोरो पनि कता गयो खेल्छु भनेर तर के गर्ने हामी तल्लो तहको कर्मचारी त मेसिन न हौँ, हाकिमले बस् भने बस्नु पर्ने, उठ भने उठ्नौ पर्ने, आइज भने आउनु पर्ने, जा भने जानु पर्ने । भोक पनि लागिरा'छ, खै के खाने होला ? हाकिमहरुको लागि पार्टी भए पनि हामीहरु त भित्र छिर्न पाउने होइन, बाहिर गाडीमै कुरेर बस्नु पर्ने न हो । 'हर्क बहादुर्, गाडी सफा गरिस्, लौ हिँड जाँउ' हाकिमसाब को आवाज आयो, भित्रबाट । 'हजुर गाडी सफा भइसक्यो हाकिम साब्' 'अनी आजकल के छ नि तेरो हालखबर हर्कबहादुर्, तेरो छोरो कति बर्षको भयो रे साँच्ची ? अब त स्कुल हाल्ने बेला पनि भयो होला हैन ? ' ब्यक्तिगत कुरा त्यती नगर्ने हाकिमसाबको आवाज सुनेर एकाग्र भएर गाडी चलाइरहेको ध्यान भङ्ग भयो । 'ह्जुर यो असोजमा चार बर्ष पुरा हुन्छ, अब यो बर्ष देखि हाल्नुपर्छ स्कुल' सँक्षिप्त उत्तर दिए । 'थाहा पाइस् हामीहरु त अब सबैजना अमेरिका जाँदैछौ, भर्खरै ठुल्बाबुले फोन गरेको थियो । अमेरिकामा बस्ने कागज पाएछ । फेरी यतातिर अफिसतिरको झमेला पनि तलाइ थाहै होला, प्रतिगमनको मतियार्, मन्डले, सन्डले के के भनेर बस्नै दे'को होइन । कारबाही गर्ने भन्ने लिस्टमा पनि नाम छ रे मेरो । अर्को हफ्ता नै राजिनामा दिदैंछु । घर पनि बेच्ने कुरा चल्दैछ एक दुई दिनमा फाईनल हुन्छ होला ।' हाकिमसाबले एकै सासमा सबै कुरा बताए । 'अब हेर तैले यतीका बर्षसम्म मसँग काम गरिस् तर के गर्ने आस्थाइ जागिर मैले छोडेपछि तैले पनि निस्किनुपर्ने हुन्छ, फेरी अहिले ब्यबस्था बद्लिसकेको छ, हाम्रो केही चल्दैन । फेरी हाम्रो अनुकुल ब्यबस्था आयो भने सँगै काम गरौँला ।' हाकिम साब बोल्दै गए । सबै कुरा नबुझे पनि यती कुरा चाहि थाहा भयो अब मेरो जागिर गयो । ' हेर बाबु अन्यथा नलिएस् मेरोलागि त तँ छोरा जस्तै होस् तर के गर्ने अहिले म तेरोलागि केइ गर्न सक्दिन । अँ बरु अर्को हफ्तादेखि अरु नै ठाउँमा बस्ने ब्यबस्था मिलाउनु पर्छ तैले, मलाई थाहा छ, अबस्य पनि तलाइ गार्हो हुनेछ तर अरु केही उपाए पनि छैन्, घर किन्ने नयाँ मान्छेले सबै खाली गराइदिनु भनेको छ ।' हाकिमसाबले हातले नाक माथिको चस्मा मिलाउँदै भने । हाकिमसाबको पार्टी भएको होटल पनि आइसकेछ । हाकिमसाब गाडीको ढोका आँफै खोलेर होटलको प्रबेशद्वारतिर बढें । मैले गाडी पार्किङ गर्ने ठाँउतिर मोडेँ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 1:38

हरि बाउ कता गइ नि आज? रिडिया गित भजन लगाइदिएनि हुनेनि । काम पर्या बेला कहिले भेटिन्नन!! हरिशरणम !! तितु प्रिती तिमुर नि लेखन केहि हसाउने यो स्वर्ण मउसुव मा :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-29-07 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ जा के भुनेओ त्यस्तो !! कथा राउरो छ नि ग्वाँचे। क्यार्न त्यो के जाती इग्नोर अर्न पर्यो र भन्छु। बरु एकपटक मात्रै किच किच अर्या भ हुने दुइ'टक परेछ के :D:)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-29-07 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोताएँदाइको मर्म, चित्रेको बाल्यकाल, दीप ज्योको कैता, नमेको साइ बर, राहुल्दाइको सबिता, नेप्चेको औरेजी, मिसको गन्थन सबै कति रमाईलो। तितौरीले ले हसाउनु हसाई ऐया, मरेँ हाँसेर। :D:D:D अनि ए ग्वाचे, हरी तिमारु हारेको कुरा किन गुप् चुप् हँ? :P:P
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुइsssssय..........सारै थाकियो!! बल्ल मउसब जस्तो भेछ, गज्जब गज्जबका कोसेलिहरु पढ्न पाइएला जस्तो छ। दिनभरि काममा जोतिया जोतियै भइयो चौतरिमा छिर्न सुद्द सुद्द पाया हैन, अब मजाले चौतरिका कोसेलिहरु पढ्दै थकाइ मार्नु पर्छ। फेरि एउटा जे पि टि टुक्रो पेस्ट्याउँ कि भनेको, फेरि यो बज्याले किच् किच् गर्न लाग्यो भन्ठानु हुने पो हो कि? केइ समय पैला यस्सो केइ लेख्याथे, चौतरिमा पैलै पेस्ट्याइ सक्या हो कि हैन था भेन, पैलै पढिसक्नु भेको भे सरि है, इग्नोर गर्दिनु होला। आदरणिय गाम्लेहरुले पनि यस्सो अझ धेरै कोसेलि पस्किम न है, गज्जब मनाउनु पर्छ सोर्न मौसब! आस्थाइ जागिर 'बाबा मेरो पुरानो साइकल भाँचियो, मलाई नयाँ साइकल किनिदिनुस् न, राम्रो, रातो कलरको बाबुदादाको जस्तै' अफिसबाट घर आइपुग्ने बित्तीकै मेरो छोरा मेरो काखमा आएर आफ्नो गन्थन गर्न लाग्यो । 'हुन्छ बाबु यसपाली दसैंको तलब आउने बित्तिकै तिमीलाइ नयाँ साइकल अनि राम्रो राम्रो लुगाहरु किनिदिन्छु' । थाहा छैन त्यो चार बर्षको बच्चाले मेरो सबै कुरा बुझ्यो कि बुझेन तर चाँडै नयाँ साइकल पाउने आसामा मेरो काखबाट उठेर उफ्रीन थाल्यो 'नयाँ साइकल कि.....न्ने, नयाँ साइकल कि.......न्ने, बाबु दादाको जस्तै रातो कलरको' । आज हाकिमसाबको राती डिनरमा जानु पर्ने भएको हुनाले घर चाँडै आइयो, नत्र कहिले काँही त रातिको ११-१२ पनि बज्छ, अफिसबाट फर्किन । हुन त आज पनि आठ बजे डिनरमा गए पछि फर्किदा १२- १ त बज्छ नै होला । 'बाबु, आमा खै, एक गिलास चिया खान मन लागेको थियो' भुइँमा आफ्ना खेलौनाहरुसँग खेल्दै गरेको छोरालाइ सोधे । 'आमा त हाकिम्नी साबसँग थानकोट जानुभा'छ, मैया दिदिको घरमा' छोराले मतिर नहेरी नहेरी उत्तर दियो । पाँच बजिसकेछ, आठ बजेको पार्टी भनेपछि सवा सात-साडे सात बजेतिर त निस्किनुपर्छ तर मैले सात बजे देखि नै गाडी त तयार गरेर राख्नुपर्छ, के थाहा हाकिम साब अरु कतै पनि जानुहुन्छ कि । चिया बनाउन स्टोभमा पानी बसाल्दै छोरालाइ सोधे ' बाबु खाजा खायो तिमीले ?' 'अँ, आमाले चिउरा र दालमोठ दिएर जानुभएको थियो, तेइ खाए । चाँडै आउँछु भन्नु भएको थियो, अहिलेसम्म आउनुभा' छैन ।' छोराले एकै सासमा मेरो प्रश्नको उत्तर दियो । दस बर्ष पहिला हाम्रो गाँउमा पहिरो गएर सबै ध्वस्त भए पनि गाउबाट काठमाडौं आउँदा धेरै सपनहरु थिए मन भरि । समुद्र नै सुकाउँला र पहाड नै फोडुँला जस्तो जोश थियो । केही दिन्मै थाहा भयो, निस्ठुरी रहेछ यो शहर, यहाँका मान्छेहरु पनि यन्त्र-मानव रहेछन् । अह्ँ, कतै काम पायिन मैले धेरै खोजे, जुत्ताका पैताला नै च्यातीने गरी । काम पाए पनि नपाए पनि पापी पेटले बुझ्दैन रहेछ, भोक त लाग्दो नै रहेछ । भारि बोक्न थाले जीवन निर्वाह गर्न । भरिया नै बन्नु पर्ने मान्छे त होइन म तर परिस्थितीले जे पनि गराउँदो रहेछ । 'बाबा...... बाबा पानी उम्लिसक्यो' छोराले मेरो ध्यान भङ्ग गरायो । म त अतितमा पो पुगेछु । चिया पत्ती र चिनी हाले उम्लिरहेको पानीमा । चिया पनि तयार भयो । 'बाबु चिया र पाउरोटी खाने हो ?' छोराले खान्छु भनेर टाउकोले नै इसारा गर्यो । बिचरा मेरो छोरा, चाहेर पनि हामी राम्ररी हेरबिचार गर्न सक्दैनौं, आफ्नै बाध्यताहरु छन ।, चार बर्षको बच्चा, पोशिलो तागतिलो खुराक खानुपर्ने बेलामा कालो चिया र पाउरोटी अनि दाल मोठ्-चिउरा खानु परिरहेकोछ । हाम्रो पनि मन त हुन्छ छोरालाइ पोशिलो कुरा खान दिउँ, राम्रो लाउन दिउँ, स्याहार्, सम्हार गरौँ तर्....... तर के गर्ने, एउटा ड्राइभरको तलबले के के कुरा मात्रै गर्ने, तै घर भाडा तिर्नु पर्दैन, हाकिम साबले यो कटेरोमा बस्न दिनुभएको छ । यसपाली देखि त छोरालाइ स्कुल पनि हाल्नुपर्छ, महङ्गी यस्तै हो एक लिटर मट्टितेल को मात्रै ५० रुपैयाँ, चामल, दाल्, आलु प्याज, मरमसला, नुन तेल्----------- खै कसरी चलाऊने होला । केही बर्ष पहिलासम्म त चलेकै थियो व्यबहार, महङ्गी यस्तो थिएन्, जहान पनि दुई जना मात्रै । भरियाको काम गर्दा गर्दै हाकिमसाबसँग चिनजान भयो, उहाँको घर बनाउँदा समान बोक्ने क्रममा । हाकिमसाबको मन पग्लियो क्यारे मेरो ब्यथा सुनेर्, आफ्नै अफिसमा पिउनको जागीर मिलाइदिनुभयो । बस्ने ब्यबस्था पनि आफ्नै कटेरोमा मिलाइदिनुभयो । बिहान बेलुका हाकिमसाबको घरको काम गर्नु पर्ने, दिउँसो अफिसको । यसै क्रममा उनिसँग पनि भेट भयो, दुबैको ब्यथा उस्तै, मन मिल्यो बिहे पनि गरियो । बस्ने बास छँदैथियो, दुई जनाको जीवन निर्वाह गर्न सक्ने आम्दानी पनि छँदै थियो । केही समय पछि गाडी चलाऊन पनि सिकें, हाकिमसाबले आफ्नै ड्राइभरमा जागिर मिलाइदिनु भयो । 'बाबा म खेल्न जान्छु बाहिर्, एकै छिन पछि आउँछु है' भन्दै छोरो बाहिर निस्किँदा पो अतितबाट फेरी बर्तमनमा आए । त्यो सानो बच्चो कता जान लागेको होला खेल्न, तर के गर्ने एक दिन भए पो हो, यसरी नै धुलो-माटो मैं हुर्केको त हो, म हाकिमसाबको काममा ब्यस्त, बुढी हकिम्नी साबको काममा ब्यस्त । खै घर-भाडा नतिर्नुको मोल बढी नै त तिरिराछैनौं ? तर होइन हाकिमसाबको धेरै ठुलो गुण छ म माथि, हाकिमसाब नहुनुभएको भए आज पनि म कुनै हार्डवेर पसलको बाहिर भारि कुरेर बसिराखेको हुन्थे । ओहो! सात बजिसकेछ्, अब त निस्किनु पर्यो, गाडी सफा गर्नु पर्यो, हाकिमसाब डिनर पार्टीमा जाने बेला हुन लाग्यो । बुढी कहिले आउने हो खै, छोरो पनि कता गयो खेल्छु भनेर तर के गर्ने हामी तल्लो तहको कर्मचारी त मेसिन न हौँ, हाकिमले बस् भने बस्नु पर्ने, उठ भने उठ्नौ पर्ने, आइज भने आउनु पर्ने, जा भने जानु पर्ने । भोक पनि लागिरा'छ, खै के खाने होला ? हाकिमहरुको लागि पार्टी भए पनि हामीहरु त भित्र छिर्न पाउने होइन, बाहिर गाडीमै कुरेर बस्नु पर्ने न हो । 'हर्क बहादुर्, गाडी सफा गरिस्, लौ हिँड जाँउ' हाकिमसाब को आवाज आयो, भित्रबाट । 'हजुर गाडी सफा भइसक्यो हाकिम साब्' 'अनी आजकल के छ नि तेरो हालखबर हर्कबहादुर्, तेरो छोरो कति बर्षको भयो रे साँच्ची ? अब त स्कुल हाल्ने बेला पनि भयो होला हैन ? ' ब्यक्तिगत कुरा त्यती नगर्ने हाकिमसाबको आवाज सुनेर एकाग्र भएर गाडी चलाइरहेको ध्यान भङ्ग भयो । 'ह्जुर यो असोजमा चार बर्ष पुरा हुन्छ, अब यो बर्ष देखि हाल्नुपर्छ स्कुल' सँक्षिप्त उत्तर दिए । 'थाहा पाइस् हामीहरु त अब सबैजना अमेरिका जाँदैछौ, भर्खरै ठुल्बाबुले फोन गरेको थियो । अमेरिकामा बस्ने कागज पाएछ । फेरी यतातिर अफिसतिरको झमेला पनि तलाइ थाहै होला, प्रतिगमनको मतियार्, मन्डले, सन्डले के के भनेर बस्नै दे'को होइन । कारबाही गर्ने भन्ने लिस्टमा पनि नाम छ रे मेरो । अर्को हफ्ता नै राजिनामा दिदैंछु । घर पनि बेच्ने कुरा चल्दैछ एक दुई दिनमा फाईनल हुन्छ होला ।' हाकिमसाबले एकै सासमा सबै कुरा बताए । 'अब हेर तैले यतीका बर्षसम्म मसँग काम गरिस् तर के गर्ने आस्थाइ जागिर मैले छोडेपछि तैले पनि निस्किनुपर्ने हुन्छ, फेरी अहिले ब्यबस्था बद्लिसकेको छ, हाम्रो केही चल्दैन । फेरी हाम्रो अनुकुल ब्यबस्था आयो भने सँगै काम गरौँला ।' हाकिम साब बोल्दै गए । सबै कुरा नबुझे पनि यती कुरा चाहि थाहा भयो अब मेरो जागिर गयो । ' हेर बाबु अन्यथा नलिएस् मेरोलागि त तँ छोरा जस्तै होस् तर के गर्ने अहिले म तेरोलागि केइ गर्न सक्दिन । अँ बरु अर्को हफ्तादेखि अरु नै ठाउँमा बस्ने ब्यबस्था मिलाउनु पर्छ तैले, मलाई थाहा छ, अबस्य पनि तलाइ गार्हो हुनेछ तर अरु केही उपाए पनि छैन्, घर किन्ने नयाँ मान्छेले सबै खाली गराइदिनु भनेको छ ।' हाकिमसाबले हातले नाक माथिको चस्मा मिलाउँदै भने । हाकिमसाबको पार्टी भएको होटल पनि आइसकेछ । हाकिमसाब गाडीको ढोका आँफै खोलेर होटलको प्रबेशद्वारतिर बढें । मैले गाडी पार्किङ गर्ने ठाँउतिर मोडेँ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुक्क.... सरी है के मिलेन के मिलेन कति धेरै पल्ट भएछ । कान समार उठ्बस् गर्दैछु । माफ पाम !!!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-29-07 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन के गर्या ग्वाँचुरामले? पेस्ट्या पेस्टै छ त, चिलिम लाग्या हो कि? :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-07 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन के गर्या ग्वाँचुरामले? पेस्ट्या पेस्टै छ त, चिलिम लाग्या हो कि? :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-29-07 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरी बास्सै ग्वाँचेभाइ!!!!!!:):):) पार्टिले हारे पछि अर्को उपाय नपाय जस्तो छ कसो ग्वाँचुराम? स्वर्ण मउसव त्यसै हुन्छ त ? :P :P सरि वरि भन्न पर्दैन । यस्तो गर्दा नि काहिले काहि मज्जा हुन्छ ( मनमनै कहिले काहि मैले नि गर्छु केहि छैन ..तर अब चै इग्नोर अर्न पर्यो ) ए होर प्रिति अर्को पार्टिले हार्यो??? खुच्चिङ्ग परेच उसो भा( मनमनै कहिले हेर्ने भा'पो था हुन्छ ..अर्का को लहलहैमा लागे'सि यस्तै हो )
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कम्फुटरले नि फसाएर पठायो, अस्ति रामेले पैला लेखिसक्या मेटाउन मिल्दैन भन्दै थ्यो, यस्ति लाज मर्दो भएर होला। ए बिर्सेछु, थुलि आज च्या सँग के चोपेर खायो? वेदर अपडेट एक्छन पछि! यामे पासा, बकाइनो किनेर ल्यायो त, लौ गज्जबको अचार बनाउ, आफु मात्रै खाउ, हाम्लाइ नख्वाउ। हाम्लाइ ढिंडो मात्रै भे हुन्छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-29-07 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ आज चिया सँग काँक्रो चोपेर खाको ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 03-29-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन् कस्ले हारो, के हारो, सत्यानासै भो कि क्या हो ? मैले त भन्दै थे नि जुवा सुवा खेल्नु हुन्न, ग्यानि बन्नु पर्छ, महाभारतको फाइट नै जुवाले गर्दा भा हो, माने पो। बरु हार्या पो कल्ले हो, था पाउन सकिन्थो कि?
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Need Help of IT consultancies |
Nepal TPS decision |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
2020 : Why No Trump ! |
|
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|