[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 181770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-13-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि जिम्दै रेछ त ! के खान ब्यान देखी त्यो गोबर मा लात्ती हान्या अन्मार लुकार राख्या थ्योउ ए असत्ती?


 
Posted on 07-13-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै छ, केली नेपाल गाकी छे बौचा को याद आएर गर्या होला नि कल । हर्के मासु खान सुरु भयो कि अझै जिम खान कै बास हो ?


अस्ती त्यो Tendorloin लाई रात भरी marinate गरेर ५-७ मिनट skillet मा डार्क गरेर फेरी ३० मिनट जती पोलेको , भगवान ...................


खाने मान्छे को direct quote हो यो - " यो खाना त २-३ दिन सम्म निक्लिन्न दिन रे "


बरु नयाँ receipe देउ न यार 


 
Posted on 07-13-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>यो खाना त २-३ दिन सम्म निक्लिन्न दिन रे "<<<


बाटोमा खुकुरी तेर्स्याएर बसे जस्तो हो कि क्या हो


 
Posted on 07-13-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे भाई, मैले त आज बिहानै भात गोदेर आएकोले अहिले सम्मा भोक लागेको छैन गज्जब नै भो ल आजत ।


ओइ रिठ्ठे , एस्तो रातो , पिरो खाइ लाग्दो भुँडी नभको ह्यान्सम मान्छे लाई गोबर्मा लात्ती हानेको भन्ने हो बज्जे मेरो गोबरमा लात्ती हानेको भए तिम्रो मुख चै केनी ।


छैन बैरे छैन अब चाडै हुन्छ जे होश यो समरमा चै निकै कसरत गरियो जे होश अब एक के जि घट्न बाँकी छ तेश पछी बल्ल जिउ पुरानो फर्ममा आउछ , रिठ्ठे अस्ती आउँदा फोर प्याक थियो है अब एक महिनामा सिक्स प्याक हुँदै छ ।


 
Posted on 07-13-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बाटोमा खुकुरी तेर्स्याएर बसे जस्तो हो कि क्या हो >>
खुकुरी त होइन मकै को घोको ठुसे मात्रै हो न निस्किन त


फोर प्याक त मेरो नि छ चार ठाउँ मा मासु धेरै भएको ले एक पत्रो भुँडी ले अर्को पत्र लाई ढाक्या छ


 
Posted on 07-13-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त ठुल्दाइ बेपत्ता नै भो नि गाँठे - अहिले सम्म नि आ छैन


कता गा होला -


हैने बैरे खाइसकेपछी त के मज्जा भो र भन्या - खाँदा खेरी पो मजाले स्वाद लीइ लीइ खाने -


बरु एसलाई त म निल्दै निल्दिन भन्या भे पो - पेटमा गएपछी बाल मतलब हैन र -



 


 
Posted on 07-13-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेको कालो मुख कता गयो खै बज्जेले कुलेलम ठोक्यो है ।


तेही भन्या लहरे त्यस्तो बिजी भर व्यास्थ हुँदा पनि बुडा तारेमाम भन्दै आइ पुग्थे आज निक्कै नै पर्‍यो कि के हो बुडालाई ।


बैरे त्यस्तो पत्रो त मैले जवानामा फालेको यार, अब त मासु मात्रै छ भुँडीमा, बोसो सप्पै पगालियो हो कि हैन भनत रिठ्ठे ? १२ के जि घट्यो दुई महिनामा खतरा हैन त ?


 
Posted on 07-13-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि लागे , ठुल्दाइ आए भने मैले तारेमाम भनेको छ रे भनेर भनी देउ है लहरे, रिठ्ठे , बैरे ।
 
Posted on 07-13-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दौड्या मात्रै हो कि के हो ? कि लाईपो गर्या हो ? यहाँ मान्छे को घट्ने भन्दा अढ्ने क्रम धेरै छ 
 
Posted on 07-13-09 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे अब २-३ दिन सम्म पनि खाको ननिकालेर बसेपछी


वजन त बढ्ने नै भो नि होइन र - अब ननिकालेर पेट मा राखिरा पनि


वजन हुन्छ केरे - अब त्यो पेट मा भा चिज लाई निकाल्नु पर्‍यो अनी त


५-१० किलो त्यसै घट्छ कि कसो


 
Posted on 07-14-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गणपतीमय जदौ।


सार्वजनिक सूचना ।


अस्ती शुक्रबार साँझ चौतारीबाट फर्के देखी हल्का ज्वरो आइ, शनिबार सम्ममा मध्यम ज्वरो र आईतवार देखी उच्च ज्वरो आइ थला परेको र सोमबारका दिन यहाँ का चिकित्सक शाहीबाले फ्लु भएको घोषणा गर्दा छाँगा बाट खसे जस्तो अनुभव भयो। तथापि अन्य लक्षणहरुको गहन बिश्लेषण पछी हर्के मार्का फ्लु होइन भन्ने निश्कर्ष निकाल्दा अति नै प्रफुल्लित भएं ।


चौतारीबाट नै सरेको फ्लु, फेरी चौतारी मा आइ अरुलाई सार्ने दुष्कर्म यो ठुलदाइ बाट हुन नसक्ने हुंदा यो सूचना आफ्नो सहयोगी मार्फत टाँस गर्न पठाइएको छ । यसै पर्चा लाई उपस्थिति मानी चौतारीका दैनिक कृयाकलाप पूर्वत रूपमा संचालन गर्न हुन सबै औतारिहरुलाई हार्दिक् अपिल गर्दछ । 
 


 
Posted on 07-14-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, टाँस्नै ला बेला रिफ्रेश गरी हेरेको त दाई आइसक्नु भा रेछ। दाईको सिघ्र स्वास्थ्य-लाभको कामना गर्दै, सब्बै आउन बाँकी कामचोरहरुलाई प्रणाम भन्न चाहन्छु।

गेट वेल सून, ठुल्दाइ!

 
Posted on 07-14-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम गाम्ले हरु, आज त ठुल्दाइ फर्स्ट , दाईको सिघ्र स्वास्थ्य-लाभको कामना ।


खै त अरु औतारी हरु कता हराए । ल आउँदै गरेका लाई जदौ ! 


 
Posted on 07-14-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको चाडै स्वास्थ्य लाभको कामना गर्दै , (धन्न प्रभु हर्के मार्काको फ्लुले छोएनछ ।), सप्पै गाम्ले हरुलाई पहिलो नमस्कार अनी जदौ।


 


 
Posted on 07-14-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ पुरे  बैरे अनी हर्के दाई


ठुल्दाइ को सिध्र श्वासथ लाभ को कामना गर्छु


 
Posted on 07-14-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग - २


लहरे - म न्यू योर्क मा


तरुनी - न्यू योर्क - कस्तो रमाइलो हुन्छ होला है तपाईंलाई


लहरे - किन


तरुनी - अब न्यू योर्क मा बस्न त रमाइलो नै हुन्छ नि


लहरे - ठिकै छ - रमाइलो भने को कहिले काही हुन्छ


तरुनी - मलाई त खुब मन पर्छ नि न्यू योर्क - इट्'स् माइ ड्रिम सिटी ---- अनी न्यू योर्क कहाँ बस्नु हुन्छ तपाईं


लहरे - टाईम्स इस्क्वार (गफै तो हो जे पर्ला पर्ला भनेर दिदे) 


तरुनी - भनेपछी न्यू एअर मा एकदमै रमाइलो हुन्छ होला है - न्यू एअर मा बल खसालेको हेर्नुभाछ


लहरे - किन नहेर्नु - मेरो कोठा ठीक अगाडि त हो - कोन्सर्ट अनी बल खसालेको मजाले हेर्न पाईन्छ, कन्सर्ट हेर्न त मजै हुन्छ लाईभ 


तरुनी - वाउ यू आर लुक्की


लहरे - आइ एम नट लुक्की, आइ म लहरे


तरुनी - यू सो फुन्नी, हाहा - अनी त डिस्टर्ब हुँदैन तपाईंलाई सुत्दा खेरी - टाईम्स स्क्वार मा त २४-७ हल्ला खल्ला हुन्छ


लहरे - कहाँ हुनु - सोउन्ड प्रुफ अपार्ट्मेन्ट छ मेरो


तरुनी - तपाईंले मलाई गफ दीइरा हो


लहरे - के गफ दिए र मैले


तरुनी - अपार्ट्मेन्ट सोउन्ड प्रूफ भए न्यू एअर को दिन कोन्सर्ट कसरी सुन्न सकिन्छ त अपार्ट्मेन्ट बाटै


लहरे - त्यो त सेटउप गर्न मिल्छ नि - चाहेको बेलाम सोउन्ड प्रूफ बनाउन सकिन्छ - अमेरिका हो यो तरुनी अमेरिका


तरुनी - ओ आइ सि - क्या मज्जा - मलाई पनि बस्न मन लाग्यो त्यस्तो घरमा


लहरे - आउ न त मेरै अपार्ट्मेन्ट छदैछ नि बस्ने भए - बस्न लाई के को फिक्री भो र


तरुनी - नाइ नबस्ने - नचिन्या मान्छे सँग पनि सँगै अपार्ट्मेन्ट मा बस्छ त - म त नबस्ने


लहरे - चिन्जान गरौ न त्यसो भए, म लहरे, न्यू योर्क मा बस्छु अनी अहिले तिमी सँग कुरा गरिरा छु हाहा


तरुनी - म तरुनी काठमाडौं नेपाल बाट, बाइ द वे, तपाईं कहाँ काम गर्नु हुन्छ


(के भन्ने भनेर सोचेमा परे, गफ त दिनै पर्‍यो)


तरुनी - के भो - व्हेर डु यू वोर्क


लहरे - वाल स्त्रिट मा 


क्रमश: 



 


 
Posted on 07-14-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे , केली सम्बाद हो कि के हो , केली नै हुनु पर्ने हो काठमान्डौ बाट कल आको भनेसी केली नै हुनु पर्ने हैन र भनेको ?
 
Posted on 07-14-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै को भन्ने हर्के दाई - नाम त केली सँग मिल्दैन - अब को भन्ने - को होला - रिसोच गर्नु पर्ने देखिन्छ
  


 


 
Posted on 07-14-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau lahare ta yeta po busy......ani rahulvai dai dherai sungur/bangurko momo dankayo ki kya ho joro aune gari :D ...hoina garmima rukh jhangindai aunchha keti haru nangindai janchha bhanthyo buda paka harule......yo chautari ni keti ho ki kya ho kasto sunsan :P

 
Posted on 07-14-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम स्पोके लोङ टाईम नो सि - के छ -


खै के भा हो चौतारी लाई - आँखा लाग्या जस्तो छ -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters