[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148108 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 05-06-05 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-06-05 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( dherai kura khelaunu bhayena guru maan ma
ani katti dar bhanya usle k bhanla ra esle k bhanla bhanera
bhutrai siddhi jasle je bhane pani , kya guru
lau manju ko kahani sunau na aru kuri baschu ma yahan
 
Posted on 05-06-05 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai ta padhnai jhyau lagyera ayo... :o zzzzzzzzz yawnnnnnnnnnnn
 
Posted on 05-06-05 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Get the hell out USASIALI....झ्याउ लागे।:०@
लु जा त।

 
Posted on 05-07-05 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग आयो कि भनेर छिर्या थिएँ। कुरो त्यत्ती हो।
 
Posted on 05-07-05 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau mero story sanga thikka mildo rahechha..i guess i betta not to put ma story here ;)
 
Posted on 05-07-05 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Usasiali जी,
तपाईँलाई झ्याउ लागेछ, सरी है। के गर्नु सबैजना एकै किसिमका काहाँ हुन्छन् र? फरक हुन्छन् सोचाईहरु, फरक हुन्छन् चाहनाहरु र फरकै हुन्छन् नि त बाताबरणहरु पनि। सबैका इच्छा अनुसारको एकल लेखन पनि त असंभब छ, हैन र? तेसैले त यो साझाका जन्म भको होला नि, सबैको कुरा सबैले लेख्न।

अन्य सबै साथीहरुलाई कमेन्ट र हौसलाको लागी धन्यबाद दिदैं यो शनिबारको मध्येरातमा मेरो कथाको दशौँ भागः

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड १०
घर पुगेँ। सबै धन्दापात्रा गरि सकेर सबै मिलेर ढिँडो खायौँ, गुन्द्रुकको झोलसंग। आमाले पुसमा आलुबारीको भित्तामा छरेको सागको क्या मीठो गुन्द्रुक बनाउनु भा थियो, जिब्रोमै झुन्डिने। सबै धन्दा सकेर सबैजना सुत्ने तर्खरमा लागे। म पनि अब सुत्नु परो भनेर गुन्द्रि ओच्छ्याएर अगेनाको छेउमा ढल्केँ। निन्द्रा लागेन। किताब थिएनन्, यसो हेर्नलाई। ताराको कुराले मलाई कस्तो कस्तो लागिरह्यो। नानाभाँति कल्पनाहरु मडारिए, मेरो मस्तिस्कमा। कहिले के सोच्छु, कहिले के। कहिले राम्रा कुरा खेल्छन्, कहिले नराम्रा। कहिले सुखद् भबिश्यको कल्पनामा डुब्छु त कहिले निष्पट्ट अँध्याराको। कहिले भबिश्य नै काल बनेर तेई बाँकि भको मेरो सानो परिवार पनि तहसनहस भएको संसारमा आफैंलाई छट्पटिरहेको पाँउछु त कहिले आसाका किरणहरुले नौलो बिहानीसँगै मेरो सानो सन्सारमा प्रवेश गर्दा खुशिले पुलंक्कित् हुन्छु। कहिले जीन्दगीदेखि नै दिक्क लागेर आउँछ, कहिले "मानिस कहिले पनि ठूलो जन्मिँदैन, उ त बढ्दै जाँदा आफ्नै काम कर्मले ठूलो हुने हो" भन्ने आमाको अर्तिलाई मनन् गरी सकेसम्म जीवनलाई उज्यालो तिर डो-याउने प्रण गर्छु।

१२/१३ बर्षे मेरो मानसपटलमा घरको चिन्ता थियो, स्कुलको चिन्ता पनि थियो नै। "फेरी मञ्जु...!! यी मञ्जु मेरो दिमागमा किन आईरहन्छिन्? मैले यिनको के खाई देको न के लाई देको? बरु परिचय नै नभाको भा त हुन्थो नि बरु। खै तेत्रा बिधि केटीहरु छन् त रामपुरमा, तिनिहरूको त मलाई केहि मतलव छैन नि। मैले पनि हैन है फेरी उनले नै शुरु गरेको परिचय गर्न। यसमा मेरो दोष त केहि पनि छैन नि। भोलि के हुने हो त स्कुलमा? मञ्जुले मलाई देखिन् भने म कता भाग्ने होला? बरु भेटै नभैदे पनि हुने नि!" कल्पनै कल्पनामा म रुमलिन्छु। बनको बाघले खाओस् कि नखाओस् मलाई त मनको बाघले नै खाईसक्यो। बिहान उठेर पनि पहिले झस्स तेहि हिँजोको कुरा सम्झिएँ। "आहा! बरु सपना भा पनि त कति जाति हुन्थो नि।" मनमनै रमाएँ पनि। "तर....तर हिँजोको कुरा त विपना नै हो" मनमा फेरी चिसो पस्यो।

"आ, जे सुकै होस्, मलाई के मतलव?" मन दरो पारेँ। बिहानका सबै काम सकेर सदा झैँ म पनि स्कुलतिर लागेँ। तर पनि के गर्नु? मनै न हो, सोचाई पुगिहाल्छ। मनै गह्रौँ बनाउदै स्कुल गएँ। तारा त्यो दिन स्कुल गईन। घरमा पूजा लाको रे, श्री स्बस्थानीको। ताराकी आमा र भाउजु देबैले लेको रे ब्रत। मेरो घरका सबैलाई प्रसाद खाने चुलै निम्तो थियो। बेलुका घर फर्कँदा प्रसाद खान पस्नु पर्ला भन्ने सोच्दै स्कुल गएँ। कतै मञ्जुले देख्छिन् कि भनेर उनको घर देख्ने बितिक्कै झसंग भएँ। म त उनिसँग साँच्चै नै पो भाग्न लागि सकेँ। स्कुल पुग्दा ढिलो भैसकेको रहेछ। सबैले बिहानको प्रार्थाना सकेर क्लासमा पसेर कक्षा गीत गाउँदै रहेछन्। म पनि खुसुक्क ७ कक्षामा पसेर अरुसँगै गाउन थालेँ। सरहरु आउनु भो र दिनभरी पढाई भो। यसैगरी बित्यो मेरो त्यो हप्ता। न त मञ्जुसँग नै जम्का भेट भो, न त गफगाफ नै। तारासँग पनि केहि भनिनन् रे मञ्जुले, यसो के-कस्तो छ भन्ने बाहेक। टाढा-टाढा चाहिँ अलि अलि देखेँ मैले पनि। न उनी मेरो नजिक आईन्, न म नै गएँ उनको नजिक। सोचेँ "मञ्जु अब मसँग बोल्दिनन्। किन बोल्नु त मसँग, के नै पाउँछिन् र मबाट, सबैकुराबाट बञ्चित् मानिसबाट? ठीकै छ नि, नबोलेर पो मेरो के बिग्रिन्छ र?"।
क्रमशः
 
Posted on 05-07-05 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री स्बस्थानीको पूजामा ताराको घरमा उस्कि रामपुरकी काँईली फूपु पनि गईछन्। ताराका बाउले छोरी रामपुर पढ्न थालेको कुरा पनि गरेछन्। तारालाई दैनिक ५/६ घन्टा हिड्दा गाह्रो भको कुरा पनि भएछ। अनि तारा रामपुर मै बस्ने कुरा मिलेछ, काँईली फूपुको मै। आउदो आईतबार देखि नै बस्ने कुरा भएछ। त्यो आईतबार बिहान त दाजु-वहिनी सँगै गइयो स्कुल पनि। "अब भरे बेलुकाबाट त फेरी एक्लै हुने भएँ, बाटो हिड्दा। एक्लै हुँदा त बाटो काट्न पनि कति गाह्रो हुन्छ?" भन्ने सोचाई घुमिरह्यो। "दाजु, भरे देखि त्यो स्कुलको गेटको चौतारामा मलाई नपर्ख है! म पनि तिमीलाई कुर्दिन त्याँ" रामपुरको डिलमा निस्कनै आँटेका बेलाँ ताराले मेरो ध्यान भङ्ग गर्दि। "हुन्छ, अलि राम्ररी पढ् है तारा रामपुर बस्न पाए पछि त फष्ट हुनु पर्छ नि!" भनेको मात्र के थिएँ, झट्ट सम्झेँ "मञ्जु पनि त तेहि क्लासकी हुन् नि साँची। दुबैजना कसरी फष्ट हुन सक्छन्?"। जो भए पनि मलाई त ठीकै छ नि। पहिला/दोस्रा चाहिँ तारा र मञ्जु नै होउन् भन्ने सोचेँ। "ल अब शुक्रबार दिउसो चाहिँ सँगै फर्कने है त दाजु, म फूपुकोमा निस्केर जान्छु" भनेर तारा गाँउको बाटो लागी। म चाहिँ सधैँको स्कुल जाने बाटो नै स्कुल तिर गएँ।

दिनभरीको पढाई सकेर सदा झैं घर हिँडे, त्यो दिन पनि। हुन त ताराले त्यो चौतारामा अब म कुर्दिन भनेकी थिई, तर पनि गेटबाट निस्कने बित्तिक्कै आँखा तेहि चौतारातिर गई हाले। म त झसङ्ग भएँ, अक्क न बक्क। त्यो हामी सधैँ बस्ने चौतारामा त मञ्जु पो बसिरहेकी रहिछिन्। "ला अब के गर्ने होला?"भनेर म त बिलखबन्दमा परेँ।

"ओम दाई! कति धेरै पढाई भको तपाईँको त, सातौँ घन्टी पनि पुरै?" मञ्जुले निकैबेर कुर्नु परे जस्तो गरिन्। अर्कै बिषय-प्रसंगको कुरा गरेपछि मेरो पनि सास आयो।
"खै त तारा?" मैले अर्कै कुरा गरेँ, ताकि कुरा हिँजो तारासँगको गफबाट टाढै राख्न पाईयोस्।
"तारा त अघिनै जानु भो, आजदेखि रामपुरमै बस्ने रे, फूपुकोमा। हाम्रो सातौँ घन्टी पढाई नै भएन आज।"
"अनि तिमी यहाँ के गरेर बसेकी त?" नरम् स्बरमा मैले कारण बुझ्न चाहेँ।
"तपाईँलाई कुरेर....। बुबाले आज तपाईँलाई हाम्रो घर लेर आउनु भन्नु भा छ, मलाई। आज तपाईँ हाम्रै घरमा बस्नु रे!" उनले सासै नफेरी सबै कुरा सकिन्। मलाई डर लाग्न थाल्यो। "किन हो त मलाई बोलाको? घनश्याम सरले गाली पो गर्नु हुने हो कि? के काम परेछ त मलाई बोलाउने?" मनमनै संभाबित कारणहरु खोट्टाउन थालेँ।
"किन?" मञ्जुबाट केही सुईँको पाउने आसमा सोधेँ।
"मलाई के था त? बुबालाई सोध्नुस् न भरे घरमा" उनले केहि पनि थाहा नपाको जस्तो अभिनय गरिन्।
अब सरले बोलापछि नजाउँ भने पनि किन नजानु? जाउँ भने पनि घरमा आमालाई केहि पनि नभनि आको छु। मैले कुरा टार्ने बिचारले भनेँ "भोली जाँदा हुदैन?"।
"हुन्न के! आजै जसरी भापनि लेर आउनु भन्नु भा छ। ओम दाई, आजै हिड्नु न आजै के, नाईँ ओम दाई, आजै हिड्नुस् न" उनको लाडेपन फेरी प्रकट भो। जिद्दी नै गरेपछि त के गर्नु, फेरी केटी मान्छेले? म पनि लुरुलुरू मञ्जुको पछि लागेर उनकै घर गएँ।
साझाल्यान्ड,
२२ बैशाख, २०६२
 
Posted on 05-07-05 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*सच्याईएको*
खण्ड १० अन्तमा "२४ बैशाख, २०६२" हुनु पर्ने मा अन्यथा पर्न गएकोमा सच्याईएको छ।

-----
ओके

 
Posted on 05-07-05 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-05 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) हाजिर ०१:३६ ने स

 
Posted on 05-08-05 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जिद्?दी नै गरेपछी त के गर्नु,फेरी केटीमान्?छेले ?
म पनि लुरुलुरु मन्?जुको पछीलागि उनकै घर गँए'
हे हे हे हे आखिर केटामान्?छेको कमजोरी न हो कि कसो?? ok ji......
;-) रायन

 
Posted on 05-08-05 5:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani tyas pachi ke bho ??
Sir le ke bhannu bho ta?
 
Posted on 05-08-05 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे
२ पल्ट पो हाजिर भे'छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters