[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 161100 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-04-06 1:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhatteri Gotame ta fasenan. Nepesahila fasihale. Aba Kick ani Laleko palo chha.
 
Posted on 01-04-06 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lale will write,

"म लुउदी खोल्खोलै आम्दै थिएँ. सान दाइले त मलाई पुरुस्कार दिए नि केटाओ."ए के भओ, हँ? के सुन्न परेको यस्तो?" भनेर म धर्मे स्यानाबाका कटेरा पछिल्तिरट पुत्तपुत्ती उफ्रेर आएँ नि केटाओ. पछि पो कुरो छर्लगं भओ जम्मैले पाका रचन नि पुरस्कार त.
"
 
Posted on 01-04-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kick will write,

तेरिमा टोक्नी. हेर केटा हो, बाघ बुढो र स्याल तन्नेरी भन्या के हो बुझेऊ? तिमेरु जम्मैलाई कालिआँ पछारेर मैले अवार्ड हात पारेँ. लौ खाओ अब.
 
Posted on 01-04-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त धन्नै मोरिएन गाँठे !
यौटा चिप्लेकिरा'स्तो लाऽऽऽऽमो मटर ट झरेर आर्काँ जान परो भनेर यसो बाटो काट्न ला'को त आर्को उस्तै मटर उता'ड आको रच मेसै पाइन !तोरी छरम् भनेर हल्गोरु खोज्न हिडेको मेरा सुद्दिनी काँ थे कुन्नी !धन्नै डाइबर मोरो बुडो भ'नी पक्को रच र एकहातका फरकाँ रोको र पो त, बज्जेले त मलै गाली नी अरो अनि के के भनो के के त्यसैका बोलियाँ ! दम्तरीरु भा'भे बज्जेलै तेइँ बेसरी गोद्न हुन्तो भन्ठाने मनमन, बोल्न त केइ नी बोलिन !
छ्या म मो-या भे ??! चौताराँ फेरी आर्को हल्लाखल्ला हुन्तो होला ! साइँलालै स्वादे हुनि त्यो चौराँ टिनिस खेल्नी मनशोबा ( Kournikova) लाइ लोभी आँखाले हेर्यो भनेर दोष ला'र म सँ मुर्मुरियाछन् करे ! :)

एक्लै हिडेसी दुख पाइनी त नी, दादालाइ ले'र हिन्न पर्नी रच, पैला बुद्दिनी आ'न । चिन्न त चिनिचु तो डाइवरलै क्यार्नी हो खोइ ?!
 
Posted on 01-04-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे,
त्यो मनसोभा (kournikova) काँ हो र, सानुसोभा (sharapova) पो हो। हुन त मनसोभा पनि बिसको उन्नाइस त हैन, तर तेल्ले त्यो इस्पानी घिनलाग्दो ठिटो (enrique) सँग लहस्सिन थाले' छि अलिकति मन मानेन क्या।
 
Posted on 01-04-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे दादा, कस्तो ठ्याक्कै कुरो मिलाको हो, लाले र काका ले बोलेको जस्तै!

यो समून्द्रे र साइँलोको कुरो सुने देखुन मन नै भरङ्ग भो गाँठे!
मुईले पनि त्यो मनसोभालाई त हेर्थे के उतिबेला, त्यो टिनिस खेलेको कुरो चाइ बल्ल था भो। क्यार्नु खालि उसले लाएको लुगा फर्रफराको मात्तै हेरियो
के खेल्या हो पत्तै भएन। त्यस्तिले क्यार्न टिनिस खेल्या होला? सप्पै ध्यान जती अन्तै जाने। लु म चुप लाए अब फेरि बुढो पात्तिएर बढि बोलो भन्चन।
 
Posted on 01-04-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरिमा टोक्नी. हेर केटा हो, बाघ बुढो र स्याल तन्नेरी भन्या के हो बुझेऊ? तिमेरु जम्मैलाई कालिआँ पछारेर मैले अवार्ड हात पारेँ. लौ खाओ अब.
**
दादा, हेड सर र पिउनका कथाले मन छोयो है मेरो!
 
Posted on 01-04-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो धेरै पुरानो हो। म गाउँको स्कूलको ५ कक्षामा थिएँ कि जस्तो लाग्छ। त्यो बर्ष स्कूलका ९ कक्षाका विद्यार्थीहरुले उनीहरुको व्यवसायिक कृषि विषयको प्राक्टीकल अन्तर्गत काउली खेती गरेका थिए। त्यो बेला स्कुलमा ९-१० का बिद्यार्थीहरुलाई स-साना जत्थामा विभाजन गरि स्कूल कै खेत छुट्याएर विभिन्न थरिका तरकारी तथा अन्नहरु लगाउने गराइन्थ्यो खेतिपाति सिकाउनलाई। त्यसबाट पछि उब्जेका अन्न तथा तरकारीहरु बेचेर उठेका पैसाले विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लैजाने वा स्कूलको बार्षिक बनभोज गर्ने चलन थियो।

कसै कसैलाई अचम्म लाग्न सक्छ तर त्यो बेला हाम्रो गाउँमा काउली जस्ता तर्कारीको चाहिँ अभावै थियो। त्यसैले काउली तेति धेरै खान पनि पाँइदैन थियो र कहिलेकाँही किन्नै पाए पनि अलि महंगो नै हुन्थ्यो। धेरै मीठो लाग्थ्यो, काँचै पनि मजाले खान सक्थेँ (त्यसो त अहिले पनि सक्छु है)।

जे होस्, विद्यार्थीहरुले रोपेका काउली राम्ररी हुर्के, अनि पछि मजाले फक्रे। त्यति बेला मेरा साथीहरुको जमात अलि उरन्ठ्योलो थियो। आरु, आरु-बखडा, उँखु, काँक्रा आदि इत्यादि चोर्ने, चराका गुँड खोज्ने, मटेंग्रा बनाउने, गुलेली खेल्ने, घरमा नभनिकन सुटुक्क खोलातिर गएर माछा मार्ने अनेक थरि बदमाशी गरिरहिन्थ्यो। यस्तै सिलसिलामा हाम्रा आँखा ती लोभलाग्दा कलिला काउलीमा नपर्ने त कुरै भएन्। म, मेरो दाई र एक जना साथी भएर ती काउलीका बोट चोरेर, पातै समेत खानुसम्म खायौँ। ४-५ दिनमा सान-सानो खेतको आधै जस्तो काउली हसुरियो होला। निकै मज्जा भयो, तर त्यसको स्वाद धेरै दिन सम्म चाहिँ टिकेन् है।
 
Posted on 01-04-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस बेला हाम्रा स्कूलका हेड सर अत्यन्तै कडा मिजासका! उनी आउँदा स्कूलका सबै विद्यार्थी आतंकित हुन्थे। काउली चोरीको खबर सुनेपछि बुढा कृध्द त हुने नै भए।

स्वभावत: काउली चोरहरु पक्कै पनि बिद्यार्थीहरु मध्ये बाटै हुनुपर्छ भन्ने भयो। त्यसपछि हेडसरले एउटा सूचना जारि गरे, जुन हरेक कक्षामा लगेर पढेर सुनाइयो। त्यसमा काउली चोरहरुले तुरुन्त हेड सरकोमा गएर आत्मसमर्पण गर्नु पर्ने, होइन भने दोषीलाई पत्ता लगाएरै छाडिने, कडा भन्दा कडा कारवाही गरिने तथा पुलिसलाई समेत खबर गर्न सकिने त्यस्तै त्यस्तै। साथै यदि अरु कसैले काउली चोरहरुका बारेमा स्कूललाई सूचना दिएमा उसलाई ठ्याक्कै कति हो त बिर्से तर त्यति बेलाको लागि राम्रै रकम इनाम दिने घोषणा गरे। ए मेरी बास्सै, भएन अव मर्नु? हामीहरु थर्कमान भयौं। के बिधि झमेलामा फसियो भनेर निक्कै नै आत्तियौं। ''कसैले देखेका थिए कि?'' भन्ने शंकै शंकाले निकै पिरलो भयो धेरै दिनसम्म। बेकारमा खाइएछ काउली भनेर ठूलो पछुतो भयो। तर हेड सरकोमा गएर आफैले कुरा खोल्ने त प्रश्नै रहेन तै पनि। यस्तो जाबो काउलीले यति ज्याद्रो ठूलो घटनाको रुप लेला भन्ने त सपनामा पनि चिताइएको थिएन्। तर भयो त्यस्तै।

जे होस्, भगवानका कृपाले कसैले थाहा पाएका रहेन छन्। कतैबाट पनि हाम्रा विरुध्द उजुरी परेनन्। धेरै दिनको पिरलो र उकुसमुकुस पछि त्यो कुरा आफै सेलाएर गयो। गर्नै नहुनि काम गरिएछ भनेर हामीले पुरा का पुरा चेत्यौं। यो घटना पछि म र मेरो दाई अलिकति भए नि सुध्रियौं कि जस्तो लाग्छ मलाई।

विचरा हेड सर! उनका लागि त झनै राम्रो भो चोरहरु फेला नपरेको। कथंकदाचित चोरहरु पक्राउ परेका भए आफ्नै दुई छोरा नै काउली चोर रहेछन् भन्ने थाहा पाउँदा बुढाले के गर्थे होला? अनि विद्यार्थी र गाँउलेहरुले के भन्थे होला??
 
Posted on 01-04-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please read 'कृध्द' as 'क्रुध्द'.
 
Posted on 01-04-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काउली को त त्यस्तो हालत, प्याउलीहरुको के हालत बना'हुनन् यी काकाले आफ्ना उमेराँ !:D
 
Posted on 01-04-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे समून्द्रे बुरो

काकाको कुरो सुनेर मुलाइ पनि इस्कुलको सम्झना आयो। खै आफूले पढ्ने बेलाँ त के को काउली
के को प्याउली दुबै तिर पाले हुन्थे, चोर्ने आँटै नआउने।
:)
 
Posted on 01-04-06 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा तेसो भा त हुनु हुनत्तोनि, अब काका बुडालाइ डाइरेट नभनेनि येसो घुमाउरो पाराले सुनाकै हो केरे। अरु बराउनि अर्नि पाको मुन्छे को छ खै। अरु सप्पै को ताल देखिहाल्यौ। "येता छाम्यो भित्तो उता छाम्यो रित्तो" के येस्तो भओ हुननि लाले भनेर भौतेले भनेकै बर्ष दिनजति भओ भने येस्तो बेलां मेरो बुटि बान्नि कुरा ता कताओ कता।
अब बिर्खे ले केइ अर्चनकि? हैन बिर्खे यो हिउदेचास लाउनि बेलां तिमि कता बरालिया छौ?
 
Posted on 01-04-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनत्तोनि‌‍‍‍‍=हुन्तोनि
 
Posted on 01-04-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kick,
विचरा हेड सर! उनका लागि त झनै राम्रो भो चोरहरु फेला नपरेको। कथंकदाचित चोरहरु पक्राउ परेका भए आफ्नै दुई छोरा नै काउली चोर रहेछन् भन्ने थाहा पाउँदा बुढाले के गर्थे होला?


लास्टाँ पर्दाफास गरेका ठाममा खुतुतुत्त हँसायेऊ.
 
Posted on 01-05-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छी लाओ, यै चौतारा' ढुँगा सुत्नपरो एउछिन ! हा ऽऽऽऽऽऽऽऽई ! रूखा हाँगा'ड चराले बिष्ट्याउनी हुन कि मुखाँ पर्नीअरी !

 
Posted on 01-05-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव दादाले कुरो को चुरो नबुझ्नी त किन पो हुन्तो र?

तर लौ न लौ, तो मुन्द्रेलाई त कोइ न कोइ पार्नै परो के केटा हो! कुरो सुरो बुझ्नु तेस्तै भओ के रे, हुँदा हुँदा तेल्ले त अर्काले काउली निमोठ्दा नि प्याउली निमोठेको सम्झिनि, मटरले किचेर धन्नै उँभो लाग्नि बेलाँ नि मनशोभा हो कि सानुशोभालाई सम्झिनि, अनौठै अर्न लाओ गाँठे। मेलोपाताँ नि मन नलाएर आधै काम रहँदै यतै चौपाराँ आएर केटी चाइयो भनेर गनगन अर्नि अर्च आजकल।

लौ सिरे, तैंले भने झैं तो हात मै आइसकेकी सुनाखरी त तेसैलाई जो पार्न पर्ला जस्तो लाओ मलाई नि! तेस्का फोटा देखेसि ''काका, भोक न निद्रा भएँ म त'' भनेर बिन्तिभाउ अर्तो अस्तिन। तेइ भउतेआ मयाले ''लौ त'' भन्न सकिन् तो वेला। लौ गोताएँ सोताएँ सँग कुरो अर्न पर्ला जस्तो छ तँसैले जो। तो भउते नि कता गओ कता के रे। ''तीनटी लेउन पाउन्नस्'' भन्देओ थेँ के रे, ठूस्केर कोइसित नि बोल्दिन भनेर बसेओ छ रे भन्नि सुन्चु। अव तेस्ता केटाकेटी पाराले नि कैं हुन्च र? तैं भन् त अव!

लाले नि केटी खोज्दिएन काकाले भन्दै कुँइकुँइ अर्दै हिन्च रे भन्नि सुन्चु। हैन यी लाठे केटाहुरलाई के भा को हो आजकल? केटीआ कुराँ यिनका एक रति हुति भए मरिजानु लौ! के भन्नु खै! तै केटो सोझै जो छ के रे, यल्लाई नि एउटी पार्नै पर्नि भओ। बिर्खे माइल्दाइ नि यसो कन्टेक सन्टेक (contact) भकै मुन्छे हुन कि झैं मान्चु। तो लाले केटोलाई गुन लाउँचन कि?
 
Posted on 01-05-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..Guys, before posting your stories or comments, could you please make sure that your encoding is Western European windows or ISO or whatever instead of 'unicode'. I think many people in sajha don't know how to read unicode posts and that might be putting them off from visiting chautari. Cheers!
 
Posted on 01-05-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जायज कुरो अरेउ काका ! मलैनी भनम् भनम् त ला'थ्यो ।चारैतिर हेर्न खोज्दा कहिले पश्चिमको झ्याल (western ISO) खोलिनि र'च कहिले ऐनातिर (Unicode) हेरिँदो र'च। जे भ'नी लेख्नी बेलाँ सपैले पश्चिमतिरा' झ्याल (western ISO) खोल्न बिर्सन भ'न !
 
Posted on 01-05-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाले मुनासिब कुरो अरे। घामाँ मस्यौरा सुका अस्तो गन्ट्याङ्ग गुन्टुङ् फूल बुट्टे अक्षेर नबुझसी चाइन्जो मुन्चे त चौतारिआँ आम्नै छाड्चन्।

यो लाले लाई केइ अर्नु परो काका। लाठे राँओलाई बेलाँ किलो ठोकेर बाँध्नु पर्च नत्र अर्का खेत माड्दै हिड्च फेरि!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters