[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 155064 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-07-06 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यापो रहेछ

 
Posted on 09-07-06 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै । । भाले त गज्जब को छ त ह, वा बिदेसा फिरिज मा राखेको के जाती बोइलेर चल्लो को कातेको बासी साप्रा मात्रै देखेको, यो भले देखेर त मुखै मिठो भो, त्यो भाले चै मै खुइलौछु है । ।
 
Posted on 09-07-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....म चै लागे कइता खोज्न

 
Posted on 09-07-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची गाउले हो था पायोउ, वा पश्चिम्मा कास्की जिल्ला को लेखनाथ नगरपालिका म एउटै स्कुल का २१ जना केटी हरु धमा धम् बेहोस् भए रे, नाग मारेका रे अस्ती को हप्ता, अहिले जम्मै जना नाग् को सपना देख्दै करौदै बेहोस् भए रे, मैले लाहुराअ हुँदा किनेको रेडियो ले भ्क्खर खबर भनेको । ।
 
Posted on 09-07-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम बुडो भएसि सुद्धि नि हराम्छ भन्ते हो रैछ।

तितौरीssss ए तितौरीssss लु तिमीलाई के चाहिन्छ भन न त? बरु ठुल्नानिलाई नि ले'र आउ है? ल अब नरिसाइकन गट्टा खेल्न सिकाउन है...हेर यस्तो रिसको पोको हुनुहुँदैन के, धेरै रिसाउने गरो भने नराम्रि हुन्छ बाबै। लु अब मुसुक्क हाँस। :):)

..धानको बाला ललौरी बिलौरी
झुम्का लगाई नाचौलि तितौरी..
:)
 
Posted on 09-07-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे बा, यो नाग लाई खुशी पर्न के गर्नु पर्छ क्यारे? अब गाउ को जान्नि सुन्नी, बुदा पाक तपाईं नै हो, एसो केइ सुद्धी लौनुस् त ।
 
Posted on 09-07-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे काका(बिरखे बा.....:) :) ) प्रिति र तिरुलै मात्र हो । खुरुक्क एउडो ‍‌‌+२.२५ पावर भाको चस्मा किनदिए मै सिकाइदिन्थे के रे रुमाल मा बुट्टा भर्न। त्यो के जाति गट्टा खेलेर ट्याम बरवाद गर्न भन्दा गतिलो काम नि हुने एउडो चिटिक्क को हरियो बुट्टाभा'को रातो रुमाल बिर्खेनि काकीलै दिन नि हुने
......

त्यत्रो दिन परोढशिक्षा पढा'को नि वेकार हुने भो झन ......:(:(:(
 
Posted on 09-07-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहि!!
हस् अब गटटि खेल्न सिकाइदिन्छु है जिम्माल् बा तर झेल्लि गर्न पाइन्दैन भन्दिया छु ।ठुल्नानिलाई नि ले'र आ'छु नि, यहि त छे ,देख्नु भएन र ?.... हरे चस्मा नै ला' रेन छ नै काँ'ट देख्नु। :p:p

मिस् कति मिठो मकै ल्याउनुभा म नि खाने है पोलेर। :D

अँ! मिस् लाइ पावर् चस्मा रे :o किन ? लौ !
 
Posted on 09-07-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपजी, माने यार तपाईँको लेखाईलाई! साधारण विषयवस्तु तर रमाईलो प्रस्तुति।
तिरुको कविता राम्रो छ, स्केच झन राम्रो छ। अरु अरु पनि स्केच राख न है। यो चौतारीमा अक्षरहरुको बिस्कुन लागेकै छन्, अब राम्रा राम्रा चित्रहरुको पनि बिस्कुन लाग्यो भने सुनमा सुगन्ध हुन्थ्यो।

चौतारीमा माइला, साहिला, कान्छा थिए (जेठा त लाहुरे दाइ हुन् के रे!), अब काइँला पनि आएछन्। स्वागत छ काइला तिमीलाई। तिमीसंगै मुग्लान पसेका ठाइँला र राइँला कहिले फर्किन्छन् नि!

लेख्दै गरे है गाम्ले हो। राहु जस्तो साहुले आज दिऊँसो बाट अलि अलि फुर्सद देला जस्तो छ। अनि म पनि जमम्ला!

जाँदै गर्दा फेरि एउटा जोक। मैले हिन्दीमा सुनेको, ओशोको एउटा प्रवचनमा।

हिरालाल साहूको गहना पसलमा काम गर्ने केटाको एउटा ठूलै (मतलब धनी) ग्राहकसंग नराम्रोसंग भनाभन भएछ। बोल्दाबोल्दै केटाले खान साहब भनिने त्यो ग्राहकलाई "--जाओ
जहन्नुममें!" (---नरक गएस् तँ!) भनेर भन्देछ। खान सहबले हिरालाललाई कम्प्लेन गरेछ। हिरालालले केटोलाई गाली गरेछ, यस्तो धनी ग्राहकलाई पनि भड्काउने हो भनेर। "फोन गरेर माफी माग्।" भनेर साहुले भनेपछि केटाले फोन ग-यो।

"हेलो----"
"हेलो---खान साहब हैँ घर पर?"
"खान ही बोल रहा हुँ। बोलो ।"
"मै हिरालाल जौहरीके यहाँसे बोल रहा हुँ। कल मैँने आपको बोला था ना 'जाओ जहन्नुम् में--'
"हाँ--! तो क्या--?"
"तो मत जाना भाइ!"
 
Posted on 09-07-06 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा
मरे है हासेर गौतम् जि को जोक् ले .......... मलाइ त "वापस् आ जाओ भाइ! " भन्छ् जस्तो लागि,रा :O
 
Posted on 09-07-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कबिता चिन्ने प्रतियोगिता अब जस्ले सबै चिन्छ त्यो पुरस्कार पाउछ



"मलाइ चिन्दछौ तिमी ? म सिर्जनासितार हुँ
अनन्तसम्म तन्किदो अनादिको मतार हुँ
म बझ्छु झन्झनाउदै समस्त सौर्य मण्डल
जहाँतिमी लुकिरहू म खच्न सकछु त्यो दिल "
-------------
माथिको हरफ हरुको लेखक कविको नाम कस्ले भन्न सक्छ ??
 
Posted on 09-07-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् महकवी लक्ष्मी प्रसाद देव्कोत जतो लाग्यो मलाई
 
Posted on 09-07-06 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मिस् ले लेख्या लेख्या जस्तो लाग्यो भनुम्.... कि..... नभनुम्.... भन्दिन बेकार् मा उठ्बस् गर्नु छैन :पि )
आएन......पाssssssssssssssssssssssस!!!!!!!!!!!!
 
Posted on 09-07-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनन तिरु किन डराउछ्यौ। अन्तिम मा भन्ने है स्कोर चै काइला :)

"मुखैमा हान्दिन्छु साली लानेलाई
झन् काँ साली दिन्छु गाई खानेलाई?
लाने नै हो भने आऊ जनई भिरेर
खाको हरेक गाईको मिल्दो दाम तिरेर। "
.......


यो हरफ कस्ले लेखेको अं .... लेखक कविको नाम भन्नु पर्यो ?

:)
 
Posted on 09-07-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मैले लेखेको हैन है त्यो कविता मैले भन्देको छु। पछि "तैँले लेखेको" भनेर गाली नगर्नुस् नि।
 
Posted on 09-07-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो त पक्का पून्टे दाईले हो।
 
Posted on 09-07-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नहसाउ के खुरुक्क कविको नाम भन
:D
 
Posted on 09-07-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ नि पुन्टे दाइ ले लेखेको जसो लाग्यो १००% । भन्दिनु पर्यो लौ जा ।
उत्तर्- "चौतारी कबिशिरोमणि पुन्टेदा "
 
Posted on 09-07-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D पहिलो नि भन

"बसन्तमा मुस्कुराउँछ फूल
मन हुन्छ अति प्रफूल्ल
तिम्रो आगमनमा पुष्प हाँस्छ
स्वागत गर्दै माला गाँस्छ। ""




यो ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
A legit Non-Profit organization "United For TPS Nepal "
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters