हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ नमस्कार है आईतवारए शुभ दिन को !!! के के हुँदै छ? खुब रमाइलो खेलेछन आफु छुटिएछ अहिले कोही छ खेल्ने? नेपे दाजु, चौतारी मा क्रान्तिकारीता अल्ली बढी भयो कि, कोही पनि त्यस्तो नहोला जो तपाईंले सोच्नुभएको छ (From my side too, No offend at all and I dont want anymore comments in 'CHAUTARI' regarding race, color, age and religion) लौ अब गीती कार्यक्रम सुरु गरौ है खोइ लहरे बाउचा ?
चौतारीमा त सबै चेतनशिल र समदृष्टि भएका छन् । त्यसैले यहाँ क्रान्तिकारिता आवश्यक छैन । परन्तु, हाम्रो मुलुकमा भने अज्ञानता र अहंकार अझै पनि छ र क्रान्तिकारिताको आवश्यकता पनि । त्यसैले क्रान्तिकारिता गलत ठाउँमा परेको हो, तर क्रान्तिकारिता नै चाही गलत होईन । यसो भने कसो होला ?
तैपनि नि (हिहि), एउटा काल्पनिक अवस्थाको लागि भने मेरो यो सानो बहस उपयोगी हुन सक्छ ।
मानीलिनुस्, उपल्ला जातका केही केटाकेटीहरु तपाई र एउटा कामी वा डुम (तराईका) को सामुन्ने लुकामारी खेलिरहेकाछन् । त्यसबेला तपाई के गर्नु हुन्छ ?
“माईन्ड नगर्नुस् है कामीदाई, यो तपाईलाई अपमान गर्ने शब्द होईन” भनेर टार्नुहुन्छ कि, “डुम” को साटो कुनै अर्कै शब्द भए पनि हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो ?
टारे टार्नुस् तपाइको खुशी, तर नटार्नेहरुको लागि भने नेपेले सुझाएको यो सानो सुझाव काम आउन सक्छ ।
यो बेकारको बहस चै होईन है भन्ने मेरो आग्रह । भुलचुक लिने दिने । ;-)
कुनै पनि शब्द आफै मा गलत हुदैन -- बरु मान्छे ले त्यसलाई कसरी प्रयोग गर्छ र कसरी बुझ्छ-- त्यो कुरो चै निकै महत्वपुर्ण हुन्छ -- कालो रंगको मान्छेलाई त काले भन्दा पक्कै पनि पिर पर्छ--
उदाहरणको लागी म छुच्छि छु नि अनिखेरि हउरहुरले ' मिस त छुच्छि छेस ' भन्दा मलाई रुन आउछ
ओ हो म त नाच्ने मेलामा ढिला भएछु नि त। उफ्री धन्यवाद है कस्तो राम्रो राम्रो गीत तासेछ, नाचुमा नाचुमा लाग्ने। तो ईलामे शहर मलाई एकदम मन पर्छ। अनी सुन्कै भाउ छ पनि।
छुचो त म पनि छु के रे, तर मुलाई त अरुले छुच्चो भनेको साह्रै मुन पर्छ। अरुले छुचो भन्यो भने झन खित खित खित खित हाँस्न मुन लाउनी के, उल्टै। के भा'को होला कुन्नि यस्तो?
-अब हउरलै त के अरि यिनुरका दाँत फुकाल्दिम भनेर पालओ कुरेर बस्नै ठिक्क हुन्च के रे -- निहु खोजेर -- अनि त खितखित हुने नै भयो के भा होला खै हउरलै अरु रुंदा खित खित लाएर आउनी--झांक्री बोलाम्कि दवाइ अर्न अस्तो लाउच मुलाइ त
सन्तान थरि थरीका !!!! छुच्चो मुख + छुच्चो मन छुच्चो मुख + सफा मन कुन चैं रोज्नु हुन्छ? ह्या चाहिने बहस् हो यो रमाइलो चौतारीमा? धुत् !!! हिंडे म। नमस्कार् दर्शन सबैलाइ।
क्यार्नु रमाइलो गर्नु पर्ने हो चौतारीमा तर मनाँ लाग्या कुरो नबोलि बस्न सकिएन। वास्तवमा यस्ता थुप्रै शब्दहरु अरुनि छन जुन हामीले जानि नजानि प्रयोग गरेका छौँ धेरैपल्ट। मिस दिदीले भनेझैं गलत भावनाले बोलिएका नहोलान संधै तर अझैपनि पहिलेदेखि चलिआएका उखान टुक्का वा माथि जस्तै खेल्दा प्रयोग गरिने शब्दहरु हामी प्रायश प्रयोग गरिरहेका हुन सक्छौं नानीदेखि लागेको बानीले गर्दा भनम न।
तर अहिले यसरी प्रयोग गरिने शब्दहरुका अर्थ र कुन परिस्थितीमा प्रयोग गरिएका वा शुरु भएका हुनसक्छन भन्ने बुझे पछि भने प्रयोग गर्नु भन्दा अगाडि दुइ बाजि सोच्नु जरुरी लाग्छ मलाई पनि। माथि हर्के दाईले त्यो अर्थमा प्रयोग गरेका पक्कै होइनन्। दशकौंदेखि चलनचल्तिमा रहेको र बच्चामा हामी सबैले प्रयोग गर्ने यस्ता शब्दहरु अनायाशै निस्किन्छन कहिलेकाहीँ हाम्रा मुखबाट बानीले गर्दा तर अफसोशको कुरा के भने धेरै पटक ता हामीले यो realize नै गरेका हुन्नौं कि हामी गलत गर्दै छौं र यस्ले अरु कसैको मन दुख्ला।
चलनचल्तीमा रहेकाले सामान्य लाग्ने यस्ता कुरामा सचेत र संवेदनशील हुन जरुरी छ हामी। जातपात, धर्म, रंग जस्ता कुराले सामान्य बोलीचालीमा पनि अरुमाथि भेदभाव गरिनु हुन्न भन्ने पस्चिमीहरुका थुप्रै कुरा राम्रा छन नि र भलै हामीलाइ नानीदेखि यस्तै बानि लागेका हुन र ख्यालख्यालैमा भनुंला यस्ता कुरा तर फरक पर्नेलाइ त परिहाल्छ नि।
पर्वतेले भनेझैं वास्तवमै हामी कोहि नहोलाउँ त्यस्तो तर नराम्रा कुरालाई देख्या नदेख्यै गर्न वा आँखा चिम्लेर denial मा बस्न नि त भएन। चौतारीको मात्रै कुरा गर्या हैन नेपालतिरकै यस्ता नराम्रा चलन, संस्कार वा प्रथाहरु भनम न। नेपे दाइले भन्न खोज्नु भएको यहि हो जस्तो लाग्छ र म सहमत छु पनि। हामी कोहि पनि अछुतो छैनौँ यस्ता कुराहरुबाट तर संवेदनशील हामी आफैं हुनु पर्छ पहिले अनि त बल्ल भन्न सकिएला यस्तो हुनु हुन्न हाम्रो समाजमा, हाम्रो मुलुकमा भनेर।
बरु नेप्ची भाउजु भाग्नु भ'च यस्तो नि हुन्च चौतारीमा भनेर। आउनुस भाउजु बरु हामीनि डुम हैन चोर खेलौँ। हाम्रातिर त तेसै भन्थे। अब साँच्चिकै चोरले चित्त दुखायो भने चाइं बरबाद। उस्को पेशालाइ नि त हेप्न भ'न।
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.