[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकी सभासदका उम्मेदवार तिवारी अन्तर पार्टिबाट निर्बिरोध हुने प्रवल सम्भावना
[VIEWED 6911 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-15 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चैत्र ६ ,डिसी
विजय थापा

नेपाली मूलका जीवन तिवारीले भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट 'मा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा निर्वाचन क्षेत्र ८७ बाट गरे पछि रिपब्लिकन दलले गम्भीरतापूर्वक तिवारीको उम्मेदवारीलाई लिएको छ l

उक्त क्षेत्रमा एसिएन मुलकका मानिसहरुको बसोबास ज्यादा हुनुको साथै नेपाली समुदायको पनि जन घनत्व निकै रहेको छ l तिवारीको निर्वाचन क्षेत्रमा हाल सम्म दुई पटक मात्र निर्वाचन भै सकेको उक्त क्षेत्रमा रिपब्लिकन दलका उम्मेदवारले दुई पटक झिनो मतले चुनाब जितेका थिए l यो निर्वाचन क्षेत्र नया बनाईएको हो l भर्जिनियाको डेमोक्र्याटिक दलको आधिकारिक संजाल (वेब साइट)मा तिवारी दलको आधिकारिक उम्मेदवार भएको जनाएको छ l

पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले रिपब्लिकन पार्टीका उम्मेदवारले जितेका थिए l वाशिंगटन डिसी वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा यो क्षेत्र अत्यधिक प्रतिस्प्रद्धा क्षेत्र मानिन्छ l

कडा प्रतिस्प्रधा हुने भएकोले डेमोक्र्याटिक दलले प्राथमिक चरण मै आफ्नो दल भित्र बाट नै प्रतिस्प्रद्धा गराउन नचाहेको बुझिएको छ l डेमोक्र्याटिक दलका उक्त क्षेत्रका लागि अन्य उम्मेदवार बन्न चाहना राख्ने उम्मेदवारहरुले तिवारीलाई समर्थन गरि सकेका छन l दुई पटक डेमोक्र्याटिक दलले उक्त क्षेत्रमा पराजित भोग्नु परेको थियो l

डेमोक्र्याटिक दलको तर्फबाट हाल सम्म उक्त क्षेत्रका लागि तिवारी बाहेक कसैले पनि उम्मेदवारी दिएका छैनन् l र ,उम्मेदवारी नदिएको कारण डेमोक्र्याटिक पार्टीका उम्मेदवार तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बढेर आएको छ l

आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्र मा एनआरएन अमेरिकाको तेश्रो अधिवेसन हुने भएको कारण औपचारिक घोषणा ढिला हुन् गएको बताउदै तिवारीले त्यस पछि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् l सबै नेपाली समुदायको साथ लिदै घोषणा गर्ने योजना रहेको बताउदै नेपाली समुदाय द्वारा आफुले पूर्ण सहयोग प्राप्त गर्ने आशा तथा विश्वास रहेको तिवारी बताउदछन l

तिवारीलाई डेमोक्र्याटिक दलबाट पूर्ण समर्थन र सहयोग हुने भएको छ l

आगामी जुन ९ मा प्राथमिक र नोभेम्बरमा ३ मा अन्तिम चरणको निर्वाचन हुनेछ l तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बन्दै गएकोले केवल नोवेम्बरमा हुने निर्वाचनमा मात्र रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l



 
Posted on 03-20-15 5:20 AM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is not Ameriki Sabhashad
It is Virginia State house
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters