Prakashman Shilpakar
More by Prakashman Shilpakar
What people are reading
Subscribers
Please log in to subscribe to Prakashman Shilpakar's postings.
:: Subscribe
|
२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन
[VIEWED 7004
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Prakashman Shilpakar.
Please log in to subscribe to Prakashman Shilpakar's postings.
Posted on 07-10-17 6:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन
सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरुले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवन भन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू " इही संस्कार " अंगाली आएका नेवार समुदायका महीलाहरु बाहेकका अन्य महिलाहरुका लागि एउटा कष्टकर चुनौती हो भने सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो ।
सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । तर सतीले यो निर्णय पति भगवान शिव जिवित छंदै लिएर आत्मदाह गरेका थिए । जबकी सती प्रथामा पतिको मृत्यु पश्चात् दनदन बलिरहेको चितामा पत्निलाई उनको इच्छा बिपरित बलझफ्ती बस्नलगाईन्थिय । सती शब्दको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ । महिला हिंसाको सबैभन्दा चरमरुप को यो सती प्रथा अमानविय कु-प्रथाको हो ।
वैदिक सनातनी समाजमा विवाहित लोग्ने मरे पछि पत्निहरुले पतिको शवसँगै चितामा जलेर सह-गमन गर्नु पर्ने अथवा सतिब्रत( पतिब्रतामा)रहनु पर्ने वैदिक धर्म शास्त्रका ग्रन्थहरुमा उल्लेखित गरियकाभनियता पनि मृतक पतिको शवसँगै जिउँदै पन्तिहरुले आत्मदाह गर्नु पर्ने बाध्यत्मक आदेश नारीलाई दिएको भन्ने सनातनी बैदिक धर्माका चार मूल आधारहरु ऋगबेद, यजुर्बेद, सामबेद, र अर्थर्वबेद मध्य कुनै पनि बेदमा लेखेको छ भनेर कुनै बिद्वानले प्रमानित गरिएको समेत देखिन्दैनन् । तरपनि वैदिक प्राचिनकालदेखी नै आफ्ना लोग्ने मरे पछि पत्निहरु कोहि सति गै सह- गमन गर्थिय भने कोहि सती धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सब भन्दा चरमरुपमा रहेको सती प्रथाले जडा गाडियकाले यस समाजमा बिधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ । महिलाले विवाहित लोग्ने मरे पछि लोग्नेको लास सँगै जिउँदै जलेर सती गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रहि नरकिय जीवन यापन गर्नु पर्ने भनेर शास्त्रीय मान्यता रहेको भन्दै धर्म शास्त्रको अपव्याख्या गरेका कारण नै प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् ।
नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्य प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक समाजको अध्यन गर्दा स्पष्ट हुन्छ । जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । भनिन्छन् आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे ।
नेपालमा प्राचिनकाल देखि अन्धविश्वासी धारणाले जरा गाड्दै चल्दै आएको महीला हिंसाको चरम रुपको अमानविय र आततायी यो क्रू प्रथा २५ आषाढ १९७७ सम्म कायम थियो ।
निरंकुस र जहानिया शासनले कुख्यात भएका नेपालका राणा शासकका प्रथम राणा प्रधानमत्री जङ्गबहादुर राणाले वि.स १९१० मा सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए । जसनुसार १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । ततपश्चात पनि महिलाहरु चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन यो आततायी प्रथाले निरतरन्ता पाईनै रह्य ।
आततायी सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनेको ६० वर्ष पश्च्यात राजा त्रिभुवनको राज्यकालमा चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गते( ८ जुलाई १९२० ) देखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनीरुपमै यो प्रथा नेपालमा बन्द भयो । यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिन आसाढ २५ गते हुन ।
आततायी सती–प्रथाको कारण कैयौं निर्दोष महिलाहरुले नचाहँदा नचाहंदै पनि लोग्नेको शबसंगै जिउँदै चितामा जलेर आत्मदाह गर्दै महिला हिंसाको चरम यातनाको सिकारमा आफ्नो जिवनको आहुती दिएर गए । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन आततायी महिला हिंसाको प्रथाको अन्त्य भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ तर दुरभाग्य सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको दिन भने हामीले बिर्सिएका छौं । राज्यले पनि यसदिनलाई कुनै औपचारिक मान्यता दिएको पाईदैनन् । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ भन्ने स्पष्ट हुँदा हुँदै पनि यस दिनलाई ऐतिहासिक दिनकारुपमा आत्मासाथ गरि सती प्रथा उन्न्मुलनकर्ता तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई ससम्मान संझन नसक्नु भनेको नेपाली नारी उन्न्मुक्ती र नारी रस्वतन्त्रताको अपमान गरेको( सरह नै हो ) हो भन्दा अन्यथा नठहरला ।
सती प्रथाका उन्नमुलनदाता एक निरंकुस जहानिया राणा शासक भएकै कारण नेपाली नारिको उन्न्मुक्तिको र नारी स्वतन्त्रताको यस ऐतिहासिक माहानदिनलाई राज्यले ससम्मन संझना नगरी मौन् बस्नु भनेको बर्तमान लोकतान्त्रीक राज्यले पूर्वाग्रह राख्नु हो र यो न्यायोचित मान्न सकिनन् ।
अत: २५ आषाढको यस महानदिनलाई विशेष रुपमा मनाउँदै नारी मुक्ती दिनको रुपमा मनाउनेतिर सम्वद्ध सबैको ध्यान जाने कामना गर्नु अन्यथा ठहरिनेछैन ।
~~~~±~±~±
Last edited: 10-Jul-17 06:56 PM
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Need Help of IT consultancies |
Nepal TPS decision |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|