symlyn
Replies to this thread:

More by symlyn
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Arjun Parajuli ka Kabita
[VIEWED 8852 TIMES]
SAVE! for ease of future access.
Posted on 08-05-05 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्जुन पराजुलीका चोटिला कविता

नागरिक भेलामा नागरिकबाट सबैभन्दा बढी वाहवाही पाएको कवि
अर्जुन पराजुलीका केही चोटिला व्यङ्ग्य कविता

कुनै घरको भित्तो फोरिएन
कुनै मन्दिरको मूर्ति चोरिएन
कुनै बैंक लुटिएन
कुनै कालो सूचिमा परिएन
कुनै पुरुषलाई गोली ठोकिएन
कुनै महिलालाई बलात्कार गरिएन
अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ?
परिएन !
(वन्स मोर आएर दोहोर्याएर पढ्नु परेको कविता) बाँकी
????????????-
एउटा रोगी गोली खान नपाएर मर्यो
एउटा रोगी गोली खान नपाएर मर्यो
एउटा निरोगी गोली खाएर मर्यो
मैले आफूलाई
न रोग लगाउन सकेँ
न निरोगी बनाउन सकेँ
त्यसैले अहिलेसम्म जिउँदै छु
????????????
म किसान हुँ
पाल्ने मेरो पेशा हो
राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो
भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो
नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो
पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्यो
सुरक्षाकर्मी पालेँ
सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो
पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !
??????????-
सकारात्मक संकेतले
"?" कहिले गर्ने हो ?
बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?
प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?
हेलिकप्टरमा सवार साँढेबाट
तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ?
नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि
अर्डर अहिले गर्ने कि
अलि पछि गर्ने हो ?
यी सबै कुरा थाहा पाउनका लागि
तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो
शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ
आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ?
दौराको साइजको
सुरुवालको साइजको
कोटको साइजको
कि गर्ने हो आन्दोलन
तक्माको साइजको ?
??????????
बगलिमाराले बगली चोर्न पाउँछ
बगलीले मुख फोर्न पाउँदैन
स्यालले कुखुरा चोर्न पाउँछ
कुखुराले चोरिएँ भनेर छिमेकी जोर्न पाउँदैन
यो मेरो कविता हैन
हामी सबैको राष्ट्रिय गान हो
????????-
सत्र साल भाग दुई

पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई

घण्टाघरले घण्टी लाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
शहीदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो
सत्र साल भाग दुई
स्वागत गीत गाउनु भन्दा पहिले
तिम्रो नाउँमा एक मिनेट
मौन धारण गर्न पाए हुन्थ्यो

सत्र साल भाग दुई
तिमीले हामीलाई प्रजातन्त्र दिनुपर्दैन
तिम्रा प्रजामा को को पर्छन्
हामीलाई थाहा छ
तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन
तिम्रा शान्तिले के के गर्छन्
हामीलाई थाहा छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
हामीलाई त पढ्नका लागि
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस्
 
Posted on 08-05-05 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for sharing. Really great.
 
Posted on 08-07-05 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"__________

कुनै घरको भित्तो फोरिएन
कुनै मन्दिरको मूर्ति चोरिएन
कुनै बैंक लुटिएन
कुनै कालो सूचिमा परिएन
कुनै पुरुषलाई गोली ठोकिएन
कुनै महिलालाई बलात्कार गरिएन
अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ?
परिएन !

बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?
प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?


हामीलाई त पढ्नका लागि
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस्

__________"


यस्तो पो कविता त, हरेक अक्षर कति मीठा, पुलाउ जस्ता।

वाह, वाह अर्जुन पराजुली
र धन्यवाद symlyn जी

Keep Rolling...
 
Posted on 08-07-05 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म किसान हुँ
पाल्ने मेरो पेशा हो

राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो

भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो

नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो

पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो

सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्यो

सुरक्षाकर्मी पालेँ
सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो

पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !


कवि अर्जुन पराजुली

 
Posted on 08-07-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले जे भने पनि मलाई यी हरफहरु कत्ति चित्त बुझेन ल !

....... नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो

पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो

सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्यो
.....

के हुनु पर्थ्यो, त्यो त मलाई पनि थाह भएन, तर यो भन्दा अझै सशक्त चैँ पक्कै हुन सक्थ्यो :)

अनि त्यो पुलिसलाई भनेको कुरा नेतालाई हुनु पर्थ्यो कि !

अन्तिमका तीन हरफ

पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !


चैँ सारै मुन पर्यो।

यो अल्पज्ञानी भउतेको सानो विश्लेषण।

:)
-भउते
 
Posted on 08-07-05 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजारौं जनताको अगाडि गिरिजा, माधवादिको मुखैमा थुकका छिटा पर्ने गरी यी पंक्तिहरु पढेर बेईज्जत गरिंदा जुन तालीको गडगडाहट आएछ (गडगडाहट BBC मा सुनेको, UWB मा पढेको), त्यो सुनेर मनै शित्तल भो ।

बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?

प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?

प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?

हेलिकप्टरमा सवार साँढेबाट
तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ?

नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि
अर्डर अहिले गर्ने कि
अलि पछि गर्ने हो ?

यी सबै कुरा थाहा पाउनका लागि
तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो

शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ
आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ?

दौराको साइजको
सुरुवालको साइजको
कोटको साइजको
कि गर्ने हो आन्दोलन
तक्माको साइजको ?

 
Posted on 08-07-05 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको यो गजल त झन superhit हुन्थ्यो, Once more, once more भनेर दोह-याई तेह-याई सुनाउन लगाउदा भउतेको घाटी सुक्थ्यो होला ।


मध्यान्हमै आँखा भुसुक्क नहोस
स्पष्ट होस काम खुसुक्क नहोस

क्रान्तिको ज्वाला अझ दन्किनु पर्छ
फुसको आगो झैँ फुसुक्क नहोस

आगनको विस्कुन अल्पत्रै छाडि
"ग्रीन सिग्नल" मै लुसुक्क नहोस

फुटे गोबर मिल्ला, जुटेमा राज्य
भाइ-भाइ बीच छुसुक्क नहोस

सम्झौतामा सधैँ धोका नै त हुन्छ
भागबन्डा गरि ठुसुक्क नहोस

अट्टहासले मरुन् बचे खुचेका
विजयको हासो मुसुक्क नहोस

 
Posted on 08-07-05 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yi guru lai katai dekhe jasto lagchha, Dhulikhel, Banepa tira.
 
Posted on 08-07-05 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन गुरु ? भउते गुरु ? कि यो नेपे गुरु ? यो गोरु चाहि झण्डै झण्डै बनेपा, ठ्याक्क चाहिं पनौती (नगरपालिका भएसि) तिरको हो ।
 
Posted on 08-07-05 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटोबाला गुरु
 
Posted on 08-08-05 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्दाखेरि भन्दा सुन्दाखेरिको मज्जा बेग्लै हुँदेरेऽछ। बेग्लै मज्जा आयो नि।
तर गिरिजा लाई भने अलि नपुग्या हो ब्यगं।

पुलिस हैन हवल्दार हुनुपर्नेमा अन्यथा भाऽ जस्तो छ।

हवल्दार पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो

 
Posted on 08-08-05 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रेशम कीरा पाल्ने देखुन उता रसियनले बनाइदेको बिजुली कारखाना हूदो रोशी (?) भेगमा साह्रै उच्चकोटीको अति स्वादिष्ट शिब-बुटी पाइने गर्दथ्यो ।
 
Posted on 04-02-14 3:46 PM     [Snapshot: 2443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह ! यस्ता पो कबिता ....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters