[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
[VIEWED 236911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-12-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पित: तारेमाम

for ( int i=0;  i<chautariMembers.length; i++ )

{       if ( chautariMenbers[i].equalsIgnoreCase("चेली")  ) {

                     System.out.println("गयौ चक: हाले फु, सो सो सो चेली चा ");

      } else ( chautariMenbers[i].equalsIgnoreCase("नेप्चे ") ) {

                     System.out.println("Nepche gone Mad");

     } else {

                    System.out.println(chautariMenbers[i] + ",  विकएन्ड कस्तो भयो त? ")

     }

}


 
Posted on 05-12-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे ले कपोलकल्पित, निराधार, झुट्ठा, आधारहिन, मनगढन्ते, आरोप लगायो है। यता बाल नदिएर चिच्याउन गरेको होइन। उता नि शौचालय कफी संग केही कुरा गर्नु थियो।

 

त्यसैले गाको, गाम्लेहरु हो, रिट्ठेको बहकाव मा न पर्नु हुन अनुरोध छ।


 
Posted on 05-12-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरिका, कस्तो लुकेर बसेकी नि दिपीका।

दिपीका के छ त?


विन्टरमा आइस-क्रिम पसल बन्द भको जसरी हराउनु भो त
हा हा, छैन हौ हराकी। यो चौतारी छोडेर जान सके मरिजाम।
ल ठुलो बधाइ छ त्यो के जाति एग-जाम (अन्डा र जाम भन्या त होला नि) खान सकेको मा
ल ल चौतारीलाइ ढुङा (rock) गर्दै बस्नु, पालो भाइ कै हो अब।


 
Posted on 05-12-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्ची भाभी दर्शन गरे है दुवै हात जोडेर ! साच्ची भनेको म सोमबार झूट बोल्दिन क्या !

नेप्चे ले त्यो 'छे का छे' जती खेर नि बोकेर हिंड्ने हो कि क्या हो ब्रो?
दीपीका, यो वीकेन्डमा मेरो चाँही म:म चलेन, तर कसै कसैको त अली ठुलै खाल्को म:म पार्टी चल्यो भन्नि खबर सुलसुले बाट थाहा पायियो !


 
Posted on 05-12-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मेरो नि तेही भको त हो नि। कती खेर विक-एन्ड सकियो था नि भएन। आज बिहान एसो पात्रो हेरेको त सोमबार पो भै सकेछ। 
दिपु साथी के छ? सञ्चै? आफ्नो त एग-जाम सकिएर अली फुर्सद नै भन्नु पर्ला। ए, उस्को विक-एन्ड त मेरो भन्दा ठ्याक्कै उल्टो पो भएछ, म चाइ ब्यस्त भएर बिजी थे।  
 
Posted on 05-12-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरेले के के भनेर मार्न लाग्यो भन्या, लौ न नेपालीमा उल्था गर्दिनुपरो कसैले!!!
गाली त गर्या पक्कै होइन होला साथीले, राम्रै भन्या कुरा नि बुझ्न पाउनु त मेरो अधिकार हो नि बाबै!!
नेप्छे दा। मेरो विकेन्ड रमाइलै भो ।
रिठ्ठे दाजु, नेप्ची भाउजु, नयाँ नौलो त केही छैन, बसिबसाइ छ !!
दिपिका म त सन्चै, तिमी नि ?


 
Posted on 05-12-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बाउचा के भन्छ?
हा हा रिट्ठे, लु मैले नि फर्काउनै पर्यो नि नमस्कार दुइ हात जोडेर।
सुलसुले रे लोल्, ......ठुलै थियो साचैं


 
Posted on 05-12-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई ल लाईभ उप्डेट गरेको नि, म: म: चल्दै छ भनेर,
म: म: को बास्ना आएर कस्तो, आफुलाई भोक लाग्या बेलामा
म: म: चपाउदै बखान, थुक निली निली बस्नु पर्या, घाटी
सुकेर, पानी नखाको भये चट्टै हुने,

दिपीका जि, हाम्रो वीकेन्द पनि रमाइलो भयो, मिन्नेसोत्त घुमेर आइयो,
बसेर आइयो, गफ गएर आइयो, 


 
Posted on 05-12-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका, के गर्नु है
'जिसका कोइ नही उसका तो खुदा है यारो' भने झै
'जिसका म:म नही उसका तो समोशा है यारो' भन्नु पर्‍यो नि



 
Posted on 05-12-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा भयो भनेर त्यसै थाहा हुने क्या।

हाम्रो विकेण्ड कस्तो भयो भनेर कसैले न सोध्ने?

यो त पक्षपात भयो नि, भन्द्या छु, जसले पक्षपात गर्‍यो त्यको पक्षघात भयो।


 
Posted on 05-12-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे कस्को तेस्तो ठुलै खालको म:म पार्टि गएको,  हेर हामिलाइ चै छुटाकोअनी त्यो समोशा त मलाई म म भन्दा मिठो लाग्छ साथी

चेलि के गर्नु मैले उल्था गरिदिन्थे आफुलाइ छु दु ल र छु न म जु बाहेक् अरु केहि आउदैन। अहिले लहरेले त्यो भन्यो भने चै म उल्था गरिदिन्छु है

भाउजु म त लौ किन तेसरि छुटौनु भएको होला मलाइ भनेर सोच्दा सोच्दा केहि टुङो लागेन  अनि सोधेकि हजुरलाइ

ओहो लहरे ले त गर्नु मस्ति गरेछ नि त। अनि मिन्निसोत्त मा कहाँ कहाँ  गयौ त?
म पनि गएको थिएँ २ बर्ष अगाडि तर

राहुलदाई हजुरको वीकेन्ड कस्तो भयो त?


 
Posted on 05-12-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअहा
एक छिन् रिसाए जस्तो गरेको दीपिका बुइनी एक जना असली शुभचिन्तक भन्ने थाहा भैयो, बाँकी त सब नक्कली। 

 
Posted on 05-12-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>> लौ रिट्ठे ले कपोलकल्पित, निराधार, झुट्ठा, आधारहिन, मनगढन्ते, आरोप लगायो है। यता बाल नदिएर चिच्याउन गरेको होइन। उता नि शौचालय कफी संग केही कुरा गर्नु थियो।

 

त्यसैले गाको, गाम्लेहरु हो, रिट्ठेको बहकाव मा न पर्नु हुन अनुरोध छ। <<<

 

 

>>>बुढा भयो भनेर त्यसै थाहा हुने क्या।

हाम्रो विकेण्ड कस्तो भयो भनेर कसैले न सोध्ने?<<<

 

अब केही भनिराख्नु पर्छ त मैले साथी हो ?



 
Posted on 05-12-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चल्ने हरु को चल्यो नि दीपीका म:म, त:त सबै पाटी चल्यो ! हाम्लाई नि छुटाइहले नि !

 
Posted on 05-12-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुभन्दा ठुलोलाई ढोग अनी सानोलाई शुभ आशिर्बाद तथा माया यो सोझो पर्बते को तर्फबाट  सोमबारे बिहानिमा
किन घाँटी खस्खसायो भनेको त यस्तो पो रैछ 
के हुँदै छ त गाम्ले साथी हरु? अब म आएपछी सप्पै हसुर्न जाने त होलान नि

 
Posted on 05-12-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ हौ पर्बते मार्साब? भुजा ज्युनार गर्नी बेला हुन लाओ? अनी त्यो सोझो भन्नि कैले देखी जोड्न थाल्या हो नि ? हाम्पनी जोड्न पाम्छम त्यो सोझो भन्नि शब्द? कि कुम्ले को कपी राइट हो?

 
Posted on 05-12-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पर्बते मार्साब!


अन पर्बते र रिट्ठे कतो सोझो भनेर थाहा पाइयो नयाँ खर्कमै ।

 २ घण्टा न हराएको पनि होइन।  फोटो न देखेको पनि होइन।  नाम थाहा न पाएको पनि होइन
साह्रै  सोझो मार्सब हरु।
 


 
Posted on 05-12-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुजा ज्युनार गर्दै छु रिठ्ठे क्यार्नु नगरि नहुने रैछ
हैन मैले सोझो भन्न पनि नपाउनी, अब नलेखिकन कसैले पनि नपत्याउनि अनी कुम्ले सित कपी राइट किनेर लेखेको नि

अनी के हुँदै छ त ?

ठुल्दाइ ले मलाई समेत् मुछ्नु भयो नयाँ   खर्क कान्डमा? मेरो अली अली भएको इज्जत पनि माटो मा मिलाइदिनु भयो

हैन ठुल्दाइ ले फोटो हेरेरै थाहा पाउने क्या सप्पै

Last edited: 12-May-08 11:31 AM

 
Posted on 05-12-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaamleharu DARSHAN, ke ho aajkal hamro CHAUTARI sustauna thale jasto chha ni?

Chhanbina ayog gathan garnu paryo
 
Posted on 05-12-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्ले हरु बिहान् पुरी लार बनाये चौतारी
अब ११५औ भाग मा चै एही फोटु टास्नु पर्ला सबै को मन्जुरी मा,केही छुट फुट छ भने भनौ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters