Hari Dai

More by Hari Dai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

manojregmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 k garechan ha yesto!! laastai po garechan ni!!
[VIEWED 3232 TIMES]
SAVE! for ease of future access.
Posted on 11-07-08 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://ktmnepal.com/newsdetails.php?id=2654&email=info@enepalnews.com.com%20&nischaltiwari.com.np73d028f4eee4a08584adafdd040e2ad3

कतारमा नेपाली कलाकारको कोठामा कन्डमको भारी

 विश्वमणि सुवेदी/दसैं–तिहारको मौका छोपेर सेप्टेम्बर ३० र अक्टोबर १ का दिन कतारमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रम व्यापक घाटामा मात्रै गएन, नेपाली महिला कलाकारको चर्तिकला पनि कतारवासी नेपालीले राम्रैसित देख्न पाए। कार्यक्रमबाट आयोजकहरू कतार रियाल ४० लाख, अर्थात्, त्यसलाई २१ ले गुणन गर्दा आठ लाख ४० हजारको घाटामा परे। कलाकार चन्दा उठाइएको रकमबाट टिकट लिएर देश फर्किएका हुन्। तर, नेपाली कलाकार बसेको होटलको हाउसकिपिङमा काम गर्ने नेपाली कामदार भने आफ्नै देशका 'प्रतिष्ठित' कलाकार बसेको कोठाबाट कन्डमको भारी बोक्दैको हैरान भए।
कार्यक्रमका लागि आयोजकले उत्तेजक नृत्य गर्ने नायिका सारंगा श्रेष्ठलाई अमेरिकाबाट धेरै पैसा खर्च पिटाएर मात्रै बोलाएनन्, एकताका अश्लील भिडियोमा देखापरेको भनी विवादमा मुछिएकी मोडल कला सुब्बालाई नेपालबाट बोलाएका थिए। उत्तेजक नृत्यमा कहलिएको, तर बजारमा उत्ति नाम नचलेकी सभ्यता गिरीको पनि कार्यक्रममा उपस्थिति थियो। छन त कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल र गायक स्वरूपराज आचार्य पनि थिए, तर दर्शकको ध्यान अर्धनग्न नृत्य गर्ने कलाकारतिर केन्द्रित हुँदा पुरुष कलाकारले खल्लो महसुस गरेका थिए। इन्डियन आइडल स्कुलमा आयोजित कार्यक्रममा सम्भयताले टुपिस लगाएर नाच्दा दर्शकले ताली बजाउनुको सट्टा आयोजकलाई सरापिरहेका थिए। 'यस्तो भल्गर डान्स त कतारकै बारमा हेर्न पाइहालिन्छ नि!, नेपाली कार्यक्रम भएपछि मौलिक नेपाली गीत हुनुपर्ने हो,' एक दर्शक भन्दै थिए। बरु, कतारका डान्सबारमा बसेर जतिसुकै उत्तेजक प्रस्तुति हेरे पनि कडा अनुशासनका कारण दायाँ–बायाँ चटपटाउन नपाएका नेपाली दर्शकले इन्डियन आइडल स्कुलको कार्यक्रममा गएका नेपाली कलाकार युवतीलाई दर्शकदिर्घाबाटै घुम्न जाने प्रस्ताव राख्न थालेका थिए। कतिपयले चिटमा आफ्नो नाम र मोबाइल नम्बर दिएर स्वयंसेवकको हातमा मञ्चमा पठाएका थिए। उनीहरूले महँगो–महँगो गिफ्ट किनिदिने र कतारको महत्त्वपूर्ण ठाउँ घुमाउने प्रस्ताव महिला कलाकारसित राखेका थिए। तर, पुरुष कलाकार भने बिजोगसँग होटलमा बसेका थिए। सहभागी एक कलाकार भन्छन्, 'बस्न त एउटै होटलमा बसेको हो, तर केटीहरू कतिबेला होटल छिरे, कतिबेला निस्किए, हामीले केही चाल पाएनौँ।'
कतारका डान्सबारमा देखिनेभन्दा 'थर्डक्लास'को कार्यक्रम प्रस्तुत गर्नाले कार्यक्रम घाटामा गएपछि आयोजकको भागाभाग भएको थियो। आयोजक भागेपछि पुरुष कलाकारले सल्लाह गर्नका लागि महिला कलाकारको निकै खोजी गरे, तर भेट्टाएनन्। बरु, खोजेको समयभन्दा निकै ढिलो गरेर होटल पुगेका उनीहरू बोकिनसक्नुको भारी गिफ्टसहित राति होटलमा छिरेका थिए। अमेरिकाबाट दोहा पुगेकी सारंगा पहिला त अमेरिका फर्कन निकै हतारमा रहेको भन्दै कराइरहेकी थिइन्, तर सपिङबाट फर्किएपछि कला र सभ्यतासँगै उनलाई पनि त्यस्तो के 'गुरुमन्त्र' मिल्यो, सारंगाले अमेरिकाको कार्यक्रम रद्द गरिन् र लागिन् नेपालतिर।
पुरुष कलाकार त्यहाँ बस्ने नेपालीले उठाइदिएको चन्दाबाट टिकट लिएर देश फर्किएको कलाकार मनोज गजुरेलले स्वीकार गरेका छन्। आयोजकले कलाकार जानुअघि नै बुक गरेको होटलमा बसेका महिला कलाकारका कारण आयोजक हिजोआज दोहामा निर्धक्क हिँड्न नसक्ने भएका छन्। महिला कलाकार बसेको कोठमा स्याम्पुदेखि कन्डमको पोकासम्म सद्दे हालतमा छैनन्। सबै रकम आयोजकले तिर्ने भनेकाले होटलवालाले कलाकारलाई किचकिच पनि गरेन। तर, सामान्यतया एउटा कोठामा राखिने एउटा कन्डम मात्रै भए त हाउसकिपिङमा काम गर्नेले केही गुनासो गर्दैनथे होलान्, तर एक–एक मुठी कन्डम, त्यो पनि नेपाली चेलीले उठाउनुपर्दा उनीहरू हैरान भए। नेपाली कामदारले नै काम गर्ने होटलमा बसेकाले होला, एक कान, दोकान हुँदै अहिले यो हल्लाले दोहाभरि ठूलो चर्चा पाएको छ।
(दोहाबाट हमिद अन्सारीको सहयोगमा।)


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters