[Show all top banners]

ganapati
Replies to this thread:

More by ganapati
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लौन साक्षी बसिदिनु पर्‍यो!
[VIEWED 11667 TIMES]
SAVE! for ease of future access.
Posted on 12-22-08 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                          श्री  
                                                                                                                   मिति: २०६५-०९-०७ रोज २
लिखितम श्री (नाम नखुलेको) को नाती, श्री जटाधारी बम्भोले शिवको छोरो, स्थायी ठेगाना कैलाश पर्बत, हिमालय भई हाल मुसामा सवार भाई समस्त संसार घुमी हिंड्ने उमेर नखुलेको म श्री गणपती आज यो घोषणा गर्दछु की भोली मिती २०६५-०९-०८ रोज ३ उप्रान्त जाँड, रक्सी एबम मदिरा जन्य पदार्थको सेवान, ओसर्पसर वा बेच-बिखन गर्दिन, गरेको पाइएमा पहिलो अवस्थामा रु १०,०००।- जरिवाना दोस्रो अवस्थामा रु १,००,०००।- जरिवाना र तेस्रो अवस्थामा सर्वस्व हरण सहित गणतान्त्रिक नेपालमा प्रबेश प्रतिबन्द सम्मको दण्ड-सजाय भोग्ने सर्तमा कुनै संघ-संस्था, ब्यक्ती, समुह वा गुटको बबाब, घम्की वा त्रास्ले नभई पूर्ण होश-हावाशमा रही स्वेछिक रुपमा निम्न बमोजीम सक्षिहरु समक्ष शाही-छाप गर्दछु।

लिखितम रोज सोमबार पौष ०७ गते वि.सं. २०६५ शुभम:।

दाँया छाप          बाँया छाप




ganapati
दस्तखत

साक्षी १: _____________________
साक्षी २: _____________________
साक्षी ३: _____________________


 
Posted on 12-22-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम नखुले पनि , कान्छा , माहिलो , साहिलो , काहिलो अथवा उर्फ फलानो भन्ने खुलाउनु भए म साछी बसी दिउला 

स्याङ्जाली


 
Posted on 12-22-08 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बाहुन जात्ले जाड,रकसी, चुरोत, जुवातास र रन्दीबाजी गर्न हुँदैन थियो। आज्कल हुन्छ। खुलेआम हुन्छ।

 


 
Posted on 12-23-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुनेलीको भट्टिमा टन्न रक्सी धोकेको भोलिपल्ट औडा भएर आयो। बिहान आँखा खोल्दा त मुख सुख्खा, घाटी ट्याप्प अनी टाउको रनन। यस्सो उठ्नु पर्‍यो भनेको त झन्डै टाउको पड्किएन। ए गाठे रक्सी मा त बारुद हालेको हुन्छ कि के हो। यस्सो सोचे, बारुद नै नहाले पनि रक्सी प्रज्वोलन्शिल बस्तु चाई हो है। पड्किन पनि के बेर ?
जेन तेन् खाट बाट उठे, तर धेरै बेर आँखा खोल्नसक्ने आट आएन। फन्-फन् घुमेको छ आफ्नो ओरिपरिका सबै चिज हरु .. यो संसार घुम्छ भन्ने त पढेको धेरै भयो तर किन महसुस आज मात्र भाईरा'छ हँ? आँखा चिम्लिएर पल्टङ्ग फेरी खाट्मै पल्टिए। एक्छिन पछी बिस्तारै आँखा खोले, भित्ताको भर पर्दै उठे अनी पानी खानु पर्‍यो भनेर भान्छा तिर लगे। एक गिलास चिसो पनि खाएपछी बल्ल संसार क्रमिक रुपमा घुम्न छाड्यो। सयद म पनि पृथ्वीकै गतिमा घुम्न थाले होला। आइते (Einstine) बजेले भन्या जास्तै सप्यक्षेताको सिद्धन्त लागु भा'होला।
एक्छिन अर्कै प्रसँग, आइते बाजेको नाम र जुनेलीको भट्टिको नाममा समानता छ। हुन त जुनेली को भट्टिको आफ्नै मौलिक अङ्रेजी नाम छ। नामको पछाडि एत्रो ठुलो अक्षरमा Bar भनेर पनि झुन्डिएको छ। तर नेपालीको छोरोलाई भट्टिमा बसेर खाएको रक्सीको स्वाद नै फरक। तेसैले गरियो नामान्करण। एउटी हिस्सी परेको Bar Tender रहिछ June भन्ने। June को पछाडि 'ली' थप्दा कस्तो राम्रो सुनियो, जुनेली। अनी त्यो भट्टि नै तेसैको भयो, जुनेलीको भट्टि।
भान्छाबाट Turkensia mutrika गर्न चर्पी तिर हनिए। यस्सो ढोका मात्र के खोलेको थिए, ए मेरी बस्सै!! "कस्ले गरेछ एस्तो फोहर टोइलेट भरी?" झन्नक्क रिश उठ्यो एक्छिन त। तर घटना र परिस्थिति बुझ्दा अरुको काम होला जस्तो लगेन। अघिल्लो दिन आँफैले खाएको सब्बै खानेकुरा भुइ भरी, कोमोड भरी र बथ-टब भरी थियो, अर्द पचेको अवस्थामा। ए दसा... कस्तो दुर्गान्ध!! धन्न होस नभए पनि टोइलेट सम्म त आउने सुद्धी आएछ! सफा त गर्नै पर्‍यो। यस्तो गती.. आँफैलाई लाज लाग्यो।
यसै लेखेको थिइन मैले माथिको तमसुक। आशा छ साक्षी बसिदिनु हुनेछ......
 
Posted on 12-24-08 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kya ramailo, Jaad Raksi matra po napaine ta Jaarpaat "G" ta mil na rai chha ki kya ho........................
 
Posted on 12-24-08 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

milcha milcha , na mile milauna naya Nepal ma

 
Posted on 12-26-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साक्षी बस्नु हुन्न भनेर हरिवंश आचार्यज्युले बीस पच्चीस वर्ष पहिले नै हामीलाई सिकाउनु भएकोले म साक्षी बस्दिन असमर्थ छु ।

 
Posted on 01-02-09 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हऊ.... एक हज्ज्जार भन्दा धेरैले मेरो मुद्दा अध्ययन गरे तर मैले भने एकजना पनि साक्षी भेटिन। उन्नतीको मार्गको खुट्किलो उक्लनको लागि सहयोग मग्दा तीनवटा साहारा पनि भेटिएनन। जाड-रक्सी चाडनु उन्नति होइन र?
 
मदिरा सेवन राम्रो या नरम्रो भन्ने प्रश्न गर्दा मेरो एक मित्रले प्रतिप्रश्न गर्नु भएको थियो - 'रक्सी खाएर बिग्रिएक मान्छे त हामीले धेरै देखेका छौ। तर रक्सी नखाएर सप्रिएको मान्छे चाइ कोइ देखेका छौ?'

मित्रको कुरा पनि ठिकै छ, सक्ने मान्छेहरुले त रक्सी खाँदा पनि राम्रै गरेको छन। तर म जस्तो मान्छेलाई चाइ अली गर्हो भयो क्या। नाम गणपती भए पनी जिउ चै लम्बोद्दरको जत्रो छैन। जिउमा रक्सिको मात्र थोरै परे पनि त्यस्ले काम चाइ धेरै गर्छ। अनी फेरी साथीहरुको लहै-लहैमा लागे पछी आफ्नो जिउको रक्सी-बहन गर्ने क्षमतालाई पार गरेको पनि पत्तो पाउदिन। अनी सुरु हुन्छ बम्भोलेको जस्तो ताण्डब न्रित्य। बिस्तारै होस्-हवास् पनि गुम्न थाल्छ अनी के के हुन्छ के के....

chilime मित्र नै सक्षी बसिदिनु भए पनि हुने थियो। झारपात (G) को बानी छैन, धरोधर्म त्यस्तो बाटो म लाग्दिन, तपाईं निस्चिन्त हुनुहोस्। अनी Jharekopaat मित्रलाई चाइ हरिबंश दाजुले के सिकाउनु भएछ कुन्नी? यि हरिबंश पनि दुनियाँको मती भुट्ने बहेक अरु केही गर्दैनन। यिनी आँफै पो साक्षी बसिदिन्छन कि, खबर पुर्‍याउनु पर्‍यो बरु हरुबंशकोमा....

खैर, अहिले सम्म कोइ पनि साक्षी नभेटिएकोले एउटा फाईदा चाइ भा'छ है। अङ्रेजी नयाँ बर्षमा..... तमसुक गरेको छु, पिउने काममा साथ दिन्न पनि भनेको हो साथीहरुलाई। एउटोले प्रश्न गरी हाल्यो - 'कतिजना सक्षी भए?' मनमनै उत्तर दिए - 'कत्ती न कत्ती!!' साक्षी नै नभए पछी त न बात लाग्यो न कनुन नै। लौ न त अब कती नै दिन बाँकी होला र ठाडो घाटी गर्नलाई? पछी लागे साथीहरुको, अन्तिम पटकको लागि। चाडै कोइ न कोइ साक्षी त कस्सो नभेटुला र, होइन त?

 
Posted on 01-03-09 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste Bro, I also want to sign that legal document.
How can I do that
 
Posted on 01-03-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फन्-फन् घुमेको छ आफ्नो ओरिपरिका सबै चिज हरु"

Ganapati Ji,

Raksi ma Barood hoina,  Pankha (Fan) po gholera banayeko jasto lagyo malai. 

 


 
Posted on 01-03-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL!

rausi...chaini...nakhaani kasam khaani ko saaushi ta hoina...chaini...ramailo...chaini...lekhna jaanni ho bhanera saaushi basdimlaa...lekhaai...chaini...bejod raichha...chaini...audhi ramailo!

 
Posted on 01-03-09 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुराको भालेहरु काशी जान थाले पोथिको गुनासो
 
Posted on 01-04-09 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo jati ramailo thread maile sansar mai padheko chaina.

 
Posted on 01-04-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol.. nice proverb gorkhethito08 bro!! i never heard that before..
thanks vname bro..


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters