[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शहीद खेती
[VIEWED 10414 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-09 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"शहीद खेती"

नाङ्गले पसलमा शहीद
किराना पसलमा शहीद
र सुपरमार्केटमा शहीद;
थोकमा शहीद, खुद्रामा शहीद
छुटमा शहीद, भारी छुटमा शहीद
र एकको भाउमा दुई शहिद;
अनुहार नभएको शहीद
अनुहार भएको शहीद
र धेरै अनुहार भएको शहीद;
यो शहीद खेती मौलाएको देशमा-
परीणामको मन्दी छ राजनीतिको बजारमा
शब्दमुद्राको द्रूत अवमूल्यन छ
र भाग्य हेर्नेको सुगाले पनि थुतिरहेछ
दिनमा पाँच-सात शहीद;
यो शहीद खेती मौलाएको देशमा-
बिना ज्याला घोटिईरहेका
शहीद खेतीका खेताला हामी
यो शहीद खेती मात्रै मौलाएको देशका-
खेत हामी, मल-जल हामी
बीऊ हामी, फल हामी
मात्र अदली-बदली छ जमीन्दारहरुको
र शहीद खेती जारी छ
यो शहीद खेती मौलाएको देशमा
शहीद खेती जारी छ!

(Also posted in The road to nowhere----)
Last edited: 09-Mar-09 08:19 PM
Last edited: 09-Mar-09 08:22 PM

 
Posted on 03-09-09 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-09-09 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह , गोतामे जी । वाह ! वाह !!


बलत्कारी शहीद, ब्यभिचारी शहीद
बस ट्रक मुनी शाहीद, हत्यारा खूनी शहीद


यस्तो लाग्छ, जन्मिनु को मुल्य छैन,


जीवन को कुनै अर्थ छैन।
मर्नु, मार्नु सिवाय हाम्रो भाग मा केही छैन।


हत्या नै परम धर्म हो,
हत्या नै नित्य कर्म हो।


 


 
Posted on 03-09-09 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामी जी ले निकै समसामहीक कुरा पस्कनू भयो। ठिक भन्नु भयो
"यो शहीद खेती मौलाएको देशमा
शहीद खेती जारी छ!
"

अनी प्रसंगैमा अर्को कुरा, तपाइको ब्लगमा गइराख्छु, तर एउटा कुरो फुर्सत भएको बेलामा यही राखुं। त्यो ब्लग भित्र ब्लगमा आउदो स्तम्भमा तपाइलाइ यही निम्ता छ है।

 
Posted on 03-10-09 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद khwasa, राहुलदाइ र नमे!

निम्ताका लागि धन्यबाद नमे!

 
Posted on 03-10-09 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले, कसको बाबुले, कसको काकाले, कसको दाजुले र भाईले हरेक नेपाली कार्यालयमा गुस खाको। कस्ले नेपाल बिकासको हरेक प्रोजेक्टमा भ्रस्तचार गरेको। कस्ले नेपालको गाऊ को बालिका हरु लाई बमबाइ (मुम्बाइ) तिरलगेर बेच्ने को। कस्ले सुन्को, खाग् को, अफिम र हिरोइन लगु पदार्थ को तस्कर गरेको, कस्ले नेपाल को संबिधान, नियम, कानुन र राष्ट्र को शासन तोदेको-बिगारेको, कस्ले नेपालको हरेक जिल्ला अददा मा बसेर गुस खाँदै भारतीय बिहारी र मारवर्डी हरुलाई सुद्ध नेपाली नागरिकता र नेपाली पास्पोर्ट दिएको।


अब साझावेब मा आएर आसु झर्ने, दुक्ख पोखने, करौने, चिचौने, बिहोस् हुने।


एक्चिन पछाडि सरेर, कुर्सी मा बसी धेरै धेरै सोच्नु होला नेपालका सासक परिवारहरु।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters