Lute
Replies to this thread:
More by Lute
What people are reading
Subscribers
Please log in to subscribe to Lute's postings.
:: Subscribe
|
शिवको अग्लो मूर्ति हेर्न घुइँचो
|
[VIEWED 10754
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Lute
Please log in to subscribe to Lute's postings.
Posted on 11-29-09 2:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
समाचार >> मुख्य समाचार >> शिवको अग्लो मूर्ति हेर्न घुइँचो भक्तपुरको चित्तपोल ५ मा निर्माण भइरहेको सम्भवतः दक्षिण एसियाकै अग्लो एक सय आठ मूर्ति निर्माणका लागि भाटभटेनीमा बस्दै आएका कमल जैनले लगानी गरेका हुन् ।  [Disallowed String for - script not allowed] type="text/javascript"> [Disallowed String for - script not allowed] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"> [Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - script not allowed] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); भक्तपुर, २०६६ मंसिर १४ - दक्षिण एसियाकै अग्लो शिवको मूर्तिको निर्माण नसकिँदै घुम्न जाने युवायुवतीको संख्या अत्यधिक बढेको छ । निर्माण सकिन अझै दुई महिना लाग्छ ।
फिनिसिङ र रङरोगन नसके पनि आवतजावतमा रोक लगाएको छैन । मूर्तिको आसपासमा बगैंचा निर्माण गरेर मनोरम बनाएपछि युवायुवतीको डेटिङ जाने थलो बनेको छ । राजधानीको अधिकांश ठाउँ देखिने र एकान्त भएकाले बुढापाकाभन्दा पनि युवायुवती बढी आउने गर्छन् ।
एक महिना अघिसम्म ३०/४० जनाको आवतजावत हुने भए पनि आजभोलि दैनिक पाँच सयभन्दा आउने गरेको मूर्ति निर्माण साइडका इन्चार्ज किशोर श्रेष्ठले जानकारी दिए । 'पहिला त कोही हुँदैनथे,' उनले भने, 'बिदाको दिन दक्षिणतर्फको डाँडामा अटाईनअटाई हुन्छ ।' कम्तीमा पनि साढे तीन सयजना घुम्न आउने उनले बताए । मूर्ति निर्माण भएको आसपसामा बगैंचा निर्माण र फलफूलको गोडमेलका लागि भन्दै विगतमा पैसा लिने गरे पनि आजभोलि निःशुल्क जान पाइन्छ । पानी र शौचालयको व्यवस्था भएपछि बगैंचा र मूर्तिका आसपासको सरसफाइ गर्न न्यूनतम शुल्क निर्धारण गर्ने जनाएको छ ।
भक्तपुरको चित्तपोल ५ मा निर्माण भइरहेको सम्भवतः दक्षिण एसियाकै अग्लो एक सय आठ मूर्ति निर्माणका लागि भाटभटेनीमा बस्दै आएका कमल जैनले लगानी गरेका हुन् । गगनचुम्बी शिवको मूर्तिको निर्माण लगानीकर्ताको पुख्र्याैली घर भारत सिलगुडी हो । दुई महिनाभित्र रङरोगन र फिनिसिङ सकेर माघ २९ मा र्ने शिवरात्रि पूजाका लागि भक्तजनलाई खुला गर्ने जैनले जानकारी दिए । 'अहिले मूर्तिको मन्तिम रूप दिन कालिगढ लागिपरेका छन्, एक महिनामा रङरोगन सकिएपछि पूजाआज सुरु गर्छौं,' उनले भने । उनले मूर्ति मात्र बनाएका छैनन् । मूर्ति जाने बाटो पनि मर्मतका लागि डोजर लगाइरहेका छन् ।
पर्यटन वर्ष २०११ मनाउन सरकार लागिपरे पनि एकल लगानीमा दक्षिण एसियाकै अग्लो मूर्ति बनाए पनि बाटोको व्यवस्था गर्न कतैबाट सहयोग नपाएको उनले गुनासो गरे । 'पर्यटन वर्ष मनाउन सरकार लागे पनि पर्यटकीयस्थल म एक्लैले बनाउन लागिपरेको छु, बाटो पनि आफंैले बनाउनुपर्ने बाध्यता छ,' उनले कान्तिपुरसित भने, 'सरकारले बाटो बनाउन सहयोग गरे मूर्तिसम्म आउने भक्तजन सिधै सवारी लिएर आउन सक्ने थिए ।' निर्माणकार्य सकिएपछि भक्तपुर र काभ्रेको सिमानामा श्रदालुको भीड लाग्ने छ ।
एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ ।
|
| |
|
|
|
|
191karma
Please log in to subscribe to 191karma's postings.
Posted on 11-29-09 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
I think this stupa is on the way to Banepa right after leaving Bhaktapur Trolley Bus Stop. You can see the gigantic stupa from distance.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| TPS to F1 Status. |
| Business Ideas in Nepal? |
| Leave messages on US congressman's facebook to support TPS |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat lies revealed |
| #MAGA#FAFO is delicious |
| TPS Sakiyo Tara Case is in Court. |
| Nepal Likely to Get 60-Day TPS Notice |
| मुद्दा हाल्छन होला र ? |
| NEPAL TPS IS GONE |
| TPS cancel bho bhane k garne? |
| Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
| 🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|