[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

Geology Tiger

shirish

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरी सजु !
[VIEWED 10533 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-11 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

" सजु ! "

मनमनै बोलाएँ उस्लाई अनी ति अक्षरहरुलाई स्पर्श गरे। दिनमा कतीपल्ट म सेल फोनमा सेभ गरेको उस्को नम्बर हेरेर उस्लाई बोलाउँछु, स्पर्श गर्छु। मलाई थाहा छ अब उस्ले मलाई फोन गर्दिन भनेर।  गरोस पनि किन? मैले नै कयौं पल्ट उस्ले गरेको फोन वास्ता नगरेर काटेको छु। तर पनि उ थाक्दिन थि। मैले ढाँटेको कुरामा शंका नगरि सजिलै पत्याइदिन्थी। मलाई आफ्नो क्षमतामा गर्व लाग्थ्यो। ऊ खुशी थि, स-साना कुरामा फुरुक्क परीदिन्थी। मलाई उस्को उत्साहा देखेर झर्को लाग्थ्यो।

"केटा मान्छेहरु असाध्य कम्जोर हुन्छन" सुनाउने गर्थी कैले काँही।

"अनी केही सानो कुरा हुन पाको छैन बरबर आँशु झार्ने चैं को नि? " म उस्लाई उस्का आँशु सम्झाउँथें।

"रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो" उस्का उत्तर सधैं त्यस्तै हुन्थे। नचाइने आदर्शहरु जस्ता लाग्थे मलाई।

तर ठिकै त भनेकी रैछे नि उस्ले। म कती कम्जोर भएको छु अहिले। थोपा थोपा भएर पोखिन मन छ तर भित्र भित्रै आत्मा जमेको जस्तो लाग्छ। कती धेरै बुझेकी रैछे उस्ले मलाई, मैले भने उस्को बुझाई बुझ्नै सकिन। केही समय यता उ अलिक फरक भकी थि। केही सोध्दिन थि, केही भन्दिन थि। उस्ले किन त्यसो गरी मैले बुझिन, बुझ्नु पर्ने आवस्कता पनि ठानिन। कहिले काँही उस्ले उठाउने कता/किन भन्ने प्रश्न हराएका थिए, मलाई झन् सन्चो भको थियो। शायद ति प्रश्नहरु सङै कतै हराउँदै गएकी थि मेरी सजु।

"मेरी सजु !"

मेरी सजुलाई अब अरु कसैले "मेरी सजु" भन्छ होला, स्पर्श गर्छ होला। उस्लाई छुन नपाउने मेरा स्पर्शले भन्दा उस्लाई छुने स्पर्शको कल्पनाले धेरै दुख्छन मलाई। स्पर्श त अरु थरीका पनि थिए नि।  मलाई छुन्थे तर उस्का हुँदैन थिए। स्वामित्वको गुण पनि अचम्मको हुदो रैछ। नहुन्जेल आफ्नो बनाउने रहर, आफ्नो भएपछी त्यो रहरको बन्धनमा पर्ने अर्को रहरको रहर।

"रहरहरु फुल जस्ता हुन्छन है? मनको बगैंचालाई जीवन्त बनाइ राख्छन। रहरहरु ओइलाको दिन मन पनि शिशिर झैं उराठलाग्दो हुन्छ। " पर क्षितिज तिर हेर्दै एक साँझ भनेकी थि उस्ले।

"पर के हेरेकी त, फुल?" मैले त्यतिकै सोधें।

" हैन बगैंचा " उ अझै त्यतै हराएकी थि, उदास।

म मन मनै हासेंको थिएँ उस्का कुरा सुनेर। घर एउटै भए पनि हाम्रा बगैंचा छुट्टा छुट्टै थिए। मेरा बगैंचा भरी अनेक थरी फुल फुलेका थिए। झिलिमिली थियो मेरो मन। उस्ले मेरा बगैंचामा फुलेका फुलको इर्श्या गरिन। उस्ले आफ्नो बगैंचामा के के रोपी मलाई हेर्ने फुर्सद नै भएन।

त्यस रात पनि म घर ढिलो आइपुगेंको थिएँ। मलाई चाइने सबै कुरा आ-आफ्नै ठाउँमा ठीक्क थिए, सधैं झैं। मैले खाना खाए पछी "मलाई तिमीसँग केही कुरा गर्नु छ " भनी। मेरो मन कता कता डरायो।

"के कुरा?" मैले उस्का आँखामा हेर्न सकिन।

"म भोली यहाँबाट जाँदै छु, प्रकाश" उस्ले बिस्तारै भनी।

"काँ जाने?" नौलो कुरा सुनेर म छक्क परें।

"कहाँ जाने तिमीले थाहा पाउनु जरुरी छैन" उस्ले गम्भिर भएर भनी। उस्को स्वरमा अचम्मको चिसोपन थियो।

"किन?" मलाई झनक्क रिस उठ्यो।

"किनको उत्तर मलाई भन्दा बढी तिमीलाई थाहा हुनु पर्छ" उस्का आँखा शिशिर झैं रित्ता देखिन्थे।

मलाई उस्को उत्तर सधैं झैं मन परेन। आफ्नै घरबाट त्यसरी चुँढिएर जानु पर्दा उ रोवोस, चिच्यावोस, झगडा गरोस जस्तो लाग्यो मलाई। उ कम्जोर भएको हेर्न चाहन्थें म तर उ उ नै भै रही। उस्का नरुझेका आँखाका हेराइले मेरो पुरुष मनस्थितीलाई छिया छिया पारे। उस्ले थाहा पाएका कुरा मलाई "किन?" भनेर सोधिन , उस्ले थाहा नपाएका कुराहरु मैले पनि भनिन। हाम्रो त्यो मौन समाझदारी कायमै रह्यो। उ सुत्ने कोठामा गएर निदाइ, म निदाउन सकिन।

उस्ले मलाई कुनै दिन छोडेर जाली भन्ने मैले कहिले कल्पना नै गरेको थिन। शायद मलाई उस्को क्षमतामा शंका थियो। तर उस्ले सजाएकी घर मलाई सजिलै जिम्मा लाएर गै। म त पाहुना मात्रै थिए यहाँ, एक्कासी घरको बोझ उठाउनु पर्दा मेरो जीवन नै गर्हौ लागेको छ। उस्लाई बाँध्ने हामी बिच केही बन्धन थिएन। मनको बन्धनलाई चुँडाएर म आकाशमा स्वछन्द उडीरहेको थिएँ। उस्ले पनि चुँडिन खोज्दा मलाई आफु बाँधिएको जस्तो लाग्यो। बन्धनमा हुँदाको स्वछन्दताको खुशी र स्वतन्त्र हुँदाको स्वछन्दताको अनुभव एउटै कहाँ हुँदो रहेछ र? मलाई आज मेरो बन्धनबाट मुक्त भएकी सजुको बन्धी हुन मन लागेको छ।

अस्तु!







 
Posted on 03-21-11 12:24 PM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो त मेरै कथा संंंगपो िमलछ? गजब छ।
 
Posted on 03-21-11 12:28 PM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 language ta ramro cha, tara story ali cheu na tuppa ko bhayo. I think your story is trying to build something and before it is buiit it finishes. If you put more things before it ends.. . I mean  story k ho? But you have the potential. 

Just my 2 cents. 

 
Posted on 03-21-11 3:52 PM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Following lines elevate the reach of your story to another level:

"रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो" उस्का उत्तर सधैं त्यस्तै हुन्थे। नचाइने आदर्शहरु जस्ता लाग्थे मलाई।
.....................

"पर के हेरेकी त, फुल?" मैले त्यतिकै सोधें।

" हैन बगैंचा " उ अझै त्यतै हराएकी थि, उदास।

Well written.



 
Posted on 03-21-11 3:59 PM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

<मेरी सजुलाई अब अरु कसैले "मेरी सजु" भन्छ होला, स्पर्श गर्छ होला।>

<उस्लाई छुन नपाउने मेरा स्पर्शले भन्दा उस्लाई छुने स्पर्शको कल्पनाले धेरै दुख्छन मलाई।>

< नहुन्जेल आफ्नो बनाउने रहर, आफ्नो भएपछी त्यो रहरको बन्धनमा पर्ने अर्को रहरको रहर।>





 
Posted on 03-21-11 7:49 PM     [Snapshot: 387]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"रुनु कम्जोरी हैन, मन लागेको बेला रुन नसक्नु कम्जोरी हो"

 
Posted on 03-21-11 11:40 PM     [Snapshot: 500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

marvellous writing.
Nepali literature needs writers like you.

I respect story writers more than poets.

 
Posted on 03-22-11 12:35 AM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajjjabb chha hai @nakkali kti



 
Posted on 03-22-11 1:21 AM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramro chha... Keep it up

 
Posted on 03-22-11 12:57 PM     [Snapshot: 684]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you all for taking time to read my natter.... your  words are encouraging to me....

Bodmas ji,

I agree with you. There is hardly any substance in the story. I was just trying to reflect protagonist's emotional aftermath of relationship break up and I don't believe all stories must be confined within start and end points..... some stories can flow in any direction like breeze.... I appreciate your comment...

 
Posted on 03-22-11 5:21 PM     [Snapshot: 806]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती को लागि धन्यवाद कथा पनि राम्रो नै छ

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters