[Show all top banners]

Padante Khate muraj

More by Padante Khate muraj
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 WTF,कवितालाई दिइएको यातना मध्ययुगीन बर्बरता: संसदीय टोली
[VIEWED 5554 TIMES]
SAVE! for ease of future access.
Posted on 08-10-11 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुटवल, श्रावण २५ - जनजागरण महिला समुहका सदस्यहरुको यातनापछि आत्महत्या गरेकी बुटवलको योगीकुटीकी कविता थापाको घटनाबारे सत्यतथ्य अध्ययन गर्न आएको चार सदस्यीय संसदीय छानवीन टोलीले बुधबारदेखि स्थलगत अध्ययन थालेको छ  । 

घटनास्थल, प्रत्यक्षदर्शी, हिरासतमा रहेका महिला तथा स्थानीय प्रहरी प्रशासनसंगको सोधपुछपछि प्रतिक्रीया दिंदै टोली संयोजक विनोद पहाडीले कवितामाथि महिला समुहले गरेको कार्य मध्ययुगीन बर्बरता तथा मानव सम्यतालाई नै चुनौति दिने खालको भएको टिप्पणी गरेका छन् । 

दवाउन खोजिएको घटनालाई बाहिर ल्याएर सञ्चार माध्यमले राज्यको आँखा खोलेको बताउँदै टोलीले अब यस्ता घटना दोहोरिन नदिन पनि घटनाको गहिरो अध्ययन गर्ने उनको भनाई थियो । स्थलगत अध्ययनमा संलग्न नैनकला थापाले घटनालाई जघन्य अपराधका रुपमा लिएर अध्ययन सुरु गरेको र त्यसअनुसार घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बताए । 

टोलीले बिहीबार पनि घटनाको थप अध्ययन गर्ने र पीडित तथा प्रत्यक्षदर्शी मानवअधिकारकर्मी, पत्रकारलगायतसंग छलफल गर्ने जनाएको छ । शनिबार दिउँसो रक्सी खाने कुलतमा लागेको आरोप लगाउँदै स्थानीय जनजागरण महिला समुहका सदस्यहरुले यातना दिएपछि आत्मग्लानीका कारण कविताले त्यसराति घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् । 

संसदीय छानविन टोलीको अध्ययनपछि पनि मृतक पक्षधरले प्रहरीले सबै दोषी महिलालाई पक्राउ गर्नु पर्ने तथा पीडितलाई राहत उपलब्ध नगराउँदासम्म शव नउठाउने भन्दै  पाँचौं दिन बुधबार पनि शव घरकै बरण्डामा राखेको छ । 

मृतकका आफन्त तथा स्थानीयले स्थलगत अध्ययनकालागि आएको संसदीय टोलीसंग घटनाको सत्यतथ्य अध्ययन गर्न तथा सबै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै केहीबेर बाटो समेत छेकेका थिए । शव हेर्न आउने मृतकका दाजुभाइ तथा टाढा टाढाका आफन्तहरुसमेतको घरआसपासमा भीड लागेको छ ।  

आक्रोशीत समुहको भीडले योगीकुटी बजार थप तनाग्रत बनेको छ । प्रहरीले घटनामा संलग्न देवु ढकाल, श्याम कुमारी गिरी, माया थापा र कमला न्यौपानेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters