mampaka
Replies to this thread:
More by mampaka
What people are reading
Subscribers
Please log in to subscribe to mampaka's postings.
:: Subscribe
|
[VIEWED 6070
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
mampaka
Please log in to subscribe to mampaka's postings.
Posted on 05-02-06 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुख्य सचिव कार्कीलाई खुलापत्र श्री लोकमानसिंह कार्की, काठमाडौं तपाईंको कार्यकक्षलाई सिंहदरबारभित्रकै कर्मचारीले 'लोकमानसिंह कार्की निषेधित क्षेत्र' घोषणा गरेर खबरदारी सूचना टाँसिसकेपछि अब 'मुख्य सचिव' भनेर सम्बोधन गरिरहनुपरेन । हुन त मेरो अन्तरआत्माले तपाईंलाई कहिल्यै 'मुख्य सचिव' मानेन । सम्झनुभएकै होला, जुन बेला बधाई दिन निजामती सेवाका उच्चस्तरीय चाकरले हप्तौंसम्म तपाईंको कार्यकक्ष भरिइरहन्थ्यो, त्यो बेला पनि म 'बधाई' ज्ञापन गर्न गएको थिइन । त्यसबेला पनि मेरो विचारमा तपाईंको नियुक्ति 'योग्यताको हार' र 'चाकरीको जित' भएको अनुभूतिले हप्तौंसम्म रन्थनिएको थिएँ । आज जब तपाईंको अहंकार धुलिसात भएको छ र आफ्नै कार्यकक्षमा आउन नसक्ने अवस्था सिर्जना भएको छ र जब वैशाख १४ को कान्तिपुरमा डा. कृष्णप्रसाद उपाध्यायले पत्रको बुँदा नं ६ मा तपाईंको नाम उल्लेख गरेको देखेँ— तब मलाई पनि तपाईंले गर्नुभएका कुकृत्यबारे चर्चा गर्न मन लाग्यो । आशा छ, मनन गर्नु हुनेछ । १. निजामती सेवाको सबैभन्दा सानो पद पियन/परिचरले समेत लोकसेवा आयोगको परीक्षा पास गरेर आएका हुन्छन् । आयोगको परीक्षा उत्तीर्ण नगरी निजामती सेवाको पेन्सन पाउने कुनै पनि पदमा ६ महिनाभन्दा बढी अवधिका लागि नियुक्ति हुन नसक्ने संवैधानिक व्यवस्थाविपरीत तपाईं राजाको हुकुम प्रमाङ्गीबाट दरबारको सेवामा प्रवेश गरेको र प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको एकल इजलासको बहुआलोचित '५ लाखे' फैसलाबाट दरबन्दी नै नभएको अवस्थामा निजामती सेवाको सहसचिव पदमा भित्र्याइनुभयो । पछि 'आफ्नो भाग्य र राजाको निगाहा' बमोजिम तपाईं मुख्य सचिव बनाइनुभयो । यो तपाईंको भाग्य होला, किनकि दरबारको एउटा सामान्य कारिन्दा लोकसेवाको परीक्षाको मुखै नदेखी यो सर्वोच्च पदमा आइपुग्नुभयो । तर अप्रत्यक्ष रूपमा यो 'निगाहा' प्राप्त गर्न कुन-कुन ५ तारे होटलमा के-के सप्लाइ गर्नुभयो, अरूलाई थाहा छैन भन्ने सोच्नुभएको छ ? २. प्रशासनको माथिल्लो तह 'माघ १९ का समर्थक'बाट भर्ने उद्देश्यले तपाईंले विशिष्ट श्रेणीका पदाधिकारीलाई 'चाहेजति समयसम्म' जगेडामा राख्ने निरंकुश निजामती अध्यादेश जारी गराउनुभयो । तपाईंको 'प्रदक्षिणा' गरेकै भरमा 'अर्थ सचिव' पद पड्काउन सकिन्छ भन्ने आशामा माधवप्रसाद घिमिरेबाट राम्रो 'चाकरी' प्राप्त गर्नुभयो । आफ्ना मानिसको सरुवा मालदार मन्त्रालयमा गराउनुभयो । तर हुलाक कार्यालयमा बाइसौं वर्षदेखि कार्यरत एकजना अधिकृतको पनि सरुवा गराउनुभएन । किनकि तपाईंलाई प्रस्टै थाहा थियो, हुलाकमा तपाईंका समर्थक कर्मचारी छैनन् र उनीहरूलाई सरुवा गरेबापत तपाईंलाई कुनै 'लाभ' हुनेवाला छैन । ३. छेपारोले झैं रंग फेर्न माहिर तपाईंले आफूलाई यति सशक्त कांग्रेसीको रूपमा प्रस्तुत गर्नुभयो कि बरु बलदेव मजगैयाँजस्ता पार्टीका इमानदार सिपाहीको मन्त्रीपद गयो, तर तपाईंको 'सचिव' पद झनै जाज्वल्यमान बन्दै गयो । माघ १९ पछि त तपाईंको हैसियत यति बढ्यो कि तपाईंलाई 'राजस्व' रूपी दूध पिलाउने गिरिजाबाबु स्वयम्लाई नै डसेर विषालु सर्पको सक्कली रूप देखाउनुभयो । ४. साहित्य, संगीत र कलाको विकास गर्न स्रष्टालाई सम्मानित गर्न कथित 'प्रज्ञा-प्रतिष्ठान'को डङ्का पिटाउँदै हिँड्नुभएका तपाईंले निजामती सेवाभित्रका कुनै पनि स्रष्टालाई पर्वतारोहण कार्यको सम्पर्क अधिकृत बनाएर पठाइनुको सट्टा सत्चितशमशेरकै मान्छेलाई मौका दिइरहनुभयो । 'हिमालको ठेकेदारी गर्ने' गिरोह कायमै रह्यो र तपाईंले कसैलाई पनि पुस्तक लेख्ने, पर्यटन प्रबर्द्धनमा सघाउ पुर्याउने र नेपालको छवि फैलाउने कार्यमा सहयोग नपुर्याई 'ठेकेदारमार्फत शुभलाभ' गर्ने काम गरिरहनुभयो ।
|
|
|
|
mampaka
Please log in to subscribe to mampaka's postings.
Posted on 05-02-06 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
५. बाइस वर्षपछि आफ्नै पहलमा मैले हुलाक बचत बैंकलाई पुनर्जीवन दिएँ । तपाईंकै आदेशअनुसार ०६२ वैशाख २७ गते इतिहासमै पहिलोपटक योसम्बन्धी उपाधि, सम्मान र पुरस्कार वितरण समारोह आयोजना गर्न तपाईंले मलाई अर्हाउनुभयो । तपाईंले नै यो समारोहमा राजाको सवारी चलाउँछु भनेर डिङ हाँक्दै कार्यक्रम अत्यन्तै भव्य हुनुपर्छ भनेर उकासिरहनुभयो । स्क्यानिङ गरी प्रमाणपत्र छाप्ने प्रयोजनका लागि तपाईंले स्वेच्छाले आफ्नो हस्ताक्षरसमेत दिनुभयो । तपाईंकै आदेशअनुसार मैले राष्ट्रिय सभागृह बुक गरेँ र सम्पूर्ण ट्रफी तथा मेडल तयार पार्न लगाएँ । तर पछि पुरस्कृत हुनेहरूको सूचीमा तत्कालीन मुख्य सचिव डा. विमल कोइराला, सामान्य प्रशासन सचिव टीकादत्त निरौला लगायत कान्तिपुर, दृष्टि, छलफल, एक्काइसौं शताब्दी आदिका पत्रकारको नाम देखेपछि तपाईं क्रोधित हुनुभई मलाई अपमानित गर्नुभयो । ती नाम सबै मैले सिफारिस गरेको भए तापनि अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको हुनाले मैले कान्तिपुरका पत्रकारलाई त्यसबाट हटाउन नमिल्ने बताउँदा तपाईंले कार्यक्रम नै रद्द गरिदिनुभो । जागिरे जीवनमा कुनै अवसर प्राप्त नगरी अधिकांश समय हुलाकको कारिन्दाका रूपमा बिताएको म एउटा निरीह कर्मचारीले त्यो समारोह हुन नसकेपछि म आफैंले सम्मानित गर्ने भनिएका व्यक्तिलाई घर-घरमा गएर ट्रफी प्रदान गरेँ । र ट्रफीको बिलबापत व्यक्तिगत रूपमा रु ५० हजार रुपैयाँ पनि आफैंले तिरेँ । यसका लागि मैले पैसा जुटाउन जग्गा बेच्नुपर्यो । मैले तपाईंसँग पटक-पटक आफू मर्कामा परेको गुनासो गर्दा तपाईंले मलाई अपमानित गर्दै कार्यकक्षबाट बाहिर निकालेको झल्झली सम्भिmरहेछु । ६. तपाईंकै एकजना 'पाउको सेवक'को पनि 'सेवक'को कुरो सुनेर तपाईंले मलाई ०६२ जेठको पहिलो साता जावलाखेलमा आयोजित हुलाक अधिकृतहरूको राष्ट्रिय भेलामा पुनः अपमानित गर्नुभयो । सञ्चार मन्त्रालयले गरेको निष्त्रिmय खाता अपलेखनसम्बन्धी निर्णयलाई मैले कार्यान्वयनमात्र गरेको थिएँ, तर तपाईंले त्यो निर्णय नै मैले गरेको भनेर झपार्नुभयो । पछि जब सत्य खुल्यो, तब पनि भूल स्वीकार्नुको सट्टा तपाईंले मलाई अपमानित गरिरहनुभयो । तपाईंको सामन्ती संस्कारबाट म पछिसम्म पनि प्रताडित भइरहेँ । मेरो कार्यसम्पादन मूल्यांकन अंक रेटियो । सबैभन्दा बढी काम गरेबापत मलाई 'न्यूनतम' अंक दिइयो । मेरो गल्ती यतिमात्र थियो कि मैले तपाईंसँग दोहोरो कुरो गर्ने साहस गरेँ । मैले आफूलाई तपाईंको 'प्रदक्षिणा' गर्ने 'चाकर'का रूपमा आफूलाई उभ्याउन कहिल्यै पनि रुचाइन । ७. सैनिक र प्रहरीको सिको गर्दै तपाईंले पनि 'निजामती कर्मचारी श्रीमती संघ' सक्रिय गराउनुभो । आफ्नी श्रीमतीलाई अध्यक्ष बनाउनुभो । र त्यसको पहिलो कार्यक्रममै आफैंलाई अभिनन्दन गराउनुभो । निजामती प्रशासनमा कुन योगदान पुर्याएबापत तपाईं अभिनन्दित हुनुभएको हो ? तपाईंलाई त गौरव नै होला, हामी देख्नेलाई धेरै शरम भयो त्यो दिन । ८. जब तपाईं भन्सार विभागको महानिर्देशक बन्नुभयो, तब तपाईंका पिताको नाममा रहेको प्रज्ञा-प्रतिष्ठानको अक्षयकोषमा रकम बढ्दै गएर १ करोड पुग्यो । के सहसचिव सरहको जागिरेले तलब खाएरै यति पैसा कमाउँछ ? फेरि सधैं स्रष्टालाई नै अपमान गर्ने तपाईंले कसलाई पुरस्कृत गर्न यो अक्षयकोष खडा गरेको ? के तपाइर्ंको कोषको इज्जत कमल थापाकालीन गृह मन्त्रालयको 'आर्थिक सहायता'को भन्दा बढी छ ? ९. दुहबी बजारको बीचमै तपाईंका पिताको सालिक स्थापित छ । त्यसलाई तोड्न स्थानीय जनताले पटक-पटक प्रयास गरेको पनि छापामा आएकै हो । के पैसा छ भन्दैमा राष्ट्रले नमानेको मान्छेको सालिक ठाउँ-कुठाउँ राख्दै हिँड्न मिल्छ ? तपाईंका पिताजी तपाईंका लागि महान् होलान्, यसमा कुनै शंका छैन । आफू दरबारको कारिन्दा रहेर पनि छोरालाई मुख्य सचिव बनाउन सक्नु सानो कुरो पक्कै होइन । तर के हामीले पनि तपाईंका पितालाई त्यत्ति नै आदर गर्नुपर्ने बाध्यता छ ?
|
|
|
mampaka
Please log in to subscribe to mampaka's postings.
Posted on 05-02-06 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१०. बाबुको सालिकको बारम्बार अनादर हुनथालेपछि तपाईंले बाबुलाई राष्ट्रिय विभूति बनाउने कसरत थाल्नुभयो । यही प्रयासकै फलस्वरूप तपाईंबाट मुलुकप्रति अक्षम्य ज्यादती हुनपुगेको छ । ०६२ असोज ८ गतेका दिन तपाईंले पिता भूपालमानसिंह कार्कीको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेर दुनियाँलाई चकितमात्र होइन, नेपाली हुलाक टिकटको गौरवशाली परम्परा नै धुमिल तुल्याइदिनुभएको छ । तपाईंलाई थाहा हुनुपर्ने हो— हुलाक टिकटमा तस्वीर छापिनु भनेको राष्ट्रले दिने सर्वोच्च सम्मान हो । यो तपाईंकै सिफारिसमा वर्षमा २/४ क्वीन्टल बाँडिने गोदवाजस्तो मूल्यहीन चिज होइन । भारतमा 'भारत-रत्न' र 'पद्मश्री'बाट विभूषित महापुरुषहरूका समेत टिकट हत्तपत्त निस्कँदैन । सन् २००५ को फिलाटेलिक कार्यक्रममा बुद्ध र भृकुटीको मात्र टिकट निकाल्ने कार्यक्रम रहेकोमा तपाईंले सञ्चार मन्त्रालयको सचिव पदको दुरुपयोग गरी भृकुटीको नाम काटी त्यसको सट्टामा पिताको नाम घुसाउनुभएको छ । के तपाईंका पिता नेपालीका लागि बुद्धसरह र भृकुटीभन्दा विशिष्ट हुन् ? अष्ट्रियाको सरकारी छापाखानाबाट १० लाख प्रति छापिएको यो टिकटले के नेपालीको गौरव बढाउँछ ? के ०६० मा दिवंगत भएका तपाईंका पिताको श्राद्ध गर्न राष्ट्रले यत्रो रकम व्यहोर्नुपर्ने ? जुन मुलुकमा पारसमणि प्रधान, तेञ्जिङ नोर्गे शेर्पाजस्ता व्यक्तित्वको समेत अझै टिकट निस्केको छैन, तपाईंले गर्दा राष्ट्रिय व्यक्तित्व भृकुटीको त निस्कन पाएन भने तपाईंको पिता यो राष्ट्रको को हो र भृकुटीको नाम हटाई उनको टिकट निकालेर राष्ट्रकै अपमान गर्नुभयो ? के दरबारका सामान्य कारिन्दा सबैको टिकट निकाल्नैपर्छ ? यतिमात्र होइन, टिकटको फोल्डरमा उल्लेख भएका महेन्द्रसिंह, केशरसिंह, खड्गकुमारी, हस्तवीरसिंह, ज्ञानकुमारी, पृथ्वीबहादुरसिंह, महान्कुमारी, भूमा, हिरण्यकुमारी, हेमकुमारी र दुर्गाकुमारीदेवी कार्की नामका व्यक्तिको राष्ट्रमा के पहिचान छ र उनीहरूको प्रचारका लागि राष्ट्रिय ढुकुटी रित्याइयो ? नेपाल बार एसोसियसनको स्वर्ण जयन्तीजस्तो महत्त्वपूर्ण अवसरमा समेत संस्मरणात्मक हुलाक टिकट निकाल्न सम्बन्धित पक्षले कुनै चासो नदेखाइएको अवस्थामा यो टिकट निकाल्न किन यत्तिको सक्रियता देखाइयो ? यो त खोजीको विषय छ नै, तैपनि यत्तिका दिनपछि आएर भए पनि तपाईंका केही कुकृत्यबारे चर्चा गर्ने अवसर मिलेकोमा आफूलाई धन्य ठानेको छु । तपाईंमा पनि सामान्य नैतिकता शेष छ भने यो रकम तुरुन्त राष्ट्रिय ढुकुटीमा दाखिला गरी पदबाट राजिनामा दिनुहुनेछ । भवदीय - खडानन्द ढकाल प्रमुख केन्द्रीय धनादेश कार्यालय उर्फ प्रतीक ढकाल लेखक, हिमालपारि पुगेपछि
|
|
|
texan
Please log in to subscribe to texan's postings.
Posted on 05-02-06 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोक मान जी, तपाईं को रेस्पोन्स् के छ होला यसमा???
|
|
|
Kedar_Sharma
Please log in to subscribe to Kedar_Sharma's postings.
Posted on 05-02-06 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खडानन्द जीले कुरा त एकदा राम्रो उठाउनु भएको हो तर यत्ति कुरा लोकतन्त्र आउनुअघि भन्न सकेको भए चाहिँ उहाँलाई बहादुर भन्न मिल्थ्यो। यो त कुरा सही नै भए पनि काम चैँ "मरेको स्यालको पुच्छर तान्ने" (ध्यान रहोस्, मरेको बाघको जुँगा तान्ने होइन है) भन्न मिल्ने पो भयो त!
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
tesla stock OMG !! |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
Need Help of IT consultancies |
Nepal TPS decision |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Supreme Court allows Trump to end TPS for Venezuelans |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|