[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 -बाँसको पैसा-Gautam B.

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
[VIEWED 22260 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-21-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“बाँसको पैसा”

-भाग १-

“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।
“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।
बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।
चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।
“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।
मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

क्रमश:
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-21-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण, कुम्ले, Tyra, Amanisha, भउते, Pretty, Thaha Payen, चित्रे र नमे; सबैलाई धेरै धेरै धन्यवाद कथा पढेर प्रतिकृया दिनुभएकोमा।

धेरै पहिलेदेखि धेरै 'धुर्बलाल' हरुका धेरै 'बाँसघारी'हरु यसरीनै हराइरहेका छन्। लामो हिसाब किताब बाँकी छ! धुर्बलालले पैसा पाउने कहिले?
 
Posted on 08-21-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मैलै त नहेरेको गौतमजीको पो रे'छ
 
Posted on 08-21-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी?!!! यो कथा त हाम्ले संकलन गर्दै थि'म के रे!
ल, अर्को लेख्न परो गोतामेजी, अनि यतातिर पठाइदिन परो।
 
Posted on 08-21-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touching Gautam B. Kudos.
 
Posted on 08-21-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मैलै त नहेरेको गौतमजीको पो रे'छ ... ... ...
:>:>:)
 
Posted on 08-21-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ गौतमजी!
यथार्थको कलमी चित्रण! मन नै भरिएर आउने!
 
Posted on 08-21-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैनके दादा साझाको सबै धागोहरु हेर्ने बानि छैन नि मेरो:)
बिहानै देखेको यो 'बाँसको पैसा' तर खे किन हेरिन
अघि हेरेको त साह्रै मन पर्यो के ।
गौतमजीको कथामा वास्तब मै नेपाली परिवेशकोयथार्थ चित्रण छ क।
यस्कोको बारेमा अरु कनै शब्द नै भेटाइन लेख्नलाइ -अनिमैलै नि हेरेको हो भनेर प्रमाण दिन मनलाग्यो ...अनि त्यत्ति मात्र.(..मैलै त नहेरेको गौतमजीको पो रे'छ ... ... ...') लेखेको
:)
 
Posted on 08-21-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि!! उफ!! हत्तेरिका!! के के भनु ??!!!

म हो है उहि के मास्टर्नी नानीको विरोधि :D :D :D
 
Posted on 08-21-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउजी, ढिलो भईसक्यो होला भनेर यतै टाँस्देको। यसैलाई त्यता यस्सो ठाम् मिलाइदिँदा कसो होला? अब यो अल्छी गोतामेले अर्को लेख्ने भन्या कहिले हो कहिले!
दादा, कट्रिना र मिसलाई धन्यबाद।

शुभाजीलाई पनि धन्यबाद ! (हुन्न त मिस?)
 
Posted on 08-21-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरीका बिर्खे बूढालाई जदौ गर्नै बिर्सेको! धन्यबाद छ जिम्माल!
 
Posted on 08-21-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गोतामे जी, भइहाल्च नि! ल मेलमा पठाइदिम्।

-- गालब
 
Posted on 08-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे जि, बधाई छ, बेजोड प्रस्तुतिको लागि !

यी हाकिम साहेवको पनि आफ्नै व्यथा होला नि। चैताँ राजाको सवारिको गेट बनाउन धुर्वलाल बा को बाँस घारिमा मण्डले सेना पठाए। त्यति खेर वजेट नभएकोले अर्को चौमासिक निकासा भए पछि बाँसको पैसा दिने सुर थियो होला हाकिम साब् को। अब राजाको सत्ता नै चिलीम भ सी काँ को बजेटले तिर्ने !
 
Posted on 08-22-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा मुलुकाँ गरिब त जाताँ घुन सरी बाँच्या छन। जस्ले गुन गर्ला भनेर आश गर्यो, तिनै घुन पिस्न आउँछन जाँतो भेट्ना साथ। बिडम्वना!

गौतम ख्वामित, सम्झाउँदै तर गर्दै गर्नु पर्छ के ।
 
Posted on 08-22-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Daami Chha Gautam daami chha. Mane prabhu, timi ta gaf matra haina lekhne ma pani mahir rahechhau
 
Posted on 08-22-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

neutralजी, दीपजी र राजाहरिश्चन्द्रजीलाई धन्यबाद।

neutralजी, यी हाकिमको त दोष छैन। दोष हुनेहरु त काठमाण्डुतिर भागिहाले नी!

दिप पर्भो, साह्रै घत पर्नी कुरा अर्नु भ!

राजा बुरो, तेस्तो माहिर त नभनौँ न यार! लाज लाग्छ, धरोधर्म!
 
Posted on 08-23-06 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो लेख्नु भो गैातमजि, जिबन्त छ् पढेर मजा आयो । अरु पनि पढ्न पाउ।

तिमि मेरो साथि
 
Posted on 08-23-06 3:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात गौतमजी, असाध्यै राम्रो
 
Posted on 08-23-06 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ गोतामे। मार्मीक छ।
 
Posted on 08-23-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी मेरो साथी, ग्वाँचे, साहिला र पुण्टे दाइ; कथा पढेर हौस्याएकोमा धन्यवाद। मौका मिल्दा हातले चल्न मानेछन् भने अरु पनि टाँसौँला।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters