[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 निदाएको बेला मात्र किन आउछौ ए सपना ?
[VIEWED 6962 TIMES]
SAVE! for ease of future access.
Posted on 06-04-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

निदाएको बेला मात्र किन आउछौ   ए सपना ?  


 


तिमी आउने आशमा,
तिमीलाई पाउने आशमा,
युगौं देखी रात अनिदो रहे।
युगौं देखी बात अधुरै रहे ।


थाकेर एक छिन,
तिमीलाई नै भाकेर  एक छिन
के निदाएको थियो रात
के निदाएको थिए म
तिमी आइछौ ...................
 
निदाएको बेला मात्र किन आउछौ   ए सपना ?  


निदाएकै बेलामै भए पनि आइछौ,
शिथिल तन मन मै रमाएछौ।


धीत मरेन, मन भरेन
ब्युंझदा कुनै शेष रहेन।


 ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै  छ कि भनेर
छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर


दिन मै आए के फरक पर्थ्यो ए  सपना?


साथी भाईले खुस्किए छ भन्लान् 
दिउसै सपना देख्न थाले छ भन्लान् 
सपना देख्ने चिज होइन,
सपना लेख्ने चिज होइन,


मेरो लागि सपना,
बिभुती हो,
अनुभूती हो।


अनगिन्ती कहाली लाग्दो बिपनाहरु
घातप्रतिघातबाट वाक्क लाग्दो बिपनाहरु
निर्मोही, निष्ठुरी अनुहारहरु
उदेकलाग्दो  व्यबहारहरु
सबैबाट मुक्ती चाहन्छु


त्यसैले सपना
निदाएको बेला मात्र होइन,
अंध्यारिएको बेला मात्र होइन,
उज्यालोमा  आउने गर
अंगालोमा बाध्ने गर  
 
 
 अस्तु!
 


 


 
Posted on 06-04-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो राहुल दाई, हिजो राती सपना राम्रो देखियो जस्तो छ नि र पो बिहानै बिहानै गजबको कबिता फुर्दो रहेछ । जे होश कबिता राम्रो छ ।
लौ जय होश प्रभुको !!

 
Posted on 06-04-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाइ निदाएको बेलामा मात्र सताउने को रहेछ त हँ सपना भन्ने केटि?


भाउजुलाइ खबर गर्नु पर्‍यो।


 


तिमी आउने आशमा,
तिमीलाई पाउने आशमा,
युगौं देखी रात अनिदो रहे।
युगौं देखी बात अधुरै रहे ।



यो हरफ धेरै राम्रो छ दाइ।


 
Posted on 06-04-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई  हिजो किन चौतारीको  गीतन्जली मा समाबेश हूनु भयने भनेको त, ८:०० बजे नै गुतुमुती सकेको जस्तो छ
 
Posted on 06-04-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ सपनामा को आयो त्यस्तो , गणेश थान को मनिद्र घुमे झै ठुल्दाइ लाई हिजो राती को सपना ले घुमायो जस्तै छ नि ।
कबिता घातक छ , ल ल ठुल्दाइको सपना बिपना भएर चाडै आओश
 
 
Posted on 06-04-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठूल्दाई, फुरेछ त मजाले!

आजकल भाउजुले साझा हेर्नुहुन्न कि के हो?
 
Posted on 06-04-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइले भेट्ने भए, घरमा के के थोकिने हो आज, आज भरे ठुल्दाइलाई कल गरौं आँफै पत्ता लगाउं। ठुल्दाइ चेत हुनी भये आज चाँही।

 
Posted on 06-04-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि सपनामा के के देख्ने देख्ने भन्या


>>
ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै  छ कि भनेर
छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर
<<


भाउजु लाई खबर नगरि भएन - दिउँसो आउँदा भाउजुले चाल पाउछ भनेर राती मात्र आउने होला सपना - हैन ठुल्दाइ


गजब को गयो ठुल्दाइ कबिता भन्ने कि सपना भन्ने - दुबै च्वाँक छ।।


 
Posted on 06-04-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Had not read wonderful poem for a long time.


Very nice and romantic poem


 


 
Posted on 06-04-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice poem rahul dai. :)

 
Posted on 06-04-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भक्तजी।
सपना को कुरा न हो, रंगिन, झिलिमिली र च्वाँक नै देख्ने गर्छु।


भाउजु लाई खबर नगरम क्या रे क्रेजी,
भाउजु ले पाउजु किनी देउ भन्दै छ, खल्तिमा सुको छैन।


बैरे,
सपनालाई घुमाउने रहर गर्दागर्दै सपनाले घुमायो। आखिर जसले घुमाए नि घुम्न घुमियो।


पुरे,
आजै गर, कल नगर । सपना को कुरा हो, भाउजुले सपनालाई राम्ररी चिन्छ क्या ।


लहरे,


कबिता र सपना मा कुन चाँही राम्री ?


सुब्रथ जी,
राम्रो मणी पढिदुनु भाकोमा धन्यवाद।


खुशी,
धन्यवाद।


गाइने जी,
गीता र अन्जलिको मात्रा कती कुरा गर्ने? सपना र कबिता को नि कुरा गरौं न ।


बिर्खे जी,


धन्यवाद।
 


 


 
Posted on 06-04-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाइ दुबै एक से एक छ कसलाई बढी राम्री भन्नि -


अब भाग लगाउदा दिउँसो कबिता अनी राती सपना राम्री भन्नु पर्ला -


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters