[Show all top banners]

luoshi

More by luoshi
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भौतारिएको भविष्यमाथि स्थिरताको खोजी
[VIEWED 5043 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-08 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


-रञ्जनराज ढुंगेल
"'रामप्रसाद' को दर्ुइवटा सन्तान थिए, 'ए' र 'वि' तर 'ए' र 'वि' को नाता दिदिबहिनी होइन्, आखिर के होला उनीहरूको नाता -" रमेशले आलोकलाई प्रश्न गर्‍यो । आलोकले हँासेर भन्यो पक्कै दाजुभाई होलान् नि । कक्षा ५ मा पढेका सामान्य ज्ञानका प्रश्नउत्तर गरिरहेका यी साथीहरू अहिले ३० वर्षमाथिका भइसके । आज उनीहरू एउटा जमघटमा जमिरहेका छन् । १५ वर्षघि एस.एल.सी. दिदाका साथीहरूको जमघट थियो त्यो । भर्खर भर्खर जुँगा दाह्री उर्मन शुरु गर्दाको मित्रतालाई अधवैसें -अधिकांस विवाहीत) भएपछि भएको त्यो जमघटमा एउटा नौलोपनको आभास हुन्थ्यो । आफ्नो परिचय दिनुपर्दा रोल नं १, म सन्जिव थापा भन्नेहरूले अहिले आफ्नो परिचय डाक्टर, इन्जिनियर, शिक्षक, अधिकृत आदि आदि बनाइसकेका थिए । विद्यालय जीवनका साथीहरू भएकाले आफ्नो भावनाहरू एउटा प्रतियोगिता मार्फ राख्ने योजना अनुरुप जीवन के हो - शिर्षमा बक्तृत्वकला प्रतियोगिता आयोजना भयो  । १८ जना साथीहरूको जमघटमा ३ वटा समूह गठन भयो अनि प्रत्येक समूहका साथीहरूबाट एक एक जना निर्ण्ाायकका लागि नियुक्त गरियो । जम्मा ३ मिनेट समय दिइयो, आफ्नो मन्तव्यका लागि । पुरस्कारमा आज कपी, कलम भन्दा पनि वियरका कार्टर्ुुथियो । जुन ग्रुपले जित्थ्यो, उनीहरूलाई एक कार्टर्ुुवियर प्राप्त हुन्थ्यो । "जीवन के हो - यो एउटा जटिल प्रश्न हो र यसको उत्तर पनि त्यति सजिलो छैन । मान्छेले जस्तो आफूले भोगिरहेको छ, त्यसलाई नै जीवन ठान्दछ, जीवन चाहना हो, जीवन सन्तुष्टि हो, जीवन स्वार्थ हो, जीवनर् इष्र्या हो । तर जीवनका शाश्वत सत्यमा जीवन मृत्यु हो । जन्मेपछि जीवन शुरु हुने भएकाले जीवनको अन्त्य पनि मृत्यु हो । हिजो बालपनमा पनि जीवन थियो, युवा अवस्थामा पनि जीवन छ, भोलि वूढेसकालमा पनि जीवन हुनेछ । मात्र जीवनको परिभाषा परिवेश अनुसार फरक हुदैजानेछ । जसले जे भोगिरहेछ त्यो जीवन हो, जसले सोचेर भन्छ त्यो कल्पना हो किनकी जीवन यथार्थ हो ।" जीवनका लागि उत्कृष्ट भावना स्वरुप आशिषका समूह पुरस्कृत भयो । औपचारिक रुपमा संचालन भएको कार्यक्रम पश्चात वियरका नशामा झुमेका साथीहरूले एकैछिन दिग्दार लाग्ने जीवनबाट वाहिर निक्लन चाहें अनि उनीहरू छाडा भए । 'ओ मिस्टर रोल नं १, रोल नं ३ की कोपिला कता गई - कोपिलाले धोक्रे छोरो पाउदा पनि तँ त कुमारै छस् -' 'नकरा त्यो उमेरमा भएका कुराहरू ती सबै उमेरको दोष हो', रोल नं १ ले उत्तर दियो । तर आशिष र पूजाको ७ कक्षादेखिको प्रेम भने विवाहमा परिणत भएछ हैन । मोराले विवाहमा वोलाउदा नि वोलाएन - अनुपले जिज्ञासा राख्यो । तँलाई कसरी बोलाउनु त - पूजालाई प्रेमपत्र लेखेको विर्सिछ की क्यो हो - सन्जिवले थप्यो ।
बालपनका साथीहरूको जमघटमा देशका वारेमा चिन्तन शुरु भयो । नेपालीहरू सबै चिन्तित छन्, सबैलाई आफ्नो देशको माया छ । तर नेपालमा वसेर प्रगति नहुने हुँदा हरेक युवाको मुख्य उद्देश्य नै समुन्द्रपारका देशहरू छन् । १८ जना मित्रहरूमा ७ जना विदेश गएर छुट्टी मनाउन नेपाल आएका छन् । ४ जना विदेश जाने तरखर गरिरहेछन् अनि ५ जना विदेश जाने सोचमा छन् । आखिर प्रश्न खडा भयो यो समयमा यसरी विदेश जाने फेशन कसरी चल्यो होला त - तिनीहरू एस.एल.सी. दिदा कसैको पनि उद्देश्य विदेश थिएन । तर आजकल कक्षा १० पढ्दादेखि नै विदेश जानका लागि तयारी शुरु हुन्छ । १२ कक्षा उतर्ीण्ा गरेपछि एकफेर विदेश प्रयास नगर्ने औलामा गन्न मिल्छ - आखिर के होला त यसको कारण । विश्लेषण शुरु हुन्छ । 'मुख्य कुरा नेपालीहरूको देखासिकि गर्ने कलाले गर्दा नै विदेश जाने होड चलेको हो अनि विदेश जानका लागि अपनाउनुपर्ने प्रक्रियाहरू पनि सजिलो छ । साथै सञ्चारमा अग्र भूमिका निर्वाह गरेको इन्टरनेटको पनि मुख्य भुमिका त छदैछ । देशमा उचित वातावरण हुन नसक्नु नै विदेश जानुपर्ने वाध्यता हो ।' सन्तोषको युवा मानसिकता थियो त्यो । सन्तोष भर्खर आफ्नो मास्टर लेभलको पर्ढाई सकेर ६ महिनाको लागि नेपाल आएकेा थियो । नेपाल आउनुको उसको अर्को कारण थियो, विवाह गर्नु । किन नेपाली नै खोज्नुपरेको नि तलाई - अनुपले सन्तोषलाई सोध्यो । 'के गर्नु यार विदेशी हर्ेनका लागि मात्र राम्रा हुन् भावना मिल्न एकदम गाह्रो हुन्छ । संस्कृति त नेपाली एकदम ठिक छ नि यार, वारम्वार विवाह गरिरहन मननलागेर नेपाली केटी नै खेजेको बुझिछ तैले ।' सन्तोषले सटिक उत्तर दियो । ल नढाटि भन् त - तेरो विदेशमा एउटी केटीसंग पनि चक्कर चलेन । सिधै भन न, तेरो सोध्नुको आशय सेक्स् हो । सेक्समा जवसम्म जीवन अडिन्छ, प्रगति न्यून हुन्छ । विदेशमा प्रेमका भावनाहरू पाखे, साथीहरू पनि मिले, एउटै कोठामा तीन महिनासम्म केटी साथीसंग नै जीवन पनि विताए । तर मैले नेपाली माया, त्यो न्यानो र्स्पर्श पाउन सकिन । मैले यौन तृप्तता त विदेशीबाट पाउनसक्थे तर मलाई जीवनमा यौन भन्दा पनि सच्चा जीवन साथीको खँाचो छ, यार । जसले मेरा सुखमा मात्र होइन दुःखमा पनि साथ देओस् । अनि केटी पनि स्टाफ नर्स नै होला नि होइन - आशिषले जिज्ञासा राख्यो । "हो, स्टाफ नर्सहरूले सजिलै काम पाउने र उनीहरूको कामको इज्जत पनि हुने हुनाले म पनि स्टाफ नर्स नै खोज्दैछु । यहँा पो आफ्नो परिवार छ, खानका लागि दुःख हुदैन । अमेरिकामा त दुवै जनाले काम गर्न सकिएन भने त एकजनाको कमाइले धौ धौ नै हुन्छ । स्टाफ नर्सलाई विवाह गरेपछि आफूले काम भन्दा पनि पर्ढाईलाई निरन्तरता दिनसकिन्थ्यो । आखिर परिवेश अनुसार त चल्नै परयो नि । 'उहिले छोरो व्रि्रे कमर्श, छोरी व्रि्रे नर्स' भन्थे तर आजकल नर्सहरूको त भाग्य दरो भएको छ नि । सबै नर्सहरूको छनौट् बढि हुने हुँदा भनेको जस्तो केटी नपाएर छटपटिएको छु यार । अरु पर्ढाई भन्दा स्टाफ नर्स नै ठिक बुझिस् ।" सन्तोषले विदेशको यथार्थ प्रस्फुटन गर्‍यो । बरु एउटा स्टाफ नर्स खोज न यार । छिटो भन्दा छिटो विवाह गरेर रमाइलो सबै यतै गर्ने विचार छ । अमेरिका गएपछि त श्रीमान् श्रीमतीको भेट नै नहुन नि सक्छ । श्रीमतीलाई वुझ्ने अनि वुझाउने काम सबै यता नै सक्नर्ुपर्छ नत्र त गाह्रो हुन्छ । सन्तोषले भित्री मनकेा कुरा खोल्यो ।
अर्को टेवुलमा ४ जना विवाहीत साथीहरू आफ्ना सन्तानका वारेमा कुरा गर्दैथिए । भर्खर विवाह गरेको विकललाई सन्तान चाडै जन्माउन सुझाव दिदै थिए । तर सन्तान एकमात्र जन्माउदा परिवेश अनुसार चल्न सकिने भएकाले एकमात्र सन्तान अहिलेको समयको वरदान भन्दै थिए । अलि चाडै विवाह गरेर छोरोलाई दर्ुइवर्षो वनाइसकेको नरेशका कुरा सन्तान प्रति अलि भिन्न थियो । उसलाई आफ्नो कमाई र सन्तानलाई गर्नुपर्ने खर्चले गर्दा पनि एकभन्दा वढि सन्तान जन्माउनु मर्ुखता जस्तो लागेको छ । आफूले आफ्ना बा-आमाको लागि के नै गर्न सकियो र आफ्ना सन्तानबाट अपेक्षा गर्नु । आजकलका वच्चा जन्मन नपाई कम्प्यूटर, मोवाइलमा खेल्न  रमाउछन् । पर्ढाई खर्च मासिक रुपमा काम गरेवापत कमाइने तलव बरबार नै हुन्छ । देखासिकिले गर्दा महंगा भन्दा महंगा विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । पर्ढाई खर्च र उनीहरूको आवश्यकता परिपर्ूर्ति गर्नमा नै सम्पर्ूण्ा जीवन व्यथित हुन्छ । जवसम्म सन्तान जन्मदैन तवसम्म आफ्नो जीवन हुन्छ तर जव सन्तान जन्मिन्छ सम्पर्ूण्ा रुपमा बाबुआमाको जीवन पनि उसमा समेटिएको हुन्छ ।
सबै एकै कक्षामा पढेका विद्यार्थी हुन् तर उनीहरूको पनि आफसेआफ समूह विभाजन भएको छ । प्रोफेसनमा उच्च तह मानिएकाहरूको टेबुल एउटा छ, विदेश गएर आएकाहरूको टेबुल एउटा छ, सरकारी कर्मचारीहरूको टेबुल एउटा छ अनि वँाकी वचेकाहरूको टेबुल एउटा छ । सबै एकै कक्षामा पढेका साथी सबै मित्र नै हुन् तर उनीहरूमा समयले ल्याएको फरकपन प्रस्ट छ । कसैमा घमण्ड छ, कसैमार् इष्या छ, जे भएपनि एकै उद्देश्य वोकेर शिक्षा लिएका मित्रहरूमा नेपालीमा देखिने स्वभाव 'उही त हो नि'  जिद्दी, घमण्ड अनि स्वार्थ ती मित्रहरूमा पनि छदैछ । अत्यन्त सुमधुरसंग शुरुवात भएको जमघट अन्तत एक टेबुल र अर्को टेबुल वीचमा भनाभन, पछि हातहालाहाल अनि एकले अर्काको रिस, डाह अनि घमण्डी स्वभावले त्यो जमघटलाई अस्पतालको र्इमजेन्सीसम्म पुर्‍याउछ । मित्र मित्र वीचमा नै देखिएको मनमुटावको कारण अरु केही नभएर 'उही त हो नि' नेपाली स्वभाव नै देखिन्छ । 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters