[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन
[VIEWED 2904 TIMES]
SAVE! for ease of future access.
Posted on 07-08-14 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा
भर्जिनिया असार २४

३२ औ एएनए (दी एशोसिएसन अफ नेप्लिज इन अमेरिका )डिसी सम्मेलनका अबसरमा बलिउड नायिका मनिषा कोइरालाले अमेरिकामा रहेका नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संचार सगुन डटकमको उद्घाटन आफ्नो रहस्य सन्देश पठाएर संजालको विधिवत सुरुआत गरिन् । उनले रहस्य संदेश नेपाली चलचित्रका नायक सरोज खनाललाई पठाएकी थिइन् भने प्रतक्ष्य रुपमा सरोज खनालले मंचमा गएर तपाईले संदेश पठाएको पाए भनि अगिल्लो पंक्तिमा बसेकी मनिषा कोइरालाले हो भनि जानकारी गराउदा दर्शक अचम्बित बन्न पुगेका थिए l

मनिषा कोइरालाले उद्घाटन गर्दै यस्तो बृहत मस्तिष्क भएका र यस्ता आश्चर्यजनक वस्तु बनाउन योग्य व्यक्तिहरुको बारेमा हामीलाई जानकारी थिएन भन्दै गोप्य संदेश पठाएकी थिइन् l मलाई विश्वास छ कि यो एप मार्फत प्रयोगकर्ताका परिवार र मित्रहरुमा एउटा बलियो सम्बन्ध स्थापना गर्न धेरै मदत पुग्ने छ र आफुलाई यो मन परेको दाबी गर्दै सबैलाई यो प्रयोग गर्न उत्प्रेरणा गरिन l कोइरालाले संस्थापकहरु क्रमस गोविन्द गिरि ,कविन्द्र सिटौला ,प्रकाश मल्ल ,यासिर नज़र ,स्वती दयाल ,नुकुल घोष तथा अन्यको नाम लिदै धन्यबाद दिएकी थिइन् l

सगुनले प्रयोगकर्तालाई आफ्नो अनुभव साटासाट गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै मंच उपलब्ध गराउने भएकोले यो संजाल अति उपयोगी हुने विश्वास लिइएको छ l सामाजिक संजाल सगुन इंकमा ट्वीटर, ह्वाट्स एप, फेसबुक, स्न्याप च्याट, संदेश संजाल आदि ईत्यादी विशेषता रहेको छ भने यस एप्लिकेशनलाई सूचनाको गोपनियतामा महत्वपूर्ण कदम भएको बताईएको छ l सगुनबाट पठाइने तस्बिर तथा सूचना हिस्सा हुनासाथ् स्वत मेटिने छ भनि निर्माणकर्ताले जानकारी गराए l
 
Posted on 07-09-14 8:04 AM     [Snapshot: 409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजय थापा जी नमस्कार ,

अल्लि अगाडी पनि 'मनिषा ले ana मा रहस्य संदेश पठाएर सगुन को उद्घाटन गर्ने ' भनेर लेख्नु भाको थियो , निकै सोचे हो कस्तो रहस्य संदेश रहेछ , सायद मनिषा को अहिले सम्म पब्लिक लाइ थाहा नभएको कुनै सेक्रेट कुरो message गरेर सगुन मार्फत पठाउने होला भन्ने लागेको थियो | आज फेरि 'मनिषा ले सरोज खनाल लाइ रहस्य संदेश पथायिन ' भनेर लेख्नु हुन्छ \ अनि नेपाली मा बुज्न गारो हुने कुरो त अंग्रेजी मा लेखे पनि हुन्न भन्या ?? कहिले 'लात्ते भकुण्डो ' भन्नु हुन्छ , कहिले 'मुख किताब ', कहिले "सगुनबाट पठाइने तस्बिर तथा सूचना हिस्सा हुनासाथ् स्वत मेटिने छ भनि निर्माणकर्ताले जानकारी गराए" - यो "हिस्सा" भनेर के भन्नु भाको ?--share भनेको हो ? बरु साटासाट भने हुन्छ नि |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Dementia Joe has been selected to become the next President
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters