[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

jetho390

Mr. D

Tyo Din
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Nepali Journalist sued by ANA (Association of Nepalese in America)
[VIEWED 2145 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-13 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विनोदकुमार अमेरिकामा रहेका प्रवासी नेपालीका बारेमा तीखो टिप्पणी गर्छन्। र त, सोसल मिडियामा आफ्नो विचार राख्दा उनलाई अमेरिकाको मन्टगमरी काउन्टी मेरिल्यान्ड सर्किट कोर्टमा मानहानीको मुद्दा लगाइयो। तर गत २९ अक्टोबरमा अदालतले उनीविरुद्धको मुद्दा खारेज गरिदियो। मुद्दा खारेज भएपछि उनले माइसंसारलाई भने, ‘लेखैका आधारमा विरोधीले दिएको तीन वर्षदेखिको तनावबाट अहिले उन्मुक्ति पाएको छु। मेरो गल्ती केही थिएन र अदालतले मुद्दा खारेज गरिदियो।’ उनले आफूलाई लगाइएको मुद्दा र अमेरिकामा बसेका नेपालीहरूको झन्डै तीन दशक पुरानो साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को बारेमा ब्लग लेखेका छन्। अमेरिकावासी नेपालीहरुका लागि चासोको यो विषय उनको व्यक्तिगत विचार हो।

विवादमा एएनए अन्तरिम अध्यक्ष र नेपाली दूतको हात
-विनोदकुमार नेपाल-

सञ्चार क्षेत्रको सीमा फराकिँदो छ। अहिले ‘मेन स्ट्रिम’लाई नै चुनौति दिने गरी वैकल्पिक सञ्चारमाध्यम बढ्दैछन्। प्रविधिको विकाससँगै सहज र शुलभ बनेका अनलाइन, ब्लग, फेसबुक टुइटर आदिको प्रयोगले सूचनामा व्यक्तिको पहुँच ह्वात्तै बढाएको छ। यस प्रकारका सञ्चारमाध्यममा राखिएका कतिपय मत तथा विचार कुनै दैनिक पत्रिकामा छापिएका मुख्य समाचारभन्दा कम ओजपूर्ण हुँदैनन्। आजकल हरेक व्यक्ति केही न केही लेखिरहेकै हुन्छ। विद्यूतीय भित्ताहरूमा माया, करुणा राय, सुझाव, आक्रोश अभिव्यक्त गरिरहेकै हुन्छ। यसबाट के प्रष्ट हुन्छ भने अभिव्यक्ति स्वतन्त्रता अब अन्नपानी झै अपरिहार्य भइसकेको छ। यसमाथि सम्झौता हुनैसक्दैन। स्वतन्त्रता र विचारमाथिको दमन धेरै दिन टिक्दैन। जति लुकाए पनि सत्य आखिर प्रकट भएरै छाड्छ। सूर्यलाई हत्तकेलाले छेक्ने घृष्टता व्यक्ति स्वयंका लागि प्रत्युत्पादक हुन्छ। केवल पर्खनुपर्छ केही समय।

प्रसँग यसैको सेरोफेरोमा छ। म पनि केही न केही लेखिरहन्छु। एक समय लेख्नु मेरो पेशा थियो। अहिले म रहर र बाध्यताले लेख्दैछु। अनौठो संयोग छ, रहर र बाध्यताको। बाङिगएको सोझ्यानुलाई म सञ्चारकर्मको धर्म मान्दछु। समाजमा हाबी भएका विकृति–बिसंगतिलाई पाखा लगाउने मेरो सत्प्रयास हुन्छ। सञ्चारकर्मीले समाजभित्रको होचो अर्घेलो देख्दैन वा देखेर पनि मौनता साँच्छ भने त्यो अस्तित्वविहीन निष्प्राण सिवाय केही हुनसक्दैन। यसको म जहिले पनि उछितो काढ्छु। हो, म फेरि एक पटक उछितो काढ्दैछु तिनै गैरजिम्मेवारहरूको।

अमेरिकामा नेपाली समुदायमाझ एकता, भाइचारा र सहायताको सेतु थियो एउटा संस्था। त्यो आवश्यकताले जन्मिएको थियो र सबैको संरक्षणमा बाँचिरहेको थियो। हरेक दुई वर्षमा महाधिवेशन हुन्थ्यो। नेपालीजन त्यसलाई ‘कम्भुमेला’ सम्झेर सकेसम्म सहभागी हुन्थे। त्यहाँ विगतको समीक्षा र आगतको खाका कोरिन्थ्यो। सदस्यहरूको समर्थन वा मत विभाजनबाट ताजा कार्यकारिणी छानिन्थ्यो। सबै हिसाबले त्यो सह्रानिय र उदाहरणीय थियो। तर, दुर्भाग्य, अमेरिकामा बसेका नेपालीहरूको झन्डै तीन दशक पुरानो यो साझा संस्था अर्थात् एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) माथि केही मुठ्ठीभर मानिसले कब्जा जमाए। अहिलेसम्म त्यसलाई ‘कोमा’ मा राखिएको छ। घिटिकघिटिकको अवस्थामा केवल त्यो नाम मात्रका लागि बाँचिरहेको छ। कोमाबाहिर निकाल्ने धेरै प्रयास नभएका होइनन्। यद्दपि तिनै निरंकुश हस्तक्षेपकारी र उनका मतियारहरूको दमनका कारण ती प्रयास निर्णायक हुन सकिरहेको छैन।

एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए) को बिबाद अदालतको मानहानी सम्बन्धी मुद्दा र केही ब्यक्तीहरुको नाउमा थोपरिएका कानूनी झमेलाका कारण अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा र अमेरिकाका लागि नेपालका दूत शंकर शर्मा यतिखेर बिबादको शिखरमा छ्न। उनिहरु दुबै जना एएनए प्रकरण सल्टाउन बिगतमा अग्रसर र अदालतका ट्रस्टीसहितको सहमतीका साक्षी हुन।

सन २०१० को एएनएको २८ औ बोस्टन सम्मेलनमा ८४ हजार ३ सय सतहत्तर डलर घाटा भएको बिनोद कुमारको ब्लग मार्फत मिडियामा खुलासा भए पछी एएनए भित्र तिब्र बिबाद सुरु भएको थियो। तत्कालिन एएनए अध्यक्ष सिमोन ढुंगानाले बोस्टन कन्भेन्सन फिनान्सिएल इन्भेस्टिगेसन कमिटी निर्माण गरेर घाटा सम्बन्धी प्रतिबेदन तयार गर्न एएनएका लेखापरिक्षक हरी शर्माको नेत्रित्वमा ३ जनालाई कार्यभार दिएको थियो। जस्ले प्रतिबेदन बुझाउदै घाटाका कारण र श्रोत खुलाएको थियो। त्यसपछी बढ्दो बिबाद चुलिन थाल्यो र ढुंगानाको नेत्रित्व माथि सबै कोणबाट दबाब सिर्जना भयो। दबाब बढ्दै गै सन २०११ मा एएनएको २९ सम्मेलन अघी नै एएनए भित्र आपसी बिबाद छताछुल्ल भयो। यस अघी नै एएनए बोर्डले गठन गरेको निर्वाचन समितीले निर्बाचित बोर्डको सुचना प्रकाशित गरे पछी पूर्व अध्यक्षले त्यसलाई इन्कार गरे। यसबाट बिबाद झन चुलियो र निर्बाचित पक्ष र पूर्व अध्यक्ष पक्ष बिच कडा टकराव उत्पन्न हुन गएको थियो।

पछी एउटा सहमतीमा दुबै पक्ष छेवाङ सेर्पा लामालाई बिबाद समाधानमा नेत्रित्व गरीदिन राजी भएका थिए। बिबाद सल्टाउन अग्रसर सेर्पा लामा दुबै पक्षको सहमतीमा काम गर्नु पर्नेमा पूर्व अध्यक्ष ढुंगानालाई साथ लिएर एक्कासी एएनएको अन्तरिम अध्यक्ष बनेको पूर्व अध्यक्षले घोषणा गरे, जुन एएनएको बाइलजमा नै थिएन। यो कुरो एएनएका पूर्व अध्यक्ष मन्डल, आजिबन सदस्यहरु र संस्थापकहरु मध्य अधिकाम्सले बाइलज बिपरितको कदम भनेर अन्तरिम अध्यक्ष बिरुद्द मेरिल्यान्डस्थित एउटा अदालतमा मुद्दा दायर गरे। जसको नेत्रित्व २९ औ सम्मेलन अघी निर्बाचित भनिएका प्रह्लाद केसीले गरेका थिए। नेपाली-नेपाली बिच मुद्दाका कारण नेपाली समुदाय बिभाजित र एक आपसमा कटुता बढ्दै गएकामा नेपाली दूत शंकर शर्मा माथि समेत बिबाद समाधानमा सघाउन दबाब बढ्न् थाल्यो। मुद्दा अदालतमै बिचाराधिन रहेकै अवस्थामा दुबै पक्षलाई मिलाएर अघी बढ्न अदालतले अनुज सुदलाई ट्रस्टी नियुक्त गर्‍यो भने त्यही ट्रस्टी र नेपाली दूत शर्माको उपस्थितीमा एएनए सन्चालन सम्बन्धी तीन बुंदे सम्झौता भएको थियो।

यसै बिच अदालतको आदेश भन्दै बिपक्षीलाई केही थाहा नदिएर बोस्टन सम्मेलनका सहयोगी र तत्कालिन एएनएका पदाधिकारीहरुलाई घाटाको एक पक्षिय जिम्मेवार ठहर्याउदै एएनएका तत्कालिन उपाध्यक्ष मेदिनी अधिकारी लगाएत कोसाध्यक्ष उत्सब गुरुङ र ग्रेटर बोस्टन नेपाली समाजलाई बिपक्षी बनाई बिगो सहित मानहानीको मुद्दा एएनएको तर्फबाट अन्तरिम अध्यक्ष शेर्पा लामा र उनको समुहले अदालतमा दर्ता गरायो। खासमा अधिकारी लगाएतलाई यसरी मुद्दा दायर गर्नु पर्ने कुनै कारण थिएन। सामाजिक संस्थामा काम गर्दा भएका आर्थिक कमजोरिका उनिहरु मात्र दोशी थिएनन, तत्कालिन अध्यक्ष ढुंगानाको बचाउ गर्दै अन्य पदाधिकारी मास्ने षड्यन्त्रले अधिकारी लगाएतका माथि मुद्दा हालिएको कुरा सामाजिक सन्जालमार्फत बिरोध भएको थियो भने अन्तरिम अध्यक्ष शेर्पा लामाले अदालतको आदेश भन्दै मनपरी गरेका प्रती डरले अमेरिकाका नेपाली मिडियाले गलत कामको बिरोध गर्ने आट गर्न सकेनन, सबै चुप बसे तर पत्रकार बिनोद कुमारले उसको ब्लग र सामाजिक सन्जाल मार्फत अन्तरिम अध्यक्ष शेर्पा लामा र निबर्तमान अध्यक्ष ढुंगानाका गलत गतिबिधीको बिरोध गर्नु परेको थियो। यसै बिरोधका कारण एएनए ट्रस्ट समुहको निर्देशनमा निबर्तमान अध्यक्ष ढुंगानाले पत्रकार बिनोद कुमारका बिरुद्द मेरिल्यान्डको एउटा अदालतमा बिगो सहीतको मानहानीको मुद्दा दायर गरे। जुन मुद्दा गत अक्टोबरमा अदालतले अदालतले मागेको कागजपत्र दाखिला गर्न नसकेका कारण खारेज गरी दियो। मेदिनी अधिकारी भने मुद्दाको अझै सामना गरीरहेकै छ्न। उता उत्सब गुरुङ र उनको ग्रेटर बोस्टन नेपाली समाजलाई बाध्यताबस अदालत बाहिर बिगो तिराई मुद्दा फिर्ता लिइएको थियो।

एएनए बिबादकै बिच मेरिल्यान्डका नेपाली समाजसेवी एचबी भण्डारीले उनका केही सहपाठीहरुको समुह तयार पारेर अर्को एएनए नाउको संस्था दर्ता गरेको खबर मिडियामा देखा पर्‍यो। त्यो समुहका ९ जनालाई पनि एउटै मानहानी र बिगो सहितको मुद्दा एएनए अन्तरिम अध्यक्षको समुहले मेरिल्यान्डकै अर्को अदालतमा दर्ता गर्‍यो। जुन मुद्दाको पनि अदालत बाहिर नै मिलान गरी बिगो भराई मुद्दा फिर्ता लिईएको थियो। जसका प्रमुख हस्ती समाजसेबी एचबी भण्डारी र पत्रकार राम प्रशाद खनाल थिए। मुद्दाले पारीबारिक र अस्तित्व माथि नै समस्या सिर्जना गर्न सक्ने चुनौती थोपरिएकाले यो समस्याको निदान खोज्न भण्डारी समुह नेपाली दूत शंकर शर्माको सहयोग खोज्दै नेपाली दूताबास वासिङ्टन डिसी पनि धायो, नेपाली दूतसँग भेटेरै समस्याको सान्तीपूर्ण बाटो खोजिदिन आग्रह पनि गर्‍यो तर नेपालीहरुको अभिभावक ठानेर दूताबास पुगेका निर्दोश नेपालीहरु अमिलो अनुहार लगाउदै दूताबासबाट फर्किनु परे पछी शेर्पा लामाकै सर्तमा अदालत बाहिर मुद्दा टुङ्याउन बाद्य बनाइएका थिए र बिगो भर्न वाध्य बनाईएका थिए।

अमेरिकाका सचेत नेपालीहरु सबैलाई अदालत पुर्याउदै, बिगो भराउदै चुप लगाउने सुत्रले अन्तरिम अध्यक्ष शेर्पा लामा र उनको समुह अमेरिकामा सबै नेपाली समाजभित्र हाली मुहाली गर्न सक्षम भयो। अमेरिका नेपाल पत्रकार संघ (नेजा) का पत्रकारहरु एक जनाले मुख बाउन सकेनन, घरै पिच्छे जस्तो रहेका मिडिया चुप रहे भने सामाजिक सन्जाल फेस बुकमा समेत एएनए सम्बन्धी समाचार लेख्न अहिलेसम्म कोही अग्रसर छैन। तर बिनोद कुमारले एएनए सम्बन्धी समाचार एक महिनादेखी दैनिक जसो फेसबुक मार्फत जानकारी गराएकै छ। एएनए अन्तरिम अध्यक्ष शेर्पा लामासँग बिनोद कुमार झुक्दै झुकेन भने मेदिनी अधिकारी पछाडि हट्दै हटेन। यि दुईको कारण र आफ्नै अनेकानेक गल्ती कमजोरीका कारण अन्तरिम अध्यक्ष शेर्पा लामाका बिरुद्द एएनएका तत्कालिन निर्बाचित मध्यका रजर अधिकारी समुहले अदालतको मानहानी सम्बन्धी मुद्दा मेरिल्यान्डको एउटा अदालतमा दर्ता गरेका छ्न।

अदालतको मानहानी सम्बन्धी मुद्दा चर्चामा आए यता अन्तरिम अध्यक्ष शेर्पा लामाले एएनएको वेब साइट बन्द गरेका छ्न भने आफु गुपचुप बसेका छ्न। उनिसँग एएनएको बर्तमान अवस्थाका बारे जानकारी लिन खोजी भईरहेको छ तर उनी संपर्कमा आउन चाहिरहेका छैनन। अमेरिकाको नेपाली समाजमा अन्तरिम अध्यक्ष शेर्पा लामाले गरेका हरेक सम्मेलनहरुमा नेपाली दूत शर्मा अतिथी बनेर सहभागी हुने गरेका छ्न, एएनएको एउटा ३१ औ सम्मेलनले नेपाली दूतलाई एएनए हिरो समेत घोषणा गरेको छ तर यही बसोबास गर्ने नेपालीहरु दूतकओ सहयोग खोज्न जाँदा रित्तो हात फर्किनु पर्ने बाध्यता रहीआएको छ। एएनए सन्चालन र बिबाद समाधानका एक पक्ष नेपाली दूतको एएनए अन्तरिम अध्यक्ष शेर्पा लामासँगको सम्बन्ध के हो? अहिले नेपालीहरुले अमेरिकामा त्यसको जबाफ खोजी रहेछ्न। अध्यक्ष शेर्पा लामासँगको सम्बन्ध वा नेपालीहरु प्रतीको अनुदारताको जबाफ नेपाली दूत शंकर शर्माले अहिलेसम्म स्पस्ट पारेका छैनन, न त उनले एएनएको अदालती प्रकृयामा उपस्थित भएर गरिएका सम्झौता पालना भएनभएको अनुगमन गरेका छ्न। अहिले पूर्व निर्बाचित पदाधिकारीहरु र अन्तरिम अध्यक्षको बिबादित मुद्दाबाट नेपाली दूतले हात झिक्नु पर्ने र नेपाल सरकारको अमेरिकाको प्रतिनिधिमुलक संस्थाले त्यो प्रकरणबाट छुट्टीनु पर्ने आबाज दिनहु उठिरहेछ तर नेपाली दूतले त्यसलाई सम्बोधन गरीरहेका छैनन।

नेपाली दूत अमेरिकामा भएका सबै नेपालीहरुका समान अभिभाबक हुन। उनले कसैलाई लाखापाखा गर्न पाउदैनन, त्यो उनको अतिरिक्त हैसिएतले पनि दिदैन। उनी नेपालको सम्सदमा सुनुवाई भएर आएका दूत हुन, कुनै एउटा ब्यक्ती र समुहको पक्ष लिन उनलाई निसेध छ तर उनले जे भूमिका निर्बाह गर्नु पर्ने हो, एएनए बिबाद र समाधानमा निर्बाहा गरेका छैनन भने अदालतका ट्रस्टी र नेपाली दूतका सामुन्ने सम्झौता गरेका अन्तरिम अध्यक्ष शेर्पा लामाले बिपक्षीहरुको सम्मान त के अदालतकै मानहानी गरेको छ।

http://www.mysansar.com/2013/12/9565/#more-9565


 
Posted on 12-12-13 8:54 AM     [Snapshot: 18]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-12-13 1:29 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hamro Subedi ji ko pani gunaso suniyo

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Nepal TPS has been Extended !!!
Embassy of Nepal might be able to help extend TPS for Nepal
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
TPS to F1 Status.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
if you are in USA illegally and ask for asylum it is legal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters