[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  
[VIEWED 193869 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
The postings in this thread span 21 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-11-06 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो हालखबर ठीक छ । तिम्रो नि ? कस्तो भो तिम्रो दशै । मेरो त राम्रै भो । पून्ते दाइले टिका म दिनु भाको $२ ले तितौर किनेर खाए हुजो । :P
 
Posted on 10-11-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब किन चाँहीयो तिमीलाई सान्फ्रे गाम्का मान्छे हरु । हामि लै चि येस्तो हेला गरि दिने। :(
 
Posted on 10-11-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाईईईईईई खै कता जानुभो आज्भोली । तिहार् मा मलाइ दचिना दिन पैसा कामाउन बेस्त होकि के हो। येदि हो भने राम्रै हो मेरो लागि। अब तिहार् मा चै $२ दलर् ले चल्दिन है भन्देको चु।
 
Posted on 10-11-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभिवादन सम्पुर्ण गाउँले मित्रहरु!

सबैजना हराएको कुरो निस्किरहेको बेलामा साझाकै एक मित्रको यो एउटा टुक्रा यहाँ प्रस्तुत गर्न चाहन्छु!

सागर झैँ तिम्रा ति आँखामा
कसैको प्रतिबिम्ब लुकेको देखेको छु
भन कस्लाई लुकाएर राखेकी छौ???
म पनि धेरै दिन देखि हराइरहेको छु।


अनि ठुली सबैलाई सम्झिँदा मलाई चाँहि किन नसम्झेकी?

:D
 
Posted on 10-11-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye kumle kina eklai barbarai rakheko??
dashai ko hangover le ajhai chhodeko chhaina ki k ho?
yo ratti hudo chautari ma bhoot jhai eklai aayera barbaraune haina ki jaau ghar gayera suta.
bholi evening ma alli chhado aau.
la hera ta kumle bichara dashai le khaatam banayechha:P
aight c ya gamle haru:)
 
Posted on 10-11-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छी ला’र कत्ति धोबिनीले पा-या रउसि मत्रै धोक्नु भुनेर हिजो पल्ला गामको मोटी साउनीकाँ ग’को। मोटी नि बिसित्तै मोटी छे। लड्यो भुने उठ्नै नसक्लि जस्ती। हिँड्दा नि गुल्ट्या जस्तै देखिनि।

मेरिबास्सै! तो रिकुटे त त्याँ टिल्ल परेर गीत गाइ रा’ र’च। अमिताब ईस्ट्यालाँ कुप्रेर पाईला पछाडि फाल्दै।

“जिस्की बीबी मोटी, उस्का भि बडा काम है
बिस्तर पे लिटादो (ट्याङ्की ट्याँकी ट्याँक्यूऽऽऽऽऽऽऽऽऽ)
बिस्तर पे लिटादो,
गद्दे का क्या काम है?

मेरे अंगने मे…”

मेरै आँखा अगाडि साउनीको सनासोको झट्टरो खायो बज्जेले! मसंग गुहार माग्न आओ, मुईले त चिने नचिने जस्तो अर्दिएँ के रे। हुन त मुलाई नि संग संगै नाचुम् नाचुम् जस्तो ला’थो के रे।
 
Posted on 10-11-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पि.यस्. : मिस्टेको परिवारको दशैं देखियो, हिरो र’च बज्जे नि। अन्खेरुन् गालउ, हाम्त ऊऽऽऽऽऽऽऽ पारितिर परेम् के रे। चिल गाडी चढेर आम्ने भए आम् यता नि। माछाको तिऊनसंग ढेंडो ख्वाम्छम्। कि बाहुनको छोरो ले ढेंडो नखाने पो हुन् कि? हाम्तिर तेस्तै भन्थे।

ठुल्बुईनी सारै पुल्पुलिन थाले। तिहाराँ “Monopoly” खेल्ने नोट हालेर दख्खिना दिन परो!

लौ त नि, गोताएँ, डल्ली, कुम्ले, चित्रे, नेप्चे, दादा, जिम्माले, माने, सबलाई परनाम!
 
Posted on 10-11-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! पून्टे दाई दर्शन गरेँ!

लाहुरे जी ले त्यस्तो राम्रो गाना गाउनु भएछ। खूब रमाइलो गर्नु भए जस्तो लाग्यो। अमिताभ स्टाइलले नाँचेको रे? हा हा हा!!
 
Posted on 10-11-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो पुन्टे दाजै, के छ खबर ।
क्या नाम, आप त बडा बेवफा निक्लिनु भयो। उस्तो राज् को बात पनि सारा गाउलेलाइ भनिदिनु भएछ। जरुरतको टेममा केहि बोल्नु भएन, याहान् आएर त मकै भुट्ने?

क्या नाम, जो भि हो। उ दिन साला यादगार् हुने भो।
होइन येह्, उ मोट्टीको खोयाबिर्के के सरो कडक हो माइ बाप। साला ईयुरिया मिक्स गरेको हो कि युरिननै परो ह के पुन्टे दाइ!(तेसैले धेरै खाए जस्तो छ बुढाले)। क्या नाम मैले त एक् घून्ट् मारेको , चार् धाम् देखेँ , कसम!
और् उस्को बात् त गाना पनि भएछ मबाट , बजाना चाहिन् क्या नाम, मोटिले गरिछ( आज् सुबेह् पता चलो, फुलौरा उठेछ)

येस्तै छ हो मेरो किस्सा!
सबै गाउलेलाइ यो ज्यान् को सलुट्
अनि हाउ आर् यु कुम्ले?
 
Posted on 10-11-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी -- मैले कहाँ तिमेरुलाई हेलाँ गरेको छु र? यस पटक सान्फ्रे गाममा काम परो र पो त्यताको मान्छेलाई सोधिहेरेको। उत्तरको लागि धन्यवाद! हेरौं तितौरीबाट क्यै उत्तर आउँछ कि!

पुन्टेदाइ -- ढिंडो त मज्जासँग खाइन्छ; अरे बा! खाने कुरामा पनि जातभात लाउने? यो मुखले ढिंडो चाख्न नपा' पनि जुग भइसको। आफ्ना घरतिर फल्दैन; अर्काको घरमा गयो 'पाहुनालाई के ढिंडो दिने?' भनेर दिंदै दिंदैनन्। तपैंकाँ आउन त मुन नभा' हैन! तर क्यार्नी, बोसले छुट्टी नै दिंदैन। सान्फ्रेबाटै फर्किन पर्नी भो र पो। अघिल्लो चोटि त्यतातिरा आउँदा गोडा दसेक दिन जति घुम्या थिएँ। यसचोटि चैं क्यै नलाग्नी भो।
 
Posted on 10-11-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"----साला ईयुरिया मिक्स गरेको हो कि युरिननै परो ह के पुन्टे दाइ!(तेसैले धेरै खाए जस्तो छ बुढाले)। क्या नाम मैले त एक् घून्ट् मारेको , चार् धाम् देखेँ , कसम! ----"

हँसायो यो बज्जे राँगेले पनि! यूरिननै प-या होला! हा हा हा!!

राँगे आया तो साला चौतारीमा बहार आईगो। अनि राँगे रिकुटे, तो साला जिम्दारको बाट जग्गा उधिनियो त! कि हुने वाला ससूरै हो साला भनेर छोडियो?
 
Posted on 10-11-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दाईलाई ढोग गरें है! मैले त राँग्या गफका सूराँ लागेर बिर्सिरा' भन्या!
 
Posted on 10-11-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि
 
Posted on 10-11-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिकुटे, हुनेवाला ससुरासँग जग्गा उधिन्ने गर्न पर्या भए केही सुर्ता नलिनुस् है! दाइजोमा कट्टी गराएदे हुन्छ। बरु बाँकी रहेको पैसाले चौतारीतिर यसो भोजभतेरको जोरजाम गर्नुपरो।
 
Posted on 10-11-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गाउलेको फिरसे सलुट छ ।
गौतम सर और गालब सर को त धमाका सलामी यो ज्यानलाइ चौतारीकै इस्टमित्र सम्झेकोमा।

अब क्या नाम्, इउरीया हो कि युरीन् हो उ तो यो ज्यानलाइ मालुम छैन अब् तक्। पर् जो भी होस् माल् काइदाकै हो है। मेरो बातमा यकीन् नभये सोध्नु पून्टे दाइलाइ। अब् सानो टेम्मा बा सङ माग्दा खानु हुन्न कुकुरको मूत् हो भन्थे अब् बडा भएर कुकुरनी(उहि मोटि) कै मूत् खाइएछ के गर्ने। आइ येम् सोरी ड्याड्!

और् जग्गा त निखनी सके, अब् येत्रो बरस् गाउमा सङै बस्दा त उ साला जिम्दार् परेको बेला बिना गिरबी मदद् गर्ने पडोशि भएन, उस्को बेटि सङ दो-चार् दिन इस्क लडाउदैमा टन्न दहेज दिने ससुर् होल भन्ने के भर। अब् जाके दिये छोरी सङ पनि शादी गरुम्ला , नदिए क्या नाम, गाउमा यो ज्यानमाथी फिदा हुने और् भी धेरै छन। आएको बेला सब्को दिल् राखि दिउला।

ओह्ह् क्या नाम्, लम्बा भएछ।
क्या नाम् !अब् और् लेख्दिन।
 
Posted on 10-11-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"........अब क्या नाम्, इउरीया हो कि युरीन् हो उ तो यो ज्यानलाइ मालुम छैन अब् तक्। पर् जो भी होस् माल् काइदाकै हो है। मेरो बातमा यकीन् नभये सोध्नु पून्टे दाइलाइ। अब् सानो टेम्मा बा सङ माग्दा खानु हुन्न कुकुरको मूत् हो भन्थे अब् बडा भएर कुकुरनी(उहि मोटि) कै मूत् खाइएछ के गर्ने। आइ येम् सोरी ड्याड्! "

हद भयो....... खाने भए नि कमसे कम गहुत(गाइको मूत ) खाइएछ भन्नु थियो नि छि:!!! त्यस्तो घिन लाग्दो चिज नि कति खाए खाए भन्दै लेख्न सकेको होला
 
Posted on 10-12-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मैले तिमी लाई नि मिस् गर्दै छु ।
सबै गाम्ले साथीहरु लाई नमस्ते
 
Posted on 10-12-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तिमीले भेट्नु भो त सान्फ्रे गाम्का मान्छे हरु ।
 
Posted on 10-12-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी ठूल्नानी पनि हसाम्चिन्! "--तिमीले भेट्नु भो---" रे, हा ह हा! अब भोलि चैं "तपाईँले भेटिस्" भन्ने हो कि "तैंले भेट्यौ" भन्ने हो!
***********
शुभजी, हाम्रो रिकुटे गोटा दशेक बर्ख पल्टनाँ बसेर भर्खरै मात्र फर्क्या भ'र उताको हावाले अझै छोडिसक्या छैन क्या! अब एक महिना भित्र गामको हावा लागेर मजस्तै सो---झो भएन भने पछाडि फर्केर थु---क्क भन्दिनु ल!
 
Posted on 10-12-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>यी ठूल्नानी पनि हसाम्चिन्! "--तिमीले भेट्नु भो---" रे, हा ह हा! अब भोलि चैं "तपाईँले भेटिस्" भन्ने हो कि "तैंले भेट्यौ" भन्ने हो!
hahaha thulnani,
Hasayera jhandai mareko :))
sabai le malai herdai raichha ghurera haseko dekhra laaz lagera aayo
hahahah hahaha hahahhaaaa
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Nepal TPS has been Extended !!!
Embassy of Nepal might be able to help extend TPS for Nepal
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
If you got nothing to lose, fight tooth and nail explore every avenue
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters