[Show all top banners]

Jangali Maanab
Replies to this thread:

More by Jangali Maanab
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मध्यरातमा यस्तो बिचल्ली !
[VIEWED 6608 TIMES]
SAVE! for ease of future access.
Posted on 04-27-13 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

27th Apr, 2013
बुटवलहतियारधारी युवा समूहले डोजर प्रयोग गरी मध्यरातमा बुटवल७ नेपालगञ्जरोडमा नौ घर भत्काएको छ। राति साढे दुई बजे तीन वटा डोजर प्रयोग गरी ती घर भत्काएका हुन्। झण्डै पचास युवाले सडक नियन्त्रणमा लिदै घरघरमा पसेर पेस्तोल देखाउदै सुतिरहेका व्यक्तिहरुलाई ज्यान बचाउने भए बाहिर निस्कन भन्दै धम्क्याएर डोजर चलाएको स्थानीय बासिन्दाको भनाइ छ।
हतियारधारी ‘गुण्डा’ले मध्यरात बस्तीमा डोजर चलाए, स्थानीय भागाभाग (साथमा फोटो)
मध्यरातमा फिल्मी शैलीमा चलाएको डोजरले एउटा बनाउँदै गरेको दुई तले पक्की घर र अरु कच्ची टिनले छाएका घर भत्किएका छन्। घटनाबारे जानकारी पाएलगत्तै आएको प्रहरीले घर भत्काउदै गरेका तीन डोजर मध्ये दुईलाई चालकसहित नियन्त्रणमा लिएको छ। एउटा डोजर भागेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले बताए।

मध्यरातमा मस्त सुतिरहेकालाई ढोका हान्दै सडक कार्यालयले डोजर चलाएर घरहरु भत्काउन लागेकाले बाच्ने भए बाहिर निस्केर भाग्न चेतावनी दिएपछि निद्राबाट ब्युझिएको स्थानीय विकासमान जोशीले बताए। उनका अनुसारबाहिर निस्कदा मुखमा मास्क लगाएर हातमा पेस्तोल समाएका युवाको लस्कर थियो। भत्काउदै गर्दा हामीहरु हातमा खुकुरी लिएर निस्कदा उनीहरु भागाभाग गरे,' उनले भने।

घटनाको आधाघण्टामै पुगेको प्रहरीले भाग्दै गरेका दुई डोजरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। हतियारधारी युवाको घेरामा मध्यरातमा सर्वसाधारणको घरमा डोजर चलाउनुको कारण नेपालगञ्ज रोडको मूल्यवान जग्गाको स्वामित्वको विषयलाई लिएर भएको हो। जानकारका अनुसार२०३२ सालमा राजमार्ग बनाउँदा जग्गा धनी बीरबहादुर थापाले क्षतिपूर्ति लिए। तर सडकले छाडेको साढे चार धुर जग्गाको क्षतिपूर्ति पाएपनि मालपोतमा उनको स्वामित्व कायमै रहयो। खाली ठाउँभएकाले विभिन्न ठाउबाट आएका व्यक्तिहरु टहरा बनाएर बस्न थाले। समय बित्दै जादा जग्गाको भाउ उर्लियो। यो जग्गामा बीरबहादुरका छोरा थानेश्वर थापाले आँखा गाडे। लालपूर्जामा साढे चार धुर भएपनि अन्य खाली जग्गासमेत गरी दुई कठ्ठाको हाराहारीमा जग्गा भएको स्थानीयको भनाइ छ।basti ma dojar 2

यो जग्गा हात पार्न थानेश्वरले अनेक जुक्ति निकाले। कहिले प्रहरी कार्यालयमा उजुरी दिए त कहिले एमाओवादी नेताको दैलो चहारे। अन्ततः कुनै उपाय नलागेपछि भाडामा युवाहरु लिएर डोजर चलाएको स्थानीयको बुझाई छ। तीन महिना अघि काठमाडौंका डन दिपक मनाङेको समूह घर खाली गराउने जिम्मा लिएर बुटवल आएपनि प्रहरीले बेलैमा सूचना पाएर नियन्त्रणमा लिएको थियो। यसपाली प्रहरीले सूचना पाउन नसक्दा सर्वसाधारणको घरमा डोजर चलेको हो। 

स्थानीय तुलसी न्यौपानेले १२ लाख रुपैयाँमा मणिग्रामको जग्गा बेचेर १० लाख रुपैयाँमा दुई महिना अघि होटल किनेको बताइन्। व्यापार जग्दै थियोमध्यरातमा डोजर चलाएर सम्पत्ति नष्ट भयोउनले भनिन्। घर भत्केर मर्कामा भाडामा बस्दै आएका परेका छन्। ४ लाख रुपैयाँ पेश्की घरभेटीलाई दिएर किराना पसल सुरु गरेका गिरीप्रसाद अर्यालले २० लाखको धनमाल नष्ट भएको बताए। प्रहरीले गुण्डाशैलीमा लगाइएको डोजरबाट भएको क्षति संकलन गर्ने काम भइरहेको जनाएको छ। १ करोडभन्दा बढीको धनमाल क्षति भएको स्थानीयको दाबी छ। लाखौंको सम्पत्ति नष्ट भएपछि क्षतिपूर्ति र शान्तिसुरक्षाको माग गर्दै पीडित सर्वसाधारणले शनिवार बिहान १० बजेसम्म बुटवलमा सडक अवरुद्ध गरेका थिए। प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले क्षतिपूर्तिदोषीलाई कारबाही गर्ने र शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको थियो।

प्रमुख जिल्ला अधिकारी पन्थीले अपराधीलाई कुनै पनि आधारमा उन्मुक्ति नदिइने बताए। समाजमा गुण्डाराजविरुद्ध कारबाही नचाल्ने हो भने भयावह अवस्था आउछ,' उनले भने। 

तीन महिनाअघि दिपक मनाङेको समूह सक्रिय भएपनि अहिले यो समूह हो होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा स्थानीय वाइसिएलयुथफोर्स र तरुणदलमा संगठित भएका केही युवाको संग्लग्नता भएको प्रहरी अनुसन्धानले खुलाएको छ। केही दिनमा सबै खुल्छअहिले व्यक्तिबारे केही नभनौं,' इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी बैदवारले बताए। मध्यरातमा बस्तीमा चलेका डोजर र चालक नियन्त्रणमा लिएकोले प्रहरीले यसलाई दरिलो प्रमाण मानेको छ। अनुसन्धानको लागि यो एउटा दरिलो प्रमाण हो,' डीएसपी बैदवारले भने। पक्राउ परेका डोजर चालक स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकाले भरतपुर मेडिकलमा उपचार भइरहेको छ। अर्का चालक कपिल न्यौपानेसहचालक मुक्ति पराजुली र डोजर धनी पोषराज अधिकारी इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्।
 
Source: www.nagariknews.com

 
Posted on 04-27-13 10:46 AM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 माया लग्यॊ छिमेकिहरुको बिचल्ली देखेर, जय बुटवल /
 
Posted on 04-27-13 11:35 AM     [Snapshot: 207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is no such thing called "L
 
Posted on 04-27-13 4:44 PM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गा अतिक्रमण को पक्षमा को हि पनि सहमति हुदैन होला ? किनकी भोलि खुल्ला मंचमा पनि बसोबास हुन् सक्छ |

कानुनि हिसाबमा जग्गाधनी को स्वामित्व अझै देखिए पनि भारतीय सिनेमा मा जस्तो राता रात बुल्डोजर लगाउनु अनि हाम्रा युबा हरु विकिनुले हाम्रो देशका जनता देखि नेता हरु बिकृतिको पाराकास्ट्मा पुगेको नतिजा हो ? 


 
Last edited: 29-Apr-13 05:55 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters