[Show all top banners]

Aamalaa
Replies to this thread:

More by Aamalaa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सर्मिला - २
[VIEWED 11784 TIMES]
SAVE! for ease of future access.
Posted on 07-23-14 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


       अघिल्लो हप्ता बाचा गरे बमोजिम सर्मिला मोरीको भाग २ साझाबासी माझ पस्कदै छु, आशा छ पढीदिनु हुनेछ अनि प्रतिक्रिया पनि राखिदिनु हुनेछ भन्ने | यहाँ हरुको न्यानो मायाले नै गोरी मेक्सिकन बाट मोरी सर्मिलामा पुगेको छु , मायाले निरन्तरता पाए अरु धेरै अनुभब साट्ने नै छु , जदौ |

                अघिल्लो हप्ताको कोसेली छुटेको भए यहाँ छ है त ,

http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=109574


       एकदिन शान्ति विधा मन्दिर पछाडिको उकालोमा सरुको हात बिस्तारै समाते, हिंड्दा हिंड्दै | उसले पनि सुस्तरी मेरो हात झट्कारी | मैले फेरी उसको नरम औंला समातें, उसले उसैगरी झट्कारी | मेरो पालो अब दर्होसंग उसको नाडी समातें, उसले कोसिश गरि झट्कारने, तर सकिन, अनि भनि “ छ्या तिमि पनि, मान्छेले देखे के भन्छ ” | मैले नि भन्दियें “ तेही भएर त १५ मिनट कुरेको येही गल्लीको लागी ” लाजले राति भइ सरु |


                                             सर्मिला - २

       “ हेर न हेर, गेडेले त सर्मिलाको ..... समातेछ ” ठिक तिन घण्टा पछी चिर्पटे ( खास नाम – राम बहादुर महर्जन ) कराउदै थियो क्यान्टिनमा | भर्खरै आउदै गरेको बिने (खास नाम- बिनय गुरुङ) पनि करायो “ के हो गेड़े, भन न हौ हाम्लाई नि, कसको के समातिस ? ” मेरो भने पारो चढ्यो रिसले | अघि क्लासमा तक्लु सरको इकोनोमिक्स पढ्न मन नलागेर लास्ट बेन्चमा , म र चिर्पटे बस्याथ्यौं, बिने आकै थिएन | मन थाम्नै नसकेर सरु संगको कुरा येही चिर्पटे लाइ भन्न पुगेछु, तिल लाइ पहाड बनाइहाल्यो मोरोले | बिनेलाई पछी भनुला भनेर थमथमाएर तेहाँ बाट हिंडे | “ के समात्न सक्छ त्यो गेडेले तरुनीको ...., हामी जस्तो बोका हुनुपर्छ हो तेती आँट लेउनलाई त ” सुनिहाले बिनेको आवाज पछाडीबाट, बिने र चिर्पटेको हाँसोले क्यान्टिन थर्कियो | 

       गोपीकृष्ण हल, चाबेल, असारमासको गर्मि पसिना खलखल्ती | सेक्सी अमिषा पटेलको फिलिम “जमिर” चलेको बेला, सनिबार बिहान ११:५५ बजे | मरे टिकेट पाइदैन त, उता कुनामा सर्मिला आतिसकेकी थिइ, कसैले देख्छ कि भनेर | उसको आँखा र मेरो आँखा जुध्यो, आँखाले नै अनुनय गरि, “ भयो नि अब, अर्को पटक आउँला ” | मैले पनि आखाँले नै उत्तर दिएँ “ अब एकछिन मात्रै है सरु ” | मन मनै भगवानलाई घूश खुवाउने जमर्को नि गरें “पिलिज म्हेपी माता, अब अर्को एउटा टिकेट मिलाइदिनुस न, बेलुकी चुरोट तान्ने बेलामा हजुरको परिक्रमा गर्छु नि, बरु चिर्पटे र बिनेलाई पनि लिएर आउँला ” | घुसले काम गरेपछि दङ्ग पर्दै हामी दुइ पनि हलभित्र छिर्योउ टिकेट देखाएर |

       अमिषा पटेलको फिलिम म सितिमिति छुटाउदिनथें | कहो न प्यार हे देखि गदर सम्म, ये हे जलवा देखि हमराज सम्म सबै भ्याको थिएँ | उसको एक्टिंग त तेस्तै हो, मलाई तिघ्रा चाहिं सार्है मन पर्थ्यो | तर आज अमिशाको फिलिम भन्दा सरुको फिलिंग नै काफी थियो | सरुको तातोतातो शरीरको इस्पर्शले मलाई अर्कै दुनियाँमा पुर्याइरहेको थियो | त्यो फिलिममा अमिषाले आफ्ना तिघ्रा देखाई कि देखाइन थाहा भएन, मैले भने आफ्नो हर्कत हदै सम्म गरें | कुनाको सिट, तेसमाथि अँधेरो, येही मौका छोपी मैले सरुलाई अंगालो बाँधे , उसले केहि भनिन | अनि अर्को हातले बिस्तारै उसको हातका औंलाहरु खेलाएँ, उसले अझै पनि केहि भनिन | मेरो झन् आँट आयो, अब भने मेरो देब्रे हात उसको देब्रे छातीतिर सलबलाउन थाल्यो, दुबैको मुटु जोडले धड्केको महसुश गरें, पसिना पसिना भएँ म अनि ओठ मुख सुक्न थाल्यो | एक्कासी बिने करायो पछाडिबाट “ के समात्न सक्छ त्यो गेडेले तरुनीको ....” तब म थरर काँपे अनि “ चिर्पटे .......ए ” भनि सरुको देब्रे छाती च्याप्पै समाउन पुगें | यता उति फर्की हेरें बिने-चिर्पटे कोहि थिएनन्, तिनीहरुको भूत मात्रै थियो मेरो दिमागमा | सरुले उसको दाहिने हातले बिस्तारै तर दह्रो संग उसलाई बाँधिरहेको मेरो देब्रे हात फुस्काईदिइ | हाप टाइममा केहि खाउँ भन्दा नि मानिन | घर फर्कने बेलामा केहि पनि बोलिन बाटोभरी | म जलिरहें पश्चातापमा, मरिरहें सरुको यादमा |

       २ दिन भेटिन सरुलाई कपुरधारा चोकमा, कलेजमा पनि देखिन | उसका साथीहरुलाई नि सोधें , सन्चो नभएर नआएकी रे | सायद मेरै कारणले हो कि ठुलै बिरामी परि भन्ने भयो अनि फोन गरें उसको घरमा पहिलो पटक | पहिले घरको फोन नम्बर दिन मानेकी थिइन, अनेक बहाना गर्नु परेको थियो | “घरमा आमा कडा हुनुहुन्छ, सकेसम्म नगर है फोन” भनेकी थिइ | फोन उसैले उठाई, उसको आवाज ले सन्चै रैछे भन्ने खुट्टाएं, तर म संग अझै रिसाएकी रैछे | म भन्ने थाहा पाएपछि केहि बोलिन फेरी | कति कोसिस गरे सकिन उसको बोलि फुटाउन , मलाई नि लास्टइ रिस उठ्यो | “एउटा मौका त देउ एक्स्प्लैन गर्ने, यो शनिवार ५ बजे म्हेपी मन्दिरमा आउंछु, तिमि आए नि नआयेनी कुर्नेछु रातभरी ” एती भनि मैले नि ढ्याक्क फोन राखिदिएँ उही सारुखान इस्तायलमा  



Last edited: 23-Jul-14 05:18 PM
Last edited: 23-Jul-14 05:27 PM

 
Posted on 07-24-14 9:46 AM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गेडे सोम, कथा मज्जा को रैछ| बहुत राम्रो लाग्यो| अर्को भाग कैले हो?
 
Posted on 07-24-14 1:32 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अमला मित्र ,

कथा मेक्षिकन बाट सर्मिला तिर बग्यो .... राम्रै गैरहेको छ .... ल अघि बढौ साथि ....
 
Posted on 07-24-14 2:40 PM     [Snapshot: 303]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Very nice! Flow is excellent.. I am missing behoove_me writing also..You both are great.. Auta Nepali ma ani arko English ma..Wow.. Kudos ! Please keep writing..
 
Posted on 07-25-14 9:05 AM     [Snapshot: 445]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सिनेमा थिएटर भित्र बिने र चर्पटेको भूमिका मिलाई जवान ठिटोले मौकामा चौका हानेको बढो मिलाएर लेखिएको छ |
अर्को अन्सको प्रतिक्षामा !
 
Posted on 07-25-14 10:08 AM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

The flow of the story is very good. Don't know if this is fictional or real story of yours. Eagerly waiting for your next chapter. But I will be happy to know that Sharmila never forgave you and ended all the ties with you thereafter for the sexual assault you committed to her.
 
Posted on 07-25-14 4:17 PM     [Snapshot: 555]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

राम्रो छ अमला साथी। कति सजिलो सँग सर्मिलालाइ पट्याएको। मलाई त डाहा लग्यो ब्रो।
 
Posted on 07-25-14 5:46 PM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YoTaBhayenaNiSOm लाई मेरो हृदय देखि नै को धन्यवाद पढेर, मज्जा लिएर अनि कमेन्ट गर्नुभएकोमा |

ThahaChaena मित्र लाइ पनि धेरै धन्यवाद मेरो कथाहरु पढेर कमेन्ट गरेर साहस बढाई दिनुभएकोमा |

edipre साथि म पनि behoove _me जी को प्रसंसक हुं, खै आजकल कहाँ हरौनुभो , उहा संग दाजिन लायक अलि नहुला , खैर तपैले मेरो लेख मन पराउनु नै मेरो अहोभाग्य हो, मुरी मुरी धन्यवाद |

magorkhe1 जी त्यो बेला नेपालमा सिनेमा घर बाहेक अरु तेस्तो स्पोट हुदैनथ्यो ;-) धन्यवाद तपाइलाई नि |

sojho manche जी लामो समय पछि साझामा आफ्नो अमुल्य समय दिनुभयो त्यो पनि म जस्तो भर्खरको अनुभवकारको लागि , हृदय देखि को धन्यवाद हजुरलाई , यो साँचो कहानी हो कि झुठो कहानी त्यो मैले भन्यो भने खुल्दुली र प्रतिछ्याको मिठास नै रहेन नि , कि कसो ? यहाँ आएपछि मात्रै था भो सिनेमा हल मा तेसरी रमाइलो गर्नुलाई sexual assault भनिन्छ भनेर , खैर येदि मैले तेसो गर्दा सर्मिलाले पनि रमाइलो मानेकी रैछे भने नि ...?

bigT bro लाइ पनि धन्यवाद, हजुरको पबित्रा को कहिले दर्शन पाउने हो हामीले ? हतार भैसक्यो मलाइ त ;-)

सर्मिलाले sojho manche जी ले भने जस्तै मलाई इन्कार गरेर उहालाई खुसि बनौछे कि मेरो सारुखान इस्तायल ले केहि काम गर्छ , त्यो थाहा पाउन अर्को भाग को प्रतिछ्या गर्नुहोला .....
 
Posted on 07-25-14 6:08 PM     [Snapshot: 588]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अमला ब्रो पवित्रा को दर्सन पाउन मलाई पनि हम्मे हम्मे भाको छ भन्या। समयको पाबन्दिले गर्दा लेख्ने मौका मिलेको नै छैन। तर छिट्टै नै नया भाग लिएर आउने जमर्को गर्दै छु।
 
Posted on 07-25-14 9:15 PM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Amalaa, aba kasai ko ikchhya bina kunai pani kisim ko physical contact lai sexual assault nai bhanincha jasto lagcha. Tapai ko katha padda ta tapai eklai le matrai ramailo garnu bhaye jasto lagya thyo Sharmila le pani ramailo manya bhaye ta reciprocate garnu parne ni. Kina tes pachi upset bhayo ta?

Anyway, yeslai maile katha ko roop ma padhera enjoy gare. Feri pani katha ramro cha.
 
Posted on 07-27-14 10:58 AM     [Snapshot: 795]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bigT ब्रो तेही त समय मिलाउन नै गार्हो है , अनि यो नेपालीमा युनिकोड ले अलि समय लाग्ने, मेरो अर्को भाग पनि अलि समय नै लाग्ला जस्तो छ
sojho manche जी हजुरको को कुरा एकदम सहि छ , धेरै चिन्ता नगर्नुहोला सर्मिला लाइ राम्रै छ , अब अर्को भाग पस्किन अलि समय लाग्न सक्छ , आएपछि पढेर फेरी सल्लाह सुझाब दिनुहोला नि है त मित्र .....
 
Posted on 07-27-14 4:19 PM     [Snapshot: 854]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो सर्मिला भन्ने नाम पनि सुन्नु मुन छैन. कथा के पढ्ने
 
Posted on 07-28-14 11:32 AM     [Snapshot: 971]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sojoketo जी ले हसाउनु भयो , तपाइको सर्मिलाको कथा पनि दर्दनाक थियो जस्तो छ ;-) , मलाई नि लास्तई रिस उठेको थियो त्यो सर्मिला भन्ने नाम संग कुनै बेला ......तपाइको लागि मात्रै भए पनि कथाको टाइटल बदल्नु पर्ला ;-)
 
Posted on 07-28-14 9:13 PM     [Snapshot: 1027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति रीस उठे पनि मोरी सर्मिला अहिले पनि मुन पर छ .
येसो कैले कै मोरी को facebook profile हेर्छु. मोरी झनै नक्कली र राम्री भाछे.
यो break up भए पछी मोरिहरु झनै राम्रा किन लाग्छन? 
मेरी मोरी सर्मिले ले त कैले उनको र मेरो lop नै परेको थिएन भनेर पो पारो चढेर आको थियो.
mesmerizing the past, sometimes i do wonder; my relationship with sarmeela; was that just an immaculate infatuation??????????????????????????????????????????????????????? :P 
Last edited: 28-Jul-14 09:13 PM

 
Posted on 07-29-14 1:19 PM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sojoketo जस्तो सोझो मान्छेलाई पनि एस्तो धोका दिने सार्है निस्ठुरी पो रैछिन त सर्मिला मोरी, मन को सन्तोष को लागि infatuation नै सम्झनु होला त्यो story लाइ , हेरु मेरी सर्मिला कस्ती भएर निस्कने हो ;-)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters