[Show all top banners]

futyakarma
Replies to this thread:

More by futyakarma
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 एउटा पुरानो कविता भेट्टियो
[VIEWED 8168 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-14 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लौ कहाँ कहाँ बाट एउटा पुरानो कविता भेट्टियो. यहाको भित्तामा टास्न मन लाग्यो
-------------------------------------------------------------------------------------------

म श्रीस्टीको सिर्जना सँग हराउने गर्छु
म रोशनिको यात्रा सँग बिलाउने गर्छु।
उशाको आगमनाको साथ प्रकृतिले दिएकी
तिनै सितल् उशाको लालिहरु सँग म रमाउने गर्छु।


बर्षा पछि मौलाएका कोपिलको साथ्,
हात् सँग हात् मिलाई रमाउने गर्छु
कल कल बग्ने झरनाक चुम्बन् हरु
हो म त्यहि चुम्बनहरुको सम्झनामा रमाउने गर्छु,
म रमाउने गर्छु।


ष्रद्धा रुपि मन्दिरमा देवकि को सामु
पूजाको त्यो थाली सँग आरतीको साथ
दीपाका ति ज्योति सँग बिलाउने गर्छु,
हो म बिलाउने गर्छु।।
 
Posted on 09-04-14 12:10 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीस्टी , सिर्जना, रोशनी, उषा, आगमना, प्रकिर्ती, शितल, लाली, वर्षा, कोपिला, झरना, सम्झना, श्रदा, देवकी, पुजा, आरति, दिपा, ज्योति, वा futyakarma ब्रो १८ वटी सुन्दरी हरु को कस्तो राम्रो कविता , एती छोटो मिठो कवितामा एती धेरै सुन्दरी कति राम्रोसंग अटाउनु भएको, सार्है राम्रो, अरु पनि जाओश न त साथी |
 
Posted on 09-04-14 12:34 PM     [Snapshot: 45]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्यबाद गेड़े साथि मन पराइदिनु भएकोमा | काम मा अल्छी लगिराको छ तेसैले पुरानो आफ्नो कृति खोज्दै पोस्ट गर्दैछु | एउटा अर्को:
---------------------------------------------------------------------

उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला
पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म मान्न तयार छु प्रिया हो म मुर्ख हुँ
तर मेरो मुर्ख्याइमा मलाई आफुप्रती कुनै गुनासो छैन।


सुन्दर संसार रचाएर तेही संसारमा रमाउने चाहना गर्नु,
अनी तेही चाहनाको सपना देख्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै सन्कोच बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
र मलाई मेरो मुर्ख्याइप्रती कुनै सिकायत छैन।


तिम्रो अधरको मुस्कानलाई आफ्नो शिरको तिलक सम्झेर
तेही तिलकको टिका लगाउनुलाई,
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै हिच्किचाहट बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
अनी मेरो मुर्ख्याइप्रती मलाई कुनै सरम छैन।


तिमी भन्छौ प्रिया तिम्रो सपना देख्न छोडिदेउ
बरु भनन प्रिया बाँच्ननै छोडिदेउ बरु त्यो सक्छु शायद
मनमा केबल तिमीलाई सजाइ, यदी तिम्रो सपनामा रमाउन खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
फेरी पनि म भन्छु प्रिया मलाई मेरो मुर्ख्याइमा कुनै सरम छैन कुनै सन्कोच छैन ।
 
Posted on 09-04-14 2:17 PM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उज्यालो खुला आकाशमुनी, आँखामा कालो पट्टी बाधिएको बेला
पट्टी खोलेर खुला आकाशको उज्यालोलाई नियाल्न खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म मान्न तयार छु प्रिया हो म मुर्ख हुँ
तर मेरो मुर्ख्याइमा मलाई आफुप्रती कुनै गुनासो छैन।

= wari pari aadhyarochha aakha kholi herda... aadhyaro nai dekhinchha ni aakhan chimli herda.... (NARAYAN GOPAL)

सुन्दर संसार रचाएर तेही संसारमा रमाउने चाहना गर्नु,
अनी तेही चाहनाको सपना देख्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै सन्कोच बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
र मलाई मेरो मुर्ख्याइप्रती कुनै सिकायत छैन।

=ma sansaar jitne aant gardai chhu... matra timi mero aas bani deu (SABIN RAI)

तिम्रो अधरको मुस्कानलाई आफ्नो शिरको तिलक सम्झेर
तेही तिलकको टिका लगाउनुलाई,
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
म कुनै हिच्किचाहट बिना भन्न सक्छु प्रिया हो म मुर्ख हुँ
अनी मेरो मुर्ख्याइप्रती मलाई कुनै सरम छैन।
=aadhar ko muskaan ta kehi haina... jaba timile jiwaan ma sajivta lyayaau... (DEEP SHRESTHA)

तिमी भन्छौ प्रिया तिम्रो सपना देख्न छोडिदेउ
बरु भनन प्रिया बाँच्ननै छोडिदेउ बरु त्यो सक्छु शायद
मनमा केबल तिमीलाई सजाइ, यदी तिम्रो सपनामा रमाउन खोज्नुलाई
यदी तिमी मुर्खताको संज्ञा दिन्छौ भने
फेरी पनि म भन्छु प्रिया मलाई मेरो मुर्ख्याइमा कुनै सरम छैन कुनै सन्कोच छैन ।

=bipana nabhai baachi dine .. ma bhitra kaa mera sapana +
baru bhani deu yo sapana ho... jo ho timro ani mero (NARAYAN GOPAL)

 
Posted on 09-04-14 3:02 PM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damn Daum, didn't think about those ;-)
 
Posted on 09-04-14 3:16 PM     [Snapshot: 121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुट्याकर्म बन्धु , यो कविता त यहाँ साझामा धेरै पहिले पढेको .... तपाईंको पुनर्जन्म लिएर आउनु भए जस्तो छ ... फेरी अब नया सिर्जना गर्न थाल्ने कि भौते माड्साप ....
 
Posted on 09-04-14 3:19 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हो र भन्या ? जन्म त यहीनै हो बन्धु तर पहिला को अक्कौन्त खै कता गोलमाल भो भो नि ... नया सिर्जना चाहि गर्न त पर्ने हो खै आजकाल सारो अल्छी लाग्छहो मित्र बुढेस कालले छोएर हो कि
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters